Friday October 23, 2020

बेलायतमा आमाले १३औ तीज कार्यक्रमको आयोजना गर्दै

१८ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1554



शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन । एसीयन महिला एसोसीयसन ( Asain Mahila Association UK)युकेले एक कार्यक्रमको आयोजना गर्दै तीज पर्व मनाउने भयको छ ।

नेपाली राजदुतावास लन्डनका महामहीम राजदुत डा दुर्गा बहादुर सुबेदीज्यु  श्रीमती पुनम राज्य लक्ष्मी सुबेदी प्रमुख अतिथी रहने सो कार्यक्रममा बिशेस अतिथीमा रसमोर बरो काउन्सीलकी डिपुटी मेयर सुइ कार्टर, अतीथीहरु काउन्सीलर बारबरा हर्टस्, मीस युके नेपाल सृजना गुरुड्ग रहने कार्यक्रम भयको कुरा एसोसीयसनकी अध्यक्ष अमीता बेलबासेले शीतलपाटीन्युजलाई बताउनु भयको छ। 

एसीयन महिला एसोसीयसनले यो १३ औ तीज पार्टीको प्रोग्राम गर्न लागेको हो । आइतवार ९ सेप्टेम्वरको १२ बजे ढोका खुल्ने १३:०० बजेबाट शुरु हुने करीव ६०० महिलाहरुको सहभागीता आसा गरीयको सामुयल कोडी स्पोर्टस कलेज फान्वोरो GU14 8SN हुनेछ ।नेपाली महिलाहरुले प्रयेक बर्ष मनाउने सो पर्वमा महिलाहरुको उत्कृष्ट ड्रेस, गहना र अन्य प्रचलीत गहना लाएर प्रदर्सन गर्ने चलन छ भने पीर मर्का गीतका मार्फत ब्यक्त गरेर मनोरन्जन लीने, दुख पिर मर्का सुनाई आनन्द लीने गरीन्छ । सदा झै राफल चीठ्ठा खेल्ने, नाचगान गर्ने, मीठो खानेर र पुराना साथीहरु भेटी सुख दुख साट्ने यो दिन र पर्वमा बेलायतमा बसोबास गर्ने सम्पुर्ण महिलाहरुलाई एसोसीयसनकी अध्यक्ष बेलबासेले आब्हान पनि गर्नु भयको छ । राफल चीठ्टाबाट उठेको नाफा नेपालमा सहयोग गर्ने योजना रहेको पनि बताउनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?