शीतलपाटीन्युज डटकम। काठमाडौँ। पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस भव्य कार्यक्रम गरि आज काठ्मान्डौ लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ। काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी सञ्जाल, मर्यादित महिनावारी अभियान नेपाल र प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा विभिन्न र्काक्रम गरि मर्यादित महिनावारी उत्सव मनाइएको हो। पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसको नारा,यौन हिंसा र बाल बिबाह अन्तको लागि मर्यादित महिनावारी रहेको थियो। मर्यादित महिनावारी अभियानको संस्थापक तथा अभियन्ता डा. राधा पौडेलले रंगीचंगी बेलुनलाई महिनावारी स्वतन्त्रताको प्रतिक स्वरुप आकाशमा उडाएर सुरु भएको अन्तर्राष्ट्रिय उत्सवमा विभिन्न कार्यक्रम भएका थिए। उक्त कार्यक्रममा समीक्षा दाहालले महिनावारीको अवस्था र मर्यादित कसरी बनाउने भन्ने विषयमा कविता बाचन गरेकी थिइन्। सो अवसरमा नेपालका अभियन्ता मात्रै नभएर विश्वका विभिन्न देशका मर्यादित महिनावारी अभियन्ताले भर्चुअल छलफलमा समेत भाग लिएका थिए। किशोरावस्थाका बालिका,अपाङ्गता भएका महिला, लैँगिक अल्पसंख्यक समुहका युवा तथा सञ्चार क्षेत्रका युवाका बीचमा मर्यादित महिनावारीको वर्तमान अभ्यास र नीतिगत सुधारका विषयमा पनि छलफल भएको आयोजक तथा मर्यादित महिनावारी अभियन्ता समीर परियारले जानकारी दिए। त्यसैगरी सो अवसरमा बेलायत, अमेरिका, घाना, श्रीलंका,फिलिपिन्स लगायतका देशबाट भर्चुअल माध्यमबाट मर्यादित महिनावारीको अन्तराष्ट्रिय अभ्यास र सुधार गर्नुपर्ने पक्षहरुको विषयमा समेत छलफल भएका थियो। कार्यक्रममा मानव अधिकार आयोगका सदस्य लिली थापाले मर्यादित महिनावारी मानव अधिकारको समेत विषय भएकोले सबैले यो विषयमा आवाज उठाउनुपर्ने बताइन्। उनले राज्यले समेत नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताएकी थिइन्। त्यसैगरि सो अवसरमा मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले मूल वक्ताको रुपमा सर्वपक्षीय चासो हुनुपर्ने मर्यादित महिनावारीका विषयमा राज्यका कुनै पनि तहबाट नीतिगत रुपमा बोल्न नसकेको बताएकी थिइन्। यसविषयमा सबै पक्ष मौन भएको व्यक्तिको सृष्टिकर्ता महिनावारी रगतको शुद्धताको विषयमा चर्चा हुनुपर्ने बताइन्। कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हा, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, प्लान इन्टरनेशनलका कन्ट्री डाइरेक्टर राम किसन लगायतले बोलेका थिए। सोही समारोहमा मर्यादित महिनावारीका विभिन्न फरक फरक विषयमा देशभरका पत्रकारहरुले लेखेका समाचारको संकलन पुस्तक सृष्टिको रगतको गाथा र मर्यादित महिनावारी तालिम हाते पुस्तिकाको समेत विमोचन गरिएको थियो।
GNNEWS: काठमाडौं। पोर्चुगलका लागि नेपाली राजदूतमा मनोनयन गरिएका शनिल नेपालको नाम संसदीय सुनवाइ समितिबाट अनुमोदन भएको छ। शुक्रबारभएको संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापना पश्चातत्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम प्रत्यक्ष सेवा प्रवाहहुनुका साथै नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन,लगानी र व्यापारप्रवर्द्धनमा पनि योगदान पुग्ने धारणा राखेका छन। सरकारको पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण रहेको औंल्याउँदै उनले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको संख्या बढीरहेकाले उनीहरुको हक हितको संरक्षण गर्न तथा उनीहरुलाई आवश्यक कन्सुलर लगायतका सेवा सहज रुपमा प्रदान गर्न सकिने बताएका छन। पोर्चुगलको आधिकारिक तथ्यांक अनुसार त्यहाँ झन्डै २५,००० नेपालीहरुकोबसोबास रहेको बताइए पनि वास्तविक संख्या ७०,००० भन्दा पनि बढी हुन सक्नेअनुमान गरिएको छ। दूतावास स्थापनाले त्यहाँ रहेका नेपालीहरुका लागिसहज हुने बताउँदै उनले भने,‘पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली राजदूतावास पेरिसमा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको राहदानी तथा कन्सुलर सेवाका लागि व्यावहारिक कठिनाइ अब अन्त्य हुनेछ।’ त्यस्तै उनले पोर्चुगल यूरोपियन यूनियनको एउटा महत्वपूर्ण सदस्य राष्ट्र भएको रआउँदो सन् २०२६ मा दुवै देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा हुने स्मरण गरे। उनले इजरायल नेपालीहरुका लागि कृषि प्रविधि सिक्नअसुरक्षित देखिएकाले पोर्चुगल एउटा सुरक्षित गन्तव्य हुन सक्ने बताए। उनलेभारतको गोवामा हरेक वर्ष हजारौं पोर्चुगिज नागरिकहरुले भ्रमण गर्ने गरेकोबताउंदै उनीहरुलाई त्यहाँ बाट नेपाल ल्याउन नेपाल पर्यटन बोर्डसंग समन्वय गरी 'समुद्रदेखि सगरमाथा सम्म' भन्ने कार्यक्रम संचालन गर्न आफुले पहल गर्ने पनि बताए। सांसदहरुका प्रश्नको जवाफ दिंदै शनिल नेपालले नेपालबाट उत्पादित वस्तुहरु पोर्चुगल तथा युरोपेली बजारमा बिक्री वितरण गर्न पहल गर्ने,फुटबल खेलकोविकासमा पोर्चुगलको सहयोग जुटाउन तथा जलश्रोत,कृषि,पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने आफ्नो कार्ययोजना पढेर सुनाएका थिए। बैठकको सभापतित्व सांसद पशुपति शमशेर जबरा तथा ज्ञानेन्द्र बहादुर कार्कीले गरेका थिए। नेपालीहरुलाई प्रत्यक्ष सेवा दिन नयाँ दूतावास: मंत्री साउद यस अघि संसदीय सुनुवाइ समितिसमक्ष परराष्ट्र मंत्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवादिनका लागि राजदूतावास खोलिएको बताए। शुक्रबार संसदीय सुनुवाइसमितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या बढि रहेकोले दूतावास आवश्यक रहेको
शीतलपाटीन्युझ डटकम। लण्डन। आगामी १० डिसेम्बरमा बेलायत आउदै गरेका पुर्व गृहमन्त्री तथा रास्वपा का सभापती रबि लामीछानेले बेलायतको विभिन्न स्थानहरुमा खुल्ला अन्तर्कृया गर्ने भएका छन्। हालै मलेसियाको कार्यक्रमलाई सम्बोधन गरि कतारको दोहा पुगेका लामिछाने आगामी १० डिसेम्बर आईतवारका दिन बिहान ७ बजे लण्डनको हिथ्रो एयरपोर्ट मा अवतरण गर्नेछन्। सोही दिन प्रवास सम्पर्क समिती युकेका कार्य-समितीसङ्ग अन्तर्कृया गरि लण्डन लगायत आसपासका नेपाली बसोबासीहरुको क्षेत्रमा खुल्ला अन्तर्कृया गर्ने तय भएको छ। स्विण्डन स्थित नेप्प्लिज एसोसियसन अफ वेल्सायार ( NAW) का अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गका अनुसार डिसेम्बर १० कै दिन मध्याह ३ बजे लामिछानेले नेपाली नामाकरण गरिएको 'अन्नपुर्ण मार्ग'को उदघाटन गर्नेछन्। गुरुङ्गका अनुसार नेपाली नामबाट बेलायतमा नामाकरण गरिएको यो बाटो सम्भवत: पहिलो हुनेछ। स्थानीय राजनैतिक अगुवा लगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थीतीमा सो बाटोको नामाकारण सत्र पस्चात् सोही साँझ नेप्प्लिज एसोसियसन अफ वेल्सायारले लामिछानेको लागि एक औपचारीक स्वागत कार्यक्रमको आयोजना समेत गरेको छ। भ्रमणको दोश्रो दिन अर्थात डिसेम्बर ११ का दिनमा भने नेपालीहरुको बाहुल्यता रहेको मिडल्याण्डको बर्मिङ्गहममा खुल्ला अन्तर्कृया कार्यक्रम राखिएको छ। मिडल्याण्ड क्षेत्रको कार्यक्रम संयोजक तथा रास्वपा युके बिभागका महामन्त्री राजु कँडेलका अनुसार पार्टी सभापती लामिछाने बर्मिङ्हमको टिप्टन स्थित ' द लाउन्च बार एन्ड रेष्टुरेन्ट' मा मध्यान्ह १२ बजेदेखी ४ बजेसम्म हुने सो कार्यक्रममा उपस्थित नेपाली सहभागीहरुसङ्ग अन्तरकृया गर्नुका साथै उठान भएका बिभिन्न मुद्दाहरुलाई सम्बोधन समेत गर्ने छन्। त्यस्तै डिसेम्बर १२,मंगलवारका दिन साउथवेष्ट क्षेत्रको प्लमस्टिडमा अन्तर्कृया कार्यक्रमको आयोजना गर्न लागिएको सो क्षेत्रका संयोजक राम थापाले जानकारी दिनुभयो। बिहान ११ बजे देखि मध्यान्ह १ बजेसम्म हुने सो कार्यक्रमलाई सम्बोधन गरे पस्चात् सोही दिन मध्यान्ह ४ बजे अल्डरशटको एम्पाएर हलमा 'बृहत् खुल्ला अन्तर्कृया' राखिएको छ । नेपालीहरुको जनघनत्व बढी रहेको अल्डरशट क्षेत्रलाइ 'मिनी-नेपाल' को रुपमा पनि चिन्ने गरिन्छ। बहुजातिय र बहुधार्मिक नेपालीहरुको बसोबास रहेको अल्डरशटमा भने लामिछानेले स्थानिय हिन्दु मन्दिर र बौद्द मन्दिरको दर्शन गर्नुका साथै त्यहाँ बसोबास गर्ने केही नेपाली समुदायहरुसङ्ग अन्तरसंवाद र भलाकुसारी समेत गर्नेछन्। देशका अति विकट गाउँको कुनाकन्दरामा पुगेर जनताहरुको दु:ख सुखलाई नजिकबाट नियाल्न
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा मह जोडीको यूके टुर कार्यक्रमको तयारी तीव्र रुपमा भएको छ। सो कुरा बेलायतको च्यारिटी संस्था द गोर्खा सेन्टरले ३ डिसेम्बर २०२३ मा जुमद्वारा गरेको प्रेषमीट मार्फत जानकारी दिएको हो।यही डिसेम्बर तेश्रो साता नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को यूके टुर गर्ने र उहाहरुले भिषा प्राप्त गरेको कारण यो भब्य तयारीको जानकारी गराईएको हो। ३ डिसेम्बर आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो ४ देखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा तय भएको जानकारी दिएका थिए। मह जोडी कलाकारहरु २० डिसेम्बरमा बेलायत आउने तयारीमा रहेको पनि तमाड्गले जनाएका छन। ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। अहिले नै टिकट लिए प्रवेश शुल्क जम्मा २५ पाउण्ड लाग्ने र पछि यो वृद्धि हुंदै जाने आयोजकले जनाएका छन्। दर्शकहरुले अनलाइन तथा प्रवेशद्धारमा टिकट खरिद गर्न सक्नेछन् ।