३० भाद्र, २०८०
काठमाण्डौ। एनआरएनए अध्यक्षमा पाँच जनाकै उम्मेदवार कायम रह्यो भने पनि म विजयी हुन्छु। करिब १३५० मत ल्याएर चुनाव जित्छु। यत्ति कुरो चाहिं म ठोकुवा गरेर भन्न सक्छु, अध्यक्षको प्रत्यासी रबिना थापाले बताउनु भयको छ।
निर्वाचनको बेला एनआरएनमा ठूलो राजनीतिकतरंग देखिन्छ। पहिलो कुरा त एनआरएनमा दलीय समर्थन भन्ने कुरा नै हुँदैन। एनआरएनको पञ्जीकृत सदस्य देखि केन्द्रीय अध्यक्षसम्म दुईचार जनानेताहरुलाई सबैले चिनेकै हुन्छन्। अब नेताहरुको दैलोमा पुग्दैमा दलीय समर्थन मिल्यो भन्न मिल्दैन।यही कारणले आज एनआरएन यो हालतमाआइपुगेको हो। यदि दलीय हिसाबले समर्थन गर्ने कुरा गर्नुहुन्छ भने कांग्रेसको सबैभन्दा नजिक त म छु। म रगतमा नै कांग्रेस भएको परिवारबाट प्रतिनिधित्व गर्छु। एकदुई जना नेतालेभन्दैमा यसलाई समर्थन भन्ने हुँदैन। यदि पार्टीले कुनै निर्णय गरेको छ भने खै त प्रमाण ? बाहिर ल्याउनुहोस्। मलाई देखाइदिनुहोस्, थापाले भन्नु भयको छ।
१०/१५ वटा संस्थाको नेतृत्व लिइसकेको अनुभवमसँग छ। तर,मैले संस्थाभित्र कहिल्यै राजनीति गरिनँ। एनआरएनमा पनि म राजनीतीकरण हुनदिन्नँ। त्यसको लागि पनि मेरो उम्मेदवारी हो। कार्यकाल छोटो रह्यो भन्दै अघि बढ्न मलाई पनि नेताहरुको सुझाव छ। तर, मैले त्यसलाई सुझावको रुपमा मात्रै लिनुपर्दछ। यो वा त्यो समर्थनको नाम दिंदै प्रचारबाजी गर्न आवश्यक छैन। त्यसले संस्थालाई ठूलो नोक्सान पुग्छ।
महिला भएकै कारणले प्रतिस्पर्धीमा मलाई कमजोर जस्तो ठानिएको होला। तर,त्यो भम्र हो। मलाई कमजोर र गलत देखाउने प्रचार मात्रै हो। १०औं महाधिवेशनमा मलाई के भनिन्थ्यो? मनोनयन दर्ता नै गर्दिनँ। ऊ उम्मेदवार नै होइन,अध्यक्षमा उठ्दिनँ, प्रचारका लागि प्रचार गरियो। तर,अध्यक्षमा मनोनयन दर्ता गराउने पहिलो व्यक्ति म नै थिएँ। दुर्भाग्यवश मैले उम्मेदवारी दिएकै कारण चुनाव नै गराउन सकेनन्। तपाईंहरुले त्यसरी बुझ्नुहोस्।
अहिले पनि मलाई कमजोर देखाउने प्रयास भइरहेको छ। मेरो उम्मेदवारीमा शंका गरिएको छ।त्यसैले म पत्रकार मार्फत गैरआवासीय नेपालीहरुलाई भन्न चाहान्छु,भ्रममा नपर्नुहोस्। म ११औंमहाधिवेशनमा अध्यक्षको प्रमुख दाबेदार हुँ,म उम्मेदवारी दिन्छु र मेरो उम्मेदवारी कुनै पनि हालत फिर्ता हुँदैन। अघिल्लो अधिवेशनमा पनि उहाँहरुकै प्रतिस्पर्धी थिएँ। अहिले पनि। डा.बद्री केसीजीको समूहमा रहनु भएका साथीहरु महेश श्रेष्ठजी,आरके शर्माजी अहिले तीनतिर हुनुहुन्छ। प्राविधिक रुपमा त मलाई चुनाव जित्न झन् सजिलो भएन र? अहिले त कुलजी पनि प्रतिस्पर्धामा हुनुहुन्न।
सिङ्गो बद्री केसी टिमसँग हिजो प्रतिस्पर्धा गर्न उत्रिएकी थिएँ। आज त झन् सजिलो भएको छ। त्यो समूह तीनतिर बाँडिएको छ। मेरो प्रतिस्पर्धा १०औं महाधिवेशनमा पनि र ११औं महाधिवेशनमा पनि डा.बद्री केसीसँग नै हो। म उहाँलाई कडा टक्कर दिन्छु। अन्य तीन जनालाई म प्रतिस्पर्धी नै ठान्दिनँ। आफ्नै उपाध्यक्षहरुलाई पनि के–को प्रतिस्पर्धी ठान्ने? हैन र? म उपाध्यक्ष हुँदा उहाँहरु सचिव,कोषाध्यक्ष हुनुहुन्थ्यो।मैले अनलाइनबाट पनि होइन,ब्यालेटमा चुनाव जितेर उपाध्यक्ष बनेकी थिए। पहिले उहाँहरुले कम्तीमा त्यो लेवल बनाउनुपर्छ। त्यसपछि मात्रै प्रतिस्पर्धा हुन्छ।
