Thursday January 16, 2025

प्रवास

नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका बिच प्राविधिक स्तरको वैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन।भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भयो। वैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय,गुडविल पेमेन्ट लगायतका सबै मागहरुमा विस्तृत छलफल भएको छ। बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा बिभिन्नसम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको छ। बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री रोशन खनाल,सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ्ग,धर्मबहादुर तामाङ,पुष्पा राणा घले,धनबहादुर गुरुङ्ग,सइन्द्रा केसी थापा तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय,गृह मन्त्रालय,अर्थ मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको कुरा नेपाली राजदुताबास लण्डनको प्रेष बिज्ञप्तिमा जनाइएके छ।

स्वादे जिब्रोका लागि बिनोद बरालको ट्वाक्क "मम: र रोटी"

शीतलपाटीन्युज डटरम। लण्डन। विश्व स्वाद बजारमा बिनोद बराल नेपाली स्वादकापरिकारहरुका लागि रचनात्मक सोंचका व्यक्तित्वकारुपमा परिचित नेपाली हुन् । २० वर्षको जोशिलो उमेरमालण्डन पुगेका बिनोदले त्यहाँस्थित ओकरा फाइनडाइनिङ इण्डियन रेष्टुरेण्टमा स्वादिष्ट परिकारसंगकोयात्रा शुरु गरेका हुन्। जुनबेला उनका सङ्गीहरु बनारसमा कार्य  गर्थे उनी त्यसबेला लण्डनस्थित 'दिल्लि डेली'मा मुख्य सेफको भूमीका सम्हाल्दै भारतिय खानाको टेकअवे आउटलेटको धारणा ल्याइसकेका थिए। लगभग ७६ विभिन्न देशहरुको भ्रमण अनि ६८ विभिन्नएयरलाइन्समा सेवा पश्चात् बरालले आफ्नै नेपाली स्वादहरु समेटिएका आधिकारीक रेष्टुरेण्टको परिकल्पना गरेका हुन् । बराल भन्नुहुन्छ,"मैले थार्इ खाना पस्किंदा मान्छेहरुले तिमी नेपाली हौ तर किन नेपाली खानाको साटो थाइखाना दिन्छौ भन्थे। मेरो पहिचानको जरा नै नेपालीपनमा लुकेको छ। लण्डनमा आधिकारीक नेपाली खाना मात्र पाउने रेष्टुरेण्ट खोलेर नेपाली स्वादलाइ विश्व समूदायमा पस्किने इच्छा थियो त्यो पुरा भएको छ।" अहिले बेलायतस्थित लण्डनको किंग्स्ले, हाउन्स्लोमाबरालको "ममः र रोटी" भन्ने नेपाली आधिकारीकस्वादको स्थल संचालनमा छ जहाँ हातले कुटेकामसलाहरु र नेपाली स्वादका विभिन्न परिकार पस्किंदै आइएको छ। विदेशीहरुलाइ नेपाली तरिकाको ममः र खाने तरिका सिकाउनु पनि बरालको मनपर्ने काम हो वहा थप्नुहुन्छ,"नेपाली परिकार जोकोहीले जिब्रोमा परोस्खाने तरिका चैं नेपाली पारा नै भएको राम्रो हामी त ममकोडल्लालार्इ दुर्इ टुक्रा पारेर खान्छौं (हाँसो छुट्छ)।" राम्रो कुरो के छ भने "ममः र रोटी"मा आउने ग्राहक मध्ये ७० प्रतिशत विदेशी पाहूना हुने गरेका छन्। नेपालीपात्रोबाट।

भबिन साम्पाङ् राई गोर्खा नेपाली समाज मेडवेको अध्यक्ष चयन

शीतलपाटीन्युज डटकम। लण्डन। सेप्टेम्बर १० आइतबार जीएनसिएम (GNCM) गोर्खा नेपाली समाज मेडवेमा नयाँ कार्य समितिको चयन भएको छ ! मेडवेको चाथाम टाउनमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा ब्रदर्समा सम्पन्न भएको नयाँ कार्यसमिति चयनका निमित्त निर्बाचन समितिमा पूर्ब अध्यक्ष तथा सल्लाहाकार द्वय भिम राई र श्रीमती निना गुरुङ (हाल मेडवे काउन्सिल मेयर) र बाबु पन्त रहनु भएको थियो।  सुर्य बिक्रम राईको नेतृत्वको यस अघिको कार्यसमिति बिघटन पछि धन्यबाद दिंदै बिदाई गरे पश्चात निर्बाचन समितिले भबिन साम्पाङ् राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन प्रकृया पूरा गरे पछि नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाएर बधाई ज्ञापन गर्दै जिम्मेवारी हस्तान्तरण गरेको थियो। नयाँ कार्यसमितिमा; अध्यक्ष भबिन साम्पाङ् राई, उपाध्यक्ष द्वय ज्ञानेन्द्र राई र स्म्रीता राई, महा-सचिब हरित पोख्रेल,सह-सचिब केशब ढकाल,कोषाध्यक्ष रोशन राई,सह-कोषाध्यक्ष उत्तर पतङवा,साँस्कृतिक संयोजक श्रीमती सृजना निङ्लेकु(चर्चित भ्लगर), साँस्कृतिक सह-संयोजक चन्द्रावती राई,खेलकुद संयोजक राम काम्बाङ्,खेलकुद सह-संयोजक जोग आले, प्रोपर्टी, मिडिया,वेबमास्टर संयोजक मोहन सिं तामाङ् सहित महिला संयोजकमा श्रीमती उषा गुरुङ चयन हुनु भएको छ। समाजको निबर्तमान अध्यक्ष सुर्य बिक्रम राई सल्लाहकारमा नियुक्त हुनु भएको छ।मेडवे नेपाली समाज सानो भए पनि अत्यन्तै चर्चित र सफल नेपाली समाज मध्य अगाडी रहेको समाज हो !   पूर्ब अध्यक्ष श्रीमती निना गुरुङ् अहिले मेडवे काउन्सिलको मेयर (नेपाली मुलकी युकेको पहिलो महिला मेयर) बनेर समग्र गोर्खा र नेपालीहरुकै उदाहरण बन्दै लोकप्रिय मेयरको छबि बनाई रहनु भएको उदाहरण छ !   मेडवे नेपाली समाजले नेपालमा बिभिन्न आर्थिक र भौतिक सहयोग निरन्तर गर्दै उल्लेख्य योगदान पुर्याउँदै आईरहेको छ भने युक्रेन युद्दले आक्रान्त बनिरहेको यो बेला सकेको आर्थिक सहयोग संकलन गरेर सहयोग पुर्याउन सफल रहेको छ। मेडवे चर्चित गीतकार, कबि, लेखक र चर्चित युट्युबरहरुको बासस्थान भएकाले पनि यसै परिचित हो, यहाँको ऐतिहाँसिक र प्राकृतिक सौन्दर्यको कुरै नगरौं। को हुन् भबिन साम्पाङ् राई  खोटांगमा जन्मिएका भबिन साम्पाङ् राइको अफिसियल नाम भुपेन्द्र जँग राना साम्पाङ् राई हो ! १९९९ सालमा ब्रिटिश सेनामा भर्ति भएर युके आउनु भएका साम्पाङ् सेवा निवृत्त पश्चात श्रीमती र एक मात्र सन्तान छोरा सहित जिलिंघाम टाउनमा बस्दै आउनु भएको

