Saturday March 22, 2025

प्रवास

पंण्डित शिव चन्द्र निरौला MBE द्वारा बिभुषित

शीतलपाटीन्युज डटकम। लण्डन। मेरा परंम मित्र,व्रिगेड अफ गोर्खाजका चर्चित,प्रशिद्ध,विद्वान्,प्रखर स्पष्टवक्ता,आफ्नो जीवनकालमा ४२ वर्ष व्रिगेडका विभिन्न रेजिमेंटहरूमा काम गरी वर्तमानमा QOGLR का पण्डितजी शिवचन्द्र निरौला वेलायतको सम्मानित विभूषण MBE (Member of the British Empire) द्वारा सम्मानित हुनु भयको छ।  वेलायतका महाराजाकी वहिनी राज कुमारी Anne, Princess Royal को वाहुलीवाट प्राप्त गर्नु भएकोमा पंण्डित प्रेम प्रसाद गैरेले हार्दिक हार्दिक वधाई दिन चाहन्छु भन्नु भयको छ। पंण्डित शिव चन्द्र निरौलासंग ४२ वर्ष देखि व्रिगेड अफ गोर्खाजमा संगै काम गर्दै आएको छु र वहाँलाई नजिकवाट नियाल्ने चिन्ने र वुझ्ने मौका पाएको छु।उहाँ अत्यन्तै मृदुभाषी, तार्किक,ज्ञान विज्ञानको क्षेत्रमा पहुँच राख्ने,सैद्धांतिक ज्ञानको माध्यमवाट छलफलमा भाग लिन सक्ने अद्भुत क्षमताको धनी हुनुन्छ। विर्गेड अफ गोर्खामा उहाँ मात्र होईन वहाँको ५ पुस्ताले निरन्तर सेवा दिएको छ। उहाँ ५औं पुस्ताको हुनुहुन्छ।विर्गेड अफ गोर्खाको अपेक्षित सैन्य मनोवललाई समय सापेक्ष शिक्षा प्रदान गर्ने क्षमतामा उहाँ निपुण हुनुहुन्छ भन्ने हामी सवैले  व्रिगेडले वुझेका छौं।यसको अतिरिक्त भूपू सैनिक र नेपाली समाजमा पनि उहाँको सरसल्लाह सुझावको सवैले सम्मान गरेको हामीले पाएका छौं।यदि कमाण्डरहरूले आफ्नो अर्गनाईजेशनमा काम गरेका ब्यक्तिहरूको कामको मूल्यांकन गर्न सकेमा जानेमा काम गर्ने ब्यक्तिको हक़ र हीत सुरक्षित हुन्छ भन्ने कुरा QOGLR का कमाण्डर भै सिद्ध पनि गर्नु भएको छ। मेरा मित्र पं शिव चन्द्र निरौलाज्यूले ,MBE प्राप्त गर्नु भएकोमा वहिनी छोरा छोरी संपूर्ण परिवारमा वधाई ज्ञापन गर्दछु पं प्रेम प्रसाद गैरैले जनाउनु भयको छ।

शिव मन्दिर अल्डरसट युकेमा स्वस्थानीकथा बाचन हुने,कथा श्रवणका लागि आब्हान

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अलडरसटले स्वस्थानीकथा बाचन गरेर भरपुर मनोरन्जन दिने कुरा जनाएको छ। शिव मन्दिर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईले शीतलपाटीन्युजका सम्पादक एवम शिव मन्दिरका निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीसंग कुरा गर्दै २५ जनवरी पौष शुक्ल पुर्णिमा देखी माघ शुक्ल पुर्णिमासम्म एक महिना कथाबाचन,शिवको पुजा आराधना गर्ने बताउनु भयको छ। श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो।भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा गरिने हुदा बेलायतमा बसोबास गरेका नेपाली महिला दिदीबहिनीहरुलाई यो कथा र पुजाको ब्यवस्था गरिएको पनि अध्यक्ष भट्टराईले बताउनु भयो। २५ जनवरी २०२४ पौष शुक्ल पुर्णिमाको बेलुका १७:०० देखी १८:०० बजेसम्म दैनिक हुने कथा बाचन माघ शुक्ल पुर्णिमा एक महिनासम्म कथा बाचन हुनेछ। यसै स्वस्थानी ब्रतकथाको समयमा एक महिनासम्म काठमाण्डौ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ।‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ,यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्। स्वस्थानी ब्रत भनेको के हो? श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो। यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ। यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ। सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ। विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रतकथामा बर्णन गरिए जस्तै सुख,शान्ति,समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ। व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ।

लण्डनमा “ए स्टार” बन्यो टप टेन बिजेता,किशोर राना “टप प्रोटेक्सन एडभाइजर”अवार्डले सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । ए स्टार फाइनान्सियल सोल्युसन्सका किशोर रानाले टप प्रोटेक्सन एडभाइजरको अवार्ड पाप्त गरेको समाचार छ। बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले आफू मातहतका करिब ३०० मोर्गेज तथा प्रोटेक्सन एडभाइजरहरु मध्येबाट रानालाई सन् २०२३ का लागि सो अवार्डले सम्मान गरेको हो । विहीबार आयोजित एक समारोहमा रानाले सो अवार्ड ग्रहण गरेका छन्। सुवेदार मेजर तिलकसिंह राना र कृष्णकुमारी रानाका तीन भाइ छोरा मध्ये जेठा छोरा राना आलमदेवी स्याङ्जामा जन्मिएका हुन्। नेपालबाट बीबीएस गरेका उनले बेलायतको कार्डिफ युनिभर्सिटीबाट एक्ज्यूकेटिभ म्यानेजमेन्टमा पोष्ट ग्राजुयट गरेका छन्। अवार्ड पाएपछि रानाले अझै जिम्मेवारी थपिएको र आगामी वर्षहरूमा अझ राम्रो गर्दै जाने उत्साह मिलेको प्रतिक्रिया दिएका छन। यसैगरी, राना कार्यरत ए स्टार फाइनान्सियल सोल्यूसन्सले ‘टप टेन’ स्थान हासिल गर्न सफल भएको छ । विगत छ वर्षदेखि ए स्टारले न्यू लिफ डिस्ट्रिब्यूसनमा आवद्ध व्यापारिक प्रतिष्ठानहरुमध्ये टप टेनको स्थान कायम गर्दै आएको छ। बेलायतको पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी प्रिन्सिपल रहेको ए स्टार फाइनान्सियल सर्भिसेजले लण्डनको हेज हार्लिङटनमा रहेको आफ्नै स्वामीत्वको प्रधान कार्यालयका साथै आसफोर्ड केन्टबाट सेवा प्रदान गर्दै आएको छ। सन् २०१२ मा व्यवसाय शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन,लगानी,मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै),इन्सुरेन्स,बिजनेश प्रोटेक्सन,वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा सेवा दिइरहेको छ।

