१८ भाद्र, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। संयुक्त अधिराज्यबासी नेपाली कला साहित्य प्रेमी दिदीबहिनी तथा दाजुभाइहरु,नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड केन्टको आसफोर्ड स्थित शेन्ट साइमन हलमा “गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रमको भब्य आयोजना हुने भयको छ। मिति २८ जुन २०२३ को दिन एक प्रेस विज्ञप्ति जारी गरेको स्मरण गराउदै कार्यक्रमलाई भब्य र गरिमामय बनाउन सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्ड,नेपाली कलाकार प्रस्तोता समाज बेलायत संस्थासँग संस्थागत सहकार्य जारी रहेको र दुबै संस्थाहरु आयोजक संस्था सरह सक्रियतापूर्वक लागि परिरहनुभएको स्पष्ट पार्दछौं भनिएको छ।
आयोजनाको उदेस्यलाई मन पराई,बेलायत भरबाट शुभेच्छा सहित विभिन्न संस्था तथा ब्यक्तिहरुबाट सहयोग भैरहेको पनि उल्लेख गर्न चाहान्छौं। गायक गंगा राज राईको प्रशंसकहरु साथै गीत संगीत प्रेमी तमाम बेलायतबासी जनसमुदायहरु : यस “गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रममा गायक गंगा राज राईज्युको दुई दशकको सांगीतिक साधना र यात्राका विच दर्शक श्रोता माझ लोकप्रिय बन्न पुगेको वहाँद्धारा स्वरबद्ध गीतहरु सहित उहाँको खारिएको कलाकारिता प्रस्तुत हुनेछ।साथै उहाँको सबै प्रस्तुती लाइभ ब्याण्ड सहितको हुनेछ।
गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त बाद्यबादकहरुमा ; प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड),महेश गुरुङ (तबला), थिर थापा (हार्मोनियम÷किबोर्ड),ईन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन),रेसम पाचे(ढोलक÷मादल), शुरज गुरुङ (लीड गितार),विकल थापा (रिदम गितार),होइशेर तामाङ (बास गितार), प्रभास गुरुङ (ड्रम) र संगीत निर्देशकको रुपमा पपिराज राई रहनु भएको छ। यस जीवन्त बाद्यबादकहरुको टोलीमा एक सांगीतिक समुह Prazna Band समेत सामेल रहेको छ।
एकल साँझको प्रस्तुतीलाई विशेष बनाउन,संगीतको गहिराई र आयाम थप्न यस पटक बेलायती मूलका आठ जना बाद्यबादकहरुको सांगीतिक समुहले वुडवैण्ड र भ्वाइलिन (Woodwind र Violins) मा साथ दिने भएका छन। नेपाली गीत संगीतमा यस प्रकारको प्रयोगले धेरै संगीत साधकहरुलाई प्रेरित अवस्य गर्नेछ भन्ने आयोजकको विस्वास रहेको छ। यस कार्यक्रममा,बेलायतमा रहँदै आउनु भएका दिग्गज नेपाली संगीतकर्मी,गीतकार साथै गायक/गायिकाहरुको उपस्थिति रहने तय भैसकेको छ।
यस गंगा राज राई एकल साँझको सहप्रायोजकमा गोर्खा भान्छा घर आसफोर्ड अनि प्रायोजकहरुमा क्रमस : ग्लोबल मार्ट आसफोर्ड रेड प्यारोट एकाउन्टिङ लन्डन,आशिर ज्वेलरी अल्डरशट,लेमन लीफ रेष्टुरेण्ट फोक्स्टन,पीपल मोर्गेज आश्फोर्ड,ग्लोवल बलुन भल्ट आश्फोर्ड,गोर्खा भिल्ला आश्फोर्ड,मान ट्राभल एण्ड टूर लिमिटेड फार्नबरों,गोर्खा हिल फोक्स्टन,गोर्खा एस पि फोर मिनिमार्केट चथाम,अन्नपूर्ण रेष्टुरेण्ट फोक्स्टन, मुस्ताङ मोटर्स फोक्स्टन,न्यु क्यास एण्ड क्यारी फोक्स्टन,दर्बार कक्टेल बार आश्फोर्ड, भेराईटी क्यास एण्ड क्यारी आश्फोर्ड,इन्डिया हाउस आसफोर्ड,स्टोर ९३ आसफोर्ड,ए स्टार फाईनान्सियल सलुसन आसफोर्ड,नविन एण्ड नविन ज्वेलर्श अल्डरशट,काठमाण्डु ज्वेलर्श आसफोर्ड, आश्फोई प्रेमियर टयाक्सी,यूमा हेयर एण्ड ब्यूटी सेलून आसफोर्ड,आइ फिक्स फर यू आश्फोर्ड र हिमालयन गोर्खा मिनि मार्केट आसफोर्ड आदि रहेका छन ।
देश विदेशका संगीत प्रेमीहरुलाई मोहित पार्ने उदेश्य सहित हामी आयोजक एक उल्लेखनीय सांगीतिक कार्यक्रमको आयोजना गर्ने तयारी प्रक्रियाको करिव अन्तिम चरणमा छौ। यस कार्यमा तपाईहरुको सहयोग हामीलाई अनिवार्य आवस्यक छ । यस कार्यक्रमले गहिरो सांगीतिक अनुभव मात्र नभई स्थानीय उद्यमी तथा व्यवसायहरुलाई नेपाली समुदायमाँझ परिचित हुन एक्सपोजर पनि प्रदान गर्नेछ। साथै तपाईहरुको सहयोगले हाम्रो कार्यक्रमको सफलतामा सहयोग मिल्ने मात्र छैन, समग्र नेपाली कला साहित्यको समृद्धिमा योगदान पु-याउने छ। तसर्थ ”गंगा राज राई एकल साँझ“ भब्यताका साथ सम्पन्न गर्न, तमाम गीत संगीत प्रेमीहरु, प्रशंसकहरु, शुभेच्छुकहरु साथै प्रायोजकहरु सबैले सहयोग गरिदिएर साथै कार्यक्रममा उपस्थित भैदिएर कार्यक्रम सफल पारिदिन पुनः हार्दिक आव्हन गर्दछौं। परस्पर सहयोग मार्फत नेपाली समुदायको लागि एक अविस्मरणीय अनुभव सिर्जना गर्न सक्छौं भन्ने हाम्रो विश्वास रहेको छ जानकारी नेपाली कला साहित्य युकेको संयोजक डा अनिल राईद्वारा ०४ सेप्टेम्बर २०२३ को बिज्ञप्तिमा जनाईएको छ।
बिज्ञप्ति-