साझा नेपाली समाजको कार्यक्रम डिनर विथ महानायकको अभुतपुर्व सफलता

शीतलपाटीन्युज डटकम लण्डन। मिडलैन्डको मार्केट हारव्रोमा साझा नेपाली समाज बेलायतले आयोजना गरेको डिनर विथ महानायक साँझ हिजो सम्पन्न भएकोछ।बेलायत भ्रमणमा रहेका महानायक राजेश हमालको उपस्थितिमा गरिएको कार्यक्रमको अध्यक्षयता समाजका अध्यक्ष दिपक सापकोटाले गरेका थिए। कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा,समाजका संस्थापक अध्यक्ष शंकर भन्डारी,ब्यवसायी कमल भन्डारी,गैरआवासीय नेपाली संघ बेलायतका महासचिव गोबिन्द खरेल,इग्लैन्ड राज्यसमन्वय परिषदका अध्यक्ष एवं साझा नेपाली समाजका उपाअध्यक्ष शम्भु अर्याल ले महानायक को मिडलैन्ड भ्रमण ऐतिहासिक रहेको र यो कार्यक्रमले मिडलैन्डवासी नेपालीहरुको एकता अझै बलियो बन्ने बताएका थिए। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार आगन्तुकहरुले खचाखच भरिएको कार्यक्रम मा उपस्थित पाहुनाहरुको चाहना अनुसारै आशन र भाषण कमि गराई कार्यक्रमलाई महानयकको सम्मानमा फिल्मी शैलिमा शुरु गरि फिल्मी शैलीमै अन्त गरिएको थियो। कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु हरि भट्टराई ,केसरी क्षेत्री,लाल क्षेत्री,कृष्ण कंडेल,नारायण आचार्य,लक्ष्मी खराल,शरद शाही,प्रकास केसी,मेजर बुद्धि बहादुर भन्डारी,केशर शेरचन लगायतको उपस्थिति रहेको थियो। महानायक र समाजका अध्यक्ष दिपक सापकोटाले उदघाटन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक शिब खराल र अतिथिहरुलाई खाॉदा श्रेयषी आचार्य र श्रेर्या खरेलले ओढाई दिएका थिए भने नेपाली गित माईतीघरमा श्रेर्या खरेलको नाँचले दर्सकहरु मन्त्रमुग्ध भएका थिए। आफ्नो मन्तब्यमा महानायकले मिडलैन्डवासी नेपालीहरु लगायत साझा नेपाली समाजलाई धन्यबाद दिदै यो कार्यक्रमले आफ्नो बेलायत भ्रमण सफल भएको आफुले महशुस गरेको र नेपालीहरुको एकता र आपसी सहयोग बलियो बनाउने काममा आफुले काम गरिरहेको बताएका थिए। कार्यक्रमको लागी मार्केट हारव्रो फुटबल क्लबले हल उपलब्ध गराएको थियो।यसको संयोजन संयोजक एवं सचिव शुरेष केसीले गर्नुभएको थियो।मिठो खाना मार्केट हारव्रो मा रहेको नेपाली रेष्टुरेन्ट अबतार डाइनिंगका सेफहरुको टिमले समाजको लागी न्युनतम मुल्यमा उपलब्ध गराएका थिए भने फोटो ग्राफीको काम आशिष पन्तले गरेका थिए।कार्यसमिति उपाअध्यक्ष राम प्रसाद पन्थी,कोषाअध्यक्ष उपेन पौडेल,सहकोषाअध्यक्ष उपेन्द्र सापकोटा,कार्यसमिति सदस्यहरु दिनेश ढकाल,गणेश सापकोटा,महाश्रर्मा खरेल लगायतकले हलको सिगांर गरेका थिए। नेपालबाट आएका कलाकार राजेश बर्देवा,शिब हमाल र पुर्णकला विसीले दर्शकहरुलाई छमछमी नचाएका थिए।

साझा नेपाली समाजको यो कार्यक्रमले नमेटिने माया दियो -महानायक राजेश हमाल 

शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डको मार्केट हारव्रोमा साझा नेपाली समाज बेलायतले आयोजना गरेको डिनर विथ महानायक साँझ हिजो सम्पन्न भएकोछ। बेलायत भ्रमणमा रहेका महानायक राजेश हमालको उपस्थितिमा गरिएको कार्यक्रमको अध्यक्षयता समाजका अध्यक्ष दिपक सापकोटाले गरेका थिए। कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा,समाजका संस्थापक अध्यक्ष शंकर भन्डारी,ब्यवसायी कमल भन्डारी,गैरआवासीय नेपाली संघ बेलायतका महासचिव गोबिन्द खरेल,इग्लैन्ड राज्यसमन्वय परिषदका अध्यक्ष एवं साझा नेपाली समाजका उपाअध्यक्ष शम्भु अर्याल ले महानायक को मिडलैन्ड भ्रमण ऐतिहासिक रहेको र यो कार्यक्रमले मिडलैन्डवासी नेपालीहरुको एकता अझै बलियो बन्ने बताएका थिए। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार आगन्तुकहरुले खचाखच भरिएको कार्यक्रम मा उपस्थित पाहुनाहरुको चाहना अनुसारै आशन र भाषण कमि गराई कार्यक्रमलाई महानयकको सम्मानमा फिल्मी शैलिमा शुरु गरि फिल्मी शैलीमै अन्त गरिएको थियो। कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु हरि भट्टराई ,केसरी क्षेत्री,लाल क्षेत्री,कृष्ण कंडेल,नारायण आचार्य,लक्ष्मी खराल,शरद शाही,प्रकास केसी,मेजर बुद्धि बहादुर भन्डारी,केशर शेरचन लगायतको उपस्थिति रहेको थियो। महानायक र समाजका अध्यक्ष दिपक सापकोटाले उदघाटन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक शिब खराल र अतिथिहरुलाई खाॉदा श्रेयषी आचार्य र श्रेर्या खरेलले ओढाई दिएका थिए भने नेपाली गित माईतीघरमा श्रेर्या खरेलको नाँचले दर्सकहरु मन्त्रमुग्ध भएका थिए। आफ्नो मन्तब्यमा महानायकले मिडलैन्डवासी नेपालीहरु लगायत साझा नेपाली समाजलाई धन्यबाद दिदै यो कार्यक्रमले आफ्नो बेलायत भ्रमण सफल भएको आफुले महशुस गरेको र नेपालीहरुको एकता र आपसी सहयोग बलियो बनाउने काममा आफुले काम गरिरहेको बताएका थिए। कार्यक्रमको लागी मार्केट हारव्रो फुटबल क्लबले हल उपलब्ध गराएको थियो।यसको संयोजन संयोजक एवं सचिव शुरेष केसीले गर्नुभएको थियो।मिठो खाना मार्केट हारव्रो मा रहेको नेपाली रेष्टुरेन्ट अबतार डाइनिंगका सेफहरुको टिमले समाजको लागी न्युनतम मुल्यमा उपलब्ध गराएका थिए भने फोटो ग्राफीको काम आशिष पन्तले गरेका थिए। नेपालबाट आएका कलाकार राजेश बर्देवा,शिब हमाल र पुर्णकला विसीले दर्शकहरुलाई छमछमी नचाएका थिए।