बेलायतमा रहेका गोर्खा भेट्रान र तिनका वयस्क सन्तानहरुको कल्याणकारी कार्यमा समर्पित च्यारिटी संस्था द गोर्खा सेन्टरको कोष अभिवृद्धिका लागि मह जोडीको प्रहसन गर्न लागिएको तामाङले बताएका छन। मह टुर खर्चिलो भएपनि दर्शक उपस्थिति उल्लेख्य रहने विश्वास आयोजकलाई छ। ह्यारो कार्यक्रममा कम्तीमा १८ सय र अल्डरसटमा करिब ५५० दर्शक आउने अपेक्षा आयोजक सेन्टरको छ । द गोर्खा सेन्टरले स्थापनाकाल देखि नै बेलायतमा रहेका ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरु र तिनका वयस्क सन्तानहरुको हकहितका लागि आर्थिक, सामाजिक,भाषिक, सांस्कृतिक लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। प्रेषमीटका अवसरमा नेपालका श्रद्धेय कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बोलाएर बेलायतवासी नेपाली दर्शकहरुलाई गुणस्तरिय कार्यक्रममार्फत भरपुर मनोरन्जन दिने प्रयत्न समेत आफूहरुको रहेको तामाङले बताएका थिए। अल्डरसट कार्यक्रमका लागि संयोजक प्रतिमा जोशी र सम्पुर्ण कार्यक्रमको संयोजक गरिरहेकी मधु गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा सेन्टरले झण्डै ५ सय बढी गोर्खा भेट्रानलाई उनीहरुको सामाजिक सुरक्षा, अंग्रेजी भाषा,स्वास्थ्य समस्या लगायतमा सहयोग गरिसकेको जनाएको छ। लण्डनस्थीत बरिष्ठ पत्रकार भगिरथ योगी,एफएनजे युके अध्यक्ष ध्रुबराज अर्याल,पुर्व अध्यक्ष नविन पोखरेल,पत्रकारहरु
शीतलपाटीन्युज डटकम। लण्डन। स्याङ्जा समाज युकेको दोस्रो महाधिवेशन आज ३ डिसेम्बरमा अल्डरसटको ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ। स्याङ्जा समाज युकेले स्थापना काल देखि छोटो अवधि मै विभिन्न कार्यहरु गरी एक आपसी सहयोगमा समाजको उत्थानको लागि आफ्नो जिल्लाको विकासमा सहयोग,कोविडको विषम परिस्थितिमा सहयोग,स्याङ्जा जिल्लाबासीलाइ मोतीबिन्दु अपरेसनमा सहयोग लगायत आपतकालीन सहयोग गर्दै आइरहेको छ। संस्थाका अध्यक्ष सारदा गुरुङ पित्री शोकमा नेपालमा भएकोले कार्यवाहक अध्यक्ष भरत गुरुङ्को अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको थियो। महासचिब डा बलराम ढकालले उदघोषण गर्दै शुरु भयको सो कार्यक्रम उपाध्यक्ष भरत गुरुङको अध्यक्षतामा सन्चालन भयको थियो।एक मिनेट मौनधारण गरी शुरु भयको सो कार्यक्रममा उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तब्य राख्नु भयको थियो। सस्थाका संरक्षक थर्क सेन,मे.कुमार गुरुङ,मगरसंघको निबर्तमान अध्यक्ष ले रि सुनिल राना,आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) युकेकी अध्यक्ष गोमा राना र सोपाल समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ्ले पानसमा बत्ती प्रज्वलन गरी सो अधिबेशन शुरु भयको थियो। स्याङ्जा समाजका प्रवक्ता एलबिजेड गुरुङ,रि मे कुमार गुरुङ,सुनिल राना,नारायन गुरुङ,श्रीप्रसाद गुरुङ,डेबिड गुरुङ,विशाल गुरुङ र थर्क सेनले शुभकामना मन्तब्य दिएको सो कार्यक्रममा सस्थाले छोटो समयमा दुर्त गतिले महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा खुशी पनि ब्यक्त गर्नु भयको थियो। सस्थाका महासचिव डा बलराम ढकालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेको सो अधिबेसनमा कोषाध्यक्ष रुपा गुरुङ्ले पारदर्शीक आर्थिक प्रतिबेदन पेश गर्नु भयको थियो। कार्यबाहक अध्यक्ष भरत गुरुङ्ले अध्यक्ष सारदा गुरुङ्को प्रतिबेदन पढेर सुनाउनु भयको सो कार्यक्रममा कार्यसमिति विघटनको घोषणा गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन संयोजक वरिष्ठ सल्लाहकार डेविड गुरुङ् निर्वाचन प्रमुख, सचिबमा गोमा राना र सदस्यमा इन्द्र क्षत्री,पार्बती गुरुङ तथा गिर गुरुङ सहितको निर्वाचन समितिलाई निर्वाचन सम्पन्न गर्न बुझाईएको थियो। दोस्रो चरणमा निर्बाचन प्रमुख डेविड गुरुङ र टिमले निर्वाचन प्रक्रियालाई अगाडि बढाएको थियो। त्यसपछी कार्यक्रम निर्वाचन समिती सचिब गोमा रानाले सन्चालन गर्नु भयको थियो। आजको अधिवेशन पश्चात भयको निर्वाचनबाट नयाँ कार्य समितिमा सर्वसम्म्तबाट भरत गुरुङ अध्यक्षमा चयन हुनु भएको हो। यसैगरी उपाध्यक्षहरुमा भक्त दर्जी,रुपा गुरुङ र जगदिश गुरुङ चयन,महासचिव इन्जिनियर राम राज शर्मा कोषाध्यक्ष शिव सापकोटा, सहकोषाध्यक्ष चन्दा थापा,सदस्यहरु भिम बहादुर गुरुङ,युबराज गुरुङ,श्याम बहादुर गुरुङ,महिला संयोजक हुम कुमारी गुरुङ,सहसंयोजक भुमाया
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले केही समय अघि समाचार सम्पादन तथा लेखन तालिम सम्पन्न गरेको छ। भर्चुअलरूपमा आयोजित सो तालिममा नेपालबाट कान्तिपुर एफएम तथा रे टेलिभिजनमा कार्यरत श्याम रानामगरले स्रोत व्यक्तिका रूपमा तालिम दिएका थिए। जुम मार्फत भयको सो तालिमको फोनिज युकेकी अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा भएको र तालिमको उदघोषण सन्चालन सचिव लीला सेलिङ माओले सन्चालन गरेकी थिइन्। तालिम संचालनका क्रममा स्रोत व्यक्ति रानामगरले समाचार संकलन,लेखन र सम्पादनका विभिन्न पक्षहरूका बारेमा चर्चा गरेका थिए।कार्यक्रममा सहभागीहरूले राखेका विभिन्न जिज्ञासाहरूको श्रोत ब्यक्ती रानाले जवाफ दिएका थिए।फोनिज युकेका सल्लाहकारहरू नरेश खपाङ्गीमगर,लेखक एकेन्द्र गुरुङ,प्रमिला लाबुङ राई,विश्वासदीप तिगेला, सचिव लीला सेलिङले सो क्रममा जिज्ञासा राखेका थिए। तालिममा बेलायतमा कार्यरत आदिवासी जनजाति पत्रकारहरू र नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्सहरुको पनि उपस्थिति रहि तिलिम भब्य सम्पन्न भयको थियो।
