Thursday January 16, 2025

प्रवास

एनआरएन फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापा र सदस्यमा ढकाल र परियार मनोनित

शीतलपाटीन्युज डटकम। काठमाडौँ। एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले  संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्।  गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन गत २०७८ आश्विन ४ मा  नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत  दर्ता गरिएको थियो। फाउण्डेशनका अध्यक्ष जीवा लामीछानेले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिए पछि थापालाई अध्यक्षमा नियुक्त गरिएको हो।   "एनआरएनएसंग समन्वय गरी पारदर्शी र प्रभावकारी किसिमले नेपालमा कल्याणकारी कार्यहरु सम्पन्न गर्ने उद्देश्यले यो फाउण्डेशनको स्थापना गरिएको हो। अब छिट्टै विधान समितिको बैठक बसालेर नीतिगत कुराहरु स्पष्ट पार्नेछौं," नवनियुक्त अध्यक्ष थापाले भने। नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू सम्पन्न गर्ने अभिप्रायले स्थापित एनआरएन फाउण्डेशन एक व्यावसायिक, सीमित दायित्व भएको,  गैर नाफामूलक, गैरराजनीतिक, तथा गैरसरकारी संस्थाको रुपमा रहने विधानमा उल्लेख छ। " गत २० वर्षमा गैरआवासीय नेपालीहरुले संस्थागत तथा व्यक्तिगत रुपमा अरबौं रुपियाँ बराबरको सहयोग नेपालमा गरेका छन्। आगामी दिनमा त्यस्तो सहयोगलाई अरु बढी योजनावद्ध र प्रभावकारी बनाउन हामीले काम गर्नेछौं," नव नियुक्त सदस्य ढकालले भनेका छन। फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु  कुमार पन्त,  जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् । (ग्लोबलनेप्लिजबाट)

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु : हेमराज शर्मा उपाध्यक्ष उमेदवार

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु: हेमराज शर्मा उपाध्यक्ष उमेदवार फेबुकवालबाट- प्रतिबद्धता १/७ : सबैको एनआरएनए (NRNA for all):- महिला,युवा,वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु सहित आम गैरआवासीय नेपालीहरुले अपनत्व महसुस गर्ने संस्थाको रुपान्तरण गर्न निम्न योजना र कार्यक्रमहरु प्रस्तावत गर्छु।  १.१) संस्था विभागीय संरचनामा संचालन गरिनेछ । युवा,महिला,वैदेशिक रोजगार,लगानी, मानवकल्याण,प्राज्ञिक,नेपाल प्रवर्धन र विभाग विभाग विभागको गठन गर्ने र विभागको नेतृत्व उपाध्यक्षहरूले गर्नेछन्। सम्वन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको व्यक्ति नेतृत्वमा चुनिने सुनिश्चित हुने गरी विधानमा परिवर्तन गरिनेछ।  १.२) दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय समन्वय परिषद एनसिसिमा एउटा छुट्टै निकायको व्यवस्था गरिनेछ। नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्टर्नसिप (internship) गर्न सक्ने व्यवस्था मिलाइनेछ। दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने व्यवस्था गरिनेछ ।  १.३) वैदेशिक रोजगारीका समस्या र सम्भावनाका बारे एक श्वेतपत्र तयार गरि यस क्षेत्रमा कार्यरत आइएलओ र आइएमओ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिनेछ। प्रस्तावित ‘वैदेशिक रोजगार कोष’का लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर  छुट्टाउन विधानमा व्यवस्था गरिनेछ । सामाजिक सुरक्षाकोषमा सहभागिता बढाउन सचिवालयका छुट्टै कर्मचारीको व्यवस्था गरिनेछ।   १.४) प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा Initial Public Offering (IPO)  मार्फत थोरै आम्दानी हुने र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिनेछ।  १.५) पेशागत र विज्ञहरुलाई संघमा समेट्न भौगोलिक सिमा बिनाको ‘Professional Academic Council (PCC)’ को गठन गर्न विधानमा व्यवस्था गरिनेछ। १.६) ‘हात हातमा एनआरएनए’ अभियान अन्तर्गत स्मार्ट एनआरएनए एप्स मार्फत सम्पूर्ण गैरआवासीयहरुलाई जोड्ने।  १.७) संघले अहिले सञ्चालन गरेको Membership Benefit कार्यक्रम स्मार्ट एनआरएनए एप्स मार्फत संचालन गरिने व्यापक बनाइनेछ।यसले गर्दा चुनावबाट प्रेरित भएर मात्र सदस्य बन्ने प्रचलन कम हुनेछ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरद्वारा क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी हबल्दारमा बढुवा

शीतलपाटीन्युज डटकम। काठमाडौँ। क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्। खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेको हो। चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन्। उनी प्रहरी जवान हुन्। १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो। ऐरी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्। चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका थिए। २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

महामहिम राजदुत तेज बहादुर क्षत्रीद्वारा संयुक्त अरब इमिरेट्सका लागि ओहोदाको प्रमाणपत्र पेश

शीतलपाटीन्युज डटकम। संयुक्त अरब इमिरेट्स। संयुक्त अरब इमिरेट्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न २०८० असोज ११ गते बिहीबार (तदनुसार २८ सेप्टेम्बर २०२३) अबुधाबी आइपुग्नु भएका महामहिम राजदूत तेज बहादुर क्षत्रीसंयुक्त अरब इमिरेट्स पुग्नु भएको छ। महामहिम राजदुत क्षेत्रीले मिति २०८०/०६/१७ गते (तदनुसार ४ अक्टोबर २०२३) युनाइटेड अरब इमिरेट्सको Qasr Al Watan (Presidential Court) मा आयोजित एक विशेष समारोहबीच युएईका राष्ट्रपति मौसुफ शेख मोहम्मद विन जायद अल नाह्यान समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको समाचार छ।

गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी भब्य

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भयको छ। यस कार्यक्रमलाई भब्य र गरिमामय बनाउन सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्ड,नेपाली कलाकार प्रस्तोता समाज बेलायत र अन्य संघसंस्थाहरुसँग संस्थागत सहकार्य जारी रहेको र दुबै संस्थाहरु आयोजक संस्था सरह सक्रियतापूर्वक लागि परिरहनु भएको समाचार प्राप्त भयको छ।  गंगा राज राई एकल साँझको मुख्य प्रायोजक,गोर्खा भान्छा घर (रेष्टुरेन्ट) आश्फोर्ड रहेको छ। सह–प्रायोजकहरुमा क्रमस : ग्लोबल मार्ट आश्फोर्ड,रेड प्यारोट एकाउन्टिङ लन्डन,आशिर ज्वेलरी अल्डरशट,लेमन लीफ रेष्टुरेण्ट फोक्स्टन,पीपल मोर्गेज आश्फोर्ड, लक्की ज्वेलरी अल्डरशट,मुस्ताङ मोटर्स फोक्स्टन,युमा हेयर एण्ड ब्युटी सेलुन आश्फोर्ड र गोर्खा भिल्ला (रेष्टुरेन्ट) आश्फोर्ड रहेको छ। यसैगरी प्रायोजकहरुमा क्रमस ग्लोवल बलुन भल्ट आश्फोर्ड,आइ फिक्स फर यू आश्फोर्ड,काठमाण्डु ज्वेलर्श आश्फोड,नविन एण्ड नविन ज्वेलर्श अल्डरशट,भेराईटी क्यास एण्ड क्यारी आश्फोर्ड,हिमालयन गोर्खा मिनि मार्केट आश्फोर्ड,स्टोर ९३ आश्फोर्ड,दर्बार कक्टेल बार आश्फोर्ड,इन्डिया हाउस आश्फोर्ड र गोर्खा एस पि फोर मिनिमार्केट चथाम आदि रहेका छन।  जीवन्त संगीत सहितको गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रममा गायक राईको दुई दशकको सांगीतिक यात्राका विच दर्शक श्रोता माझ लोकप्रिय बन्न पुगेको वहाँद्धारा स्वरबद्ध गीतहरु प्रस्तुत हुनेछ। गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड),महेश गुरुङ (तबला),थिर थापा (हार्मोनियम÷किबोर्ड),ईन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन),रेसम पाचे (ढोलक÷मादल),शुरज गुरुङ (लीड गितार),विकल थापा (रिदम गितार),होइशेर तामाङ (बास गितार),प्रभास गुरुङ (ड्रम) साथै भायोलिनमा क्रमस कीथ टायस (Keith Tyas) र एन्थोनी थोन्टर्न (Anthony Thornton) रहनु भएको छ भने संगीत निर्देशकको रुपमा पपिराज राई रहनु भएको छ। यस जीवन्त बाद्यबादकहरुको टोलीमा एक सांगीतिक समुह “Prazna Band” समेत सामेल रहेको छ।  यस सांगीतिक कार्यक्रममा बेलायतमा रहँदै आउनु भएका दिग्गज नेपाली संगीतकर्मी, गीतकार साथै गायक गायिकाहरुको उपस्थिति रहने निस्चित भैसकेको छ। सरकारी तवरबाट नेपाली राजदूतावास लण्डनको कूटनीतिज्ञ (उच्चपदस्थ अधिकारी) समेतको सहभागिता रहने यस कार्यक्रममा गैर आवासीय नेपाली संघ यूके लगायत अन्य थुप्रै संघ

“ गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन, इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भयको छ। यस कार्यक्रमलाई भब्य र गरिमामय बनाउन;सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्ड,नेपाली कलाकार प्रस्तोता समाज बेलायत र अन्य संघसंस्थाहरुसँग संस्थागत सहकार्य जारी रहेको र दुबै संस्थाहरु आयोजक संस्था सरह सक्रियतापूर्वक लागि परिरहनु भएको समाचार प्राप्त भयको छ।  गंगा राज राई एकल साँझको मुख्य प्रायोजक,गोर्खा भान्छा घर (रेष्टुरेन्ट) आश्फोर्ड रहेको छ। सह–प्रायोजकहरुमा क्रमस : ग्लोबल मार्ट आश्फोर्ड,रेड प्यारोट एकाउन्टिङ लन्डन,आशिर ज्वेलरी अल्डरशट,लेमन लीफ रेष्टुरेण्ट फोक्स्टन,पीपल मोर्गेज आश्फोर्ड, लक्की ज्वेलरी अल्डरशट,मुस्ताङ मोटर्स फोक्स्टन,युमा हेयर एण्ड ब्युटी सेलुन आश्फोर्ड र गोर्खा भिल्ला (रेष्टुरेन्ट) आश्फोर्ड रहेको छ। यसैगरी प्रायोजकहरुमा क्रमस ग्लोवल बलुन भल्ट आश्फोर्ड,आइ फिक्स फर यू आश्फोर्ड,काठमाण्डु ज्वेलर्श आश्फोड,नविन एण्ड नविन ज्वेलर्श अल्डरशट,भेराईटी क्यास एण्ड क्यारी आश्फोर्ड,हिमालयन गोर्खा मिनि मार्केट आश्फोर्ड,स्टोर ९३ आश्फोर्ड,दर्बार कक्टेल बार आश्फोर्ड,इन्डिया हाउस आश्फोर्ड र गोर्खा एस पि फोर मिनिमार्केट चथाम आदि रहेका छन।  जीवन्त संगीत सहितको गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रममा गायक राईको दुई दशकको सांगीतिक यात्राका विच दर्शक श्रोता माझ लोकप्रिय बन्न पुगेको वहाँद्धारा स्वरबद्ध गीतहरु प्रस्तुत हुनेछ। गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड),महेश गुरुङ (तबला),थिर थापा (हार्मोनियम÷किबोर्ड),ईन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन),रेसम पाचे (ढोलक÷मादल),शुरज गुरुङ (लीड गितार),विकल थापा (रिदम गितार),होइशेर तामाङ (बास गितार),प्रभास गुरुङ (ड्रम) साथै भायोलिनमा क्रमस कीथ टायस (Keith Tyas) र एन्थोनी थोन्टर्न (Anthony Thornton) रहनु भएको छ भने संगीत निर्देशकको रुपमा पपिराज राई रहनु भएको छ। यस जीवन्त बाद्यबादकहरुको टोलीमा एक सांगीतिक समुह “Prazna Band” समेत सामेल रहेको छ।  यस सांगीतिक कार्यक्रममा बेलायतमा रहँदै आउनु भएका दिग्गज नेपाली संगीतकर्मी, गीतकार साथै गायक गायिकाहरुको उपस्थिति रहने निस्चित भैसकेको छ। सरकारी तवरबाट नेपाली राजदूतावास लण्डनको कूटनीतिज्ञ (उच्चपदस्थ अधिकारी) समेतको सहभागिता रहने यस कार्यक्रममा गैर आवासीय नेपाली संघ यूके लगायत अन्य थुप्रै संघ