मैले प्राप्त गर्ने मतबारे यहाँले प्रश्न गर्नुभयो। तपाईंलाई यो पनि भनिदिन्छु। मेरो सबैभन्दा राम्रो मत आउँछ। यदि पाँच जना कै उम्मेदवार कायम रह्यो भने एनआरएनए अध्यक्षमा म विजयी हुन्छु। करिब १३५० मत ल्याएर मैले चुनाव जित्छु। यति कुरोचाहिं म ठोकुवा गरेर भन्न सक्छु। बरु उहाँहरु सबै मिलेर एउटा टिम बनेर आउनुभयो भने मसँग कडा प्रतिस्पर्धा हुनेछ। उम्मेदवारी फिर्ता लिनुहुन्छ? भनेर मलाई पटक-पटक प्रश्न गर्नुभन्दा उहाँहरुलाई यही प्रश्न सोध्नुपर्छ जस्तो लाग्छ । मलाई त यो प्रश्न स्वाभाविक हुन्छ जस्तो लाग्दैन ।
अर्को कुरा उहाँहरु तीन जना एकैठाउँमा हुँदा हिजोकुन दलको समर्थन थियो? र आज तीनतिर हुँदाकुन–कुन दलको समर्थन छ ? पार्टीले त्यसरी निर्णयगर्छ भन्ने मलाई लाग्दैन। तर नेताहरुले मलाई पनिअघि बढ्न सुझाव दिएका छन् । त्यो आधारमा मैले मलाई दलीय समर्थन मिल्यो भन्न मिल्दैन ।
अहिले १६ जना उपाध्यक्षहरु हुनुहुन्छ, १२ जना सचिवहरु छन्। मैले त राम्रोसँग चिन्दिनँ पनि। त्यो भीडबाट उम्मेदवारी घोषणा गर्नेको मूल्यांकन गर्ने कि । म त निर्वाचित उपाध्यक्ष पनि थिएँ। सर्वाधिक मत ल्याएकी थिएँ। अहिले संघको नेतृत्व पनिगरिरहेकी छु। अब भन्नुहोस् कसलाई बढी महत्वदिने? म त उहाँहरुलाई उपाध्यक्षमा नै चुनाव लड्नसुझाव दिन्छु। त्यसैले फेरि पनि भन्छु मेरो प्रतिस्पर्धाउहाँहरुसँग होइन र, छैन पनि।
सबैभन्दा पहिले त एनसीसीहरुमा चुनाव राम्रोसँग गराउनुप र्ने दायित्व थियो। यसपटक विवाद रहित ढंगले एनसीसीहरुको चुनाव सम्पन्न भएको छ। त्योआफैंमा ठूलो सफलता पनि हो। गत अधिवेशनमाएनसीसीहरुकै विवाद ठूलो थियो। तर, त्यो अहिलेछैन । एनसीसीहरुको चुनाव नहुँदै आफ्नो उम्मेदवारी घोषणा गर्ने कुरा आएन। त्यसैले अहिले आएर सही समयमा नै उम्मेदवारी घोषणा गरेकी हुँ ।
अमेरिका,क्यानाडा,जापान,कतारमा रहेका गैरआवासीय नेपालीहरुसँग छलफल सम्पन्न भयो।अबको तयारी मेरो युरोप तिरको छ। संसारभरका गैरआवासीयहरुसँग भलाकुसारी गर्न निकै सजिलो छ। प्रविधिले गर्दा म दैनिक रुपमा उहाँहरुसँग नै व्यस्त छु। म धेरै मिडियाबाजी गर्दिनँ। यसकोमतबल यो होइन कि मेरो तयारी कमजोर छ। यत्तिबुझ्नुहोस् महाधिवेशन प्रतिनिधिहरुसँग धेरै नजिकछु। खासै भन्ने हो भने चुनावमा प्यानल बनाउन पाइँदैन। मेरो एजेन्डासँग मिल्ने साथीहरुसँग सहकार्य हुन्छ। तर,प्यानलको रुपमा आफैंले प्रचार गर्दै मेरो उपाध्यक्ष,मेरो महासचिव भन्न पाइँदैन। त्यो विधान विपरीत हो ।
अध्यक्ष भइसकेको मान्छे चुनावमा लज्जास्पद हार व्यहोर्नु परे के गर्नुहुन्छ ? भनेर जुन प्रश्न राख्नुभयो– पहिलो कुरा त त्यस्तो सम्भावना मैले देख्दै देख्दिनँ।यदि मानौं त्यो भइहाल्यो भने सक्षम मान्छेलाई संस्थामा ल्याउन नसकेकोमा एनआरएनहरुले पछुतो मान्नुपर्नेछ । संस्थाले पनि ठूलो घाटा व्यहोर्नु पर्नेछ। संस्थामा झन् राजनीतिक हस्तक्षेपबढ्ने छ। गुट बढ्ने छ । झन् भद्रगोल अवस्थामा पुग्नेछ। यो सबै जिम्मेवारी डेलिगेट्सले लिनुपर्नेछ । भद्रगोल देख्न चाहने डेलिगेट्सले मात्र त्यस्तो अवस्थाको परिकल्पना गर्नेछन्।
तर, चुनावमा हारजित हुन्छ। त्यो स्वाभाविक पनिहो । मलाई दुवै चिजको महसुस र अनुभव छ । त्यसैले पनि चुनावसँग म कहिल्यै डराउन्नँ। मेरो ६महिनाको कार्यकाल हेर्नुहोस्। काम गर्नेलाई रोज्नेकि? भाषण वा गफ गर्नेलाई? अब कसलाई रोज्ने ? त्यो सबै डेलिगेट्सको हातमा छ। कामलाई हेरेरगैरआवासीय नेपालीहरुले मलाई अध्यक्षमा विजयी गराउनु हुनेछ भन्नेमा म ढुक्क छु।
(अनलाईनखवरबाट)