Wednesday June 19, 2024

क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम २३ सेप्टेम्बर हुने

२५ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1581


क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम २३ सेप्टेम्बर हुने

शीतलपाटीन्युज डटकम।

लण्डन। क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम २३ सेप्टेम्बर शनिबार गर्ने ब्यापक तयारी गरेको छ । समाजले हरेक वर्ष गर्दै आएको कार्यक्रम यस बर्ष अझ ब्यापक बनाउने तयारी गरिएको क्षेत्री समाज बेलायतकी अध्यक्ष श्रद्धा थापाले शीतलपाटीन्युज डटकमलाई समाचार पठाएर जानकारी दिनु भएको छ।

अध्यक्ष थापाका अनुसार सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिंदै उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रम समेत राखेर आयोजना गरिएको बताउनु भयको छ। क्षत्री समाज युकेका सम्पुर्ण साथीहरुलाई कार्यक्रमका दिन बिदा मिलाउन अनुरोध गर्दै बेलायत स्थित विभिन्न संस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुलाई उपस्थितिका लागि अपिल समेत गर्नु भयको छ।

अल्डरसटस्थित एम्पाएर हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि राति १० बजेसम्म हुने छ। समाजका उपाध्यक्ष एबम कार्यकम   सयोजक टेकबहादुर घर्तीले कार्यक्रमको रुपरेखा बारे जानकारी दिनु भयको छ। क्षेत्री समाज यूके बेलायतमा व्यवस्थित र सक्रिय संगठन हो।

क्षत्री समाज युकेले कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु लिएर हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रम प्रमुख कार्यक्रम मानेर आयोजना हुने गरेको छ। उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ।

बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि क्षेत्री समाज यूकेले बार्षिक भेटघाट कार्यक्रम शनिबार २३ सेप्टेम्बर मा नेपालबाट पाल्नु भयका राष्ट्रिय कलाकारहरु गायक राजु परियार,गायीका शिला आलेको साथमा अति नै भब्य,मनोरन्जनको साथमा सम्पन्न गर्ने भयको छI प्रबेश शुल्क £२५ रहेको,सीनीयर सीटीजन र बच्चाहरुको £१३ रहेको,५ बर्ष मुनीका लागि फ्रि रहेको उक्त कार्यक्रममा यहाँहरु सबै उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु कार्यक्रम संयोजक टेक जी सीले भन्नु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?