बिश्वसामु नेपालको झण्डा फहराउँदै सांसद गौतम, भोली अवार्ड ग्रहण गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ तथा सांसद सोविता गौतम बेलायत पुगेकी छन्। वान योङ्ग वोर्ल्डले आयोजना गरेको युवा राजनितिज्ञ अवार्ड (Young world politician of the year -2023) ग्रहण गर्नका लागि गत सोमवार पति गृहेन्द्र  घिमिरेका साथ युके पुगेकी सोविता हाल अवार्ड  समारोह स्थल नर्दन आयरल्याण्डमा रहेकी छन्।  बार्षिक रुपमा बिश्व भरीबाट उत्कृष्ट युवा राजनितीक नेतृत्वको छनौट गरि प्रदान गरिंदै आएको सो अवार्डको लागि नेपालको तर्फबाट सांसद सोविता गौतम छनौट भएकी हुन् । १९० देशका  युवा लिडरहरु मध्येबाट हाल सो अवार्डको लागि ५ जना छनौट भएका छन्। नेपालको तर्फबाट सांसद गौतम सङ्गै क्यानडा, न्युजिल्याण्ड,अष्ट्रेलिया र बेल्जियमका युवा लिडरहरु पनि सन् २०२३ का लागि उत्कृष्ट लिडरको रुपमा अवार्ड ग्रहण गर्दै छन्। भोली,अक्टोबर ५ का दिन युकेको नर्दन आयरल्याण्डमा एक भब्य समारोहका बिच उक्त अवार्ड वितरण हुँदैछ।  "म अहिले  कुनै एक राजनैतिक दलको प्रतिनिधित्व गरेर होइनकी आफ्नो देशको प्रतिनिधित्व गरेर यो अवार्ड लिन आएकि छु .......।" बेलायतमा रहेकी सांसद गौतमले छोटो प्रतिकृया दिंदै भनिन् " मैले यो अवार्ड थापिरहँदा बिश्वले मलाई मात्र होईन नेपाललाई पनि चिन्नेछ। "  सासद गौतमले आफ्नो सामाजिक सजाल फेसबुक मार्फत अन्य देशका युवा राजनितीज्ञहरु सङ्गै नेपालको झन्डा फर्हराईरहेको भिडियो र फोटो पोष्ट गर्दै यसरी बिश्वसामु देश चिनाउने अवसर प्राप्त गरेकोमा आफुलाई गौरवान्वित महसुस भईरहेको बताएकी छन्।  राजनैतिक रुपमा रास्वपामा लाग्नुपुर्व अधिवक्ताको रुपमा कानुनी सेवा प्रदान गरिरहेकी सोविताले एक टेलिभिजनमा 'स्वास्थ्य सरोकार' नामक कार्यक्रम संचालन गर्दै ४ बर्षसम्म संचार क्षेत्रमा समेत कृयाशील रहेकी थिईन्।  गत बर्षको निर्वाचनमा काठमाडौ क्षेत्र नं २ बाट १५२२९ मत सहित रास्वपाको तर्फबाट निर्वाचित भएकी गौतमले जनताको प्रत्यक्ष सरोकारका बिबिध पक्षहरुमा चर्को रुपमा आवाज उठाउँदै आएकी छन्।

IME लण्डनको सुनौलो बडादशै अफर बजारमा आयो

शीतलपाटीन्युज डटकम। लण्डन। बडादशैं २०८० को उपलक्ष्यमा IME London ले आफ्नो ग्राहकको लागि अविश्वसनीय अफर बजारमा ल्याएको कुरा IME लण्डनका नयन गौतमले हामीलाई बताउनु भयको छ। रेमिटेन्सको दुनियामा आफुलाई प्रखर रुपमा सहज,सुलभ र भरपर्दो सेवा प्रदायक सावित गर्दै नेपाली समुदायमा एकदमै चिरपरिचित IME London ब्रान्डले नेपाली समुदायको महानचाड वर्ष २०८० को विजयादशमीलाई मध्य नजर गर्दै विशेष योजना बजारमा ल्याएको छ। यस अन्तर्गत वडादशैं सम्ममा नया दर्ता भै नेपाल पैसा पठाउदा  पौन्ड बराबर नेपाली रुपैंया  थप गरिने जानकारी IME London गराएको छ,अर्थात् IME London मा नया दर्ता भै १००० GBP पठाउदा नेपालमा १००० नेपाली रुपैंया थप गर्दिने कमपनीले जनाएको छ। यो योजनामा सहभागी भएर भरपुर लाभ लिनको लागि आजै(+०७९८४७१३६७७/ ०२०८८६६०३०७ ) मा सम्पर्क गर्नु होला। IME London को समस्त परिवारको तर्फबाट युनाइटेड किङ्गडम् (युके) मा रहनु भएको समस्त नेपाली समुदायमा वडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ।