बसन्तराज कॅुवर, काठमाण्डौ। मलाइ थाहा छैन यो कहॉ र कहिलेको घटना हो? तर यस भिडीवो फुटेजमा सबै नागरीक (महीलाहरु समेत मिली) एक ट्राफीक प्रहरी माथि भौतीक रुपमै हातपात गर्दै गरेको देखिन्छ र यस्मा संबेदनसिल कुरा के देखिएको छ भने “कोहि नागरीकहरु प्रहरीलाइ बचाउन तिर लागेका छैनन् बरु सबका सब पिट्नै र लखेट्नै वा लखेट्ने र आक्रमण गर्नेहरुलाइ नै उकास्नै तिर लागेका देखान्छन्। यो घटना साधारण छैन र उच्च अफिसरहरुले अध्यन मनन गर्नु पर्ने खालको पनि छ। जब अति हुन्छ,तब मात्र प्रहरी माथि भौतीक आक्रमण हुन्छ। प्रहरी माथि आक्रमण मुख्य रुपमा ५ कारणले हुन्छन् । पहिलो :- नीतीगत रुपमै आक्रमण गर्ने, यस अन्तरगतका आक्रमणहरु आक्रमणकर्ताहरुले नितीहत रुपमै गर्दछन् जस्तो सत्ता वा सरकार पल्ट्याउनु छ,लुटपाट गर्नु छ,सडकलाइ अराजक बनाउनु छ,असान्ती मच्याउनु छ। प्राए यस्ता कुरा योजनाबद्ध नै हुन्छन्। दोश्रो :- अति भए पछी, अर्थात जब प्रहरीहरुले अति दुख दिन थाल्दछन र आम नागरीक हरु लाइ अनाबस्यक कारबाहि, धंकी,पिडा,चेकजॉच सोसण गर्न थाल्दछन् , त्यस पछी क्रमस जनताको नफरत बड्दै जान्छ र कुनै एक समएमा त्यो बिष्फोट हुन्छ। यस्ता घटना योजनाबद्ध त हुदैनन् तर जब यस कारणले प्रहरी माथि आक्रमण हुन्छ तब सबका सब नागरीक हरु त्यस बेला प्रहररी माथि खनिन्छन् किनकी सब लाइ प्रहरीको कारबाही हरु पहिल्यै देखि मन परी रहेको हुदैन। जब मौका आउछ तब सब खनिन्छन्।यस्तोमा प्रहरीलाइ बचाउन आउने नागरीक पनि हुदैनन्। तेश्रो :- तत्काल उठेको रीस थाम्न नसकी, कोहि माथि अनाबस्यक र चित्त नबुझ्दो प्रहरी कारबाही भएको भए पनि तत्कालको आक्रोस थाम्न नसक्ने ब्यक्ती हरु बाट प्रहरी माथि आक्रमण हुन सक्छ तर यस्तो अबस्थामा नागरीक हरुले प्रहरीको बचाउ गर्ने छन्। प्रहरीको सुरक्षामा साथ दिने छन् । चौथौ:- बचाउको लागी, कोहिलाइ प्रहरीले पक्राउ गर्यो वा कोहि आफुले गल्ती गरेको छ र संजाए पाउछु भन्ने निश्चीत छ भने उस्ले त्यस समएमा प्रहरीको कब्जाबाट उम्कन प्रहरी माथि आक्रमण गर्न सक्छ तर यस्तो घटना योजनाबद्ध हुंदैन।यस्तो घटनामा पनि प्रहरीलाइ नागरीकहरुले बचाउ गर्दछन्। अपराधिक इलाका - कुनै खास स्थानमा अपराधीहरुको बसोबास छ वा त्यॉहाको जिबननै अपराध
सुरेश कोईराला। अमेरीका।नोभेम्बर १९,२०२३ आइतबारका दिन एक समारोहविच अमेरिकामा विभन्न साहित्यिक पुरस्कार बितरण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका माननिय कुलपति भूपाल राईको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो। अनेसास पुरस्कार समितीका संयोजक तिर्थ राज पाण्डेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रज्ञा सदस्य बाबा बस्नेत, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रिय अध्यक्ष गोबर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बि ओ टी अध्यक्ष गीता खत्रीहरूको बिषेश आतित्थ्यता रहेको थियो। त्यसैगरी अतिथीहरूमा बरिष्ठ साहित्यकार कृष्ण धाराबासी,नीलम कार्की निहारिका,एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे,संस्थाका पूर्व अध्यक्षहरू पुरू सुवेदी,भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरू रोहिणी शर्मा,तिर्थाराज अधिकारी, सीता पाण्डे रहनु भएको थियो। कार्यक्रममा आशन ग्रहण पश्चात दुबै देशका राष्ट्रिय गान साना भाइ बैनीहरू आभाष अर्याल, सचिन चापागाईं, सुयोग चापागाईं, रोजी गौतम र प्रसुन पौडेलहरूबाट गाइएको थियो। प्रमुख अतिथीबाट कार्यक्रममको उध्दघाटन कलसमा दियो बालेर गरिनुका साथै महाकविको फोटोमा माल्यार्पण गरीएको थियो। डि सी च्याप्टरका महासचिव निलकण्ठ सुवेदीले सबैलाई स्वागत गर्नु भएको थियो।