जाजरकोट र रुकुम क्षेत्रमा गयको भुकम्प पिडीतलाई लण्डनबाट आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।साउथ रिजनल तमुधि लण्डन र दुलेगौडा तनहु सोलार फार्मको तर्फबाट जाजरकोट र रुकुममा गएको भुकम्पमा परि क्षतिमा परेका रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका जनतालाई आर्थिक सहयोग र  २०० थान ट्यइलेट सम्बन्धी लामानहरु सहयोग गरेको समाचार प्राप्त भयको छ। ५ माघ २०८० मा काठमाण्डौ दुले गौडा तनहु सोलार फार्मको अफिस लैनचौरमा त्रिबेणी गाउपालिका रुकुम पश्चिमका कार्यपालिका सदस्य जनक कुमार बिश्वकर्मा र नेपाली माओबादी केन्द्र कर्णाली प्रदेस कमिटी सदस्य श्री कुमार कडायतलाई समाजसेबी दिल प्रसाद पोखरेल तथा साउथ रिजनल तमुधी लण्डनका बर्तमान प्रमुख सल्लाहाकार तथा सोलार फार्म प्रालिका अध्यक्ष मोहन गुरुड्गले सोलार फार्मबाट एक लाख (१००००.००) र साउथ ईष्ट तमुधि लण्डनकातर्फबाट एकलाख सताउन्न हजार उनासी रुपैया चौबिस पैसा (१५७०७९.२४) तथा २०० प्रति ट्याईलेट सम्बन्धीत २०० थान प्यानहरु प्रतिनिधीलाई हस्तान्तरण गर्यो। सो सहायता हस्तान्तरणका समयमा सोलार फर्मका तर्फबाट सोलारका संचालक बिध्धा बारीदी सिग्देल,संचालक शब्द ज्ञवाली र प्रशासन अधिकृत भरत न्यौपानेको पनि उपस्थिती थियो।

असल प्रहरी नेतृत्वमा रहेर काम गर्न पाउँदा उत्साह बढेको चितवनका प्रहरी कर्मचारी सुनाउदै

सुरेश कोइराला, चितवन। भनिन्छ कर्म गर फलको आस नगर। फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्,फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कतव्र्य सम्झाउनु भएको थियो।आफ्नो कर्तव्य पालना गर्दा महाभारत युद्धमा पाण्डवको जीत भएको छ। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने अर्का उदाहरण हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्की।  रामेश्वर कार्कीले चितवन प्रहरीको कमाण्ड सम्हालेदेखि धेरै परिवर्तनहरु देख्न पाइएको छ। सबै भन्दा पहिला आफू बस्ने कार्यालयको व्यवस्थापनमा उल्लेखनीय काम गर्नुभएको छ। प्रहरी कार्यालय परिसरभित्र दुर्गा मन्दिरको व्यवस्थापन एक महत्वपूर्ण कार्य हो। जिर्ण अवस्थामा रहेको जिप्रकाको पर्खाल भत्काएर निर्माण गरिएको छ।  आफूले काम गरिहेको कार्यालयलाई मन्दिर र कामलाई पूजा ठान्नेहरुले नै परिवर्तनको विगुल फुक्ने गरेको पाइन्छ। यस्तै व्यक्तिहरु प्राय सफल पनि भएको पाइन्छ। बालबालिका र महिलालाई विषेश प्राथमिकतामा राखेर प्रहरी उपरिक्षक कार्कीले जिप्रका चितवनको कार्यालय परिसरमा स्तनपान कक्ष र बालमैत्री कक्ष निर्माणको काम सकाउनु भएको छ। जसका कारण स्तनपान गराउन गएका महिलाहरु सहजरुपमा आफ्नो नानीबाबुलाई स्तनपान गराउन पाउँछन् भने बालबालिकाहरु रमाइरहेको पाइन्छ। कार्यालयभित्र गरिएका सुधाका अन्य कामहरुमा मेलमिलाप पार्कमा मोज्या टायल लगाइएको, बढी आवतजावत हुने स्थान पीच गरिएको, रेलिङ लगाएर कार्यालय परिसरलाई व्यवस्थित गर्ने काम अपराध अनुसन्धानका लागि अलगै भवन निर्माण आदी थुप्रै राम्रा कामको सूचीमा पर्छन्। हुन त एक जनाले गरेको कामबाट धेरै परिवर्तन नहोला तर सुरुवात एक जनाले गरेर मलेसिया, सिंगापुर लगायतका मुलुकहरु बनेका उदाहरण छन्। कार्यालय परिसर भित्र नै वर्षामा पानी जम्ने समस्या थियो त्यसको लागि ढल बनाइनु,अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका सवारी साधन राख्नको लागि तारजालीको म्पाउन्ड लगाउनु, प्रवेशद्वारमा गेट निर्माण गर्नु र स्मार्ट कन्ट्र«ोलरुम र सिसीटिभीको लागि भवन निर्माण गर्नु पनि प्रहरी उपरिक्षक कार्कीले गर्नु भएका उदाहरणीय काम हुन्।  जिल्लाको नेतृत्व सम्हालेर गएको १ वर्षमा कार्यालय बाहिर पनि थुप्रै राम्रा काम भएका छन्। जसमा बहुमूल्य गरगहनासहित ३ जनालाई नियन्त्रण गर्नु, १५ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिनु, कर्तव्य गरी हत्या गर्ने

