Wednesday November 13, 2024

रोधीं टेलिभिजनकी डाइरेक्टर बालकासी गुरुङलाई सहारा यूकेको सम्मान 

२२ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1538


रोधीं टेलिभिजनकी डाइरेक्टर बालकासी गुरुङलाई सहारा यूकेको सम्मान 

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायत भ्रमणमा रहेकी रोधीं टेलिभिजनकी निर्देशक तथा कार्यक्रम प्रस्तोता बालकाशी गुरुङलाई सहारा यूकेले एउटा कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। 

फानबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा ७ सेप्टेम्बर २०२३ मा औपचारिक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ लगायतले कलाकार समेत रहेकी बालकाशी गुरुङलाई सम्मान गरेको हो। सहाराको तर्फबाट अध्यक्ष लेरि गुरुङ र उनकी पत्नीले खादा लगाउँदै बालकाशीलाई मायाको चिनो स्वरुप घडी दिएका थिए। 

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै रोधीं कार्यक्रमकी प्रस्तोता गुरुङले बेलायत आउन अवसर प्रदान गरेकोमा तमुधिं यूकेप्रति आभार व्यक्त गरिन् । तमुधिंकै कारण सहारा यूकेको टिमसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहारा यूकेबाट नेपालमा छँदै साथ, सहयोग पाइरहेको उल्लेख गरिन् । उनले सहारा यूकेको सहयोग आगामी दिनमा पनि पाइरहने अपेक्षा व्यक्त गरिन्। सहारा यूकेले खेलकुदको माध्यमबाट नेपालमा गरिरहेको सहयोगले पनि आफूलाई खुसी मिल्ने गरेको उनको भनाइ थियो। पछिल्लो समय गुरुङ समुदायको संस्कार,संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर सञ्चालन गरिएको रोधीं कार्यक्रमलाई टेलिभिजन मार्फत प्रसारण गर्ने उद्देश्यले नेपाल सरकारबाट अनुमति लिएर सञ्चालन गरेको रोधी टेलिभिजन १ वर्ष पूरा भइसकेको जनाउँदै सहारा यूकेसँग मिलेर अघि बढ्न चाहेको उनले सुनाइन्। साथै पोखरा जाने पर्यटकलाई गुरुङको कल्चर यो हो भन्ने देखाउने गरी 'रोधी भवन' बनाउने योजना रहेको भन्दै प्रबन्ध निर्देशक गुरुङले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उक्त योजनामा सहरा यूकेले सहयोग गर्ने अपेक्षा लिएको बताइन। 



अध्यक्ष ले रि कुसाङ गुरुङले पोखरामा रहेर बालकाशी गुरुङले गुरुङ मात्रै नभई सबै आदिवासी जनजातिका लागि काम गरेको भन्दै आफ्नो व्यक्तिगत र संस्थागत तर्फबाट सकेकी सहयोग दिने वचन दिए। उनले बालकाशीको यूके बसाइँ राम्रो होस् र नेपाल यात्रा सुखद् रहोस् भन्ने शुभकामना दिएका थिए।    

अध्यक्ष लेरि कुसाङ गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो भने सचिव वाचस्पति रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहाराकी फस्ट लेडी पञ्च गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ एवम परिवार, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष एवं तमुधिं यूकेका निवर्तमान अध्यक्ष एवम साहारा युके सल्लाहाकार हित काजी गुरुङ,एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा गोर्खा प्यालेस रेस्टुरेन्टका प्रोपाइटर सूर्य गुरुङ, सहारा एफसीका अध्यक्ष शारदा गुरुङ, बगर भाई खलक युकेका अध्यछ,एनआरएनए आईसीसी सदस्य एवम साहारा युके सल्लाहाकार दिलरास गुरुङ,तमुधिं यूकेका उपाध्यक्ष एवम साहारा युके सल्लाहाकार कमल गुरुङ,सहारा सल्लाहकार भीम गुरुङ,साहारा युके सल्लाहाकार कृष्ण गुरुङ,सपन इन्टरटेन्टमेन्टका प्रोपाइटर तथा गायक सपनकुमार राई,सहारा कार्यसमिति सदस्य मञ्जु गुरुङ, अमृत गुरुङ,सहारा यूकेका पदाधिकारीहरु लगायतको उपस्थिति थियो। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?