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा शीतलपाटीन्युज डटकम  काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनु भयको समाचार छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उहाले बताउनु भयको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको उत्तम साइत दिइएको समितिले जनाएको छ। यस बर्षके साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ।कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुनेछ। निर्णय- काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको दसै साइतको निर्णय:  

नेपाली कांग्रेसका नेता गुरू घिमिरेको मिडल्याण्डमा अन्तर्क्रिया

शीतलपाटीन्युज डटकम। लण्डन, मीडलैण्ड। नेपाली जनसम्पर्क समिति युके मिडल्याण्ड क्षेत्रले यही १ अक्टोवर आईतवारका दिन ग्रान्थममा बेलायतका भ्रमण भएका नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्व सभापति गुरू घिमिरेको प्रमुख आथित्यमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।  नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका सभापति नारायण आचार्यको सभपतित्वमा सम्पन उक्त कार्यक्रम नेपाली कांग्रेसलाई रूपान्तर गर्नुपर्छ भनी अभियान लागेका प्रमुख अभियन्ता नेता घिमिरेले अभियानको बारेमा उपस्थित नेपाली कांग्रेसका शुभचिन्तकहरूलाई स्पस्ट पारेका थिए। नेपाली कांग्रेस रूपान्तरण अभियान कुनै नेताहरूको विरोधमा नभई पार्टी  विधि, विघान र जन चहाना अनुसार चल्नु पर्छ भनी गरिएको अभियान भएको बताए। साथै अहिलेको नेतृत्व विधि विधानभन्दा गुटगत स्वार्थमा हिडेकोले पार्टीलाई विपीको मार्गमा हिडाउनका लागि दवाव मूलक कार्य गर्नुपर्ने जरूरी भएको बताए। नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका सभापति नारायण आचार्यले पार्टी रूपान्तरणको अभियान कुनै गुटको नभई सबैको हुनुपर्ने र आगामी निर्वाचनमा वर्तमान महामंत्री  गगन थापालाई प्रधानमंत्रीको रूपमा प्रस्तुत गरी जनताको माझमा गए नेपली कांग्रेसले बहुमत ल्याउन सक्ने सुझाव नेता घिमिरेलाई दिए। नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका उपसभापति शरद शाही र उप महामंत्री कमल खरेलले संचान गरेको कार्यक्रममा ग्रान्थम र मिडल्याण्डका विभिन्न ठाउबाट करिव ५० जना नेपाली जनसम्पर्क समिति,कांग्रेस शुभचिन्तक र अन्य समाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभगिता थियो।   नेपाली कांग्रेसका स्वच्छ र स्पस्ट वक्ताको छवि वनाएका नेता गुरू घिमिरे उपस्थित अन्तर्क्रिया कार्यक्रम सफल बनाउन मिडल्याण्डका समाजसेवीहरूले गरेको सहयोग र भेन्यु उपलव्ध गराउने  नमस्ते डाईनका प्रकाश केसीलाई प्रति  नेपाली जनसम्पर्क  समिति मिडल्याण्डले आभार व्यक्त गरेको छ।

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले ८ डिसेम्बरमा अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस मनाउन राधा पौडेल फाउन्डेशनलाई सहयोग प्रदान

सुधा गुरुड्ग। बेजिङ्गस्टोक,यूके। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी) ले तीज रमझम २०२३ राफल ड्र बाट संकलित सम्पूर्ण रकम रु  १,१८,५००/- बिएनसी का पूर्व अध्यक्ष क्याप्टेन पंचबीर राईको हातबाट आज काठ्मान्डौमा राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोलिजन फर फिग्नीफाईड मेन्सट्रुएशन (जीएससीडीएम) का सस्थापक डा राधा पौडेललाई हस्तान्तरण गरेका छन। सो रकम राधा पौडेल फाउन्डेशन र जी एस सी डी एमले ८ डिसेम्बर मा मनाउन लागेको ५औं अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसको कार्यक्रम स्पन्सर साथै सोही अवसरमा आयोजना गरीने मर्यादित महिनावारी निबन्ध प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने बिजयीहरुलाई पुरस्कार आदि प्रदान गरीने कुरा राधा पौडेल फाउन्डेशनका प्रोग्राम अफिसर सपना पौडेलले जानकारी दिईन। साथै यो सहयोगको लागिं पौडेलले बिएनसी अध्यक्ष ओम गुरुङ्ग र बिएनसी कार्यसमिती,सबै स्वयमसेवकहरु,प्रायोजकहरु र  बेजिङ्गस्टोक तीज रमझममा सहभागी सम्पूर्ण आमाहरु दिदीबहिनीहरु र मर्यादित महिनावारी यूके च्याप्टका सदस्यहरुमा राधा पौडेल फाउन्डेशन र जीएससीडिएमको तर्फबाट  हार्दिक  आभार प्रकट गरीन।  ८ डिसेम्बर मा मनाउन लागिएको पाचौं अन्तराष्ट्रीय मर्यादित महिनावारीको यो पटकको नारा यौन दुर्ब्यबहार र बालबिबाह न्यूनिकरण गर्न मर्यादित महिनावारीको भुमिका रहेको छ। ग्लोबल साउथ कोलिशन फर डिग्नीफाईड मेन्सट्रुएशनसंग मिलेर बिश्व भरीका ६५ वटा राष्ट्रहरुले मर्यादित महिनावारी अभियानमा काम गरीरहेका छन! राधाका अनुसार "नेपालमा मात्रै नभएर महिनावारी विभेद धेरै थोरै बिश्वभरी नै ब्याप्त छ! फरक केवल नेपालमा देखिने खालका विभेद अनि बिदेशमा नदेखिने खालका विभेद छन।  सो विभेद निर्मूल पार्न अभियंता राधा पौडेल निरन्तर लागीरहेकी छन। मर्यादित महिनावारी अभियानलाई बिश्वब्यापी बनाउने, सो बारे पुस्तक लेख्ने र मर्यादित महिनावारीमै  पि एच डी गर्ने राधा पहिलो ब्यक्ती हुन। उनको पहिलो कृती खलंगामा हमलाले २०१४ को मदन पुरस्कार प्राप्त गरेको थियो। सो का अलावा उनले मर्यादित महिनावारी सबैको जिम्मेवारी ( हाते पुस्तक),शान्तीका पाईलाहरु (कविता संग्रह), अपवित्र रगत,सर्जीकल मेनोपज (अनुवाद),रोल नंमंबर एक र मरियम मान्छे भई आदि पुस्तकहरु लेखेकी छन।

