Tuesday December 10, 2024

बेलायतमा भव्यरुपमा मनाइयो २९ औं आदिवासी जनजाति दिवस 

३० श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1877


बेलायतमा भव्यरुपमा मनाइयो २९ औं आदिवासी जनजाति दिवस 

शीतलपाटीन्युज डटकम।

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) ले २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस १३ अगस्त २०२३ आइतबार भव्यरुपमा मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) नेत्रित्वमा विभिन्न संस्थाले अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिको सम्मान,झाँकी प्रदर्शन,सांस्कृतिक कार्यक्रम समेत गर्दै मनाएको थियो।

नेफिन युके महासचिव बिमला सेनेले संचाल गरेको सो कार्यक्रमको नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथी रहनु भपको सो समारोह नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यछतामा भयको थियो। एनआरएनए युके अध्यक्ष हित काजी गुरुङ,नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा,किराँत राई यायोक्खाका अध्यक्ष मेजर योगेश राई,मगर संघ युके अध्यक्ष सीता पुन मगरले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको कार्यक्रम भब्य भयको थियो। 

कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरेकी थिइन। समारोहमा यस बर्ष २०२३ देखि  आदिबासि जनजातीका क्षेत्रमा उदाहरणिय एवम उल्लेख्य सेबा पुर्याउने जनजाती मध्य उत्कृष्ट कार्य गर्ने एक जना महिला र एक जना पुरुषलाई बर्ष गट ट्यालेन्ट पुरुष्कार शुरु गर्दै यस बर्षको गट ट्यालेन्टमा महिलाबाट फोनिज युके अध्यक्ष गोमा रानामगर वुमन अफ दि इयरबाट विशेष सम्मानित हुनु भएको थियो भने पुरुषबाट सत्याग्रहका अभियन्ता ज्ञानराज राई सम्मानित हुनु भयको थियो। साथै न्यू लक्ष्मी ज्वेलर्सकी डाइरेक्टर लक्ष्मी राई,सञ्चारकर्मी अमृत थेपेलाई म्यान अफ इयर अवार्ड दिएर भब्य सम्मान गरीयो। सो अवसरमा एभरेष्ट टाइम्सका निर्देशक दुत पुन, गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीलाई आदीबासी जनजातीका समाचारहरु समप्रेषण गरेर ठुलो सहयोग पु-याएको भन्दै सम्मान गरिएको थियो।

प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गरिन्। नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा प्रमुख वक्ता थिए ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । कर्म पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको नेफिन युके महासचिव बिमला सेनीले खचाखच भरिएको हलमा अतिथीहरुलाई आसन ग्रहण गराउनु भयको थियो। 

उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके),नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ बेलायतले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।

‘विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभूषा, भाषा, लिपि, कला,संस्कृतिको संरक्षण र सम्बर्धन गरौं’ नारासहित विश्वभर २९ औं अन्तर्राष्ट्रिय जनजाति दिवस मनाइएको हो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?