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल

शीतलपाटीन्युज डटकम। काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई ९८५१२९२१११ र इमेल ठेगानामा [email protected]  सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।  (रासस)  

स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग

प्रवक्ता, एनआरएन युके। लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार कमलाका श्रीमान निरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। अध्यक्ष गाहामगरले स्वर्गीय कमलाको परिवारका लागि आर्थिक सहयोग गर्ने सबै दाताहरुप्रति आभार व्यक्त गरे।  गाहामगरले प्राकृतिक विपत्ति वा मानवीय घट्ना हुंदा बेलायतमा झण्डै ३३४ नेपाली संघसंस्था भएका र तिनले जनही १०० पाउण्डमात्र सहयोग गरे भने पनि ३३ हजार ४०० पाउण्ड संकलन हुने भएकाले सबैको एकीकृत पहल आवश्यक हुने बताए। उनले केही महिनाअघि बेलायतमै दिवंगत विद्यार्थी सदीक्षा तामाङको परिवारका लागि उठाइएको १० हजार ५०० पाउण्ड चन्दा सुनिलबाबु खड्काले रोकेर हस्तान्तरण हुन नसकेको भन्दै मानवीय र सामाजिक कार्यमा राजनीति नगर्न आग्रह पनि गरे। कमलाका श्रीमान निरजले आफूहरुलाई परेको अप्ठेरो समयमा बेलायतस्थित नेपाली समुदायबाट प्राप्त सहयोगका लागि सबैमा कृतज्ञता व्यक्त गरेका थिए। उनले अध्यक्ष गाहामगरले 'लिड' गरेर अप्रत्यासित चन्दा संकलन भएको भन्दै खुशी पनि व्यक्त गरे। हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष अनिल मल्ल,आइसीसी सदस्य सुमन पुन,आइसीसी सदस्य शारदा गुरुङ,सदस्य तारा गर्बुजा मगर र निरजका भिनाजु रोइन्द्र गुरुङ उपस्थित थिए। स्वर्गीय गुरुङको परिवारलाई एनआरएनए यूकेबाहेक कोल्मा बहाकोट समाज यूके,तमु समाज यूके,स्याङ्जा समाज यूके,ग्रेटर रेडिङ नेपलिज सोसाइटी लगायत कयौं संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका छन्। आइतबार कोल्मा बहाकोट समाज यूकेको नेतृत्वमा विभिन्न संघसंस्थाबाट संकलित ४४, ८३० पाउण्डमध्ये झण्डै ६ हजार पाउण्ड खर्च कटाएर बांकी रकम कमलाका श्रीमान निरजलाई हस्तान्तरण गरिएको छ। नेपालमा गण्डकी प्रदेश, स्याङ्जा बिरुवा गाउँपालिका– ४ ओरस्टे गाउँ निवासी कमला उच्चशिक्षा हासिल गर्ने सुन्दर सपना सांचेर बेलायत आएको केही दिनमै बिरामी परिन्। तर,दुर्भाग्य उपचारका क्रममा गत डिसेम्बर ३ तारिख रेडिङस्थित रोयल बर्कसायर अस्पतालमा उनको निधन भयो। स्वर्गीय कमलाको गुरुङ संस्कार अनुसार गत २७ डिसेम्बर बुधबार रेडिङस्थित क्याभरसम क्रिमेटोरियममा अन्त्येष्टि भइसकेको छ। एनआरएनए यूकेले संकलन गरेको चन्दा निम्न छः १. एनआरएनए यूके कार्यसमिति ३११ पाउण्ड २. सुनिता थापा,अध्यक्ष नेपलिज नर्सिङ एसोसिएसन यूके ३०० पाउण्ड ३.सुक सुनार,अध्यक्ष सृजनशील समाज यूके २५१ पाउण्ड ४.वीर बलाल,अध्यक्ष गुल्मी जिल्ला समाज यूके