Poem : Generation Gap

Poem: Generation Gap You, me, and your anger, My dear teenager! You’re my soul Without you,  my whole life could be bored. Please! Calm down and think  Slowly, let’s build up good bonds  So that our thoughts will have start to be linked. Then, Increase the strength  Decrease the stress Eventually, the spells of happiness  Will be raised. Ganga Bhandari, Swindon  01/10/23

तमु समाज यूकेले आफ्नो १६ औं वार्षिक उत्सव भब्य मनायो

शीतलपाटीन्युज डटकम। लण्डन।तमु समाज युकेले आफ्नो संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्षमा वर्षगाँठ यहि सेप्टेम्बर ३० शनिवारको दिन लन्डनको विम्बली स्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ। तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अतिथीहरुलाई निमन्त्रणा गरेर बढी तामझाम नगरी पारिवारिक माहोलमा आफ्नै समाज घरमा मनाउने निर्णय गरी यसरी मनाएको हो।  सेप्टेम्बर ३० शनिवारको दिन बेलुकाको समय ६ बजे देखि शुरू भएर राति ११ बजे समापन हुने गरी उत्सव मनाएको थियो। औपचारिक कार्यक्रम  शुभारम्भ हुनु पूर्व रारा क्याटरिङ द्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिएको थियो। त्यस पश्चात वाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव श्री धरमबल गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेको थियो। औपचारिक कार्यक्रम सञ्चालनको क्रममा समाजको अध्यक्ष श्री शिव कुमार गुरुङको सभापतित्वमा वहाँको धर्मपत्नी श्रीमति मिना गुरुङ, समाजको आफ्नै सल्लाहकारहरु हाल लन्डन स्थित बार्नेट काउन्सिलको काउन्सिलर श्री कमल गुरुङ प्रमुख अतिथि, समाज कै आमा समुहको पूर्व अध्यक्ष समेत रहेकी वहाँको धर्मपत्नी श्रीमति माया गुरुङ, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ  वहाँको धर्मपत्नी श्रीमति जयन्ती गुरुङ, पूर्व अध्यक्षहरु श्री अर्जुन कुमार गुरुङ,वहाँको धर्मपत्नि श्रीमती बिष्णुमति गुरुङ,निवर्तमान अध्यक्ष श्री शिवचन्द्र गुरुङ,वहाँको धर्म पत्ति श्रीमती मिरा गुरुङ,उपाध्यक्षहरु श्रीमति बिन्दु घले, भिम बहादुर गुरुङ, आमा समुहको अध्यक्ष श्रीमती उमा देवी गुरुङ, उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, सल्लाहकार अधिवक्ता राजु थापा, सल्लाहकार काशीराम बोहोरा, सल्लाहकार तथा आमा समुहका पुर्व अध्यक्ष श्रीमति माया गुरुङ , सल्लाहकार तथा तमु धी युकेका पुर्व अध्यक्ष सुव सिङ गुरुङ BEM, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष ले.रि.थम प्रसाद गुरुङ , सल्लाहकार तथा तनहु समाज युकेका संरक्षक लेख गुरुङ र अन्य सल्लाहकार हरुलाई विधिवत रूपमा आसन ग्रहण गराईयो। त्यसपछि उपाध्यक्ष भिम बहादुर गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए।   त्यस पश्चात नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष श्रीमति बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमि देखि हाल सम्म

घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन। घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित हुनु भएको छ। तमु समाज यूकेको १६ औं वार्षिकोत्सवको अवसरमा गत सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणसि्ह गुरुङ सम्मानित हुनु भएको हो।  उहालाई कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ,तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,तमु समाज युकेका उपाध्यक्ष भिमबहादुर गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए। सोही कार्यक्रममा वा.के.ता. समाज लमजुङ युकेका अध्यक्ष सुब घले र हालसालै निर्वाचित गैर आवासीय नेपाली संघ युकेको सदस्य तथा तमु समाज युकेका सल्लाहकार काशीराज बोहोरा पनि सम्मानित भएका थिए।  सम्मानकै क्रममा यसवर्ष तमुधिं युकेद्वारा आयोजित नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर समाजलाई योगदान दिने सदस्य र कलाकारहरुलाई उपाध्यक्ष,प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादा लगाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए। कदरपत्र प्राप्त गर्ने सदस्य तथा कलाकारहरुमा सल्लाहकार ज्ञानबहादुर गुरुङ, सदस्यहरु सूर्यकुमारी गुरुङ, लिलकुमारी गुरुङ, कुबिन्धर गुरुङ, मनकुमारी गुरुङ, बिजु गुरुङ,गोपाल गुरुङ,निवर्तमान सांस्कृतिक सचिव सरु गुरुङ राना, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ,तमु कलाकार सांस्कृतिक मञ्च युकेका अध्यक्ष पदमबहादुर गुरुङ,कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष अमृत गुरुङ,जरिना गुरुङ,सुमी गुरुङ,दिया लिम्बु,सुजिता गुरुङ सुबिना घले र ओसिएन राना, ओसिस राना,साईमन थापा,सिद्धार्थ गुरुङ र गौरव गुरुङ थिए। झाँकीमा प्रदर्शन गरिने आकर्षक नेपाली घर तयार पार्ने सदस्य अमृत गुरुङ र ज्येष्ठ नागरिक गुमानसिङ गुरुङलाई पनि सम्मान गरिएको थियो। त्यस्तैगरी, यस वर्ष तमु समाज समाजलाई तन,मन,धन दिएर अहोरात्र खटिएर लाग्ने सदस्यहरुको योगदानको उच्च मूल्यांकन गर्दै पाँच जना सदस्यहरुलाई उत्कृष्ट समाजसेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो।  सम्मानित हुनेहरुमा सल्लाहकार अधिवक्ता राजु थापा, सूर्यकुमारी गुरुङ,मनकुमारी गुरुङ,लिलकुमारी गुरुङ र कुबिन्द्री गुरुङ थिए। सम्मानित हुनेहरूलाई उपाध्यक्ष बिन्दु घले,प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए। समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ,गैर आवासीय नेपाली संघ युकेका प्रमुख सल्लाहकार पदमा मनोनित भएकोमा समाजको तर्फबाट उपाध्यक्ष भिमबहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा,फेटा लगाई सम्मान गरेका थिए। यसैगरी

बेलायतका महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित सामाजिक अभियन्ता महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवार बन्ने समाचार प्राप्त भयको छ। गत आइतबार १ अक्टोवर २०२३ मा मिडल्यान्ड र सिंगो बेलायतका दर्जनौँ एनआरएनए अभियन्ता एवम् सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिलाई जुम मार्फत उहाले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्नु भयको हो। सन् २०२१-२०२३ कार्यकालका लागि बेलायतबाट निर्वाचित आइसीसी सदस्य आफ्नो कार्यकाल पुरा गरेका अधिकारीले  एनआरएनए थप जिम्मेवारी लिएर काम गर्ने इच्छा लागेका कारण  युरोप उपसंयोजकमा उम्मेद्वारी दिन लागेको बताउनु भयको छ। ‘संस्था विवाद र विभाजनको मोडमा हुदा पनि आइसीसी सदस्यका रुपमा निर्वाचित भएर धेरै सिक्ने र अनुभव बटुल्ने मौकाको फाइदा लिदै आफ्ने अनुभव,ज्ञान र दृढ ईच्छाशक्तिलाई बिदेशमा बस्ने नेपालीको हितमा काम गर्ने सोच रहेको पनि जुम लाईभमा बताउनु भयको छ। अधिकारीको उम्मेदवारीप्रति बेलायतस्थित दर्जनौँ एनआरएनए अभियन्ता, संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाले समर्थन जनाएका छन्। एनआरएनए अभियानका एक अनुभवी, सक्षम र योग्य पात्रका रुपमा उनी संस्था र अभियानको लागि उपयुक्त रहेको उनीहरुको धारणा थियो ।   जुम कार्यक्रममा एनआरएनए केन्द्रीय उपमहासचिव रामशरण सिम्खडा,प्रवक्ता सोम सापकोटा, युरोप उपसंयोजक दयानिधि सापकोटा, आइसीसी सदस्य राजेन्द्र पुडासैनी, दिनेश घिमिरे,कोशलेश्वर ढकाल  र विष्णु चालिसे, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषाल, एनआरएनएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ,पूर्व महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष शम्भु अर्याल, एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डे,अग्रज पत्रकार भगिरथ योगी,संगीता मरहट्ठा,सरस्वती केसी,रोजिना प्रधान राई लगायतले अधिकारीको उम्मेद्वारीमा समर्थन जनाउँदै शुभकामना  व्यक्त गर्नु भयको छ। साझा नेपाली समाज यूकेका अध्यक्ष दीपक सापकोटाले मिडल्यान्डका सबै नेपाली एवम् संघसंस्थाको प्रतिनिधित्व गर्दै अधिकारीले एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्वारी दिएको जनाउँदै सिंगो मिडल्यान्डबाट भारी समर्थन रहेको जानकारी गराएका थिए । एनआरएनए आइसीसी मानार्थ परिषदका पूर्व सदस्य राणबहादुर खाती क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा युवा अभियन्ता पवन शर्माले स्वागत मन्तव्य दिएका थिए।काभ्रे समाज युकेका अध्यक्ष नारायण फुँयालले संयोजन गरेको सो कार्यक्रममा फुयालले विशेष भूमिका निर्वाह गरेका थिए।   युरोप उपसंयोजक पदका उम्मेद्वारी घोषणा गरेका अधिकारी एनआरएनएनए अभियानमा पछिल्लो डेढ दशकदेखि सक्रिय छन्। उनले यसअघि आइसीसी सदस्यका साथै कयौं कार्यकाल एनआरएनए यूके सल्लाहकारको

