Saturday December 02, 2023

महामहिम राजदुत ज्ञानचन्द्र आचार्यलाई “वंशु गुरुङ” स्मारिका हस्तान्तरण

५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1496


महामहिम राजदुत ज्ञानचन्द्र आचार्यलाई “वंशु गुरुङ” स्मारिका हस्तान्तरण

शीतलपाटीन्युज डटकम।

लण्डन। शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुड्ग र टीमले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यसँग “नेपाल नेसनल डे” का दिन नेपाली राजदुबासमा भेट गरेको छ।

प्रतिष्ठानका बेलायत संयोजक लेख गुरूङको नेतृत्वमा गएको प्रतिनिधिमा ब्ररिटीस गोरखा मेजर डेनी गुरुड्ग, रसमोर बरो काउन्सीलका काउन्सीलर जीव बेलबासे र शीतलपाटीन्युजका प्रघान सम्पादक बाचस्पति रेग्मीले नेपाली राजदुत आचार्यलाई भेटी बंशु गुरुड्ग स्मारिका हस्तान्तरण गर्दै बंशु गुरुड्ग प्रतिष्ठानले गर्दै आएको गतिविधि बारेमा पनि अवगत गराएको छ।

सिन्धुली गढीमा अंग्रेजसँग १८२४ मा भएको युद्धमा शिकारी शरदार वंशुले देखाएको रण कौशलले नेपाल जीवित रहन पुगेको र त्यसको बदलामा राज्यको तर्फबाट आफ्ना पुर्खा वंशुले कुनै सम्मान नपाएको प्रति प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले बताए।

संयोजक गुरुड्गले प्रतिष्ठानले वंशु गुरुङलाई रास्ट्रिय बिभूति घोषणा गरेर सम्मान गर्नका लागि समेत अनुरोध गर्दै सिन्धुली गढी युद्ध लडेका वंशु गुरुङ ढोर जस्पुरको लेम तमु भयको पनि बताए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?