शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको अल्डरसटस्थित शिव मन्दिर विस्तार गरि थप पण्डितहरु राख्ने शिफारीष अगाडि बढेको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अहिलेको शिव मन्दिर संगै जोडिएको अर्को घर खरिद गरेर चाबी लिएको छ। दुई बेड रुमको घर झण्डै तीन लाख पाउण्डमा खरिद गरिएको छ। अहिले ९० हजार पाउण्ड दिएर बांकी २ लाख पाउण्ड मोर्गेजमा घर लिइएको हो। यही २६ डिसेम्बर बक्सिङ डेका दिन विशेष पूजा आराधना सहित उक्त घरको औपचारिक गृह प्रवेश कार्यक्रम तय गरिएको कुरा अध्यक्ष बिक्रम भट्टराईले बताउनु भएको छ। अरु दुई वा तीन जना पण्डित थपेर नयां खरिद गरिएको घर उनीहरुको आवासका रुपमा सञ्चालन गर्ने तथा घर र मन्दिरबीचमा रहेको जग्गा मण्डप बनाउन प्रयोग गरिने शिव मन्दिर संचालक समितीको योजना छ। अध्यक्ष भट्टराईले पेमेन्टका लागि ९० हजार पाउण्ड चन्दा संकलन र भक्तजनहरुबाट बिना ब्याज ऋण लिएर जुटाउदै बांकी मोर्गेज पनि च्यारिटी इभेन्ट वा दाताबाट जुटाएर छिट्टै चुक्ता गर्ने योजना छ, भन्नु भएको छ। अध्यक्ष भट्टराईले निकै लामो प्रतिक्षापछि सबैको सहयोग, सद्भाव र सदासयताका कारण शिव मन्दिर अल्डरसटले छिमेकी घर खरिद गर्न सफल भएको बताउदै यस कार्यमा योगदान गर्ने चन्दादाता,मन्दिरका पण्डित,प्रमुख संरक्षक तथा सम्पूर्ण संरक्षकहरु एवं प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबै दाताहरु,ट्रष्टीहरु,कार्यसमिति पदाधिकारीहरु र सदस्यहरु प्रति आभार व्यक्त गर्नु भएको छ। बांकी मोर्गेज चुक्ताका लागि विगत जस्तै अब पनि आर्थिक सहयोग गरिदिन सबैमा अपिल समेत गर्नु भएको छ। कम्युनिटी सेन्टरले सन् २०१८ डिसेम्बरमा भवन खरिद गरेर पहिलो मन्दिर स्थापना गरेको हो। उक्त मन्दिरमा बिहान ९ र सांझ ६ बजे आरती गरिन्छ। मन्दिरले पण्डित आचार्य मधुसुदन सत्याललाई तीन वर्ष अनुवन्धित गरेको छ। पण्डित सत्यालले मन्दिरमा बसेर नित्य पूजाआजा,आरती र ५० माइलसम्मको दुरीमा रहेका नेपालीलाई वैदिक कार्यमा टेवा पुर्याउदै आउनु भएको छ। मन्दिरले तोकेको रकम लिएर पितृकार्य लगायत विभिन्न धार्मिक कार्य,बीबाह,ब्रतबन्ध,न्वारन आदि धै रहेको कुरा अध्यक्ष भट्टराईले बताउनु भएको छ। मन्दिरमा कम्तीमा दुई वा तीनजना पण्डित राख्ने योजना बनेको पनि उहाले सुनाउनु भएको छ । नेपालबाट भोलेण्टियर वेसिसमा संस्कृत पाठशालाबाट दिक्षित र उक्त स्कुलले सिफारिस गरेको अब्बल
शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ। विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । विश्वभर छरिएर रहेका पर्वतेलीहरु बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्न शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको अन्न्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधि आचार्यले बताउनुभयो। उहाँका अनुसार कार्यक्रम अनलाइन (जुम) मार्फत हुने छ। विश्वरभर छरिएका पर्वतेलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन्।
बिजया दशमी २०८१ शुखमय रहोस। शुभेच्छुक धन बहादुर सार्की काउन्सीलर रसमोर बरो काउन्सील फार्नबोरो, बेलायत
बिजया दशमी २०८१ को शुभकामना शुभेक्षक अप्सरा एम-रत्न लाम्छाने अध्यक्ष पर्वत वयलफेयर सोसाईटी युके
बिजया दशमी २०८१ को मंगलमय शुभकामना। शुभेक्षक मान गुरुड्ग अध्यक्ष ग्रेटर रसमोर नेपाली कम्युनिटी
बिजया दशमी २०८१ को शुभकामना शुभेक्षक लिला सेलिड्ग मावो
बिजया दशमी २०८१ को शुभकामन
मेरा सम्पुर्ण मान्यजनहरुमा बिजया दशमी २०८१ को अवसरमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु। शुभेक्षक कमल गुरुड्ग अल्डरसट युके
हार्दिक मंगलमय शुभकामना नेपालका आदिबासी जनजाती समुदायको महान चाडहरु तमु (गुरुड्ग) को ल्होसार/ल्होछार,मगरको माघे संक्रान्ति, लिम्बुहरुको चासोक तड्गनाम(उधौली),राईको साकेला उधौली,छन्त्यालको छार म्हेड्ग,दुराको मैप्रु नाकुमा,ईसाईको क्रिसमस र नयाबर्ष २०२४ को पावन अवसरमा देश,बिदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबबिनीहरुमा सुख,शान्ति र संम्बृध्दिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु।