१३ फाल्गुन, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। लन्डन, अल्डरसटस्थित शिव मन्दिरमा विशेष धार्मिक कार्यक्रमसहित स्वस्थानी व्रतकथा समापन भयएको कुरा मन्दिरका उपाध्यक्ष एवम कार्यबाहक अध्यक्ष हरि भट्टराईले बताउनु भएको छ।
विगत एक महिनादेखि श्री स्वस्थानी व्रत अवधिभर निरन्तर गरिएको कथावाचन शनिबार सांगेता पूजासहित समापन गरिएको हो।
मन्दिरका पण्डित ज्योतिषी पवन दाहालले प्रथम स्वस्थानीको अध्याए देखि अन्तिम अध्याए वाचनसंगै सांगेता समापन पूजा गरी समापन गरिएको कुरा कामु अध्यक्ष भट्टराईले जानकारी दिनु भयको हो। पंडित दाहालले गत एक महिनाभर हरेक दिन मन्दिरमा स्वस्थानी कथावाचन गरि धार्मिक समय पनि पुरा गर्नु भयको थियो।
अधिकांश दिन मंन्दिरका पंण्डित दाहालले कथावाचन गरेका थिए भने केही दिन पण्डितलाई कामु अध्यछ हरि भट्टराई र निबर्तमान अध्यछ एवम पेट्रोन बाचस्पति रेग्मीले कथा बाचन गरेर साथ दिएका थिए। स्वस्थानी कथा सुन्न कयौं भक्तजनहरु दिनहुं मन्दिरमा आउने गरेका थिए।
मन्दिरका पेट्रोन एवम पुर्व अध्यक्ष रोहित गुरुङ,मन्दिरका पेट्रोन एवम निवर्तमान अध्यक्ष बाचस्पति रेग्मी एनआरएनए युके अध्यक्ष हितकाजी गुरुङ,पुर्व अध्यक्ष योगेन क्षेत्री,काउन्सीलर धन बहादुर सार्की,तमुधि युके अध्यक्ष हरि गुरुङ, तमुधि युके पुर्व अध्यक्ष रामचन्द्र गुरुङ, तमुधि युके पुर्व अध्यक्ष ज्ञाम गुरुड्ग, घोताने कोने गुरुड्ग समाज युकेका अध्यक्ष पिताम्बर गुरुड्ग, ग्रेटर रसमोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा बिशाल गुरुङ,शीव कल्चरलको महासचिव सुष्मा गुरुङ,सह कोषाध्यक्ष किशोर गुरुङ,ट्रष्टी रि क्या बिष्णु श्रेष्ठ शुभचिन्तकहरु लगायतको भब्य उपस्थिती थियो।
समापनका समयमा करिब १०० जना नेपाली भक्तजनहरु,भारतिय भक्तजनहरु उपस्थित रहेको र सबैलाई बिमला पौडेल भट्टराईले प्रसाद र चिया ग्रहण गराउनु भएको थियो।
मन्दिर व्यवस्थापन समितिका कामु अध्यक्ष हरि भट्टराईले स्वस्थानी व्रतकथा अवधिभर नियमित कथावाचन गर्ने पण्डितहरु,श्रद्धालु भक्तजनहरु, स्वयमसेवकहरु,मन्दिर समितिका पदाधिकारीहरु एवम् प्रसाद वितरण गर्ने सबै श्रद्धालुहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
समापनका अबसरमा भजन समेतको कार्यक्रम गरेर समापन भयको थियो।