Tuesday December 10, 2024

अध्ययनका लागि बेलायत आउने नेपाली बिध्दार्थीले कोठा र काम बारे अध्ययन गरेर आउनु राम्रो

२३ पुष, २०८० शीतलपाटीन्युज डटकम। 2130


अध्ययनका लागि बेलायत आउने नेपाली बिध्दार्थीले कोठा र काम बारे अध्ययन गरेर आउनु राम्रो

शीतलपाटीन्युज डटकम।

लण्डन।बेटर अपरचुनिटीका लागि उच्च शिक्षा हासिल गर्न नेपालबाट बेलायतका युनिभर्सिटीमा अध्ययन गर्न बिध्दार्थीहरु आउने क्रम आकासियको छ।तर शैक्षिक फि,आवास, चर्को ट्राभल फेयर राम्रोसंग नबुझी वा नबुझाइएकै कारण बेलायत अध्ययनका लागि आउने धेरै नेपाली विद्यार्थीहरु समस्यामा परेको देखिएको छ। समस्यामा परेको कुरा सामाजीक संजालमा जताततै काम र कोठाको सहयोग पाउ भन्दै समाचार र सहयोगको याचना गरीएको छ।

बेलायतस्थित नेपाली विद्यार्थीका समस्यालाई अध्ययन र मनन गर्दै एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदले शनिबार नेपाल राजदुताबास प्रतिनीधी,बेलायती युनिभर्सीटीमा अध्यापन गराउने नेपाली प्राधापकहरु,बेलायतमा युनिभर्सीटी भर्नाका लागि लियाजन गर्ने कनसल्टेन्टीका कनसल्टेन्टहरु,बिध्यार्थी, एनआरएनका अध्यक्ष,बुध्दीजीबीहरु र नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुबराज अर्याल, शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी समेत पत्रकारहरुको उपस्थितीमा Helping Hand ले  एउटा ‘भर्चुअल’ छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका सरोकारबाला वक्ताहरुले बेलायत आउनु अघि विद्यार्थी र अभिभावक समेतले पढ्न आउने कोर्स,युनिभर्सिटी,खर्चदेखि बस्ने कोठा र कामका अवसरहरुबारे अध्ययन गरेर आवश्यक जानकारी लिन सके समस्या कम हुन सक्ने धारणा व्यक्त गरेका थिए।शैक्षिक परामर्शदाता कम्पनीहरुले पनि यथार्थ र वास्तविक सूचना दिन जरुरी रहेको उहाहरुको भनाइ थियो।बेलायतमा अध्ययन गर्न आउने हरेक नेपाली विद्यार्थीले नेपालबाटै यहाँको अवस्था, जीवनशैली,बस्ने कोठा र कामका अवसरलगायतका आधारभूत विषयमा जानकारी लिएर मात्रै आउनुपर्ने राय सरोकार बालाहरुको  राखेका थिए।

एनआरएनए इंग्डलैण्ड राज्य समन्वय परिषदकी सचिव आहिल्या कुंवरले संयोजन तथा सञ्चालन गरेको एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले विद्यार्थीहरुलाई बुझेर मात्र बेलायत आउन सुझाव दिनु भयको थियो। काम,कोठा जस्ता व्यवहारिक समस्यामा सहयोग गर्न दूतावाससंग पर्याप्त स्रोत नरहेको स्पष्ट पार्दै उहाले युनिभर्सिटी,होम अफिस लगायतका समस्यामा सम्पर्कमा आएका बिध्दार्थीहरुलाई सम्भव भए सम्मको सहयोग गर्दै आएको जानकारी दिनु भयको थियो।अझै पनि धेरै विद्यार्थीहरु दूतावासमा सम्पर्क गर्न हिच्किच्याउने गरेको पाएको भन्दै उहाले समस्या पर्दा वा सहयोग आवश्यक पर्दा दूतावासको सम्पर्कमा आउन आग्रह गर्नु भयो।उहाले ठूलो चुनौतीका रुपमा रहेको विद्यार्थीका समस्याबारे बहस शुरु गरेकोमा एनआरएनए इंग्ल्याण्ड राज्य समम्वय परिषदलाई धन्यवाद दिनु भयको थियो।

एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ,युनिभर्सिटी कलेज लन्डन (युसिएल) का प्राध्यापक डा तेजेन्द्र फेराली,रियल ड्रिम्स कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वसन्त नेपाल,प्रवासी नेपाली मञ्च ग्लोबल कमिटीका निवर्तमान अध्यक्ष भक्त गुरुङ,एनआरएनए इंग्ल्याण्डका संस्थापक अध्यक्ष दीपक श्रेष्ठ,बेलायतका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा अध्यापनरत डा मिलन ज्ञवाली,डा हरिश ज्ञवाली,डा प्रकाश पाण्डे,डा प्रसन्न नेपाल,शैक्षिक परामर्शदाताहरु प्रदीप पौडेल र गणेश खड्का, एनआरएनए इंग्ल्याण्डका निवर्तमान अध्यक्ष एलबिजेड गुरुङ,कोषाध्यक्ष राममाया थापा,पत्रकार बाचस्पति रेग्मीलगायतले पनि आ-आफ्ना विचार राखेका थिए।

युनिभर्सिटी कलेज लन्डन (युसिएल) का प्राध्यापक डा तेजेन्द्र फेरालीले विद्यार्थीका समस्याबारे बहस शुरु गर्नु सकारात्मक रहेको भन्दै समस्यामा पर्नेहरु सम्म सहयोग पुग्ने गरी सहयोग संयन्त्र बनाउन सल्लाह दिएका थिए भने उनले विद्यार्थीहरुलाई पनि नेपालबाट आउनुपूर्व बेलायतका युनिभर्सिटी,यहाँको पठनपाठन शैली र संस्कृतिबारे आधारभूत जानकारी लिन सुझाव दिएका थिए।रियल ड्रिम्स कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वसन्त नेपालले बेलायतमा विद्यार्थी भिसामा आएर पैसा कमाउन सम्भव नरहेकाले पढाइलाई नै लक्ष्य बनाएर आउन विद्यार्थीहरुलाई सुझाव दिएका थिए।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले धेरै विद्यार्थीहरु काम, कोठादेखि मानसिक तनावसम्मकै समस्यामा परेको पाएपछि आफूहरु यो समस्या उठाउन तत्पर बनेको बताए। सरोकारवाला सबैको सुझाव लिएर अब सहयोगका कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?