क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम २३ सेप्टेम्बर हुने

शीतलपाटीन्युज डटकम। लण्डन। क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम २३ सेप्टेम्बर शनिबार गर्ने ब्यापक तयारी गरेको छ । समाजले हरेक वर्ष गर्दै आएको कार्यक्रम यस बर्ष अझ ब्यापक बनाउने तयारी गरिएको क्षेत्री समाज बेलायतकी अध्यक्ष श्रद्धा थापाले शीतलपाटीन्युज डटकमलाई समाचार पठाएर जानकारी दिनु भएको छ। अध्यक्ष थापाका अनुसार सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिंदै उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रम समेत राखेर आयोजना गरिएको बताउनु भयको छ। क्षत्री समाज युकेका सम्पुर्ण साथीहरुलाई कार्यक्रमका दिन बिदा मिलाउन अनुरोध गर्दै बेलायत स्थित विभिन्न संस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुलाई उपस्थितिका लागि अपिल समेत गर्नु भयको छ। अल्डरसटस्थित एम्पाएर हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि राति १० बजेसम्म हुने छ। समाजका उपाध्यक्ष एबम कार्यकम   सयोजक टेकबहादुर घर्तीले कार्यक्रमको रुपरेखा बारे जानकारी दिनु भयको छ। क्षेत्री समाज यूके बेलायतमा व्यवस्थित र सक्रिय संगठन हो। क्षत्री समाज युकेले कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु लिएर हरेक वर्ष वार्षिक भेटघाट कार्यक्रम प्रमुख कार्यक्रम मानेर आयोजना हुने गरेको छ। उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ। बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि क्षेत्री समाज यूकेले बार्षिक भेटघाट कार्यक्रम शनिबार २३ सेप्टेम्बर मा नेपालबाट पाल्नु भयका राष्ट्रिय कलाकारहरु गायक राजु परियार,गायीका शिला आलेको साथमा अति नै भब्य,मनोरन्जनको साथमा सम्पन्न गर्ने भयको छI प्रबेश शुल्क £२५ रहेको,सीनीयर सीटीजन र बच्चाहरुको £१३ रहेको,५ बर्ष मुनीका लागि फ्रि रहेको उक्त कार्यक्रममा यहाँहरु सबै उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु कार्यक्रम संयोजक टेक जी सीले भन्नु भयको छ।

देशको आवश्यकताले ब्रिटिस गोर्खा बनेकाले नेपाली नागरिकता पाउनुपर्छः वक्ताहरु

संबाद डबली। काठमाडौं।ब्रिटिस–गोर्खा तत्कालिन् आवश्यकता र राज्यस्तरको सम्झौता अनुसार बनेकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने वक्ताहरुले बताएका छन् । शुक्रबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युके÷नेपाल (विजीएनसीसीसी)ले ‘नागरिकता निरन्तरता किन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले सो धारणा राखेका हुन्। प्रा.डा.सुरेन्द्र केसीले ब्रिटिस–गोर्खा बनेको समयदेखि अहिलेसम्मका नेपाली शासकहरुको कारण ब्रिटिस गोर्खा सैनिकहरु अन्यायमा परेको जिकिर गरे। प्रा.डा. केसीले एनआरएन र गोर्खाहरुलाई नागरिकता दिने कुरामा एउटै दृष्टिले हेर्न नमिल्ने बताउँ छन् । ‘तत्कालिन् राज्यसक्ताको आवश्यकताले दुई देशबीचको सन्धी अनुरुप बनेकाले ब्रिटिस–गोर्खाहरुलाई सरकारले नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्छ।’ डा.केसीले थपे । त्रिविका प्राध्यापक बालकृष्ण माबोहाङले देशको सर्वभौमसत्ताको रक्षा गर्ने ब्रिटिस गोर्खाहरुलाई विगतदेखि वर्तमान शासकहरुले उच्च सम्मानित दर्जामा राख्नुको साटो अपहेलना गरेको आरोप लगाए। प्रा.माबोहाङले नेपालीहरुलाई किनबेचको साधनकोरुपमा व्यवहार गरेर अहिले नागरिकताबाट च्युत गर्न खोज्नु दुर्भाग्य भएको बताउँदै भने,“ब्रिटिस–गोर्खाहरुकै कारण कैलाली,कञ्चनपुरलगायतका ४ जिल्ला फिर्ता भयो, के यस्तै कारणले राज्य बिहिन बनाउन खोजेको हो?”आदिवासी जनजाति महासंघका पूर्व महासचिवसमेत रहेका माबोहाङले विभिन्न पार्टीका भातृ संगठन बन्ने भन्दा पनि आफ्नो मुद्धालाई बोक्ने पार्टीमा सबै एकजुट हुनसमेत सुझाउँदै भने,“ब्रिटिस गोर्खाहरुको मुद्धा समेट्ने जुनसुकै पार्टीमा आजकै मितिबाट मिसन ८४सीमा लाग्नुस्।” आयोजक संस्था (विजीएनसीसीसी–युके,नेपाल)का संयोजक सुनबहादुर तामाङले गोर्खाहरुलाई नेपाल सरकारले अरु एनआरएनको सरह व्यवहार  नगर्न आग्रह गरे । तामाङले नागरिकताबाट बञ्चित गरिए देशलाई ठूलो क्षति मात्रै नभएर गोर्खाहरु कुनैपनि समयमा राज्य बिहीन हुने चिन्ता व्यक्त गरे। आफूहरुलाई बेलायत सरकारले सम्झौताअनुसार सेवा सुविधा नदिएर विभेद गरेको बताउँदै त्यसमा नेपाल सरकारले ब्रिटेनसँग पहल गर्नुपर्ने माग राखे। ब्रिटिस–गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालका प्रमुख संयोजक कृष्ण बहादुर राईले पुराना देखि आजका शासकहरुले आफूहरुलाई न्याय दिनेभन्दा ‘राष्ट्र बेच्ने र ब्रिटेन किन्ने’ घृणित सोच र व्यवहार जारी राखेको आरोप लगाए। नेपाली शासकहरुको अदुरदर्शिता र स्वार्थीपनको कारण आफूहरु भाडाका सैनिकमा मात्रै सिमित बनाएर देशको अन्य देशहरुसँग कुटनीतिक सम्बन्धमा असर परेकोसमेत बताए। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल संयोजक भिम बहादुर लिम्बु तावाले राजादेखि वर्तमान शासकहरुले ब्रिटिस गोर्खाहरुलाई बस्तु जस्तै बिक्रि गरेर आफ्नो स्वार्थ पूर्ति गरेको आरोप लगाए। तावले नेपाल सरकारले नागरिकताबाट च्युत

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु,बन्यो आयोजक समिति

शीतलपाटीन्युज डटकम। पोखरा। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ। आगामी फागुन ५ गते शनिबार आयोजना हुने नेपालकै जेठो म्याराथन ‘१८ औं पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो। मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन्। पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ। पोखरा म्याराथनमा सहभागि हुने खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने छन्। १८औं संस्करणको खेलाडी अन्तिम दर्ता प्रक्रिया माघ १७ गते सम्म हुनेछ। सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका,राष्ट्रिय खेलकुद परिषद,प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि,कृषि बिकाश बैंक ली,पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके,वोष्टन/न्यू ह्याम्पशायर नेपाली समाज अमेरिका,दुर्गा गुरुङ यूके,चन्द्र गुरुङ अस्ट्रेलिया,सहारा क्लव अस्ट्रेलिया,सहारा क्लव हङकङ,हिमा अस, केल्मी,एक्सटेप स्पोर्टस वेयर, जोनी पाहारी स्कटल्याण्ड लगायत स्वदेश तथा विदेशका समाजसेवीहरु,उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन्। त्यसै गरि १८ औं संस्करणको खुल्लातर्फको प्रथम पुरस्कार राशी नगद रु ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन्। त्यसै गरि १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट एक टोली पोखरा आउने भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । उनी यूवा खेलाडी उत्पादनका लागि मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन्। पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भए संगै यसले विश्वको ध्यान खिच्न सफल भएको बताउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत अहम भूमिका खेलेको बताए। उनले भने–“यो म्याराथन आयोजनाले मुलुकको

रोधीं टेलिभिजनकी डाइरेक्टर बालकासी गुरुङलाई सहारा यूकेको सम्मान 

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत भ्रमणमा रहेकी रोधीं टेलिभिजनकी निर्देशक तथा कार्यक्रम प्रस्तोता बालकाशी गुरुङलाई सहारा यूकेले एउटा कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।  फानबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा ७ सेप्टेम्बर २०२३ मा औपचारिक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ लगायतले कलाकार समेत रहेकी बालकाशी गुरुङलाई सम्मान गरेको हो। सहाराको तर्फबाट अध्यक्ष लेरि गुरुङ र उनकी पत्नीले खादा लगाउँदै बालकाशीलाई मायाको चिनो स्वरुप घडी दिएका थिए।  कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै रोधीं कार्यक्रमकी प्रस्तोता गुरुङले बेलायत आउन अवसर प्रदान गरेकोमा तमुधिं यूकेप्रति आभार व्यक्त गरिन् । तमुधिंकै कारण सहारा यूकेको टिमसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहारा यूकेबाट नेपालमा छँदै साथ, सहयोग पाइरहेको उल्लेख गरिन् । उनले सहारा यूकेको सहयोग आगामी दिनमा पनि पाइरहने अपेक्षा व्यक्त गरिन्। सहारा यूकेले खेलकुदको माध्यमबाट नेपालमा गरिरहेको सहयोगले पनि आफूलाई खुसी मिल्ने गरेको उनको भनाइ थियो। पछिल्लो समय गुरुङ समुदायको संस्कार,संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर सञ्चालन गरिएको रोधीं कार्यक्रमलाई टेलिभिजन मार्फत प्रसारण गर्ने उद्देश्यले नेपाल सरकारबाट अनुमति लिएर सञ्चालन गरेको रोधी टेलिभिजन १ वर्ष पूरा भइसकेको जनाउँदै सहारा यूकेसँग मिलेर अघि बढ्न चाहेको उनले सुनाइन्। साथै पोखरा जाने पर्यटकलाई गुरुङको कल्चर यो हो भन्ने देखाउने गरी 'रोधी भवन' बनाउने योजना रहेको भन्दै प्रबन्ध निर्देशक गुरुङले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उक्त योजनामा सहरा यूकेले सहयोग गर्ने अपेक्षा लिएको बताइन।  अध्यक्ष ले रि कुसाङ गुरुङले पोखरामा रहेर बालकाशी गुरुङले गुरुङ मात्रै नभई सबै आदिवासी जनजातिका लागि काम गरेको भन्दै आफ्नो व्यक्तिगत र संस्थागत तर्फबाट सकेकी सहयोग दिने वचन दिए। उनले बालकाशीको यूके बसाइँ राम्रो होस् र नेपाल यात्रा सुखद् रहोस् भन्ने शुभकामना दिएका थिए।     अध्यक्ष लेरि कुसाङ गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो भने सचिव वाचस्पति रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहाराकी फस्ट लेडी पञ्च गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ एवम परिवार, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष एवं तमुधिं यूकेका निवर्तमान अध्यक्ष एवम साहारा युके सल्लाहाकार हित काजी गुरुङ,एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा गोर्खा प्यालेस

अनेसास नवरत्न पुरस्कारद्वारा नौ जना महिला साहित्यकार सम्मानित

शीतलपाटीन्युज डटकम लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना साहित्यकार महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।  नेपाली साहित्य मार्फत  कला,संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका नौ जना विशेष साहित्यका महिला व्यक्तित्वहरूलाई नगद २ सय ५० डलरसहित सम्मानपत्रले सम्मान गर्न लागिएको हो। नवरत्न पुरस्कार समिती संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।   समितिको निर्णयअनुसार माया गुरूङ (साहित्य–बेलायत),अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो),ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य), शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-युरोप) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) रहेका छन्। हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन्। (गोर्खा मिडिया)  

"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह

"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह लण्डन। कथा, कविता,गीत,गजल, नियात्रा र उपन्यास आदि साहित्यका सबै विद्यामा कलम चलाउने नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि तथा आख्यानकार हरिसिंह थापाको भर्खरै प्रकाशित नवीनतम् कृति ‘मेलिनाको डायरी’ कथासङ्ग्रह पढ्ने अवसर मिल्यो । सुरेशजंगशाह                                                      संस्थापक एवम निवर्तमान अध्यक्ष  नेपाली साहित्य विकास परिषद् यूके स्थापित १९९५ (२०५१विसं),लण्डन। पुस्तकभित्र पसेर हेर्दा जन्मभूमि नेपाल र कर्मभूमि बेलायतको जीवनशैली, सभ्यता, भौतिक विकास र प्राकृतिक सौन्दर्यमाझ सामाजिक परिवेश, छुवाछुत जस्ता सामाजिक कुसंस्कार, सामाजिक सोच, विदेशका पीडा, चेलीवेटी बेचबिखन, घातप्रतिघात,  दुर्व्यसन, मायापिरती, पर्यावरण आदि विषयहरूलाई छोएर यस ‘मेलिनाको डायरी’ कथासङ्ग्रहभित्र विभिन्न शिर्षकमा  १४ वटा कथा समावेस गरिएका छन् । कुनै भावपरख, कुनै वस्तुपरक र कुनै वर्णात्मक शैलीका कथाहरू सटिक र मर्मस्पर्सी छन् । लेखकले कर्मभूमिको विकास शैली,सीप र सोच जन्मभूमिमा उतार्न प्रेरणा जगाउने प्रयत्न पनि आफ्ना कथाहरूमा बढो रोचकरूपमा प्रस्तुत गरेका छन्। आफूले देखेका, भोगेका र सुनेका सामाजिक विषय वस्तुहरूलाई नै सिर्जनामा उतारेर नेपालदेखि बेलायतसम्मका सामाजिक रीतिथितिहरूको जानकारी दिने प्रयास पनि छ। कथाकारले विदेशिएका युवाहरूको पीडादेखि वैदेशिक रोजगारीले समाज र परिवारमा पारेको असर,विदेश पठाउने धन्दाबाट ठगिएका युवाहरूको आवाज र चेलीवेटी बेचबिखन आदिबारे सशक्त आवाज उठाएका छन्। समाजमा विद्यमान रूढीग्रस्त सोचको पनि चिरफार गर्न खोजेका छन्। पूर्वीय संस्कार र पश्चिमी सभ्यताका मान्यताहरूलाई आफ्ना कथाहरूमा समेटेर जानाकारीमूलक समिश्रण गराएका छन् थापाले। रोमान्स र अपराधलाई पनि स्थान दिएर कथा संग्रहलाई सन्तुलित स्वाद दिने प्रयत्न आख्यानकार हरिसिंह थापाले गरेका छन्। लेखनमा सरलता र ठट्यौलीशैलीको मिश्रण पनि छ। ‘लौ साली नानी हो! मौका आउँछ पर्खदैन ! जाने भए को को जान्छौ हिँड। आफ्नै ससुराली गाउँकी सालीहरू भनेर पो भनेको त । नत्र सहर जाने कामदारको खाँचो छैन क्यारे ! होइन हामी जान्छौँ नि भिना।म, रूपा, शिलु, मीना, अर्चना, चमेली गरेर हामी छ जना त भइहाल्यौँ नि त।हामीलाई जसरी नि लानु होला भिना । हो हो

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा                                                                                                                                 सुरेशजङ्ग शाह                                                      संस्थापक तथा निवर्तमान अध्यक्ष  नेपाली साहित्य विकास परिषद् यूके स्थापित १९९५ (२०५१विसं),लण्डन।                 कथा कविता गीत गजल नियात्रा र उपन्यास आदिसाहित्यका सबै विधामा कलम चलाउने  नेपाली साहित्यविकास परिषद् युके का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवितथा आख्यानकार हरिसिंह थापाको भर्खरै प्रकाशित नवीनतम्कृति 'मेलिनाको डायरी' कथासङ्ग्रह पुस्तकभित्र पसिहेर्दा जन्मभूमि नेपाल र कर्म भूमि बेलायतको जीवनशैली,सभ्यता,भौतिक विकास र प्राकृतिक सौन्दर्यमाझ सामाजिक परिवेश,छुवाछुत जस्ता सामाजिक कुसंस्कार, सामाजिक सोच,विदेशका पीडा,चेलीवेटी बेचबिखन,घातप्रतिघात,दुर्व्यसन, मायापीर्ति र पर्यावरण आदि विषयहरूलाई छोएर  यस'मेलिनाको डायरी' कथासङ्ग्रह भित्र विभिन्न शिर्षकहरूमा १४ वटा कथाहरू समावेस गरिएका छन्। कुनै भावपरख कुनै वस्तुपरख र कुनै वर्णात्मक शैलीका कथाहरू सटिक र मर्मस्पर्सी छन्। लेखकले कर्म भूमिको विकासको शैली,सीप रसोच जन्मभूमिमा उतार्न प्रेणा जगाउने प्रयत्न पनि आफ्ना कथाहरूमा बढो रोचकरूपमा प्रस्तुत गरेका छन्। आफूले देखेका, भोगेका र सुनेका सामाजिक विषय वस्तुहरूलाई नै सिर्जनाहरूमा उतारेर नेपालदेखि बेलायतसम्मका सामाजिक रीतिथितिहरूको जानाकारी दिने प्रयास पनि गरेका छन्। विदेशीयका युवाहरूको पीडादेखि वैदेशिक रोजगारीले समाजर परिवारमा पारेको असर, विदेश पठाउने धन्दाबाट ठगिएका युवाहरूको आवाज र चेलीवेटी बेचबिखन आदिबारे सशक्त आवाज उठाएका छन्। समाजमा विद्यमान रूढीग्रस्त सोचकोपनि चिरफार गर्न खोजेका छन्। पूर्वीय संस्कार र पश्चिमी सभ्यताका मान्यताहरूलाई आफ्ना कथाहरूमा समेटेर जानाकारी मूलक समिश्रण गराएका छन्। रोमान्स रअपराधलाई पनि स्थान दिएर कथा संग्रहलाई सन्तुलित स्वाद दिने प्रयत्न आख्यानकार हरिसिंह थापाले  गरेका छन्। लेखनमा सरलता र ठट्यौलीशैलीको मिश्रण पनि रहेकोछ।                                                       लौ साली नानी हो ! मौका आउँछ पर्खदैन ! जाने भएकोको

आयो तीज सेल्फी प्रतियोगिता : न्यू लक्ष्मी ज्वेलर्स

शीतलपाटीन्युज डटकम। लन्डन। न्यू लक्ष्मी ज्वेलर्सले तीज सेल्फी प्रतियोगिता आयोजना गर्ने भयको छ। बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सले विजेतालाई छड्के तिलहरी पुरस्कार दिने गरी सो प्रतियोगिता आयोजना गरेको हो। विश्वका जुनसुकै कुनामा बसोबास गर्नेहरु न्यू लक्ष्मी ज्वेलर्सको हाम्रो ग्राहक हो, उहाहरुले प्रतियोगितामा भाग लिन पाउनु हुनेछ।  प्रतियोगीले सेल्फी फोटो नेपाली संस्कृति र परम्परागत ड्रेसमा रहेर गरगहना पहिरेको हुनु पर्नेछ । फोटो पठाउने अवधि  ४ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म तोकिएको छ।  विजेताको घोषणा फेसबुक,टिकटक,इन्स्ट्राग्राममा लाइक, कमेन्ट,सेयरको आधारमा गरिने भयको छ। नतिजा घोषणा ३० सेप्टेम्बरमा सामाजिक सञ्जाल मार्फत हुनेछ।  फोटो न्यू लक्ष्मी ज्वेलर्सको भाइवर, ह्वाटएप,म्यासेन्जर वा इन्स्ट्राग्राममा पठाउन सकिने सञ्चालक लक्ष्मी राईले बताउनु भयको छ। संचालक लक्ष्मी राईले Facebook Page #New Laxmi Jewellers Aldershot UK,Instagram page https://www.instagram.com/newlaxmijewellers_uk/ and follow us on Tiktok #Newlaxmijew नाम रहेको सोसल मिडीया आफ्नो सोसल रहेको पनि जानकारी दिनु भयको छ। प्रतियोगितामा प्रथम पुरष्कार छड्के तिलहरी,दोश्रो हुनेलाई माईली तिलहरी र तेश्रो हुनेलाई कान्छी तिलहरीले पुरष्कृत गर्ने लक्ष्मी राईको योजना छ। बिस्तृत जानकारको सोसल साईटमा हेर्न अनुरोध छ।

“गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रम लण्डनको आसफोर्डमा हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त अधिराज्यबासी नेपाली कला साहित्य प्रेमी दिदीबहिनी तथा दाजुभाइहरु,नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड केन्टको आसफोर्ड स्थित शेन्ट साइमन हलमा “गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रमको भब्य आयोजना हुने भयको छ। मिति २८ जुन २०२३ को दिन एक प्रेस विज्ञप्ति जारी गरेको स्मरण गराउदै कार्यक्रमलाई भब्य र गरिमामय बनाउन सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्ड,नेपाली कलाकार प्रस्तोता समाज बेलायत संस्थासँग संस्थागत सहकार्य जारी रहेको र दुबै संस्थाहरु आयोजक संस्था सरह सक्रियतापूर्वक लागि परिरहनुभएको स्पष्ट पार्दछौं भनिएको छ।  आयोजनाको उदेस्यलाई मन पराई,बेलायत भरबाट शुभेच्छा सहित विभिन्न संस्था तथा ब्यक्तिहरुबाट सहयोग भैरहेको पनि उल्लेख गर्न चाहान्छौं। गायक गंगा राज राईको प्रशंसकहरु साथै गीत संगीत प्रेमी तमाम बेलायतबासी जनसमुदायहरु : यस “गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रममा गायक गंगा राज राईज्युको दुई दशकको सांगीतिक साधना र यात्राका विच दर्शक श्रोता माझ लोकप्रिय बन्न पुगेको वहाँद्धारा स्वरबद्ध गीतहरु सहित उहाँको खारिएको कलाकारिता प्रस्तुत हुनेछ।साथै उहाँको सबै प्रस्तुती लाइभ ब्याण्ड सहितको हुनेछ। गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त बाद्यबादकहरुमा ; प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड),महेश गुरुङ (तबला), थिर थापा (हार्मोनियम÷किबोर्ड),ईन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन),रेसम पाचे(ढोलक÷मादल), शुरज गुरुङ (लीड गितार),विकल थापा (रिदम गितार),होइशेर तामाङ (बास गितार), प्रभास गुरुङ (ड्रम) र संगीत निर्देशकको रुपमा पपिराज राई रहनु भएको छ। यस जीवन्त बाद्यबादकहरुको टोलीमा एक सांगीतिक समुह Prazna Band समेत सामेल रहेको छ। एकल साँझको प्रस्तुतीलाई विशेष बनाउन,संगीतको गहिराई र आयाम थप्न यस पटक बेलायती मूलका आठ जना बाद्यबादकहरुको सांगीतिक समुहले वुडवैण्ड र भ्वाइलिन (Woodwind र Violins) मा साथ दिने भएका छन। नेपाली गीत संगीतमा यस प्रकारको प्रयोगले धेरै संगीत साधकहरुलाई प्रेरित अवस्य गर्नेछ भन्ने आयोजकको विस्वास रहेको छ। यस कार्यक्रममा,बेलायतमा रहँदै आउनु भएका दिग्गज नेपाली संगीतकर्मी,गीतकार साथै गायक/गायिकाहरुको उपस्थिति रहने तय भैसकेको छ।  यस गंगा राज राई एकल साँझको सहप्रायोजकमा गोर्खा भान्छा घर आसफोर्ड अनि प्रायोजकहरुमा क्रमस : ग्लोबल मार्ट आसफोर्ड रेड प्यारोट एकाउन्टिङ लन्डन,आशिर ज्वेलरी अल्डरशट,लेमन लीफ रेष्टुरेण्ट फोक्स्टन,पीपल मोर्गेज