जेन्स युकेको अध्यक्षमा दीपक गैरे निर्बिरोध

शीतलपाटीन्युज डटकम। लण्डन। ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेको छेठौं अधिवेशनले दिपक गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। गत शुक्रबार अधिवेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन समितिमा अध्यक्षदेखि सदस्यसम्म एक एक जनाको उम्मेदवारी परेपछि सिंगो कार्यसमिति सर्व सम्मत रुपमा चयन भएको हो।  निर्वाचन समितिका सदस्य सालिक सापकोटाका अनुसार कार्यसमितिको अध्यक्षमा गैरेसहित उपाध्यक्षमा श्याम खत्री,लक्ष्मण पाण्डे,मैना शर्मा, महासचिवमा राम थापा,कोषाध्यक्षमा विष्णुभक्त भट्टराई,सदस्यहरुमा सन्तोष कार्की,सूर्यविक्रम केसी,राजेन्द्र खस, किशोर लिम्बु,सुमन लामा र रविन्द्र रानाभाट छन। निर्वाचन समितिमा सापकोटासहित लेखनाथ गैरे र बिष्णु चोङवाङ रहेका थिए।  जेन्स यूकेको सल्लाहकारहरुमा अर्थविद् तथा गैरआवासीय नेपाली संघ आईसीसीका केन्द्रीय सदस्य डा.मुकुन्द बास्तोला,पुर्व अध्यक्ष त्रय सालिक सापकोटा,लेखनाथ गैरे,तिलक भट्टराइ र बिष्णु चोङवाङ छन्। बेलायतस्थित इन्टरपेनरहरुको संगठनका रुपमा सकृय जेन्स यूकेले बेलायतमा र नेपालमा निरन्तर सामाजिक र आर्थिक उन्नतीका लागि कार्य गर्दै आएको छ। यसअघि  कार्यक्रममा  निबर्तमान अध्यक्ष  तिलक भट्टराईले आफ्नो कार्यकलमा भएका कार्यपत्र प्रस्तुत गरेका थिए ।  अधिबेशनमा महासचिब राजेन्द्र भण्डारीले संथाको प्रगति प्रतिबेदन र कोषाध्यक्ष राम थापाले आर्थिक प्रतिबेदन  प्रस्तुत गरेका थिए। अधिबेशन लगतै निबर्तमान अध्यक्षताले नब निर्वाचित अध्यक्ष गैरेलाई पदभार हस्तान्तरण गरेका थिए।   को हुन दिपक गैरे ?? सन् २०१० सालमा पाल्पावाट बेलायतमा बिद्यार्थीका रुपमा प्रवेश गरेका गैरेले कोभेन्ट्री विश्वविद्यालयबाट डिजिटल मार्केटिङमा स्नातकोत्तर गरेका छन। बेलायतस्थित नेपाली समाजमा सफल व्यवसायीका रुपमा परिचित गैरले सवारी साधान खरीद विक्रीको व्यवसाय गर्छन। केन्टस्थित स्वान्सकममा कारहरुको खरीद विक्रीका लागि उनले आफ्नै सोरुम खोलेका छन। व्यवसाय सँगै सामाजिक गतिविधिमा गैरे संलग्न छन्। (डायस्पोरानेपालबाट साभार)

जेन्स युकेको नया कार्यसमितीको अध्यक्षमा दिपक गैरे चयन

शीतलपाटीन्युज डटकम। लण्डन। ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेको छेठौं अधिवेशनले दिपक गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। गत शुक्रबार अधिवेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन समितिमा अध्यक्षदेखि सदस्यसम्म एक एक जनाको उम्मेदवारी परेपछि सिंगो कार्यसमिति सर्व सम्मत रुपमा चयन भएको हो।  निर्वाचन समितिका सदस्य सालिक सापकोटाका अनुसार कार्यसमितिको अध्यक्षमा गैरेसहित उपाध्यक्षमा श्याम खत्री,लक्ष्मण पाण्डे,मैना शर्मा, महासचिवमा राम थापा,कोषाध्यक्षमा विष्णुभक्त भट्टराई,सदस्यहरुमा सन्तोष कार्की,सूर्यविक्रम केसी,राजेन्द्र खस, किशोर लिम्बु,सुमन लामा र रविन्द्र रानाभाट छन। निर्वाचन समितिमा सापकोटासहित लेखनाथ गैरे र बिष्णु चोङवाङ रहेका थिए।  जेन्स यूकेको सल्लाहकारहरुमा अर्थविद् तथा गैरआवासीय नेपाली संघ आईसीसीका केन्द्रीय सदस्य डा.मुकुन्द बास्तोला,पुर्व अध्यक्ष त्रय सालिक सापकोटा,लेखनाथ गैरे,तिलक भट्टराइ र बिष्णु चोङवाङ छन्। बेलायतस्थित इन्टरपेनरहरुको संगठनका रुपमा सकृय जेन्स यूकेले बेलायतमा र नेपालमा निरन्तर सामाजिक र आर्थिक उन्नतीका लागि कार्य गर्दै आएको छ। यसअघि  कार्यक्रममा  निबर्तमान अध्यक्ष  तिलक भट्टराईले आफ्नो कार्यकलमा भएका कार्यपत्र प्रस्तुत गरेका थिए ।  अधिबेशनमा महासचिब राजेन्द्र भण्डारीले संथाको प्रगति प्रतिबेदन र कोषाध्यक्ष राम थापाले आर्थिक प्रतिबेदन  प्रस्तुत गरेका थिए। अधिबेशन लगतै निबर्तमान अध्यक्षताले नब निर्वाचित अध्यक्ष गैरेलाई पदभार हस्तान्तरण गरेका थिए।   को हुन दिपक गैरे ?? सन् २०१० सालमा पाल्पावाट बेलायतमा बिद्यार्थीका रुपमा प्रवेश गरेका गैरेले कोभेन्ट्री विश्वविद्यालयबाट डिजिटल मार्केटिङमा स्नातकोत्तर गरेका छन। बेलायतस्थित नेपाली समाजमा सफल व्यवसायीका रुपमा परिचित गैरले सवारी साधान खरीद विक्रीको व्यवसाय गर्छन। केन्टस्थित स्वान्सकममा कारहरुको खरीद विक्रीका लागि उनले आफ्नै सोरुम खोलेका छन। व्यवसाय सँगै सामाजिक गतिविधिमा गैरे संलग्न छन्। (डायस्पोरानेपालबाट साभार)

