Wednesday November 13, 2024

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले यसरी मनाए हरितालिका तीज २०२३

२ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1823


बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले यसरी मनाए हरितालिका तीज २०२३

शीतलपाटीन्युज डटकम।

लण्डन,१७/०७/२०२३। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बि एन सी )को तीज रमझम २०२३ गत आईतबार १७ सेप्टेम्बरका दिन भब्यताका सम्पन्न भयो। झन्डै ३०० दिदी बहिनीहरुको सहभागिता रहेको सो कार्यक्रम सांझको ४ देखि १०.३० सम्म चलेको थियो। २००६ मा स्थापना भएको बि एन सी बासीले तत्कालिन सस्थापक अध्यक्ष स्व. क्याप्टेन भक्त बहादुर लिम्बुको पालादेखी नै नियमित तीज रमझम मनाउदै आएका छन। यस पटकको तीजमा पनि बि एन सी अध्यक्ष ओम गुरुङ्गको अगुवाईमा कार्यसमितीका भोलन्टीयर दाजुभाइ दिदीबहिनीहरु मिली बिहान १० बजेबाट सेल्फ क्याटरीङ्ग गरि स्वादिष्ट तीजको दर तैयार पारेका थिए।

कार्यक्रमको औपचारीक सुरुवात ८० बर्ष उमेर कटेका ३ जना आमाहरु ८३ बर्षीया त्रीशोबा गुरुङ्ग,८४ बर्षीया मनु गुरुङ्ग र ८६ बर्षीया आमाले पानसमा दियो बालेर कार्यक्रम संचालन गरेका थिए। निशा शर्माले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य बि एन सी सल्लाहकार सुधा गुरुङ्गले ब्यक्त गरेकी थिईन। तीज चेली माईतीको सुमधुर सम्बन्ध प्रगाढ बनाउने अत्यन्त महत्वपूर्ण चाडको रुपमा मनाईने कुरा बताउदै मर्यादित महिनावारी यूके च्याप्टर संयोजक समेत रहेकी गुरुङ्गले सो अवसरमा मर्यादित महिनावारी अभियान बारे पनि प्रकाश पारीन। महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रकृया भएकोले सो भएका बेला महिला अशुद्ध हुन्छन,तेसैले कुनै पनि शुभ कार्य पितृ कार्यमा सम्मिलित हुनु हुदैन भन्ने रुढीवादी अन्धबिस्वास तोडेर छोरी महिनावारी हुदा उत्सवका रुपमा मनाई गर्व गर्नुपर्ने कुरामा जोड दिईन। छोरीलाई महिनाको २५ दिन र ५ दिनमा कुनै विभेद नगरी ३० दिन नै समान व्यवहार गरीनु नै मर्यादित महिनावारी हो। महिनावारीको रगत शुद्ध रगत हो,महिनावारी छ र तपाईं हामी छौ। तेसैले घर घरमा यस बारे सामान्य रुपमा कुराकानी गरी सहज रुपमा लिने वातवरण  सृजना गर्नु आजको आवश्यकता भएको उनले बताईन।

कार्यक्रममा अध्यक्ष ओम गुरुङ्गले सम्पूर्ण आमा दिदी बहिनीहरुमा हरितालिका तीजको शुभकामना ब्यक्त गरेका थिए भने धन्यबाद ज्ञापन अमृता पालुंगाले गरेकी थिईन। कार्यक्रममा केही नृत्य,राफल ड्र,बेस्ट ड्रेस (सिनिएर र जुनिएर) आदीको आयोजना पनि गरिएको थियो। राफल ड्र प्रीया लिम्बू र ध्रुब गुरुङ्गले संचालन गरेका थिए। 

तीज रमझममा केवल खाईपिई रमाईलो मात्रै नगरी हरेक साल बि एन सीले कुनै एक परोपकारी काममा पनि सहयोग पुराउदै आएको छ। यसपटकको राफल ड्र बाट संकलित सम्पूर्ण रकम ७४० पाउन्ड मर्यादित महिनावारी अभियानमा निरन्तर अथक कार्य गर्दै आईरहेको राधा पौडेल फाउन्डेशन लाई प्रदान गरीने भएको छ। सो अवसरमा मदन पुरस्कार बिजयी मर्यादित महिनावारी अभियंता डा.राधा पौडेलका केही पुस्तकहरु दिदी बहिनीहरुले किनेर थप सहयोग पुर्याएका थिए। 

