Saturday December 02, 2023

एनआरएनए निर्वाचन : महिला सचिवमा पुनः टिका गुरुङले उम्मेदवारी दिने

२७ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1666


एनआरएनए निर्वाचन : महिला सचिवमा पुनः टिका गुरुङले उम्मेदवारी दिने

शीतलपाटीन्युज डटकम।

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला सचिवमा राधिका गुरुङ (टिका) ले उम्मेदवारी दिने भएकी छन् ।। 

गैरआवासीय नेपाली संघको वर्तमान महिला सचिव समेत रहेकी गुरुङले संघको ११ औं महाधिवेसनमा पुनः सचिव पदमा उम्मेदवारी दिने भएकी हुन्। 

विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय रहेकी राधिका गुरुङ (टिका) एनआरएनएमा उदयमान महिला अभियन्ता मानिन्छिन्। संघको अधिकांश पदाधिकारीहरुले आआफ्नो पदमा उम्मेदवारी दिने तयारी गरे पछि गुरुङ्गले पनि आफ्नो पदमा उम्मेदवारी दिने भएकी हुन्। 

संघको १० औं महाधिवेसनमा निर्वाचन नगरेर नै घोषणा गरिएको वर्तमान कार्यसमितिलाई टिके कार्यसमिति भन्ने आरोप लागे पछि संघका वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री केसी,रविना थापा,महिला उपाध्यक्ष यासमिन वेगम सैयद,महासचिव गौरीराज जोशी लगायतका पदाधिकारीहरुले एक पटक जनअनुमोदन हुने भन्दै सोही पदमा उम्मेवारी दिने घोषणा गरेका छन्।

टिका गुरुङ हङकङमा मात्र नभइ विश्वभरका नेपालीहरुमाझ परिचित छन्। एनआरएनए हङकङको सदस्य,कोषाध्यक्ष,महिला संयोजक,उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताका पूर्वक पूरा गरकी गुरुङ अहिले संघभित्र निकै सकृय पदाधिकारी मध्ये एक हुन्।  

हङकङ सरकारबाट पनि सम्मानित भइसकेकी गुरुङले सामाजिक कार्यमा र्पुयाएको योगदानको कदर स्वदेश तथा विदेशमा पाइरहेकी छिन्।

एनआरएनए हङकङको नेतृत्वमा रहँदा गुरुङले सन् २०१८ मा पहिलो पटक हङकङमा एसिया प्यासिफिक रिजनल मिटिङ गराएर नेपालका प्रतिनिधिसहित ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि,एनआरएनए अभियन्ता,अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल भइन्। त्यसपछि दोस्रो कार्यकालमा कोरोना महामारीमा उनको नेतृत्वमा भएको सहयोग अतुलनीय छ। 

कोरोना महामारीका बेला उनले १७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाँको डोनेशन उठाएर नेपाल पठाएकी थिइन। नेतृत्वमा रहँदा कहिल्यै नथाक्ने गुरुङको सक्रियताबाट लोभिने धेरै छन्। गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोवरको तेस्रो साता काठमाण्डौंमा हुदैछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?