गुन्यु चोलो र दौरा सुरुवाल लगाएर लण्डन बिग हाफ म्याराथनमा नेपालीहरुको दौड कीर्तिमान

GNNNews- लण्डन। बेलायतको प्रसिद्ध दौड़ कार्यक्रमहरु मध्यको एक उत्कृष्ट “बिग हाफ़ म्यारथन” मा २०० बढ़ी नेपाली मूलका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका छन्। अघिल्लो बर्षमा भन्दा उल्लेख्य रुपमा  सहभागिता बढे संगै स्वास्थ्य र तन्दुरुस्ती प्रबर्धन गर्न दौडका विभिन्न प्रयासहरु हुन थालेका छन्।  आईतवार लण्डनको मध्य भागमा संपन्न बिग हाफ़मा नेपाल रन यूकेका करीब १० जना धावक हरुले नेपाली पोशाक लगाएर किर्तिमान राखेका छन। गुन्युचोलो लगाएर अंजु सिग्देल,मूना गौतम,मनिसा लिम्बू लगायतले दौड़िएका थिए भने आत्माराम दाहाल , रबींद्र अधिकारी,राजेंद्र ओझा, शचुरामणि रेग्मी लगायतले दौरा सुरुवाल लगाएर दौड़ संपन्न गरेका थिए श। हालसम्म लण्डनका म्यारथनमा नेपाली पोशाकमा दौड़िएको यो पहिलो रेकर्ड रहेको बताईएको छ। नेपाली संस्कृति र परंपरालाई प्रबर्धन गर्ने प्रयासले यो गरीएको नेपाल रनका इभेंट कोर्डीनेटर तथा एनबीसी यूकेका सचिव रबीन्द्र अधिकारीले बताए श। दौड प्रतियोगितामा बिभिन्न पोसाक र प्रक्रियाले दौड़िएर कीर्तिमान राख़्ने चलन रहेको छ।    कार्यक्रममा सहजिकरण गर्न संस्थाका पदाधिकारी पाण्डव महतो,उदेश देवान लागायत पुगेका थिए भने रन्डर बोल्टका पदाधिकारी र धावकहरु पनि सहभागी थिए। समुदायलाई तन्दुरुस्त राख्न निरन्तर गतिबिधि गर्दै आएको नेपाल रन युकेले आगामी नोभेम्बर ५ मा नर्थल्ट १० के रन आयोजना गरेको छ। कार्यक्रममा सहभागी बनि एकअर्कालाई तन्दुरुस्त रहन सम्योजक सन्तोस राइले जानकारी दिए। समुदायलाइ नै स्वास्थ्य र तन्दुरुस्त रहन प्रेरति गर्ने नेपाल रनको अभियानमा नेपालीहरुको उलेख्य सहभाभागिता साथै नया पुस्ताको उलेख्य सहभागिता रहेको नेपाल रनका जगन कार्कीले।  नेपाल रनले समुदायलाई नै स्वास्थ्य रहन प्रेरित गर्ने अभियानमा सहभागी बन्नको लागि आगामी नोभेम्बर ५ तारिकको कार्यक्रमा सिमित सिट रहेकोले समयमा नै दर्ता गरेर सहभागी भै फाइदा लिन अनुरोध गरेका छन्।  कार्यक्रममा सहभागी हुने प्रत्यक धावकले अमुल्य स्वास्थ्य लाभ लिने मात्र हैन टि सर्ट,मेडल पनि प्राप्त गर्ने छन् साथै  परिवार र समाजलाई स्वास्थ्य रहन प्रोत्साहन पनि गर्ने कार्कीले बताए। कार्यक्रममा सहभागी हुन www.nepalrun.org मार्फत दर्ता गर्न सकिने बताईएको छ।

१६औ रेडिङकप फुटवल २०२३ भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम। लण्डन। रेडिंग नेपाली समाजले गत सन् २००६ साल देखी आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष सोहौं रेडिंग कपको रुपमा यहि सेप्टेम्बर २ मा पाल्मर पार्क रेडिंगमा महामहिम राजदुत ज्ञानचन्द्र आचार्य एवम अतिथी पाहुनाहरुलाई पंचेबाजाले स्वागत गर्दै भब्यरुपमा संपन्न भएको छ । सन् २००६ मा तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल्पना तथा तत्कालिन निबर्तमान अध्यक्ष द्वय अर्जुन बस्नेत र सिबी गुरुंग लगायत तत्कालीन कार्यसमिती र सल्लाहकारज्युहरुको सक्रिय अगुवाईमा शुरु गरिएको यो टुर्नामेन्ट आजसम्म निरन्तर रेडिंग नेपाली समाजको एऊटा गौरबमय महत्वपुर्ण कार्यक्रमको रुपमा मनाऊंदै आईएको छ। यसै गरी पुर्ब अध्षक्षहरु कृतीबिलास पन्त,मान गुरुंग,कृष्ण न्यौपाने र टेक गुरुंगको कार्यकालमा पनि  सम्पुर्ण बेलायतबासी र बिशेष गरी रेडिंगबासीहरुको सहयोगबाट यो एऊटा नेपाली मेला,फूटबल खेलाडिहरुलाई प्रोत्साहन,व्यापार व्यवसायको प्रवर्धन, नेपाल र नेपालीलाई माया गर्नुहुनेहरुको भेला,नेपाली खाना तथा नेपाली सांस्कृतिक भेष-भूषा र नाच गानको प्रदर्शनको रुपमा हरेक साल सफलतापुर्बक सम्पन्न हुंदै आएको छ।  यस वर्षको "१६औ रेडिङ कप फुटवल टुर्नामेन्ट २०२३ “ को ऊद्घाटन यहि सेप्टेम्बर २ को बिहान ९:३० बजे समाजका अध्यक्ष भिमसेन खड्काको साथमा पुर्ब अध्यक्षहरु अर्जुन बस्नेत,महेश गुरुंग,कृष्ण न्यौपाने र टेकगुरुंग सहित सल्लाहकार बिश्व आदर्श पण्डित र ढक गुरुंगको ऊपस्थितीमा लोकल काऊन्सीलर Rob White को बाहुलीबाट रेफ्रिलाई फुटबल पास गरेर गरिएको थियो।  रेडिंग कप फुटबललाई भब्य र सभ्य रुपमा संपन्न गर्न ब्यापक तैयारी भैरहेको थियो। यस बर्षका बिशेष आकर्षणहरुमा पन्चेबाजा,बिबक्यु लगायत बिभिन्न नेपाली खानाका परिकारहरु,नाच-गान,भाग्योदय चिठ्ठा लगायत निशुल्क स्वास्थ्य जांच पनि रहेका थिए। सोह्रौ रेडिंग कप फुटबलका संयोजक समाजका ऊपाध्यक्ष समेत रहेका  प्रेम गुरुंग २००६ सालमा स्थापित रेडिंग कप फुटबलका एक जना परिकल्पना कार समेत हुनुहुन्छ, ऊहांका अनुसार  पिचहरुको संख्या सिमित भएकाले यस पाली थुप्रै आंकाक्षी टिमहरु समाबेश गर्न नसकिए पनि ३० वटा फुटबल टिमहरु समाबेश गर्न सकिएको थियो।  यस बर्षको प्रमुख बिजेता टिमको लागी नगद पुरस्कार गत बर्षको भन्दा £४२३ बढाएर £२०२३ पुर्याईएको थियो। यसै गरी भेटनर र सुपर भेटनर गरी बिजेता तथा ऊपबिजेता सबैलाई ट्रफी,प्रमाणपत्र र नगद पुरस्कारको पनी

