Sunday September 24, 2023

ग्रान्थम नेपाली समाजमा किशोर लामिछानेको नेतृत्व

१ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1219


ग्रान्थम नेपाली समाजमा किशोर लामिछानेको  नेतृत्व

शीतलपाटीन्युज डटकम।

बेलायतको मिडल्यान्ड क्षेत्र भित्र  प्रमुख पर्यटकिय  शहर  ग्रान्थम आजकल नेपालीहरुको पहिलो रोजाइ बनेको छ। सर आइज्याक न्युटन र भुतपूर्व  प्रधानमन्त्री मार्गरेट थ्याचारको जन्मस्थान मात्र नभएर राजा महाराजाहरुको  एतिहासिक  दरबारले पनि यो ठाउँ मिडल्यान्डको प्रमुख आकर्षक बनेको छ।

 सन २००५ देखी नेपालीहरुको बसोबास गर्ने क्रम सगै २०१५ देखी बाक्लो रुपमा स्थायी बसोबास गरेको र अझै नेपालीहरु आउने क्रम जारी छ ! बढदो जनसन्ख्यासगै आफ्नो धर्म,संस्कृती र परम्परालाई बिशेष ध्यान दिदै आफ्नै समाज गठन गरी बिभिन्न कार्यक्रम गरेको पाइन्छ। सन २०१७ मा देबिलाल गैरेको नेतृत्वमा गठन गरिएको यस सस्थाको पहिलो अधिबेशन आइतबारका दिन ग्रान्थम रेल्वे क्लबको सभाहलमा किशोर लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरी  सम्पन्न  गरियो।

बेलायतमा सामजिक अभियन्ताका रुपमा चिनिनु हुने किशोर लामिछाने एनआरएन युकेका सल्लाहाकार,साझा नेपाली समाजको  प्रबक्ता र निबर्तमान उपाध्यक्ष पनि हुनुहुन्थ्यो।

समाजका अध्यक्ष देब बाडाको अध्यक्षतामा सचिब यमु कंडेलले सन्चालन  गर्नु भएको कार्यक्रममा नेपालबाट आउनु भएका बुवा आमाहरुले संयुक्त रुपमा पानसमा  बत्ती बालेर उदघाटन गर्नु भएको  थियो। नेपाली रास्ट्रीय गित बजाएर शुभारम्भ गरिएको यस कार्यक्रममा सस्थाका  उपाध्यक्ष किशोर लामिछानेले स्वागत मन्तब्य ब्यक्त गर्नु भए पस्चात सस्थाकै सस्थापक सदस्य, दिबङ्गत सागर कंडेलको आत्माको चिरशान्तिको  कामना गर्दै मौन धाराणा गरिएको थियो।

गत २०२१ / २०२३ कार्यकालको आर्थीक बिबरण कोषाध्यक्ष बिष्णु अर्यालले प्रस्तुत गर्नु भएको थियो भने २०२१-२०२३ को प्रगती बिबरण सचिब यमु कंडेलले प्रस्तुत गर्नु भएको थियो।

यसै बिच एक सम्मान कार्यक्रमपनि आयोजन गरिएको थियो। नेपाली  साना बाबु नानीहरुको  लागी नेपाली भाषा कक्षा सन्चालन गरी  सम्योजकको भूमिका निर्बाह गर्नुहुने सम्योजक उपेन्द्र पौडेल र स्वयमसेबि शिक्षिकाहरु मिरा प्रसाइ,शारदा ढकाल,प्रबिना नेपाल र पुष्पा पौडेललाई खादा लगाएर सम्मान  गरिएको थियो ! त्यस्तै  हालै मात्र युनिभर्सिटी र GCSC अध्ययन पुरा गरी सकेका बिध्यार्थिहरुलाई पनि  गिफ्ट भाउचर र खादा लगाएर सम्मान गरिएको थियो। नेपालबाट आउनु भएका बुवाआमाहरुलाई पनि  युके भ्रमण सुखमय रहोसको कामना गर्दै खादा लगाएर  सम्मम्म गरिएको  थियो।

बन्द सत्रमा बिधान समितीका सम्योजक शिब तिमील्सिनाले बिधान सम्सोधनको प्रस्ताब पेश गर्दै केहि बुदाहरु लाई सम्सोधन गराइ सर्बसहमतबाट बिधान पारित भए सङै अध्यक्ष देब बाडाले आफ्नो कार्यकालको समाप्तीको  घोषणा गर्नु  भई निर्बाचन कमिटीका सदस्य सचिब शिब तिमील्सिनालाई माइक हस्तान्तरण गर्नु भएको थियो।

निर्बाचन समितीमा एन आर एन  अभियन्ता तथा समाजसेबी कमल भन्डारीको सम्योजकत्वमा क्रमश सदस्यहरु नेपाली जनसम्पर्क समिती मिडल्यान्डका अध्यक्ष नारायण आचार्य,जनसम्पर्क समिती  युकेका पूर्व महामन्त्री शिब तिमील्सिना,एनआर एनका सस्थापक कोषाध्यक्ष तथा साझा नेपाली समाज युकका सस्थापक अध्यक्ष शंकर भन्डारी, तमु धि युकेका पूर्व महासचिब तथा  चितवन एड ट्रस्ट युकेका पूर्व अध्यक्ष कृष्ण गुरुङ,सस्थाकै  सस्थापक अध्यक्ष देबी लाल गैरे र सामाजिक अभियन्ता रामु कंडेल गरी ७ सदस्यिय समिती बनाइएको थियो। उहाहरुको अनुभब र बिज्ञता बिच अध्यक्षका उम्मेदवारुहरु किशोर लामिछाने र उपेन्द्र पौडेलसँग पटक पटक बार्ता गरी सहमतीका आधारमा सम्पुर्ण कार्यसमिती  चयन गर्न  सफल हुनु भएको थियो।

निर्बाचन समितीका सम्योजक कमल भन्डारीले  नबनिर्बाचित कार्यसमितीका अध्यक्ष किशोर लामिछाने,उपाध्यक्ष बिष्णु अर्याल,सचिब कमल बस्याल,कोषाध्यक्ष उत्सब कंडेल र सदस्यहरु सरद दाहाल र  जय आचार्य,३ जना पछी  थप्ने गरि पदभार तथा गोपनियताको  ग्रहण गराएर  प्रथम अधिबेश सम्पन्न गरिएको थियो।

अधिबेशन पश्चात सोही हलामा नेपाली हिन्दू हरु को महान पर्ब हरितालिका तिजको कार्यक्रम रखिएको  थियो नेपाली हिन्दू  नारीहरुको  बिशेष पर्ब भएको ले शुभकामना आदान प्रदान,दर खुवाउने र  राती अबेरसम्म नाचगान गरी  रमाइलो सँग  सस्था को  प्रथम अधिबेशन र हरी तालिका तीज कार्यक्रम सु सम्पन्न  भएको  थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?