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने

एफएनजे युके, लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ। आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै अधिवेशन गर्ने निर्णय गरेको हो।  बैठकले अधिवेशन मिति र भेन्यू आवश्यक गृहकार्यपछि आगामी बैठकले घोषणा गर्ने तथा भेन्यू बुकिङसम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी अध्यक्ष ध्रुवराज अर्याल र कार्यसमिति सदस्य गोमा रानालाई दिने पनि निर्णय गरेको छ।  त्यस्तै, शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण आगामी अप्रिल महिनाभित्र गरिने भएको छ। जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।  बैठकले शाखाको पाँचौं कार्यसमितिका सम्पूर्ण गतिविधि समेट्दै एक स्मारिका प्रकाशन गर्ने तथा वेबसाइट रिडिजाइन गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी क्रमशः कार्यसमिति सदस्य बम थापा सूर्यवंशी र अध्यक्ष ध्रुवराज अर्याललाई दिने पनि निर्णय गरेको छ। कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार बस्ने भएको छ ।  बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। सो अवसरमा फोनिज यूकेका नवनिर्वाचित अध्यक्ष बम थापा सूर्यवंशी,कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र 'स्वस्थ जिन्दगीको सान' पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए।  महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट,सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना,वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियो।

लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइयो

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइएको छ। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा शुक्रबार लन्डन सड्बरीस्थित हिमालयन क्लवमा कार्यक्रम भएको हो। ब्याज वितरण र खादासहित आसनग्रहण गराइएपछि संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम अध्यक्ष क्षेत्री र प्रमुख अतिथी नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले पानसमा दीप प्रज्ववलन गरेर संयुक्त रुपमा उद्घाटन गरेका थिए। कार्यक्रममा सहभागी सबैले पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरेका थिए। त्यस अबसरमा नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो। समाजसेवी विमल आचार्यले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा वक्ताहरु प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमति रोशन खनालले पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनले शुरु गरेको एकीकरण अभियानको पाटोबारे चर्चा गर्नु भयको थियो। खनालले कार्यक्रममा उठाइएका दोहोरो नागरिकता लगायत राजदूतावासको कामप्रति जानकारी गराउनु भयको थियो। विशेष अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले नेपालमा गणतन्त्रवादी भन्नेहरुले पृथ्वी नारायण शाहको नाम समेत लिन छोडिसकेको अवस्थामा भरत क्षेत्रीले सन् २००७ देखि निरन्तर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनु भयको थियो। डा. धितालले पृथ्वीनारायणले त्यतिबेला एकीकरण नगरेको भए आज नेपाल नाम नै नरहने टिप्पणी पनि गर्नु भयको थियो। विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै नेपालका पाका नेताहरुले देश बर्बाद पारिसकेकाले अब युवा नेतृत्व अगाडि आउनुपर्ने धारणा राखेका थिए। गाहामगरले एनआरएनए यूकेको प्रमुख एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता रहेको जनाउंदै नेताहरुले दोहोरो नागरिकताका नाममा देश सिक्किम र फिजी  नबनोस भने। साथै कार्यक्रममा अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेतृत्वमा रहेकी युवा नेतृ खुश्बु ओलीले माओवादी केन्द्रको नेतृत्वले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कटौती गरेर इतिहासमाथि नै अपमान गरेकामा १६ वर्षपछि राप्रपाको पहलकदमीमा माओवादी केन्द्र नेतृत्वकै सरकारले दिवसमा विदा दिन थालेको बतायकी थिईन। कार्यक्रमका सभापति संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायत अध्यक्ष भरत क्षेत्रीले आफ्नो मन्तव्यका क्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताए। सरकारले समेत दिवसका दिन सार्वजनिक बिदा

सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

शीतलपाटीन्युज डटकम,२०८० पुष २८ गते। पोखरा। बेलायतका नेपालीहरूको उल्लेख्य लगानी रहेको नेपालको पहिलो ब्यापारीक सोलार कम्पनी, सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। पोखरा लेकसाइडस्थित होटल मालाको सभाकक्षामा भएको साधारणसभा,सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको थियो । करिब ४० जना सेयर सदस्यहरूको प्रत्यक्ष उपस्थिति रहेको, ६ जना जूम मार्फ़त बेलायत र क्यानाडाबाट जोड़िएका साधारण सभाको कार्यक्रम कम्पनीका सचिव  राजन पाठकले सन्चालन गरेका थिए। सन्चालकले उपस्थित सबैजनालाई आसन ग्रहण गराउँदै साधारण सभाबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए। वार्षिक साधारण सभालाई बुँदागत रुपमा अघि बढाउदै सभाध्यक्ष मोहन गुरुङले आफ्नो बार्षिक प्रतिबेदनमा विगत एक वर्षदेखिको कृयाकलापबारे प्रकाश पारेका थिए । यसैगरी, आर्थिक प्रतिबेदनबारे कम्पनीका सिईओ एलएन पाण्डेले हालसम्मको आर्थिक कारोबारलाई पावर प्वाईन्टको माध्यमबाट स्पष्ट गरी खुलाएका थिए। यसैबीच कम्पनीको ठूलो सेयर होल्डर डोल्मा ईम्प्याक्ट फण्डको तर्फबाट कम्पनीका म्यानेजिंग डाईरेक्टर विद्यावारिधि सिक्देलले डोल्मा ईम्प्याक्ट फण्डको लगानी र सोलार फार्म लिमिटेडलाई शुरुमा लगानी गरेको अग्रधिकार शेयर र अब पूर्णरुपमा कम्पनीको साधारण हिस्सेदारमा परिबार्तित भई सबै सेयर होल्डरसरह रहने बारे प्रष्ट पारेका थिए। कम्पनीले गत बर्ष कै खुद मुनाफाबाट अग्रधिकार शेयर होल्डरलाई दिनु पर्ने लाभांश पनि चुकता गर्ने निर्णय गरेको थियो I कंपनीका अर्का ठूला लगानी कर्ता कुमारी बैँकका प्रतिनिधि अश्विन बाबू श्रेष्ठले कंपनीले निकट भबिष्यमा जारी गर्ने आई पी ओ बारे प्रकाश परेका थिए I छलफलका लागि प्रस्तुत बुँदाहरु सहज र मैत्रीपूर्ण वातावरणमा छलफल गरी निर्णय लिइएको थियो । अन्तमा सभाध्यक्षबाट सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरी सबैलाई एक एक वटा दोसल्ला मायाको चिनोको रुपमा प्रदान गरिएको थियो।

