Wednesday June 19, 2024

नेपाली समाज विल्शायरले बेलायतको संसदिय भवन भित्र दशैं मनाउने  

२९ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 2524


नेपाली समाज विल्शायरले बेलायतको संसदिय भवन भित्र दशैं मनाउने  

शीतलपाटीन्युज डटकम।

लण्डन। इङल्यैण्डको स्विण्डन स्थित 'नेपाली समाज विल्शायर (NAW )'ले यसपालीको दशैंलाई भव्य रुपमा मनाउने तयारी गरेको छ। आगामी २६ अक्टोबर २०२३ का दिन दशैंको द्वादशीको अवसरमा लण्डन स्थित हाउस अफ कमन (House of Common) मा दशै मनाउने अवसर पाएको नेपाली समाज विल्शायरले यसपालीको दशैंलाई विशेष रुपमा सभ्य र भव्य तरिकाले मनाउने गरी आवस्यक तयारीमा जुटेको छ। 

"लण्डनको हाउस अफ कमनमा दशै मनाउनको लागि स्वीकृति पाउनु नै हाम्रो लागि गर्वको कुरा हो"संस्थाका अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गले भन्नु भयको छ।  "बेलायतको संसद भवन भित्र  नेपाली कला-संस्कृती र रितीरिवाजलाई झल्काउन पाउने यो अवसरलाई हामिले हाम्रो गर्भको रुपमा लिएका छौ।" 

सितिमिती जोसुकैको पहुच भन्दा बाहिर रहने बेलायतको संसद भवनमा नेपालीहरुको महान चाड मनाउन पाउनु आफैमा चानचुने कुरा भने होईन। यो अवसर प्राप्त गर्नको लागि ठुलै मेहनत र पहुँचको पनि आवस्यकता पर्ने गर्छ। यस्का लागि कन्जरभेटिव पार्टिका सांसद रोवर्ट वुकल्याण्डले ठूलो भुमिका खेलिदिएको अध्यछ्य गुरुङले बताउनु हुन्छ। "यो स्थानमा दशै मनाउन पाउनुले हाम्रो रितिरिवाज र कलासँस्कृतिलाई  विश्व समुदायसम्म फैलाउन अझ सहयोग गर्छ" अध्यक्ष गुरुङ्गले थप्नु भयको छ। 

महत्व र सुरक्षाका दृष्टिकोणले अति उच्च स्थानको रुपमा लिइने हाउस अफ कमनमा हालसम्म कुनै पनि नेपाली संस्थाले कार्यक्रम गर्ने अवसर नपाएको र आफुहरुले यो सुवर्ण अवसर पाएकोले स्थानका आधारमा पनि यसपालीको दशैं थप विशेष, अविस्मरणिय र उल्लासमय हुने आयोजक  संस्थाकी सचिव जेनिशा थापाले बता एकि छन। आयोजक संस्थाले सो दिन १ बजे देखि ५ बजेसम्मको लागि विशिष्ट हल बुक गरेको छ। साथै सहभागीहरुलाई स्विण्डन देखि कार्यक्रम स्थलसम्म स:शुल्क यातायातको ब्यवस्था समेत गर्ने भएको छ। जम्मा १७० जना क्षमता भएको सो हलमा नेपाली कला-संस्कृती झल्कने गीत/संगीत लगायत मौलिक नेपाली भोजनको ब्यवस्था रहने सचिव थापाले वताएकी छन। 

कार्यक्रमको लागि सशुल्क टिकटको ब्यवस्था गरिएको बताउँदै सचिव थापाले सो अवसरमा सामेल हुन इच्छुक नेपालीहरुले आयोजक संस्था  नेपाली समाज विल्शायरको वेबसाईट मार्फत वा फोन न ०७५५२२१७४३५ र ०७३८४६८९९१४ मार्फत सिधै सम्पर्क गर्न सकिने जानकारी समेत दिएकी छिन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?