अमेरिकाबाट सचिव पदमा उम्मेदवारी दिदै कृष्णजिवी पन्थ

सुरेश कोईराला, काठमाडौ। आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि अमेरिकाबाट सचिव पदका लागि उम्मेदवारी दिनु भएका कृष्णजिवी पन्थले  एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउँदै  एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनु भयो।  युरोपको भ्रमण हुँदै हाल मध्यपूर्वको भ्रमणमा रहनु भएका सचिव पदका उम्मेदवार पन्थले एनसिसी मध्यपूर्वको एक कार्यक्रममा बोल्नुहुँदै संस्थालाई एकताबद्ध गर्दै गरिमा बढाउन लागिपर्ने बताउनुभयो। आफूले दुई वर्षमा के-के गर्छु भन्ने कुरा प्रतिबद्धता पत्रमा स्पष्ट रुपमा उल्लेख गरेको उहाँले बताउनुभयो । देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको पनि बताउनुभयो । ‘हामीले निर्वाचित भएको दिनदेखि नै क्यालेन्डर बनाएर एक्शन ओरिएन्टेड योजना कार्यान्वयन गर्ने छौं,” उहाँले भन्नुभयो। खाडी मुलुकमा भोगिरहेका नेपालीहरुको समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,‘श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउनुपर्नेछ । साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्न म कटिबद्ध छु।’ ‘समुन्नत नेपाल,सम्मानित गैर आवासीय नेपाली’ भन्ने मूल नाराका चुनावी प्रसार प्रसारमा रहनु भएका सचिव पदका उम्मेदवार पन्थले संस्थाको नीतिगत सुधारका लागि कही योजना अघि सार्नु भएको छ।

अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटा उम्मेदवार

सुरेश कोइराला, अमेरिका। गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न निर्बाचनमा अमेरिका क्षेत्रको क्षेत्रीय संयोजक पदमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने भएका छन। टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका ब्यवसायी तथा सामाजिक अभियन्ता सापकोटाले सामाजिक सन्जालबाट उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान शुरु गरेको बताएका छन। गैरआवासीय नेपाली संघ, आईसीसी सदस्य समेत रहेका सापकोटाले सँस्थालाई सम्पन्न व्यक्तिहरुको क्लब होईन सबै गैरआवासीय नेपाली समुदायको साझा चौतारी बनाउने कुरालाई प्रमुख चुनावी एजेण्डा बनाएका छन। गैरआवासीय नेपाली संघ सबै गैरआवासीय नेपालीहरुको पहुँचमा छैन। निर्बाचनको खर्च हेर्दा सबैले उम्मेदवारी दिने पनि आँट गर्न सक्ने अवस्था छैन। सँस्थामा पुनर्संरचना गर्दै डेलिगेट्सबाट होईन सम्पूर्ण सदस्यहरुले भोट हाल्न पाउने व्यवस्था गरिनु पर्दछ, सापकोटाले बताए। सापकोटा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार हुन।

बझाङ्गकी संगीता रोकायाले गरीन मनास्लूको सफल आरोहण

सुधा गुरुङ्ग, लन्डन। काठमाण्डौ। सगरमाथा आरोही बझाङ्ग,धुली कि संगीता रोकायाले बिश्वको आठौं अग्लो हिमाल मनास्लू (८,१६३ मि)को पनि सफल आरोहण गर्न सफल भएकी छन। साईपल गाऊंपलिका -४, धुली (बझाङ्ग) की संगीताले महिनावारी बिभेद अन्त गर्ने राधा पौडेल फाउन्डेशनको अभियानमा जोडिदै यूनाईटेड नेशनले ८ डिसेम्बरलाई अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस घोषणा गरीयोस भन्ने अपीलका साथ ८ हजार भन्दा अग्ला बिश्वका १४ वटा हिमालहरु आरोहण गर्ने प्रतिबद्धता जनाएकी हुन। उनी ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशन (जी एस सी डी एम) का ब्रान्ड एम्बेसडर पनि हुन। रोकायाले सगरमाथा र मनास्लूको चुचुरोमा "मर्यादित महिनावारी सबैको जिम्मेवारी" भन्ने जी एस सी डी एम को  लोगो अंकित ब्यानर  शफहराएकी थिईन।  मनास्लूको सफल आरोहण गर्ने उनी  दोश्रो नेपाली महिला हुन। साथै सगरमाथा आरोहण गर्ने पहिलो बझांगी महिला हुन। अब उनी बाकी  १२ वटा हिमाल आरोहण गर्ने तैयारीमा रहेकी छन।