तनहुं बेलचौतारा सोलार फर्मको अधिबेशन भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। पोखरा। नेपालको तनहु दुलेगौडामा संचालनमा रहेको पहिलो सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।  सोलार कम्पनीका  अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भयको सो बार्षिक सभा पोखरा लेकसाईडस्थित होटल मालामा  शनिवार सम्पन्न भयको थियो। करिब ५० सेयर सदस्य उपस्थित रहेको सो साधारण सभा कम्पनीका सचिव राजेन पाठकले सञ्चालन गरेका थिए।  सो सभाका अवसरमा संस्थाका अध्यक्ष मोहन गुरुङले विगत एक वर्षदेखिको सोलार कम्पनिले गरेका क्रियाकलापबारे प्रकाश पारेका थिए। यसैगरी,आर्थिक विवरणबारे कम्पनीका सिइओ एलएन पाण्डेले हालसम्मको आर्थिक कारोबार प्रस्तुत गरेका थिए।  यसैबीच,कम्पनीको ठूलो सेयर होल्डर डोल्मा इम्प्याक्ट फार्मको तर्फबाट कम्पनीका डाइरेक्टर विधावारिधि सिक्देलले डोल्मा इम्प्याक्ट फार्मको लगानी,सोलार फार्म लिमिटेडलाई सुरुमा लगानी गरेको विवरण र अब पूर्णरुपमा कम्पनीको सबै सेयरहोल्डर सरह हिस्सेदार रहनेबारे प्रष्ट्याएका थिए।  कार्यक्रममा सोलार फार्मका बारेमा चर्चा गर्दै सभाध्यक्ष मोहन गुरुङले उपस्थित सबै सहभागीलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए। 

पश्चिम क्षेत्रमा सफल डिआईजीपी बुध्दी गुरुङ अख्तियारमा सरुवा

सुरेश कोईराला। काठमाण्डौ। भनिन्छ कर्म गर फलको आस नगर । फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्, फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तब्य सम्झाउनु भएको थियो। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने अर्का उदाहरण हुनुहुन्छ डिआइजी बुद्धिराज गुरुङङ।  गण्डकी प्रदेश प्रहरीको प्रमुखको भूमिकामा रहेका काम गरिसक्नु भएका गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखाको नेतृत्मा हुनुहुन्छ। आफ्ना हरेक काम सफल तरिकाले गर्ने गरेकाले होला उहाँलाई अख्तियार जस्तो महत्वपूर्ण निकाएको प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रहरी संगठन भित्र काविल अफिसरका रुपमा चिनिनु भएका डिआइजी गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान अर्को अवसर हो। मन्दिरमा पुजारीले अवसर पाए जस्तै। आफ्नो कर्मबाट अगाडि बढ्न चाहाने गुरुङलाई अन्य ठाउँ भन्दा अख्तियार उपयुक्त भएको उहाँको मातहतमा बसेर काम गरेका अफिसर बताउँछन्।  गण्डकी प्रदेश प्रहरी प्रमुख रहँदा डिआईजी गुरुङले मातहतका जिल्लाहरुमा समय समयमा शान्ति सुरक्षाको अवस्था,जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको सबैले स्मरण गरिरहेका छन्।   आफ्नो अधिकारको पालना गर्दा अर्काको अधिकारलाई ध्यान राख्नु पर्छ भन्ने विषय डिआईजी गुरुङबाट सिक्न सकिन्छ। उनले घरेलु हिंसा, लागूऔषध दुव्र्यसनी,साइबर क्राइम सडक सुरक्षा जस्ता विषयमा काम गर्दा आम नागरिकको अधिकारलाई ध्यानमा राखेर काम गर्नु भएको छ। नागरिकमा सकारात्मक धारणाको विकास गरेर मात्र अपराध नियन्त्रणमा आफ्नो पाइला चाल्ने र मातहतको फौजलाई कमाण्ड गर्ने उहाँको महत्वपूर्ण खुबी हो।  जसरी एउटा लिडरमा हुने गुणहरु श्रीकृष्णले अर्जुनका सारथी बनेर सिकाउनु भएको थियो। कलियुगमा डिआइजी गुरुङले परक प्रविधिको प्रयोग गरेर आफू मातहतका कर्मचारीको ख्याल गर्ने गर्नु भएको छ। आफ्ना मातहतका कर्मचारीको सारथीका रुपमा पुलिस संगठन भित्र चिनिनु हुन्छ। मातहतका प्रहरी कर्मचारीहरुको गुनासोहरुलाई लिखित रुपमा लिने र सम्बोधन गर्ने तथा आफूबाट सम्बोधन नहुने गुनासोहरु माथिल्लो तहमा जाहेर गर्ने कार्यशैलीको विकास गरी प्रहरी संगठनमा हुने अनुचित

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी दान कार्की

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दानबहादुर कार्कीलाई दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी कुवेर कडायतको लुम्बिनी प्रदेशमा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी कार्कीले पाएका हुन्।

