Saturday December 02, 2023

नेपाल तथा बेलायतबीच व्यापार विस्तार गर्न अहिले अनुकूल समय : बीएनसीसी

२९ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1255


नेपाल तथा बेलायतबीच व्यापार विस्तार गर्न अहिले अनुकूल समय : बीएनसीसी

शीतलपाटीन्युज डटकम।

प्लेमाउथ। ब्रिटेनलाई कर्मथलो बनाएका नेपाली व्यवसायीहरुले नेपाल तथा बेलायतबीच व्यापार सम्बन्ध विस्तार गर्न अहिले अनुकूल समय भएको बताएका छन्। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा सोमबार आयोजित “साउथ इङ्गल्याण्ड-नेपाल बिजनेस ग्रोथ समिट” मा बोल्दै बीएनसीसीका अध्यक्ष डा कपिल रिजालले नेपालमा बेलायती लगानी बढाउन तथा बेलायतमा नेपाली निर्यात वृद्धि गर्न दुवै देशका सरकार तथा निजी क्षेत्रले अरु निकट सहकार्य गर्नु पर्ने बताए। 

उहाले नेपाल तथा बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न आफुहरुले पहल गरिरहेको पनि बताउनु भयको थियो। बीएनसीसी युकेका उपाध्यक्ष बिराज भट्टले तेलले मध्य पूर्वका मुलुकहरुलाई धनी बनाए जस्तै जलश्रोतले नेपाललाई धनी बनाउन सक्ने बताउनु भयको थियो। उहाले बीएनसीसीको संयोजनमा सम्भाव्य लगानीकर्ता सहित आउँदो वर्ष एउटा व्यापारिक डेलिगेशन नेपाल जान लागेको समेत बताउनु भयो। “केही प्रशासनिक झमेला अझै भए पनि विगतको तुलानामा नेपालमा लगानीको वातावरणमा सुधार भएको उहाको बिचार छ। विदेशमा काम गरिरहेका,अन्तरराष्ट्रिय अभ्याससंग परिचित युवा व्यवसायीहरु नेपाल जाने हो भने त्यहाँ लगानीको वातावरणमा थप सुधार आउने पनि उनले अपेक्षा व्यक्त गर्नु भयको छ।

बेलायतस्थित सूचना प्रविधि कम्पनी,जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत तथा बीएनसीसीका कार्यकारी सदस्य अन्जनी फुयालले नेपाल तथा बेलायतबीच व्यापार तथा लगानी सम्बन्धको पछिल्लो अवस्था बारे जानकारी दिंदै नेपालमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भै रहेको बताउनु भयको छ। उहाले जलश्रोत र पर्यटन जस्तै अब नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरे। उहाले बीएनसीसीको सदस्यको रुपमा आफुले अन्य व्यवसायीहरुसंग फलदायी सम्बन्ध विकास गर्न सफल भएको भन्दै त्यसका लागि बीएनसीसीलाई धन्यवाद दिएका थिए।

साउथ वेस्ट नेप्लिज सोसाइटीका अध्यक्ष दिपक ढकालले आफुले तीन दशक पहिले बेलायतमा रियल एस्टेट क्षेत्रमा व्यवसाय सुरु गरे देखि अहिले सम्मको आफ्नो अनुभव रोचक ढंगले प्रस्तुत गरेका थिए। “महत्वपूर्ण साझेदारीहरु विकास गरेर हामीले आफ्नो व्यवसायलाई अगाडी बढाउन सक्छौं,” उहाको भनाई थियो।

कार्यक्रममा आइएमइ लन्डनका निर्देशक कमल पौडेल,वरंग रिक्रुटमेन्ट सलुशंसका निर्देशक प्रभु न्यौपाने तथा राजाराम डल्लाकोटीले आफ्ना व्यवसायिक अनुभवहरु शेयर गरेका थिए।
बेलायतमा व्यवसाय विस्तारका चुनौती तथा नेपालमा लगानीका सम्भावनाका बारेमा प्यानल सत्रमा छलफल गरिएको थियो। उक्त छलफलको सहजीकरण अन्जनी फुयालले गरेका थिए। अब बीएनसीसीले मिडल्यांड्स र दक्षिण पूर्वी लन्डनमा पनि यस्तै अन्तरक्रियाहरु आयोजना गर्न लागेको उपाध्यक्ष भट्टले बताउनु भयको थियो।

(इनेप्लिज.डटकम।)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?