Saturday March 22, 2025

एनआरएनए अभियन्ता मोहन कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड 

७ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1916


एनआरएनए अभियन्ता मोहन कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड 

शीतलपाटीन्युज डटकम।

स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्डको प्रतिष्ठित ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई सोमबार बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो।


“मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त” 

सन्  २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरि गुणस्तरीय सेवा प्रदान गरिएको र ग्राहकको सन्तुष्टिको कारणले  नै उक्त  अवार्ड  प्राप्त गरेको सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो। साथै यो अवार्ड प्राप्त गर्नमा ब्यवसायमा संलग्न सहकर्मी साथीहरुको मेहनत हो, कार्कीको भनाई छ।

एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै रहेको बताउनु भयको छ। स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनु भएको छ।  

फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा  उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?