बीसीसी युकेले खेन्पो तुलाचनको बिदाई र खैबा कर्मको स्वागत गर्यो

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको बिदाई गरेको छ। गत बुधबार १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई बिदाई गरिएको हो। बीसीसी यूकेले गत ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) ल्होछार कार्यक्रममा लागि बेलायत आएका खेन्पो किरण करिब २ हप्ताको बसाई पश्चात नेपाल फर्किन लागेका हुन्। त्यस्तै,बीसीसी यूकेको निमन्त्रणामा बेलायत आईपुगेका धर्मगुरु खैबा कर्मलाई स्वागत गरेको छ। खैबा कर्म करिब ५ महिना गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्ने छन्।  कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी युकेले आयोजना गरेको तमू ल्होछार कार्यक्रमका लागि बिशेष आतिथ्य सहित पूजापाठ, प्रवचन तथा अभिषेक (वाङ्ग) दिएकोमा खेन्पो किरणलाई धन्यवाद दिए। त्यस्तै,खेन्पो किरणले बीसीसी यूकेले गरेको स्वागत,सत्कार तथा सम्मानको लागि धन्यवाद दिए।  सो अवसरमा बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ, आमाहरुलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले खेंपों र खैबालाई खादा लगाई दिएका थिए। बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, धर्मशालाबाट आएका ६ जना धर्मगुरुहरु,बौद्ध अर्घौं सदन पोखराका लामा हर्क जंग घले, प्रदीप गुरुङ,पुरन गुरुङ लगायतको समेत उपस्थिति रहेको विदाई कार्यक्रम भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।  स्मरण रहोस्,खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछार पर्वका दिन धार्मिक प्रवचन,दिप प्रज्ज्वलन,घ्यासी, आयु,छोग,घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गरेका थिए। 

ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाउँदै

शीतलपाटीन्युज डटकम। लन्डन। ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य,साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्यो।  बेलायत–नेपाल मैत्री सन्धिको शतबार्षिकी उत्सवका अवसरमा दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पारेको भन्दै नेपालका लागि बेलायती राजदूत रब फेनले  कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरेका छन। उनले भनेका छन कि, ‘बेलायत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको  शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको बताएका छन।’सो अबसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायत बीचको सांस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दै विगत, बर्तमान र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ, भन्नु भयको छ। दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको उजागर गर्दै प्रस्तुत यस प्रदर्शनीले मित्रता,सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाएको बताउनु भयको छ।’ बेलायत र नेपालबीच कूटनैतिक सम्बन्धको एक अंशका रुपमा ६५ वर्षअघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय थियो। ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक,शाहिदा म्याकडुगले कार्यक्रममा पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरेकी थिईन।  लन्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा सांस्कृतिक क्षेत्रहरुमा गरेका प्रयास प्रष्टाएको थियो।यो प्रदर्शनी लण्डनको रेडम्यान पी एल, E20 1JQ मा सर्वसाधारणका लागि १ अप्रिलसम्म खुला रहनेछ। 

लण्डनको मिडलैण्डमा भजन किर्तन महोत्सब हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजले मिडलैन्डमा भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय भयको छ।नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बुधवार बसेको साझा नेपाली समाजको बैठकले मिडलैन्डको नटिङगहममा मार्च २५ गते सोमवार शिबरात्रीको दिन मिडलैन्ड भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय गरेकोछ। यसको संयोजन निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नुहुनेछ भने महोत्सवमा लाग्ने खर्चको ब्यवस्थापन समाजका सचिव एवं युवा ब्यवसायी शुरेष केसीले गर्नुहुनेछ। महासचिव शर्माले दुबै संयोजकहरुले यसभन्दा पहिला पनि सामाजिक कार्यक्रमहरु सफलताको साथ संयोजन गरिसक्नुभएको छ भने भजन किर्तन महोत्सव पनि भव्यताको साथ सम्पन्न गर्नेमा अध्यक्ष दिपक सापकोटा लगायत सिंगो मिडलैन्डवासी नेपालीहरु विस्वस्त रहेको जानकारी गराएका छन। मिडलैन्डमा बसोबास गर्ने पहिलो पुस्ताका नेपालीहरु उमेरले करिब करिब पचासको आसपास रहेको कारण यस्ता धार्मिक कार्यमा रुची बढ्ने कारणले पनि महोत्सव भब्य हुनेमा कुनै शंका नरहेको शर्माको जिकिर थियो।

अध्ययनका लागि बेलायत आउने नेपाली बिध्दार्थीले कोठा र काम बारे अध्ययन गरेर आउनु राम्रो

