Tuesday May 20, 2025

पादाकुलक : कवियत्री गंगा भण्डारी

८ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 2125


पादाकुलक : कवियत्री गंगा भण्डारी

शीर्षकःपादाकुलक
छन्दः वसन्त 

वसन लगाई विपिन रमाए
युगल हाँसले ताल सजाए।
रविका रङले रजनी भागे
मधुमय मनमा मोहन जागे।।१

अतुलित राम्रा शोभित खास
पुष्पित प्यारा वाग बगैँचा।
मोहित पार्ने रङिला झुप्पा
वृक्ष लता छन् लठ्ठ झुलेका।।२

निर्जन वनमा छहरा धुनले
मयुख र पुतली साथ चराले।
मस्त सखी सित फागु फुराई 
मोहन छर्छन् रास रचाई।।३

मसिना कीरा, भमरा किथ्रा 
ब्यस्त सबैको कर्म विचित्र।
हेर्दै प्रमुदित धरणी आज
नवल किशोरी झै अति खास!!४


¤¤¤¤¤ गंगा भण्डारी¤¤¤¤¤



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?