Friday April 25, 2025

युरोप स्थित संगठनहरुको समाजवादी मोर्चाको आन्दोलनलाई ऐक्यवद्धता

९ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1931


शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक,सामाजिक अन्तर विरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई हामी युरोपस्थित निम्न संगठनहरुको समर्थन र ऐक्यवद्धता रहेको जानाकारी गराउन चाहन्छौ।

विश्वमा नयां राजनैतिक अवस्था सृजना भएको छ। अमेरिकी साम्राज्यवादी एकल नेतृत्वमा परिवर्तन आएको छ।अहिले युक्रेन युद्धसम्म आइपुग्दा अमेरिका प्रविधीमा रुससंग र अर्थमा चिनसंग पछि पर्न पुगेको छ। यी दुइ प्रवृत्तिसंग विश्व ध्रुविकृत भइरहेको छ। त्यही अनुरुप उनीहरुले नेपाललाई प्रयोग गर्न लागि परिरहेका छन्।विश्वका प्रभावशाली अर्थतन्त्र भएका चिन र भारत वीचको अन्तर विरोधमा पसेर एशियामा आफ्नो प्रभाव कायम राख्ने अमेरिकी योजनालाई हामीले समयमै पहिचान गरेर रोक्न पर्दछ। नेपालको हित हुने अमेरिकी आर्थिक योजनाहरुलाई हामीले स्वागत गर्नुपर्छ तर उसको राजनैतिक सामरिक महत्व सहितको योजनाहरुलाई प्रवेश गर्न दिनु हुंदैन। 

त्यस्तै गरेर भारतको नेपालमाथिको विविध खाले हस्तक्षेप रोक्न पर्दछ। लिपुलेक लिम्पियाधुरा कालापानी लगायत सिमावर्ती क्षेत्रमा भारतले मिचेको नेपाली भुभाग फिर्ता लिनु पर्दछ। नेपालको व्यापार व्यावसायमा भारतीय स्वामित्व ६० प्रतिशत भन्दा बढि भइसकेको अनुमान छ। नेपालको आफ्नो उत्पादन पनि नहुने र अर्को देशको उत्पादन पनि अरुले नै आएर बेच्ने अवस्था द्रुत रुपले बढिरहेको छ। देशमा आत्मनिर्भर उत्पादन प्रणाली विकास गरेर यो दलाल पुंजीवादी अवस्था लाई यथाशिघ्र बदल्नु पर्दछ। 

दलाल पुंजीवादको चरित्र अनुसार नै देशमा व्यापक संस्थागत भ्रष्टाचार,मिटरव्याजी लुटपाट,लघुवित्तको उत्पिडन,चर्को बैंक व्याज दर,स्वास्थ्य शिक्षामा भइरहेको लुटपाट,कालोवजारी,मुल्यवृद्धि जस्ता विकृतिहरुले जनताको जनजिीवन अत्यन्तै कठिन अवस्थामा छ। देशमा दलाल पुंजीवादका कारणले आत्मनिर्भर उत्पादन प्रणाली छैन। सामान्य जिविकोपार्जनको लागि लाखौंलाख युवा युवतीहरु विदेशिन बाध्य भएका छन्। 

आधारभुत आवस्यकता पुरा गर्नको लागि पनि भारी मात्रामा नगद पूँजिको आवस्यकता पर्ने गलत वातावरण सृजना गराइएको छ। आवस्यकता पुरा गर्नको लागि अनुत्पादक र विकृत संस्कृति द्रुत गतिमा बढिरहेको छ। दलाल पुँजिवादले जातीय स्वतन्त्रताको आन्दोलनलाई जातीवादतिर लैजाने खतरालाई रोक्दै उनीहरुको स्वायत्तता सहित राजनैतिक, आर्थिक, भाषिक, शैक्षिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता समाजवादी गणतन्त्रमा मात्र सम्भव छ। 

समाजमा विद्यमान छुवाछुत,महिला माथिको हिंसा र विभेद लगायत सम्पुर्ण विकृतिहरुको अन्त्य गर्दै, आत्मनिर्भर उत्पादन प्रणालीको विकास,जन नियन्त्रीत राज्य प्रणाली,स्वतन्त्र र समुन्नत देश निर्माण गर्नु पर्दछ। क्रान्तिकारी भुमिसुधार लागु गरि जमिनलाई भुमाफियाहरुको चंगुलवाट बाहिर ल्याइ कृषिलाई व्यावसायीकरण गर्नुपर्छ,उद्योग व्यवसायमा क्रान्तिकारी विकास गरि लाखौ लाख विदेशीयका नेपाली युवा युवती नेपाल फर्किएर देशमानै रोजगार गरी सुरक्षित जीवन जीउन पाउने व्यवस्था स्थापना गर्नु पर्दछ। उक्त व्यवस्था भनेकै नेपाली विशेषताको समाजवाद हो। यो कुनै राजनैतिक दल र एकदलीय विचारले प्रभावित हुने व्यवस्था होइन।

वर्तमान सरकारले चालेका भ्रष्टाचार विरोधी अभियानलाइ कडाइका साथ लागु गर्न र जनहित र सामाजिक न्यायका कामहरु द्रुत गतिमा बढाउन हामी आहन गर्दछौं। यद्यपी वर्तमान व्यवस्थामा जो सुकै राम्रो मान्छे वा दल आएपनि उनीहरुलाई ब्यवस्थालेनै खराब बनाइदिन्छ। राम्रो गर्न सक्छु वा गर्छकी भन्ने आशा अस्थाइ भ्रम मात्र भएकाले अबको विकल्प समाजवादी गणतन्त्रको स्थापना मात्र हो र यो सबैको साझा कार्यक्रम हो। नेपाली जनताको लागि राम्रो हुने समाजवादी गणतन्त्र स्थापनाको लागि समाजवादी मोर्चा नेपाल सफल होस् भन्ने शुभकामना दिन चाहन्छौ। 

यो मोर्चाले गर्ने समाजवाद स्थापनको आन्दोलनमा हाम्रो ऐक्यवद्धता जाहेर गर्दछौं। यो आन्दोलनलाई समर्थन र सहयोग गर्न हुन सम्पुर्ण प्रवासी नेपालीहरुलाई अनुरोध गर्दछौ भन्दै बदन योङहाङ अध्यक्ष नेपाली जनप्रगतिशील मोर्चा युरोप र रण बहादुर खाति क्षेत्री कार्यवाहक अध्यक्ष नेपाली जनप्रगतिशील मंच युरोपले मिती २५ अगष्त २०२३ को प्रेष बिज्ञप्ती शीतलपाटीन्युजलाई प्राप्त भयको छ।

बिज्ञप्ति-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?