Thursday January 16, 2025

प्रकाश सपूत पहिलोपटक बेलायतमा, २५ अगस्त भब्य हुने

६ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 2008


प्रकाश सपूत पहिलोपटक बेलायतमा, २५ अगस्त भब्य हुने

शीतलपाटीन्युज डटकम।

लन्डन। पछिल्लो पुस्ताका सर्वाधिक चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक बेलायत आइपुगेका छन्। बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति गर्न उनी बुधबार बिहान लन्डन आइपुगेका हुन्।

लन्डन हिथ्रो विमानस्थलमा गायक सपूतलाई एनआरएनए यूके पूर्व प्रमुख संरक्षक शेर सुनार, आयोजक केप्लर इभेन्ट्सका अनिल मल्ल, मनसुदन थापा,तारा गर्बुजा,मनोज गुरुङ लगायतले स्वागत गरेका थिए।


दर्शक भेट्न र गीत सुनाउन उत्साहित छु: प्रकास सपूत 

पहिलोपटक बेलायत आइपुग्दा गायक सपूतले आफू निकै खुशी र उत्साहित बनेको बताए।‘गोर्खा सैनिकहरुले वीरता प्रदर्शन गरेको तथा नेपाली गीतसंगीतलाई माया गर्ने धेरै नेपालीको बसोबास रहेको देश भएकाले पनि धेरै पहिलेदेखि नै बेलायत आउने रहर थियो। बेलायतवासी नेपालीलाई उनले भनका छन,‘तपाईंहरु मलाई भेट्न जति उत्साहित हुनुहुन्छ,म तपाईंहरुलाई भेट्न झन् बढी उत्साहित छु।’


धेरै वर्षअघि सांगीतिक करियरको शुरुआती दिनमै बेलायत आउने अवसर मिलेको तर प्राविधिक कारणले आउन नपाएको स्मरण गर्दै उनले पहिलोपटक यहाँ आउनु आफ्नो लागि विशेष अवसर रहेको सुनाए।

शुक्रबारको कार्यक्रममा सबैलाई निम्तो दिंदै उनले सबै पुस्तालाई मनोरञ्जन मिल्ने खालका सांगीतिक कोसेलीहरु प्रस्तुति गर्ने जानकारी गराए। बेलायतमा हुने आफ्नो एउटा कार्यक्रममा प्रस्तुति दिएलगत्तै गायक सपूत नेपाल फर्किने छन्।

प्रकाश सपूत सांगीतिक साँझका धेरै टिकट बिक्री भइसकेको जनाउँदै आयोजक केप्लर इभेन्ट्सले इच्छुक दर्शकलाई सकेसम्म चाँडो टिकट बुकिङ गरी आफ्नो स्थान सुरक्षित गर्न आव्हान गरेको छ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?