तत्पश्चात हरिमाया अधिकारीबाट लक्ष्मी प्रसादको गीत गायन र संयोजक तिर्थराज पाण्डेबाट पुरस्कारहरूको जानाकारी गराउनु भएको थियो। साथमा विजेता पुरस्कृत व्यक्तित्वहरूलाइ पुरस्कार प्रदान गरिनुका साथै पूर्व अध्यक्ष भिम रेग्मीलाइ लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान र होमनाथ सुवेदी, रोहिणी शर्मा,सुमन तिम्सिना, मोहन सिटौला, गीता खत्रीहरूलाइ २०२१ को दिर्घ सेवा पदक प्रदान गरीएको थियो। त्यसैगरी बोर्ड अफ् ट्रष्टिका निर्वाचन कमिटीका प्रमुख निर्वाचन आयूक्त भिम कार्की र निर्वाचन आयूक्तलाइ प्रमाण पत्र प्रदान गरिएको थियो। केन्द्रिय अध्यक्ष गोबर्धन पूजाले आफ्नो मन्तव्य सहित पुरस्कृत व्यक्तित्वहरूलाइ बधाइ ज्ञापन गर्नु भएको थियो। त्यसपछि साहित्यकार गीता खत्रीको रोबोट जर्ज, कवि इश्वी भट्टको आकाश पारीबाट र अनेसास न्यू ह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कविता संग्रह दोस्रो प्रकाशनको विमोचन गरिएको थियो। कृतिकारहरूको तर्फबाट गीता खत्री,पुरस्कृत मध्यबाट महेश पौड्याल, महेश्वर पन्त र मोहन सिटौलाले मन्तव्य व्यक्त गरीनुका साथै बि ओ टी पुरस्कार समितीका सचिव इश्वरी भट्टले पुरस्कार दाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यबाद एवं बधाइ व्यक्तगर्दै समितीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। यस बर्षको कुल पुरस्कार राशी अमेरिकी डलर चौधहजार
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ। गत शनिबार २५ नोभेम्बरका दिन बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी कार्यक्रम आयोजना गरिएको हो। स्थानीय रस्मोर बरो काउन्सिलका काउन्सिलर मेयर एवं कार्यक्रमका प्रमुख अतिथि क्लाइभ ग्राटन, बीसीसी अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, लण्डन ब्रान्च अध्यक्ष गोपाल तामाङ्ग लगायत धर्मगुरुले संयुक्त रुपमा दीप प्रज्ज्वलन पश्चात कार्यक्रम शुरु भएको थियो। सो अवसरमा बीसीसी यूकेको धर्मगुरु र आमाहरुले शुभमंगल पाठ गरेका थिए। कार्यक्रममा बीसीसी यूकेका असिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तामाङ्गले बीसीसी यूकेको विभिन्न परियोजनाहरुबारे प्रिजेन्टेशन दिएका थिए। त्यस्तै,भारतको मैंसुरबाट आएका खेन्पो दावा गुरुले दक्षिण भारतमा निर्माण हुन लागेको गोल्डेन बुद्ध प्रोजक्टबारे जानकारी दिएका थिए। बेलायतमा क्रियाशिल विभिन्न नेपाली संघसंस्था,उद्यमी,व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्थानीय मेयर क्लाइभ ग्राटनले बीसीसी यूकेले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यको प्रसंशा गरे। बेलायतका विभिन्न स्थानबाट आएका सहभागीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेको विभिन्न भूमिकामा रहेर गुम्बालाई अतुलनीय सहयोग गर्दै आएका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर लेप्टन काजी शेर्पा, बोर्ड अफ ट्रष्टी मेम्बर मेजर खिम गौचन,बोर्ड अफ मेम्बर मेजर कुल बहादुर थापा,बोर्ड अफ मेम्बर डा.कपिल रिजाल,संस्थापक आमा प्रमुख एवं बोर्ड अफ ट्रष्टी मेम्बर ज्ञानुमाया गुरुङ,निवर्तमान अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर धर्म तामाङ्गलाई सम्मान गरिएको थियो। त्यस्तै,यसबर्ष बीसीसी यूकेको ट्रष्टी मेम्बर बनेका विभिन्न व्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो। साथै, बीसीसी यूकेको हरेक अभियानमा हातोमालो गर्दै आएका पूर्ण गुरुङ, कलम गुरुङ,कृष्ण गुरुङ, जंग बहादुर गुरुङ,राम (घ्युर्मि) गुरुङ, लाल कुमारी गुरुङ, दुर्गा लक्ष्मी गुरुङ,नन्दु गुरुङ,कुशकुमारी गुरुङ, दिलु गुरुङ र टेक बहादुर गुरुङलाई भोलन्टरी अवार्डबाट सम्मान गरिएको थियो। संगसंगै उक्त डिनर नाईटमा नृत्य तथा गीत प्रस्तुत् गर्ने कलाकारहरुलाई समेत खादासहित प्रमाण पत्र वितरण गरियो। विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा ब्रिषा गुरुङ,परिस्का गुरुङ,बिनु गुरुङ,हेलिसा गुरुङ, पर्विता तामाङ्गले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए। त्यस्तै, लामा दिपेन गुरुङ,गायक तिलक गुरुङ,गायिका बन्दना पाण्डेले विभिन्न गीत प्रस्तुत् गरेका थिए भने
आदरणिय लिला सेलिड्ग मावोज्युलाई ग्रेटर रसमोर नेपाली कम्युनिटीको गरिमामय अध्यक्ष पदमा चयन हुनु भयकोमा हार्दिक बधाई छ। बाचस्पति रेग्मी प्रधान सम्पादक शीतलपाटीन्युज डटकम
आदरणिय मान गुरुड्गज्यु, ग्रेटर रसमोर नेपाली कम्युनिटीको गरिमामय अध्यक्ष पदमा पुन चयन हुनु भयकोमा हार्दिक बधाई छ। बाचस्पति रेग्मी प्रधान सम्पादक शीतलपाटीन्युज डटकम
गोमा राना, लण्डन। विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतले त्रैमासिक गोष्ठी गर्ने भयको छ। आगामी २ डिसेम्बर बिहान ११ बजे जुमबाट शाखाका अध्यक्ष लाल सुन्दर राइको अध्यक्षतामा हुने २२ नोभेम्बर बसेको बैठकबाट निर्णय भएको छ। प्रमुख अतिथि विनेसाम केन्द्रिय अध्यक्ष श्री सुरेन्द्र लिम्बू,विशेष अतिथि विनेसाम महासचिव सुनिता कन्दङ्वा,वक्ताहरु डा.सुमाया राई र दुत पुन (चिम्खोले काइला) साहित्यकार सहभागीहरु हुनुहुने कार्यक्रम छ। यो बाहेक विनेसाम दक्षिण शाखा,पश्चिम शाखा,बिएफबिएस परिवार लगायत अन्य इच्छुक साहित्यकारहरुलाई पनि आयोजकले निमन्त्रणा गरेको समाचार छ।
