Tuesday May 20, 2025

अन्तिम वार्तामा ब्रिटीस गोर्खाका तीन प्रतिनिधि रहने,पेन्सन पहिलो शर्त

२ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1921


अन्तिम वार्तामा ब्रिटीस गोर्खाका तीन प्रतिनिधि रहने,पेन्सन पहिलो शर्त

शीतलपाटीन्युज डटकम।

लण्डन।बेलायत बसोबास गरेका गोरखा भूतपूर्व सैनिकहरूको समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच चलिरहेको द्विपक्षीय वार्ता अन्तिम चरणमा पुगेको छ। अन्तिम वार्ता यही नोभेम्बर २२ का दिन बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने तय भएको छ।

सो वार्तामा नेपाली टोलीको प्रतिनिधित्व बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गर्नुहुने भएको छ। नेपालबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा हेर्ने सहसचिव पनि आउनु हुने समाचार छ।वार्ताको तयारीका बारेमा शुक्रबार लण्डनस्थित नेपाली दुताबासमा गोरखा भूतपूर्व सैनिकहरूका सरोकारवाला प्रतिनिधिहरू सहित भएको छलफलमा सो वार्तामा गोरखाहरूका तर्फबाट भाग लिने प्रतिनिधिहरूको टुङ्गो लागेको हो। यसअघिका वार्तामा भाग लिँदै आउनुभएका मेजर रिटायर्ड जुद्द बहादुर गुरुङ र धर्मबहादुर तामाङका अलावा यसपटक गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले पनि भाग लिनुहुने वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङले शीतलपाटीन्युजलाई जानकारी दिनु भयको छ । तमाड्गका अनुसार अन्तिम वार्तामा गोरखा सत्याग्राहीहरूले समेत भाग लिन इच्छा व्यक्त गरेपछि थप दुई जना गोरखाका प्रतिनिधिहरू सरिक गराउन बेलायती रक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

छलफलमा गोरखा भूतपूर्व सैनिक संस्थाहरूका प्रतिनिधिहरूले अन्तिम वार्तामा पेन्सन पहिलो माग हुनुपर्नेमा एक स्वर बनाएका छन्। पहिले पेन्सनको मागमा टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडी बढाउनु पर्ने उनीहरूको अडान छ।छलफलमा राजदुत आचार्यले पनि नेपाल सरकारको भनाइ पनि गोरखाहरूको जस्तै पेन्सनलाई नै वार्ताको पहिलो प्राथमिकता बनाउनुपर्छ भन्ने रहेको र सोही कुरा उठाउने बताउनु भएको तामाङले जानकारी दिनु भयको छ । 

छलफलमा राजदुताबासबाट राजदुत आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचरी रत्नबहादुर गोदार हुनुहुन्थ्यो भने गोरखाहरूका तर्फबाट सत्याग्राहीहरू ज्ञानराज राई,पुष्पा राणा घले र धनबहादुर गुरुङ,वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ,गोरखा सत्याग्रह संयुक्त स‌ङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई,गोरखा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति क्षेत्रकला राई,शेर सुनार तथा मेजर रिटायर्ड उदयबहादुर गुरुङ सहभागी थिए ।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?