Saturday December 02, 2023

आयो तीज सेल्फी प्रतियोगिता : न्यू लक्ष्मी ज्वेलर्स

१९ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1392


आयो तीज सेल्फी प्रतियोगिता : न्यू लक्ष्मी ज्वेलर्स

शीतलपाटीन्युज डटकम।

लन्डन। न्यू लक्ष्मी ज्वेलर्सले तीज सेल्फी प्रतियोगिता आयोजना गर्ने भयको छ। बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सले विजेतालाई छड्के तिलहरी पुरस्कार दिने गरी सो प्रतियोगिता आयोजना गरेको हो। विश्वका जुनसुकै कुनामा बसोबास गर्नेहरु न्यू लक्ष्मी ज्वेलर्सको हाम्रो ग्राहक हो, उहाहरुले प्रतियोगितामा भाग लिन पाउनु हुनेछ। 

प्रतियोगीले सेल्फी फोटो नेपाली संस्कृति र परम्परागत ड्रेसमा रहेर गरगहना पहिरेको हुनु पर्नेछ । फोटो पठाउने अवधि  ४ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म तोकिएको छ। 

विजेताको घोषणा फेसबुक,टिकटक,इन्स्ट्राग्राममा लाइक, कमेन्ट,सेयरको आधारमा गरिने भयको छ। नतिजा घोषणा ३० सेप्टेम्बरमा सामाजिक सञ्जाल मार्फत हुनेछ। 

फोटो न्यू लक्ष्मी ज्वेलर्सको भाइवर, ह्वाटएप,म्यासेन्जर वा इन्स्ट्राग्राममा पठाउन सकिने सञ्चालक लक्ष्मी राईले बताउनु भयको छ। संचालक लक्ष्मी राईले Facebook Page #New Laxmi Jewellers Aldershot UK,Instagram page https://www.instagram.com/newlaxmijewellers_uk/ and follow us on Tiktok #Newlaxmijew नाम रहेको सोसल मिडीया आफ्नो सोसल रहेको पनि जानकारी दिनु भयको छ।

प्रतियोगितामा प्रथम पुरष्कार छड्के तिलहरी,दोश्रो हुनेलाई माईली तिलहरी र तेश्रो हुनेलाई कान्छी तिलहरीले पुरष्कृत गर्ने लक्ष्मी राईको योजना छ। बिस्तृत जानकारको सोसल साईटमा हेर्न अनुरोध छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?