शीतलपाटीन्युज डटकम। लण्डन।बेटर अपरचुनिटीका लागि उच्च शिक्षा हासिल गर्न नेपालबाट बेलायतका युनिभर्सिटीमा अध्ययन गर्न बिध्दार्थीहरु आउने क्रम आकासियको छ।तर शैक्षिक फि,आवास, चर्को ट्राभल फेयर राम्रोसंग नबुझी वा नबुझाइएकै कारण बेलायत अध्ययनका लागि आउने धेरै नेपाली विद्यार्थीहरु समस्यामा परेको देखिएको छ। समस्यामा परेको कुरा सामाजीक संजालमा जताततै काम र कोठाको सहयोग पाउ भन्दै समाचार र सहयोगको याचना गरीएको छ। बेलायतस्थित नेपाली विद्यार्थीका समस्यालाई अध्ययन र मनन गर्दै एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदले शनिबार नेपाल राजदुताबास प्रतिनीधी,बेलायती युनिभर्सीटीमा अध्यापन गराउने नेपाली प्राधापकहरु,बेलायतमा युनिभर्सीटी भर्नाका लागि लियाजन गर्ने कनसल्टेन्टीका कनसल्टेन्टहरु,बिध्यार्थी, एनआरएनका अध्यक्ष,बुध्दीजीबीहरु र नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुबराज अर्याल, शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी समेत पत्रकारहरुको उपस्थितीमा Helping Hand ले  एउटा ‘भर्चुअल’ छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका सरोकारबाला वक्ताहरुले बेलायत आउनु अघि विद्यार्थी र अभिभावक समेतले पढ्न आउने कोर्स,युनिभर्सिटी,खर्चदेखि बस्ने कोठा र कामका अवसरहरुबारे अध्ययन गरेर आवश्यक जानकारी लिन सके समस्या कम हुन सक्ने धारणा व्यक्त गरेका थिए।शैक्षिक परामर्शदाता कम्पनीहरुले पनि यथार्थ र वास्तविक सूचना दिन जरुरी रहेको उहाहरुको भनाइ थियो।बेलायतमा अध्ययन गर्न आउने हरेक नेपाली विद्यार्थीले नेपालबाटै यहाँको अवस्था, जीवनशैली,बस्ने कोठा र कामका अवसरलगायतका आधारभूत विषयमा जानकारी लिएर मात्रै आउनुपर्ने राय सरोकार बालाहरुको  राखेका थिए। एनआरएनए इंग्डलैण्ड राज्य समन्वय परिषदकी सचिव आहिल्या कुंवरले संयोजन तथा सञ्चालन गरेको एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले विद्यार्थीहरुलाई बुझेर मात्र बेलायत आउन सुझाव दिनु भयको थियो। काम,कोठा जस्ता व्यवहारिक समस्यामा सहयोग गर्न दूतावाससंग पर्याप्त स्रोत नरहेको स्पष्ट पार्दै उहाले युनिभर्सिटी,होम अफिस लगायतका समस्यामा सम्पर्कमा आएका बिध्दार्थीहरुलाई सम्भव भए सम्मको सहयोग गर्दै आएको जानकारी दिनु भयको थियो।अझै पनि धेरै विद्यार्थीहरु दूतावासमा सम्पर्क गर्न हिच्किच्याउने गरेको पाएको भन्दै उहाले समस्या पर्दा वा सहयोग आवश्यक पर्दा दूतावासको सम्पर्कमा आउन आग्रह गर्नु भयो।उहाले ठूलो चुनौतीका रुपमा रहेको विद्यार्थीका समस्याबारे बहस शुरु गरेकोमा एनआरएनए इंग्ल्याण्ड राज्य समम्वय परिषदलाई धन्यवाद दिनु भयको थियो। एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ,युनिभर्सिटी कलेज लन्डन (युसिएल)

अनेसास बेलायतको स्रष्टा स्मृति दिवस तथा कृति विमोचन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान,नेपाली साहित्यका ६ जना मूर्धन्य साहित्यकारहरुको सम्झना,अनेसास बेलायतका सदस्यहरुको हालै प्रकासित कृतिहरुको विमोचन तथा कृतिकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।   आइतबार लण्डनको प्लमस्टिड स्थित साउथ इष्ट तमुधी ईकाइको हलमा सम्पन्न उक्त कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्याल,नेपाली आधुनिक चित्रकलाका पिता तथा साहित्यकार लैनसिंह वाङदेल, नेपाली गीत तथा संगीतका प्रसिद्ध व्यक्तित्व मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङ,नेपाली प्रगतिवादी तथा पृथक धारका कविताका लोकप्रिय कवि भूपी शेरचन र स्वर सम्राट नारायण गोपालको तस्बीरमा पुष्प अर्पण गर्दै स्मरण गरियो।   अनेसास बेलायतले अनेसासका कोषाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह “प्रवासी मन”, समाजका सदस्य जीत बहादुर बुढाथोकी छन्त्यालको मुक्तक संग्रह “यानीमाया” र डा. रुपक श्रेष्ठ सम्पादित “सरुभक्तका मुक्तकहरु” को संयुक्त रुपमा विमोचन सम्पन्न गरेको हो। उक्त कार्यक्रममा स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट र भूपी शेरचनका समकालीन साहित्यकार तथा बेलायतका आँखा रोग बिशेषज्ञ डा. बीरेन्द्र अमात्य, सल्लाहकारद्वय डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङ, अनेसासका अध्यक्ष राज श्रेष्ठ र कार्यक्रम संयोजक माया गुरुङले फूलमाला तथा खादाले स्रष्टाहरुलाई सम्मान गरेका थिए।  त्यसै गरी अनेसासका सदस्य तथा साहित्यकार संगीता स्वेच्छालाई महिलाहरुको हक तथा अधिकार बारे गरिएको योगदानको सम्मान गर्दै युनिभर्सल पिस फेडेरेसन बेलायतले पिस एम्बासडर घोषणा गरेकोमा उनलाई सम्मान गरिएको थियो।  अनेसास बेलायतले विगत एक दशकदेखि वर्षेनी गर्दै आएको स्रष्टा स्‍मृति दिवस यसपटक उपाध्यक्ष माया गुरुङले संयोजन गरेकी थिइन्। अनेसास अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा तथा रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट प्रमुख अतिथि रहेको सो कार्यक्रमको पहिलो चरणको कार्यक्रम समाजका सदस्य कुमार केसीले तथा दोस्रो चरणको कार्यक्रम सहित्यकार अहिल्या कुँवरले गरेका थिए भने कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष माया गुरुङले सम्पूर्ण सहभागीलाई स्वागत गरेकी थिइन्। स्थानीय विभिन्न संघसंस्थाको उपस्थिती रहेको कार्यक्रममा अनेसासका सल्लाहकार डा. रुपक श्रेष्ठले कार्यक्रमको औचित्य तथा साहित्यकारहरुको व्यक्तित्व बारेमा संक्षीप्त चर्चा गरेका भने अर्का सल्लाहकार सुमलकुमार गुरुङले शुभकामना मन्तव्य राखेका

यसपाली को world Cup कसले जित्ला?