Saturday December 02, 2023

साझा नेपाली समाजको मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न

१२ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1401


साझा नेपाली समाजको मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन। साझा नेपाली समाज युकेको नव निर्वाचित कार्यसमितिले सामाजिक एकता र भाईचारा बलियो बनाउने उद्धेष्यले आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा हिजो २८ अगस्टमा नटिंघममा सम्पन्न भएकोछ।

साझा नेपाली समाजको स्थापनाकालदेखि अहिले सम्म बिभिन्न पदमा बसेर काम गरेका सामाजिक व्यक्तित्वहरूबाट काम गर्ने क्रममा भए गरेका अनुभवहरु साटासाट गर्न गरिएको कार्यक्रममा मिडल्याण्ड  स्थित  विभिन्न नेपाली समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 समाजका नव निर्वाचित अध्यक्ष दीपक सापकोटाको सभापतित्वमा भएको मिट एन्ड ग्रिटमा कार्यक्रमका संयोजक समाजका उपाअध्यक्ष शिब खरालले सबैलाई स्वागत गर्दै साझा नेपाली समाजमा विगतमा काम गरेका सबै समाजिक व्यक्तित्वहरूको परिचय गराएका थिए।

समाजका संस्थापक अध्यक्ष शंकार भण्डारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिशिष्ट अतिथि डा.नारायण दत्त कंडेल र शेर बहादुर सुनारले मिडलैन्डवासी नेपालीहरुको एकता पहिलैदेखि बलियो रहेको र यो एकतालाई नयाँ कार्यसमितिले अझै मजवुत बनाएर लैजाने छ भनि शुभकामना दिएका थिए। संस्थापक अध्यक्ष शंकर भण्डारीले नया कार्यसमितिले सबैलाई सम्मानित गरी भाईचारा बढाउने काम गरेको यसलाई निरन्तरता राख्दै आगामी कार्यक्रम ल्याउने विश्वास आफूले गरेको बताए।

समाजका नव निर्वाचित महासचिव शशांक शर्मा र सचिव शुरेष केसीको संयुक्त संचालनमा गरिएको कार्यक्रममा पुर्व अध्यक्षहरु गंगा गौतम,राजु कंडेल,रण बहादुर क्षेत्री,महेश अधिकारी र कृष्ण प्रसाद शर्माले नया कार्यसमितिलाई शुभकामना दिदै बिधि बिधान र प्रजातान्त्रिक अभ्यासको आत्मसाथले नै समाजलाई एकतारा बाध्ने बताउदै यो कार्यसमितिले यी कुराहरुलाई बलियो बनाएर लैजानेछ भन्ने आफ्नो बिस्वास रहेको बताए। 

यसै गरी नया कार्यसमितिलाई शुभ कामना र सल्लाह दिनेहरूमा सल्लाहाकारहरू केशव भण्डारी,नारायण फुयाल,नारायण आचार्य,पुन्डरी अर्याल,मुकुन्द खरेल,भिम शर्मा,कृष्ण ढकाल,बिष्णु चालिसे,राजेश लामिछाने,बिस्व घिमिरे,शरद शाही लगायत थिए।

कार्यक्रममा मिडल्याण्डको साझा संस्था साझा नेपाली समाज युकेको नेतृत्व प्रदान गरी समाजलाई उल्लेख्य योगदान पुर्याएकोमा  समाजका पुर्व अध्यक्षहरुलाई  प्रसंम्सा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

समाजका महासचिव शशांक शर्माका अनुसार मिट एन्ड ग्रिट कार्यक्रमको लागि समाजका अध्यक्ष दिपक सापकोटाले निशुल्क हल उपलब्ध गराएका थिए भने प्रसंम्सा पत्र र खाँदाको लागि उपाअध्यक्ष एवं कार्यक्रम संयोजक शिब खरालले सहयोग गरेका  थिए। कार्यक्रमको लागि आर्थिक संकलनको व्यवस्थापन समाजका नव निर्वाचित कोषाअध्यक्ष उपेन पौडेल र सह कोषाध्यक्ष उपेन्द्र सापकोटालाई प्रदान गरिएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?