एनआरएनए यूके अन्तरक्रियामा गोर्खाहरुले पोखे आक्रोश

शीतलपाटीन्युज डटकम। लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले शनिबार वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया गरेको छ । नेपालका संघीय सांसद खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा गर्बुजाको सम्म्मानसहित अन्तरक्रिया गरिएको हो। एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सांसद गर्बुजालाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै भूतपूर्व गोर्खा समेत रहेका सांसद गर्बुजाले एनआरएनए यूकेले राखेका कुरा मुटुको ढुकढुकीमा राखेको र नेपाल गएर कसरी अगाडि बढाउने गृहकार्य शुरु गरिसकेको बताए। ‘म आफैं गोर्खा हो, म पीडित पनि हो । सर्वदलीय समितिमा पनि म छु । अब नेपाल गएर मेरो पार्टी कांग्रेस र अन्य पार्टीका शीर्ष नेताहरुसंग कुरा राख्छु’- उनले प्रतिवद्धता जनाए, ‘संघीय संसदमा ५ मिनेट बोल्न समय पाउंदा मैले म गोर्खा हो । यसको इतिहास नबिर्सनुस् भनेको थिएं’, उनले भने, ‘भूतपूर्व गोर्खाको पेन्सन र वंशजको नागरिकता मुद्दा सदनमा लैजान्छु । परिआए आन्दोलनको नेतृत्व म आफैं गर्छु ।’ कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गत २२ जुलाईमा २० हजार ७०७ सदस्यले दिएको ‘म्याण्डेट’ बमोजिम नेपाल गएर प्रधानमन्त्रीदेखि मन्त्री र शीर्ष नेतालाई भेटेर वंशजको नागरिकता निरन्तरता र गोर्खाको समान अधिकार माग राखेको बताए। नागरिकता विधेयक प्रमाणीकरण भएपछि देश गलत दिशामा गइरहेको बताउंदै गाहामगरले एउटा हातले सिन्दुर दिने र अर्को हातले नागरिकता दिने प्रावधान देशका लागि घातक भएको टिप्पणी गरे । नेपाल सिक्किम र फिजीको बाटोमा गइरहेको दावी उनले गरे । सबैले साथ दिएमा आफूले वंशजको नेपाली नागरिकता आन्दोलन सफल बनाएरै छाड्ने उद्घोष गर्दै अध्यक्ष गाहामगरले गोर्खा समस्या समाधानका लागि बेलायतमा योग्य राजदूत ल्याइनुपर्ने बताए। गोर्खा पृष्ठभूमि भएको व्यक्तिलाई बेलायतको राजदूत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसंग भनेको पनि उनले स्मरण गरे। एनआरएन युकेले आफ्ना माग लिएर दूतावासमा गएर शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको उनले सुनाए। बिहारी छिर्नु भन्दा ब्रिगेड अफ गोर्खाज सदनमा छिरे देश समृद्ध बन्ने बताउंदै उनले गोर्खा मुद्दा र वंशजको नेपाली नागरिकता मुद्दा सदनमा लगिदिन सांसद गर्बुजासंग अपिल पनि गरे। मन्तव्यका क्रममा वंशजको नेपाली नागरिकता निरन्तरता महाअभियानका अध्यक्ष खगेन्द्र पाठकले नागरिकता ऐनमा भएका प्रावधान खारेज

१६औ रेडिङ कप फुटवल  सफलता पुर्बक भब्य रुपमा सम्पन्न 

शीतलपाटीन्युज डटकम। रेडिंग, लण्डन। नेपाली समाजले गत सन् २००६ साल देखि आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष सोहौं रेडिंग कपको रुपमा २ सेप्टेम्बरमा पाल्मर पार्क रेडिंगमा भब्य रुपमा संपन्न भएको छ। सन् २००६ मा तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल्पना तथा तत्कालिन निबर्तमान अध्यक्ष द्वय अर्जुन बस्नेत र सिबी गुरुंग लगायत तत्कालीन कार्यसमिती र सल्लाहकारज्युहरुको सक्रिय अगुवाईमा शुरु गरिएको यो  टुर्नामेन्ट आजसम्म निरन्तर रेडिंग नेपाली समाजको एऊटा गौरबमय महत्वपुर्ण कार्यक्रमको रुपमा मनाऊंदै आईएको छ।  यसै गरी पुर्ब अध्षक्षहरु कृतीबिलास पन्त,मान गुरुंग, कृष्ण न्यौपाने र टेक गुरुंगको कार्यकालमा पनि  सम्पुर्ण बेलायतबासी र बिशेष गरी रेडिंगबासीहरुको सहयोगबाट यो एऊटा नेपाली मेला,फूटबल खेलाडिहरुलाई प्रोत्साहन, ।व्यापार व्यवसायको प्रवर्धन,नेपाल र नेपालीलाई माया गर्नुहुनेहरुको भेला, नेपाली खाना तथा नेपाली सांस्कृतिक भेष-भूषा र नाच गानको प्रदर्शनको रुपमा हरेक साल सफलतापुर्बक सम्पन्न हुंदै आएको छ। यस वर्षको  १६औ रेडिङ कप फुटवल टुर्नामेन्ट २०२३ को ऊद्घाटन यहि सेप्टेम्बर २ को बिहान ९:३० बजे समाजका अध्यक्ष भिमसेन खड्काको साथमा पुर्ब अध्यक्षहरु अर्जुन बस्नेत,महेश गुरुंग,कृष्ण न्यौपाने र टेकगुरुंग सहित सल्लाहकार बिश्व आदर्श पण्डित र ढक गुरुंगको ऊपस्थितीमा लोकल काऊन्सीलर Rob White को बाहुलीबाट रेफ्रिलाई फुटबल पास गरेर गरिएको थियो। रेडिंग कप फुटबललाई भब्य र सभ्य रुपमा संपन्न गर्न ब्यापक तैयारी भैरहेको थियो। यस बर्षका बिशेष आकर्षणहरुमा पन्चेबाजा,बिबिक्यु लगायत बिभिन्न नेपाली खानाका परिकारहरु,नाच-गान भाग्योदय चिठ्ठा लगायत निशुल्क श्वास्थ्य जांच पनी रहेका थिए।  यस बर्षको सोह्रौ रेडिंग कप फुटबलका संयोजक समाजका ऊपाध्यक्ष समेत रहेका  प्रेम गुरुंग २००६ सालमा स्थापित रेडिंग कप फुटबलका एक जना परिकल्पना कार समेत हुनुहुन्छ,  ऊहांका अनुसार  पिचहरुको संख्या सिमित भएकाले यस पाली थुप्रै आंकाक्षी टिमहरु समाबेश गर्न नसकिए पनी जम्मा ३० वटा फुटबल टिमहरु समाबेश गर्न सकिएको थियो।  यस बर्षको प्रमुख बिजेता टिमको लागी नगद पुरस्कार गत बर्षको भन्दा £४२३ बढाएर £ २०२३ पुर्याईएको थियो। यसै गरी भेटनर र सुपर भेटनर गरी बिजेता तथा ऊपबिजेता सबैलाई ट्रफी,प्रमाणपत्र र नगद पुरस्कारको पनी ब्यबस्था गरिएको थियो । नेपाली