राफलको पहिलो पुरस्कार प्रायोजक आई एम ई यूके का प्रोपराईटर दम्पती कमल/मुना पौडेलले सुनको चन्द्रमा,दोश्रो पुरस्कार चुलो थकाली किचनले ऐयर फ्रायर,तेश्रो पुरस्कार श्यांकी किचनका प्रोपराईटर सशांक गुरुङ्गले ५० पाउन्डको डिनर भाउचर प्रदान गरेका थिए। त्यस्तै अन्य पुरस्कारहरु टेक राईले  आफ्नी प्रात: स्मरणीय श्रीमती स्व.सीता राईको पून्यस्मृतीमा ५० पाउन्ड नगद,पुष्पलता बुटिक,बिजय लिङ्गथेप,आशा लिम्बु र शीबजी/उर्मिला श्रेष्ठ ( सलाद मास्टर) ले प्रदान गरेका थिए। साथै उत्कृष्ट पहिरन बिजयीहरु लावन्ता लिम्बू (एडल्ट) र आवना राई (चाईल्ड) को प्रायोजन सुजी गुरुङ्ग र कल्पना गुरुङ्गले गरेका थिए। नृत्य प्रस्तुत गर्ने  कलाकारहरु प्रीया लिम्बू,सुस्मिता बुढाथोकी,पाम लिम्बू,अलिशा राई,अनिता लिम्बू थिए। 

फोटोग्राफर मनिराज गुरुङ्ग रहेको सो कार्यक्रममा नृत्य र राफल ड्र तथा डेकोरेशनको जिम्मा प्रीया लिम्बुले लिएकी थिईन। साथै नव थुलुङ्गले डेकोरेशन र ड्रींक सेलमा सघाएका थिए। कार्यक्रममा डि जे सन्तोष गुरुङ्गको ननस्टल गीत संगीतमा दिदी बहिनीहरुले भरपूर नाचेर आनन्द लिएका थिए।

विभिन्न जात जाती अत्यन्त मैत्रीभावका साथ मिलेर बसेका बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी बेलायतमा एक नमुना समाजको रुपमा परिचित छ। बि एन सीमा हुने हरेक गतिबिधीमा समाजका सदस्यहरुले निस्वार्थ सेवा गर्दै आईरहेका छन। 

तीज रमझममा भोलन्टीएर सेवा गर्ने अध्यक्ष ओम गुरुङ्ग,पूर्व अध्यक्ष तिल बिक्रम साम्बाहाम्फे,वसन्त गुरुङ्ग,टेक बहादुर राई,बल बहादुर थापा,बेम थापा,बिजय लिङ्गथेप,सुबर्ण गुरुङ्ग,कृष्ण (हिमाल) गुरुङ्ग,जगदिश वाग्ले,शिवध्वज राई, जीवन गुरुङ्ग,शेफ द्वय खेमराज गुरुङ्ग र अमर गुरुङ्ग,दुर्गा गुरुङ्ग,नरेन्द्र काजी राई, उत्तर सुन्दास,लंका गुरुङ्ग, नवराज थुलुङ्ग, जंग पुन,प्रीया लिम्बू,देवीसरा पुन,बिक्रम गुरुङ्ग,सुमित्रा गुरुङ्ग,प्रीती गुरुङ्ग,सोनी गुरुङ्ग,गंगा गुरुङ्ग,निशा शर्मा,सुधा गुरुङ्ग,ध्रुब गुरुङ्ग,कुमारी गुरुङ्ग,दिपा लिम्बु,पाम लिम्बु,रजिता घले,मनशोभा गुरुङ्ग,हेमा गुरुङ्ग,ईन्द्र नारायण गुरुङ्ग आदि थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?