शीतलपाटीन्युज डटकम। लण्डन। हालै आयोजीत महाअधिबेसनबाट तमुधि लण्डन इकाईको अध्यक्षमा भरत गुरुङ निर्विरोध निर्वाचित भएका छन्। तमुधीं यूके लण्डन इकाईको १६औं बार्षिक साधरण सभा तथा अधिवेसन भब्यताको साथ सम्पन्न भयको हो। तमुधीं लण्डन इकाईको महासचिब रक गुरुड्गले संचालन गरेको १६औं बार्षिक साधरण सभा इकाईका अध्यक्ष बिष्णु गुरुड्गको अध्यक्षतामा भयको र तमुधीं यूकेका अध्यक्ष हरि गुरुड्गको प्रमुख अथिती रहेको सो कार्यक्रममा आमा समुह प्रमुख श्रीमती सन्ध्या गुरुड्गको बिशेष अथिथ्यता रही पानसमा बत्ती बालेर उदघाटन गरीएको सो कार्यक्रम भब्यताको साथ सम्पन्न भयको थियो। दोस्रो चरणको कार्यक्रम खुल्ला सत्र अधिवेसनबाट नयां कार्यसमिति चयनको लागि निर्वाचन समिति संयोजक ले.रि.नारायण प्रसाद गुरुड्गको संयोजकत्वमा सर्वसम्मतबाट नव निर्वाचित भरत गुरुड्गको अध्यक्षतमा छैटौं नयां कार्यसमिति गठन भयो।त्यसैगरि आमा समुह अध्यक्ष पदमा सर्व सम्मतबाट श्रीमती देवकला गुरुड्गको अध्यक्षतमा कार्यसमिति गठन भयो। कार्यक्रममा बिजयी ऊहांहरु दुवैजनालाई उपस्थित सबैले धेरै बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गरियो। साथै आफ्नो तीन बर्षीय कार्यकाल सफलता पूर्वक पुरा गर्नु भएका निबर्तमान अध्यक्ष बिष्णु गुरुड्ग,आमा समुह अध्यक्ष श्रीमता कमला गुरुड्गलाई पनि धेरै धेरै बधाई गरिएको थियो। कार्यक्रममा बिशेष अथितिहरुमा लण्डन इकाईका प्रमुख संरक्षक खुशीमान गुरुड्ग,मिना गुरुड्ग,इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टिज डेबिड गुरुड्ग,निबर्तमान अध्यक्ष ट्र्ष्टिज चन्द्र बहादुर गुरुड्ग,निबर्तमान आमा अध्यक्ष एवं ट्र्ष्टिज तमुधीं यूकै कोषाध्यक्ष डिलमाया गुरुड्ग,चार भन्ज्याडं यूकेका अध्यक्ष वेन कुमार गुरुड्ग,सोंपाल समाज यूकेको अध्यक्ष श्रीप्रसाद गुरुड्ग,आमा प्रमुख मनदेवी गुरुड,ऊपाध्यक्ष जगदिश गुरुड्ग,भूम्दीकोट यूकेका संस्थापक अध्यक्ष तमुधीं यूके सल्लाहकार गम बहादुर गुरुड्ग,BGNA Uk निवर्तमान अध्यक्ष देऊ बहादुर गुरुड्ग,समाजसेवी SERTD पूर्व आमा अध्यक्ष श्रीमती पार्वती गुरुड्ग,इकाईका प्रमुख सल्लाहकार एवं काऊन्सिलर लक्ष्य बहादुर गुररुड्ग,श्रीमती यूवा गुरुड्ग,तमु कलाकार सांस्कृतिक मंच यूके निबर्तमान अध्यक्ष कुमार गुरुड्ग,पूर्व अध्यक्ष एवं सल्लाहकार तमुधीं यूके रमेश गुरुड्ग,तथा धेरै पदाधिकारीज्यूहरुको गरिमामय ऊपस्थितिले अधिवेसनलाई बिशेष गरिमामय बनेको थियो। साथै निर्वाचन समितिलाई सहज तबरले आफ्नो जिम्वेवारीलाई पुरा गरिदिनु भएकोमा सम्पूर्ण तमुधीं लण्डन इकाई परिवार कृतज्ञताका साथ धन्यवाद ज्ञापन गरीएको थियो। छैटौं कार्यसमितिका पदाधिकारी १) भरत कुमार गुरुड्ग- अध्यक्ष। २) ईश्वर गुरुड्ग- बरिष्ठ ऊपाध्यक्ष। ३) मान सिहं गुरुड्ग-ऊपाध्यक्ष। ४) रक गुरुड्ग- महासचिव ५)प्रकाश गुरुड्ग- सह-सचिव ६) प्रेमराज गुरुड्ग- कोषाध्यक्ष ७)सह-कोषअध्यक्ष ८)
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली वेलफेयर सोसाईटी युकेको चौथो वार्षिकोत्सव तथा वार्षिक साधारण सभा सम्पन्न भएको जानकारी प्राप्त भयको छI २५ नोभेम्बर २०२३ शनिवार नेपाली वेलफेयर सोसाईटी युकेले चौथो वार्षिकोत्सव तथा वार्षिक साधारण सभा भव्यताका साथ कार्यक्रम सम्पन्न गर्यो। उक्त बार्षिक कार्यक्रम Cranford Community College,Cranford, Hounslow,TW5 9PD भन्ने स्थानमा भएको थियो। सो स्थानमा भयको चौथो साधारण सभा पश्चात नया कार्यसमिति चयन भएको पनि समाचार छ। निर्बाचन मण्डल प्रमुख दिलबहादुर सार्की संयोजक र सदस्यहरु उदिबहादुर नेपाली,बुदीबहादुर सार्की,हेमलाल सार्की र सुमन नेपाली रहेको निर्बाचन मण्डलले निर्बिरोध रुपमा नया कार्यसमिति चयन पनि गरेको छI अध्यक्ष धबिंन्द्र बौडेल,उपाध्यक्ष तेजेन्द्र गुरुङ,महासचिब समशेर नेपाली,सचिब बुद्धिबहादुर रुचाल,कोषाध्यक्ष किरण नेपाली,सदस्य सरस्वाती नेपाली रहेको कार्यसमिती चयन गरेको छ। चौथो अधिबेशन कै दिन निर्बाचन मण्डल साथै नया कार्यसमितिले संस्थापक अध्यक्ष तथा निबर्तमान अध्यक्ष धनबहादुर सार्कीलाई संस्थाको आजिवन संरक्षकको घोषण गरेको गरेका पनि छ। संरक्षक सार्कीले नया कार्यसमितिलाई शुभकामना दिदै निबर्तमान कार्यसमिति पदाधिकारी सदस्यहरुलाई धन्यवाद दिदै अधिबेशन कार्यक्रम राम्रो संग सम्पन्न भएको भन्दै धन्यबाद दिनु भयको थियो।
शीतलपाटीन्युज डटकम। २६ नोभेम्बर २०२३,लण्डन। रास्वपा समर्थित बेलायत निवासी नेपालीहरुको साझा संजाल प्रवास नेपाली सम्पर्क बिभाग युकेको निमन्त्रणामा पार्टिका सभापती रबि लामिछानेले डिसेम्बर १० देखि १४ सम्म बेलायत भ्रमण गर्ने भएका छन् । युके बिभागका सभापती पवन शर्माले सो भ्रमणको बारेमा पुष्टि गर्दै उक्त चारदिने भ्रमणका क्रममा बिभागद्वारा आयोजना गरिने विभिन्न कार्यक्रममा सभापती रबि लामिछानेको सहभागीता रहने बताउनु भयो। बेलायतमा रहेका नेपालीहरुको समस्या,जिज्ञासा,चाहना र गुनासाहरुलाई सम्बोधन गर्ने योजना बमोजिम बेलायतको साउथ वेष्ट लण्डनको स्विण्डन,मिडल्याण्ड र अल्डरशट लगायतका स्थानहरुमा अन्तर्कृयात्मक कार्यक्रमहरु आयोजना हुनेछ। साथै भ्रमणकै क्रममा केही उच्च राजनैतिक ब्यक्तित्वहरुसङ्ग भेटघाट र छलफल समेत गर्ने योजना रहेको जानकारी दिनु भयको छ। शर्माका अनुसार शभापती लामिछाने मलेसिया र कतारको कार्यक्रममा सहभागी भए पस्चात् कतारबाटै बेलायत आउन लागेको हो।
