Wednesday June 19, 2024

बेलायतमा भयको नेपाली मेलाको १४ औ संस्करण भब्य,कार्यक्रमको उच्च ब्यवस्थापन

११ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1765


बेलायतमा भयको नेपाली मेलाको १४ औ संस्करण भब्य,कार्यक्रमको उच्च ब्यवस्थापन

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा मनाएको १४ औं संस्करणको नेपाली मेला भव्यताका साथ सम्पन्न भएको छ। लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजनामा आइतबार सम्पन्न मेला भब्य र उच्च ब्यवस्थापनका साथ सम्पन्न भयको कुरा कार्यक्रममा उपस्थित दर्शकहरुले बताए। 

‘हाम्रो संस्कृति,हाम्रो गौरव,हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित मेलामा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। आयोजक तमुधिं यूकेका अनुसार ५ हजार आसा गरिएको मेलामा करिब आठ हजार दर्शक सहभागी भयको पनि जनाएको छ। 

नेपाली राजदूतावास लन्डनको सहकार्यमा भएको मेलामा बेलायतस्थित दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति,कला,परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । मेलास्थलमा राखिएका नेपाली खाना,पोशाक,गरगहना सहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टल देखेर दर्शक रमाएका थिए।

तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी थिए। सो अवसरमा सांसद खमबहाहदुर गर्बुजा,नेपाली राजदुताबास लण्डनकी डिपुटी चिफ अफ मिसन रोसन खनाल,बेलायतस्थित बंगलादेश, श्रीलंकाका कूटनीतिक प्रतिनिधिहरु, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु,बेलायती च्यारिटी संस्था तथा समुदायका प्रतिनिधिहरु लगायतका विशिष्ट अतिथिको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान,संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन भन्ने सन्देश मेलाले दिएको बताएका थिए। नेपाली संस्कृति,कला, भेषभूषा र परम्परालाई प्रवर्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउन समेत मेलाले योगदान गरेकोमा राजदुत आचार्यले प्रशंसा गरेका थिए।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले संबोधन गर्दै बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसंग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरेका थिए।

मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुति गरिदै आएको र प्रस्तुति अनुसार समाजलाई पुरष्कृत गरिदै आएको छ।सो अनुसार यसबर्ष झाकी तर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउन्ड नगदसहित एम्बासडर कप जित्यो। विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो। त्यस्तै, दोस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूकेले सात सय पाउण्ड र पासा पुचः गुथि यूकेले पाँच सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गर्यो।

त्यस्तै नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम,किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय,दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरेका थिए।
मेलामा यसपटक शुरु गरिएको दुई सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले प्प्त गरेको थियो।

पुरष्कारका लागि निर्णायकको भूमिका संयोजक साहित्यकार एकेन्द्र गुरुङको   रहेहो सो कार्यक्रममा संगीतकार विक्रम गुरुङ,कलाकार माओत्से गुरुङ,ताराबहादुर गुरुङ,चन्द्र कोयी राई,कोरियोग्राफर कविता घर्तीमगर गुरुङ,नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले गरेका थिए।

१४ औ नेपाली मेला कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए भने मेलामा संयोजक उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए।सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई सम्मान समेत गरिएको थियो। बेलायतमा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको सो मेला भब्य भएको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?