रसमोर वलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी यूके र ब्लाक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा रसमूर वेलसेल्ली १० किलोमिटर र २ किलोमिटर च्यारिटी रन शान्तपुर्ण सम्पन्न भएको छ। १ अक्टोबर २०२३ मा आयोजित १० किमि दौडमा सन्देश राई प्रथम भएका छन् भने म्याथु किङ्ग द्वितीय र रिचार्ड विल्लीयम तृतीय भएका छन्। यो रसमोर वलसेल्ली दौडमा नेपाली मूलका राई नेपाली समुदायबाट पहिलो चोटी प्रथम भएका हुन्।गतबर्षको डौडमा राई द्वितीय भएका थिए।  दौडमा प्रथम,द्वितीय र तृतीय हुने धावकहरुलाई पुरस्कार दिइएको थियो। प्रतियोगितामा सहभागी सय जनाले मेडल पाएका थिए। आठौं वर्षको यो दौडमा १० किमिमा ६२० जना र २ किमिमा १०० जनाभन्दा बढीले भाग लिएका थिए। ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले १० किमी दौडमा नेपाली युवाहरुको र २ किमि दौडमा वृद्धवृद्धा बाआमाहरुको सहभागिता रहेको बताउदै कार्यक्रम सफल रहेको बताउनु भयको छ।  जीआरएनसीले मार्सलको जिम्मा लिएको सो कार्यक्रममा साइन टास्ने काममा ब्लाक वाटर भ्यालीलाई सहयोग गरेको थियो। रसमोर वलसेल्ली दौडका संयोजक जिआरएनसीका उपाध्यक्ष्य उत्तरबहादुर गुरुङले मार्सलिड्ग ब्यवस्थापन गरेको सो कार्यक्रममा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु, युवा बाबुनानीहरु र वृद्ध बाबाआमाहरुको उपस्थिती  थियो।  जिआरएनसीका पुर्व अध्यक्ष रोहित गुरुङ र कार्यसमिति सदस्य सुष्मा गुरुङले नि:शुल्क खाना प्रायोजन गरेको सो १० किमी दौडमा भाग लिनका लागि २० पाउन्ड र टिकटका लागि छुट्टै २ पाउण्ड राखिएको थियो। २ किमिमा दौड गर्ने सहभागीहरुलाई भने प्रतियोगिता प्रवेश नि:शुल्क थियो। कार्यक्रम आयोजक जीआरएनसीका अध्यक्ष गुरुङले सबैले सहयोग गरेर कार्यक्रम सफल भयको जनाउदै आभार प्रकट गर्नु भयको थियो भने आगामी कार्यक्रम अझ बृहत् बनाइने बताउनु भयो।

एनआरएनएभित्र जवाफदेहिता खोज्नु पर्छ- महासचीव उममेदवार गौरी जोशी

शुरेस कोईराला। काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिँदै गर्दा यसको चहलपहल बढ्दै गएको छ। महाधिवेशनले एनआरएनए आईसीसी (२०२३–२०२५)का लागि नयाँ नेतृत्व चयन गदैछ। नेतृत्वको दौडमा आफूलाई महासचिवको प्रत्यासीको रूपमा अगाडि सारेका बलिया प्रतिस्पर्धी हुन गौरीराज जोशी। जोशी एनआरएनएभित्र जवाफदेहिता खोज्ने व्याक्तिको रूपमा चिनिन्छन्। एनआरएनएभित्र रुपान्तरण खोज्ने पात्रको रूपमा चिनिन्छन्। स्वतन्त्र, अनावश्यक राजनीति र त्यसको हस्तक्षेपभन्दा एनआरएनएलाई राख्नुपर्छ भन्ने अभियानमा उनको सक्रियता लामो समयदेखि चल्दै आएको छ। एनआरएनएलाई संस्थागत बनाउँदै यसको आवश्यकता र सान्र्दभिकताको सवालमा बहस छेड्न आवश्य सम्झने जोशी भन्छन्,‘पछिल्लो समय एनआरएनएमा अराजकता हस्तक्षेप बढ्दै गएको छ, कस्ता, कसका लागि र किन एनआरएनए ? भन्ने जवाफ खोज्ने र दिने समय आएको छ।’ एनआरएनए माथिका विभिन्न आरोप चिर्दै त्यसलाई अझै बल पुर्याउनभन्दा पनि यसको साख,विश्वास र सम्मानलाई उचाई दिनुपर्ने उनको मान्यता छ। उनी निरन्तर समाजसेवामा समर्पित, नेपालको समृद्धि र मातृभूमि तथा कर्मभूमिको सम्बन्धको पुलको रूपमा एनआरएनएले काम गर्नुपर्ने मान्यता राख्छन्। ‘गैरआवासीयीहरू दुइ देशका सम्पत्ति हुन् । त्यो सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्ने कुरा कतिपय अवस्थामा ती देश र कतिपय अवस्थामा स्वयं व्यक्तिहरुमा भरपर्ने विषय हो। हामी नेपालीसँग त असी भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद भएको सिंगो संगठन छ–एनआएरएन, यस्तो बलीयो संगठनलाइ अब परम्परागत शैली भन्दा अलि फरक ढंगले अगाडि बढाउनु आवश्यक छ। उनी एनआरएनएलाई व्याक्तिगत स्वार्थभन्दा माथि उठाएर सहमति र सहकार्यको माध्यामबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छन्। उनी भन्छन्, ‘मलाई मेरो आफ्नो स्वार्थ र महत्वकांक्षाभन्दा पनि मातृभूमिप्रति मेरो दायित्व कसरी पूरा गरुँ र मुलुक समृद्धिमा कसरी समर्पण गरुँ भन्ने हुटहुटी छ, त्यसको प्लाटफर्म एनआरएनए बनाउन खोजेको छु।’ उनी धेरैले बुुझेजस्तो पैसा लगानीको रूपमा भन्दा पनि एनआरएनएलाई भावनात्मक रूपमा नेपालसँग जोड्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘जब नेपालमा वा नेपालीमा कुनै खालका आपत्ति आइलाग्छन्, तब तब हामीलाई सबैभन्दा पहिला छिटो छिटो आफू त्यहाँ पुग्न मन लाग्छ। मेरो विचारमा, एनआरएन पैसा र लगानीको विषय मात्र भन्दापनि बढ्ता भावनाको विषय हो।’ एनआरएनए भनेकै भावनाको संगम रहेको र आफूहरू नेपालीकोरूपमा सदैव रहने बताउँछन्। ‘हामी कसैगरेपनि नेपाल

यसपाली को world Cup कसले जित्ला?