Wednesday July 16, 2025

अनेसास नवरत्न पुरस्कारद्वारा नौ जना महिला साहित्यकार सम्मानित

२१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 2237


अनेसास नवरत्न पुरस्कारद्वारा नौ जना महिला साहित्यकार सम्मानित

शीतलपाटीन्युज डटकम

लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना साहित्यकार महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। 

नेपाली साहित्य मार्फत  कला,संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका नौ जना विशेष साहित्यका महिला व्यक्तित्वहरूलाई नगद २ सय ५० डलरसहित सम्मानपत्रले सम्मान गर्न लागिएको हो। नवरत्न पुरस्कार समिती संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।

 

समितिको निर्णयअनुसार माया गुरूङ (साहित्य–बेलायत),अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो),ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य), शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-युरोप) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) रहेका छन्।

हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन्।

(गोर्खा मिडिया)

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?