Monday February 10, 2025

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाउने

१ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1418


ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाउने

शीतलपाटीन्युज डटकम।

लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाउने भएको छ। अल्डरसटस्थित एम्पायर हलमा १२ अप्रिल २०२४ ३१ चैत्र २०८० मा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित मनाउने भयको हो। सो उपस्थितीमा शुभकामना आदान प्रदान गरेर नयाँ वर्ष केक काटेर मनाउने तयारी गरिएको हो। 

नेपालका ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको कुरा संयोजक तथा उपाध्यक्ष डा. विशाल गुरुङले जानकारी दिएका छन। 

अन्य विशिष्ट व्यक्तिसमेत उपस्थित हुनेछन्।  

औपचारिक कार्यक्रममा बालबालिकाहरूले नेपाली गान, नेपाली सांस्कृतिक गीतमा नृत्यलगायतको प्रस्तुति पनि दिने छन् । यस नयाबर्ष २०८१ को कार्यक्रम अति विशिष्ट हुने संयोजक उपाध्यक्ष डा गुरुङले बता एका छन। ग्रेटर रसमोर नेपाली कम्युनिटीको चिनारी म्यागेजिनको दोस्रो संस्करण तयारी पनि भइ रहेको डा गुरुङले बताएका छन। 

बेलुका १७:३० मा शुरू हुने कार्यक्रमको टिकट मूल्य न्यूनतम राखिएको अध्यक्ष मन गुरुङले बता एका छन। उहाका अनुसार ज्येष्ठ नागरिक र युवालाई विशेष छुट तथा १२ वर्षभन्दा मुनिका बालबालिकालाई नि:शुल्क गरिने भयको छ। 

कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन र शुभकामना आदानप्रदान गर्न अध्यछ्य गुरुङले अनुरोध गरेका छन।

(श्रोत-गोर्खा मिडीया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?