साझा नेपाली समाज युकेले "डिनर वइथ राजेश हमाल" सॉझको आयोजना गर्दै

शशाङ्क शर्मा, लण्डन। नेपाली सिनेजगतका महानायक राजेश हमाल साझा नेपाली समाज मिडलैन्डले आयोजना गर्ने डिनर विथ राजेश हमाल कार्यक्रमको लागि यही सेप्टेम्बर १० आइतवारको दिन मिडलैन्ड आउने भएका छन। तिजको समय पारेर गर्न लागिएको यो कार्यक्रमले नेपाली सिने जगतमा महत्वपुर्ण योगदान दिनुभएका महानायकसंग सांक्षतकार एवं मनोरन्जनपुर्ण कार्यक्रम गरी सम्पन्न गरिने छ।   साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार कार्यक्रम लाई सम्पन्न गर्नको लागी साझा नेपाली समाजका उपाअध्यक्ष शिब खराल र सचिव शुरेष केसीलाई संयोजक तोकिएको छ भने आर्थिक संयोजनको जिम्मा कोषाअध्यक्ष उपेन्द्र पौडेललाई प्रदान गरिएको छ। कार्यक्रममा सामाजिक एकता,भाईचारा र आपसी सहयोगलाई बलियो बनाउने उद्धेष्यले गर्न लागिएको यो कार्यक्रममा बाक्लो उपस्थिती हुने अनुमान गरिएकोछ।   दिपक सापकोटा को नेतृत्वमा गठन गरिएको साझा नेपाली समाजको नयॉ कार्यसमितिले छोटो समयमानै मिडलैन्डमा दुई सफल कार्यक्रम गरिसकेको छ। तिन महिनाको समय भित्र साझा नेपाली समाजले मिडलैन्ड नेप्लिज क्रिकेट लिंगको समापन कार्यक्रमको संयोजन र साझाका सामाजिक अभियन्ताहरुको विच मिट एन्ड ग्रिट कार्यक्रम गरिसकेको छ।   नवगठित कार्यसमितिले मिडलैन्ड नेप्लिज क्रिकेट लिगमा नेपाल क्रिकेटका पुर्व कप्तान ज्ञानेन्द्र मल्ल लाई बोलाई खेलाडीहरुको हौसला बढाउन सफल भएको थियो। यो कार्यको मिडलैन्ड बासि नेपालीहरु मात्र नभई पुरै बेलायतका सामाजिक अभियन्ताहरु बाट उच्च मुल्याङन गरिएको थियो।   महासचिव शर्माका अनुसार कार्यसमितिको सुझबुझ पुर्ण निर्णयको कारण गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनमा सतप्रतिसत मिडलैन्डका उम्मेदवार जिताउन सफल भएको थियो।साझा नेपाली समाजको कार्यसमितिले निर्वाचनको ठिक समयमा यो र त्यो नभनी मिडलैन्डबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्नको लागी अपिल गरेको थियो।   त्यसैगरी साझा नेपाली समाजले केहि दिन पहिला मिडलैन्डका सामाजिक अभियन्ताहरु सबैलाई बोलाई मिट एन्ड ग्रिट कार्यक्रम गरेको थियो।भब्य सफल रहेको त्यो कार्यक्रममा अभियन्ताहरुले सामाजिक काम गर्ने क्रममा भएगरेका आ-आफ्ना अनुभवहरु साटासाट गरेका थिए।   कार्यक्रम स्थान,मिति र समय- मिति-१०/०९/२०२३ आइतवार समय-४ बजे स्थान-Harborough town community football ground Northampton road Market harborough  lE16 9HF

पोखरेली फोटो पत्रकार शुदर्सन रंजितलाई साहारा युकेद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम।  लण्डन।पोखरामा आधार बनाएर पर्यटन,खेलकुद र राष्ट्रिय सरोकारका बिषय समेटेर फोटो पत्रकारितामा अग्रपंतिमा रहेको फोटोपत्रकार शुदर्सनलाई रंजित बेलायतमा साहारा युकेले सम्मान गरेको छ। साहारा युकेले ०२ सेप्टेम्बर २०२३ मा एउटा कार्यक्रमको आयोजना गरी रेडिड्गस्थित कमल रेष्टुरेन्टमा अध्यक्ष रि ले कुसाड्ग गुरुड्गले साहारा युकेको ममेन्टो दिएर र साहारा युकेका बरिष्ठ सल्लाहाकार महेस गुरुड्गले साहारा लोगो भयको स्कार्फ लगाईदिएर सम्मान गरीएको हो।  साहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुड्गले साहाराको शिक्षा,खेलकुद र पुनर्स्थापना कार्यमा साहारा पोखरा र साहारा युकेलाई रंजितले पुर्याएको महत्वपुर्ण सहयोगको चर्चा गर्नु भयको सो कार्यक्रममा सम्मानित रंजितले सम्मानको प्रशंसा गर्नु भयको थियो। साथै हिजो ०२ सेप्टेम्बर २०२३ मा पालमर पार्क रेडिड्गमा अध्यक्ष रि ले कुसान्ड्ग गुरुड्गको अध्यक्षतामा साहारा युकेको कार्यसमिती बैठक बस्यो।सचिब बाचस्पति रेग्मीले संचालन गरेको सो बैठकमा उपाध्यक्ष कृष्ण गुरुड्गले उपस्थित सम्पुर्ण पाहुनाहरुलाई स्वागत गर्नु भयको थियो।अध्यक्ष गुरुड्गद्वारा उदघाटन भाषण गरिएको सो कार्यक्रममा साहाराद्वारा गरिने बार्षिक कार्यक्रम च्यारीटी नाईटको बारेमा चर्चा भयको थियो। संस्थाका उपाध्यक्ष एवम च्यारीटी कार्यक्रमको संयोजक कृष्ण गुरुड्गले च्यारीटी बारे बिस्तृत रुपरेखा प्रस्तुत गर्नु भयको थियो। साथै साहारा एफसी चेयरमेन शारदा गुरुड्गले साहारा फुटबलको युकेको प्रगति र अव हुने खेलका बारे प्रष्ट पार्नु भयको थियो।अध्यक्ष गुरुड्गले च्यारीटी कार्यक्रम, अक्षयकोष र नेपालको साहारा पोखराको २५ बर्षे समारोहको बारेमा स्पष्ट पार्दै कार्यक्रम समापन भयको थियो।कार्यक्रममा साहारा युकेका फाउण्डर प्रेसीडैन्ट नविन गुरुड्ग, एनआरएन युकेका नवनिर्वाचित अध्यक्ष एवम साहाराका सल्लाहाकार हितकाजी गुरुड्ग,पुर्व अध्यक्ष मीन गुरुड्ग, निबर्तमान अध्यक्ष कुमार गुरुड्ग,फेटोपत्रकार शुदर्सन रंजित, सल्लाहाकारज्युहरु,कार्यसमिती पदाधिकारीज्युहरु,फस्टलेडी पंच गुरुड्ग र मंजु गुरुड्ग राई समेतको उपस्थिती थियो।

यसपाली को world Cup कसले जित्ला?