शीतलपाटीन्युज डटकम। २६ नोभेम्बर २०२३,लण्डन। रास्वपा समर्थित बेलायत निवासी नेपालीहरुको साझा संजाल प्रवास नेपाली सम्पर्क बिभाग युकेको निमन्त्रणामा पार्टिका सभापती रबि लामिछानेले डिसेम्बर १० देखि १४ सम्म बेलायत भ्रमण गर्ने भएका छन् । युके बिभागका सभापती पवन शर्माले सो भ्रमणको बारेमा पुष्टि गर्दै उक्त चारदिने भ्रमणका क्रममा बिभागद्वारा आयोजना गरिने विभिन्न कार्यक्रममा सभापती रबि लामिछानेको सहभागीता रहने बताउनु भयो। बेलायतमा रहेका नेपालीहरुको समस्या,जिज्ञासा,चाहना र गुनासाहरुलाई सम्बोधन गर्ने योजना बमोजिम बेलायतको साउथ वेष्ट लण्डनको स्विण्डन,मिडल्याण्ड र अल्डरशट लगायतका स्थानहरुमा अन्तर्कृयात्मक कार्यक्रमहरु आयोजना हुनेछ। साथै भ्रमणकै क्रममा केही उच्च राजनैतिक ब्यक्तित्वहरुसङ्ग भेटघाट र छलफल समेत गर्ने योजना रहेको जानकारी दिनु भयको छ। शर्माका अनुसार शभापती लामिछाने मलेसिया र कतारको कार्यक्रममा सहभागी भए पस्चात् कतारबाटै बेलायत आउन लागेको हो।
शीतलपाटीन्युज डटकम। लण्डन। पोखरेली मंच युकेकी फस्टलेडी हरिमाया गुरुड्गलाई पितृशोक परेको छ। उहाको पिता बुध्दि बहादुर गुरुङको मिति २०८०/०८/०५ मा अस्पतालमा उपचारको क्रममा निधन भयको छ। पुर्खौली घर पर्वत आर्थर डाडाखर्क भै हाल चितवन भरतपुर गोद्रग निबासी गुरुड्गको उपचारको क्रममा स्वर्गारोहण भयको हुदा हामी सम्पुर्ण परिवारका सदस्यहरु अत्यन्तै मर्माहत रस्तब्ध भयका छौ छोरी ज्वाई करम गुरुड्ग,हरिमाया गुरुड्ग भन्दै पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गले फेसबुकमा पोष्ट गर्नु भयको छ। पोखरेली मंच युकेका अध्यक्ष एवम ज्वाइ करम गुरुड्गले स्वर्गिय दिबड्गत आत्मामा चिर शान्तीको प्रार्थना गर्दै यस दुखद घडिमा शोकमा रहनु हुने श्रीमती गम कुमारी गुरुड्ग,छोराहरु सुख बहादुर र धिरज गुरुड्ग,खेम बहादुर गुरुड्ग,बिजय गुरुड्ग र परिवारहरु,छोरीहरु हरिमाया गुरुड्ग र शान्ती गुरुड्गमा पर्न गएको यो अपुरणिय क्षतीको पिडा बहन तथा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी भगवान श्री बुध्दसंग प्रार्थना गर्नु भयको समाचार छ। साथै पोखरेली मंच युकेका उपाध्यक्ष पबित्र गुरुड्गेले पोखरेली मंच युकेकी फस्टलेडी हरिमाया गुरुड्गलाई परेको पितृशोक र पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गलाई परेको शोकलाई शक्तिमा बदल्न आफु र पोखरेली मंच युकेका तर्फबाट समबेदना ब्यक्त गर्दै “Rest In Peace” भन्नु भयको छ। शीतलपाटीन्युज डटकमले पनि मृतआत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दै धैर्यधारणको कामना गर्दछ।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका विभिन्न बरोस्थित नेपालीमूलका ब्रिटीष काउन्सिलरहरुले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटी ब्रिटीष गोरखाहरुको मागमा एकबध्दता जनाउदै 10 Downning Street पुगेर ज्ञापनपत्र बुझाएका छन्। नेपाली ब्रिटीष काउन्सीलरहरुले भूपू गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आह्वान गर्दै प्रधाननमन्त्रीलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरुले बिहीबार प्रधानमन्त्री कार्यालयमा पुगेर सल्लाहकार अमित जोगीलाई भेटी उनीमार्फत् प्रधानमन्त्री सुनकलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री सुन्नकका सल्लाहकारले काउन्सिलरहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए। उनले गोर्खाहरुको समान पेन्सन मुद्धा यथासक्य र प्रधानमन्त्रीको नेपाल भ्रमण अर्को वर्षसम्म गराउने आश्वासन दिएको भेटमा सहभागी काउन्सीलर जीव बेल्वासेले बताएका छन। नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध दुई शताब्दीभन्दा लामो भइसक्दा पनि बेलायतका बहालवाला प्रधानमन्त्रीबाट अझसम्म नेपाल भ्रमण हुन नसकेको हालका प्रधानमन्त्री सुनकलाई निमन्त्रणा गर्दै नेपाल भ्रमणको निम्तो दिएको हो। काउन्सीलरहरुको प्रधानमन्त्री कार्यालय भ्रमणको संयोजन रश्मोर बरो काउन्सिलर नेम थापा र लन्डन बरो अफ बार्नेट काउन्सिलर लक्ष्य गुरुङले संयुक्त रुपमा गर्नु भयको थियो। सो अवसरमा कञ्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलरहरु लक्ष्यबहादुर गुरुङ,जीव बेल्वासे, गोवर्धन सिलवाल तथा काउन्सिलर उम्मेदवारहरु सुमन पुन,पुनम गुरुङ र ज्ञान गुरुङ सहभागी थिए। त्यस्तै,बेलायतको भेटेरान मिनिस्टर भइ सकेका रश्मोर क्षेत्रका सांसद लियो डोचेर्टी र बेलायतस्थित वरिष्ठ समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछाने पनि सहभागीता सो अवसरमा रहेको थियो। नेपाली ब्रिटीष काउन्सीलरहरुले बेलायतस्थित नेपाली राजदूतावासमा पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको कपी बुझाएको बताउनु भयको छ।
