Saturday February 08, 2025

बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन शुरु - बिमला सेने

१२ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1796


बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन शुरु - बिमला सेने

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन: शुरु भएको छ।गोरखा च्यानल प्रालिका तर्फबाट युट्यूबको गोरखा च्यानल पेजबाट सो च्यानलको प्रसारण शुरु गरिएको प्रबन्ध निर्देशक विमला सेनेले जानकारी दिनुभयो।

सो च्यानलबाट अहिले पाक्षिक रुपमा 'स्पेशल टक' र 'माई भ्वाइस' (मेरो आवाज) गरी दुई वटा पाक्षिक कार्यक्रम प्रसारण गरिने छ।'स्पेशल टक'को पहिलो अंकमा सोलिसिटर उत्तरमान तिगेलासित बेलायतको नयाँ आप्रवासन नीति र त्यसले नेपालीहरुलाई पार्ने प्रभावका बारेमा वार्ता गरिएको थियो।

महिला अतिथिसित कुराकानी गरिने 'माई भ्वाइस'को पहिलो अंक छिट्टै प्रसारण गरिने बताएको छ।यता गोरखा च्यानल डट कम नामक वेभसाइट पनि शुरु गरिएको छ। 

पहिलेको वेभसाइटलाई परिमार्जन गरी समाचारमूलक वेभसाइट बनाउने कोसिस गरिएको पनि सेनेले जानकारी दिइन्।

गोरखा च्यानल बेलायतबाट केही वर्षअघिसम्म विभिन्न कार्यक्रमका साथ सञ्चालनमा थियो तर केही समययता भने प्रसारण अवरुद्ध भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?