सुरेशजङ्ग शाह संस्थापक तथा निवर्तमान अध्यक्ष नेपाली साहित्य विकास परिषद युके स्थापित १९९५ (२०५१विसं),लण्डन 'म कोसोभोको युद्धमा शान्ति सुरक्षामा जानेदिनमा बिहान सबेरै उठेँ। छोरीहरू सुतेका थिए। जमुना मसँगै उठेकी थिइन्। युद्धमा जानका लागि उर्दी लगाएँ। सुतेकाछोरीहरूलाई म्वाइँ खाएँ। छोरीहरूलाई छोएर भनेँ, छोरीहरू हो ! यदि युद्धमा मेरो मृत्यु भएछ भने तिमीहरूसँग अर्को जुनीमा अर्थातस्वर्गमा भेट होला। जमुनाको पनि हात समातेर भने, यदि मेरोमृत्यु भएछ भने छोरीहरूको लालनपालन राम्रोसँग गर्नु। राम्रोशिक्षादीक्षा दिनु। तिम्रो शरीरको ख्याल गर्नु। मेरो इन्सोरेन्सगरेकोछु। इन्सोरेन्सबाट पैसा आउँछ। काठमाडौँमा घर छ। मेरोपेन्सन आउँछ। राम्रोसँग घर चलाउनु। छोरीहरूको राम्रोसँग कर्मचलाइदिनु। यदि तिमीलाई अर्को विवाह गर्ने इच्छा भयो भने पनिअर्को विवाह गरेर सुखका साथ जिन्दगी विताउनु।' युद्धका बेला बारुद र बमगोलासँग खेल्ने सैनिकजीवनको पारिवारिक विदाइको त्यो क्षण कस्तो कारुणिक होलाहामीले अनुमान मात्र गर्नसक्छौँ तर स्वयम् सैनिकको त्यो क्षणकोमन र मुटुको अनुभूति यी माथि उद्दृत गरिएका पङ्क्तिहरूमाअभिव्यक्त गरेका छन् लेखक पूर्व गोर्खा सैनिक दूत गर्बुजा पुनअर्थात साहित्यकार चिम्खोले काइँलाले आफ्नो जिवनी'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' पुस्तकमा। चार सयसत्ताइस पेजको पुस्तकमा ८९ शीर्षकमा आफ्नो जीवनी उतारेका जिवनीकार चिम्खोले काइँला अर्थात दूत गर्बुजा पुनले आफ्नोलेखकीय शिल्प बढो रोचकरूपले उत्सर्ग उत्सुक्ता रकलाइमेक्सको फ्युजन गरेर पाठक वर्गको मनमा यसपछि अव केहुन्छ (?) भन्ने एउटा कौतुहल्ता उब्जाउन सफल रहेका छन्। जुनशिल्प जिवनी लेखनको उत्कृष्ट कला हो। नायकको केन्द्रविन्दुमा खलनायक र अन्य पात्रहरू चलायमान बनाएका छन् ।घटना परिघटनाहरू एक पछि अर्को रोचकरूले प्रस्तुत गरेका छन्। पढ्दापढ्दै कतै वेदनाले गह भरिने त कतै ओँठमा फिसिक्कहाँसो फुस्कने लेखन कौसलतामा घटनाक्रमहरूलाई संप्रेशण गर्न लेखक सफल छन्। जस्ले गर्दा पाठक वर्गलाई कसैको जिवनीपढिरहेको भएपनि कुनै सत्य घटनामा आधारित उपन्यासपढिरहेको अनुभूति हुन जान्छ वा कुनै चलचित्र हेर्दा प्रदामा दखिनेदृश्य आँखामा झल्किरहेको भान पर्दछ। यो लेखकको सबल पक्षहो। सर्जक साहित्यकार, पत्रकार,
सुरेशजङ्ग शाह संस्थापक तथा निवर्तमान अध्यक्ष नेपाली साहित्य विकास परिषद् यूके स्थापित १९९५ (२०५१विसं), लण्डन 'म कोसोभोको युद्धमा शान्ति सुरक्षामा जानेदिनमा बिहान सबेरै उठेँ । छोरीहरू सुतेका थिए। जमुना मसँगै उठेकी थिइन्। युद्धमा जानका लागि उर्दी लगाएँ। सुतेकाछोरीहरूलाई म्वाइँ खाएँ । छोरीहरूलाई छोएर भनेँ, छोरीहरू हो ! यदि युद्धमा मेरो मृत्यु भएछ भने तिमीहरूसँग अर्को जुनीमा अर्थातस्वर्गमा भेट होला । जमुनाको पनि हात समातेर भने, यदि मेरोमृत्यु भएछ भने छोरीहरूको लालनपालन राम्रोसँग गर्नु। राम्रोशिक्षादीक्षा दिनु। तिम्रो शरीरको ख्याल गर्नु। मेरो इन्सोरेन्सगरेकोछु। इन्सोरेन्सबाट पैसा आउँछ। काठमाडौँमा घर छ। मेरोपेन्सन आउँछ। राम्रोसँग घर चलाउनु। छोरीहरूको राम्रोसँग कर्मचलाइदिनु। यदि तिमीलाई अर्को विवाह गर्ने इच्छा भयो भने पनिअर्को विवाह गरेर सुखका साथ जिन्दगी विताउनु।' युद्धका बेला बारुद र बमगोलासँग खेल्ने सैनिकजीवनको पारिवारिक विदाइको त्यो क्षण कस्तो कारुणिक होलाहामीले अनुमान मात्र गर्नसक्छौँ तर स्वयम् सैनिकको त्यो क्षणकोमन र मुटुको अनुभूति यी माथि उद्दृत गरिएका पङ्क्तिहरूमाअभिव्यक्त गरेका छन् लेखक पूर्व गोर्खा सैनिक दूत गर्बुजा पुनअर्थात साहित्यकार चिम्खोले काइँलाले आफ्नो जिवनी'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' पुस्तकमा। चार सयसत्ताइस पेजको पुस्तकमा ८९ शीर्षकमा आफ्नो जीवनी उतारेका जिवनीकार चिम्खोले काइँला अर्थात दूत गर्बुजा पुनले आफ्नोलेखकीय शिल्प बढो रोचकरूपले उत्सर्ग उत्सुक्ता रकलाइमेक्सको फ्युजन गरेर पाठक वर्गको मनमा यसपछि अव केहुन्छ (?) भन्ने एउटा कौतुहल्ता उब्जाउन सफल रहेका छन्। जुनशिल्प जिवनी लेखनको उत्कृष्ट कला हो। नायकको केन्द्रविन्दुमा खलनायक र अन्य पात्रहरू चलायमान बनाएका छन् ।घटना परिघटनाहरू एक पछि अर्को रोचकरूले प्रस्तुत गरेका छन्। पढ्दापढ्दै कतै वेदनाले गह भरिने त कतै ओँठमा फिसिक्कहाँसो फुस्कने लेखन कौसलतामा घटनाक्रमहरूलाई संप्रेशण गर्न लेखक सफल