Thursday January 16, 2025

प्रवास

एनआरएनएकाे महासचिवमा दोहोरिँदै छन् गौरीराज जोशी

शीतलपाटीन्युज डटकम। काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्‍याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्‍याउने अभियान नै थालिसकेका छन्। संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेपछि उनी दोहोरिने निर्णयमा पुगेका छन्। त्यसो त उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई खोजिएको छ। सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्। ‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ। जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्। एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्–जोेशी। संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्छन्। संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ। चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काराेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्। सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्। यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए। आउने चुनावमा महासचिव पदका

बेलायतमा चर्चित लोक गायक प्रकाश सपुतको पहिलो सांगीतिक साँझ हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। चर्चित लोक तथा दोहोरीगायक प्रकाश सपुतको पहिलो पटक युकेमा विशेष सांगीतिक साँझ हुने भएको छ। सपुतले भिसा प्राप्तसँगै बेलायतको सांगीतिक भ्रमण पक्का भएको हो।  नेपालीहरू रहेको प्राय बिदेशका सबै देशहरुमा सांगीतिक भ्रमण गरिसकेका गायक सपुतले २५ अगस्त २०२३ मा इम्पायर हल अल्डरसटमा लाइभ स्टेजमा प्रस्तुति दिने छन। यसको संयोजन केप्लर इभेन्ट्सले गरेको छ। ‘गलबन्दी च्यातियो’ , फुलमाया लगायत दर्जनौं हिट गीतका गायक प्रकाशको यस वर्ष ‘सकम्बरी’ र ‘दमाई महाराज’ प्स्तुत गरेकोमा दर्शकले निकै रुचाएका थिए। 

लण्डन आई पुगे लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ पहिलो शो २० अगस्तमा

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन्न। बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु शुक्रबार लन्डन आइपुगेको हो। इनास यूके अध्यक्ष विनोद चिपालु र निर्देशक एवम् कलाकार सनम वैरागले लन्डन हिथ्रो विमानस्थल पुगेर कलाकारद्वयलाई स्वागत गरेका थिए। पहिलो शो यही अगस्ट २० तारिख आइतबार साँझ वुल्लीचको ट्रामसेड थिएटरमा हुँदैछ। सो अवसरमा दमन र चम्सुरीको हास्यव्यंग्यका साथै कयौं स्थानीय कलाकारका मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएका छन्। दमन रुपाखेती र पल्पसा डंगोल ’चम्सुरी’ले बेलायतवासी सबै  दर्शकलाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरेका छन्। कमेडी धमाकाका थप शोहरु बेलायतका विभिन्न क्षेत्रमा पनि आयोजना गर्ने तयारी रहेको आयोजक समूहमा संलग्न इनास यूके अध्यक्ष विनोद चिपालुले जानकारी दिएका छन। (लण्डन नेपालन्युज)

बुद्दी सुवेदी लगायतको टिमले करिब ४ अर्बमा किन्यो भैरहवाको टाइगर प्यालेस

शीतलपाटीन्युज डटकम। काठमाडौं। भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल,एनआरएन क्यानडा निवर्तमान अध्यक्ष दीपक गौतम लगायतका समूहले खरिद गरेको छ। सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो। हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ। टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो। तर,रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदार राजेन्द्र बजगाईंले असहयोग गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन।तर सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो। विगत ७-८ महिनादेखिको प्रयासपछि यो सम्झौता सम्भव भएको सुवेदीको भनाइ छ। ‘हामीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, यस हिसाबले कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुन्छ होला,’ हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले भने। सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन्। उनीलगायतको समूहले अमेरिकाको सिकागो,वासिंगटन डिसी,नर्थ क्यारोलिना,लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन्। अमेरिकामा १२-१५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ। नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने प्रतिबद्धता पनि उनले गरे। ‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं,विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं,सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं,’उनले भने । तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेकाले पुँजीगत लाभकर सम्भवतः नआउने आँकलन रहेको सुवेदी बताउँछन्। तर, दुई वर्षदेखि क्यासिनोको रोयल्टी भने तिरिएको छैन। ‘अब हामीले ३० दिनभित्र कर दायित्व चुक्ता गर्नुपर्छ,त्यसको हिसाबकिताब हुँदै छ,समयभित्रै चुक्ता गर्ने छौं,’ उनले भने। यसअघि

बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट सम्पन्न भएको छ । अल्डरसटस्थित डि लउन्ज रेस्टुरेन्टमा आइतबार ६ अगस्ट २०२३ बिहान ९ बजेर ३० मिनेटबाट सुरु भई करिब ५ बजेसम्म कार्यक्रम संचालन भएको थियो। उक्त कार्यक्रमको मूख्य उद्देश्य मानिसले स्वस्थ्यकर जीवन जिउन, धनआर्जन गर्न, व्यापार व्यवसाय संचालन गर्न र खुसी हुने सम्बन्धमा बिज्ञहरुको अनुभव प्रस्तुती थियो।  नेपालको ख्याति प्राप्त बाँसुरी बाधक धन गुरुङ र डियमटी ब्यान्डको संयोजक दिनेश गुरुङले सुमधुर क्लासिक धुनबाट सुरु गरिएको सो कार्यक्रम डा विशाल गुरुङले संचालन गर्नु भएको थियो।  कार्यर्रमका मुख्य संयोजक मान गुरुङले अन्लिस योर इन्नर सेल्फ इभेन्टको उद्देश्य, दृष्टिकोणको बारेमा प्रस्ट्याइ व्यक्तित्व विकास गर्न भित्रैबाट शक्ति कसरी निकाल्ने बारेमा सिकाउनुका साथै आवस्यक जानकारी गराउनु भयको थिये। अभियन्ता दिनेश रोकाले मानिसले शारीरिक तथा मानसिक तन्दुरुस्त राख्ने बारेमा, श्याम श्रेष्ठले एकाउन्टिङ र फाइनान्सबारे, योग अभियन्ता मेघ गुरुङले योगिक साइन्सबारे, एकाउन्टेन्ट एल एन पाण्डेले लगानी र उद्यमशीलताको बारे, दिग्विजय घलेले पौष्टिक तत्वको बारे,सुमन पुनले व्यापार व्यवसाय गर्दा ध्यान दिनु पर्ने बारे प्रस्ट्याएको सो कार्यक्रम डिलन्ज बार अल्डरसटमा सम्पन्न भयको थियो। डा विशाल गुरुङले कार्यक्रम संचालन गरेको थियो भने दिनेश गुरुङले डिजे र सिजनले भिडियोग्राफी तथा दोहोरी कलाकार सागर गुरुङ र हल व्यवस्थापनमा डि लाउन्जले विशेष सहयोग गरेका थिए। गोल्ड प्रायोजन गोर्खा सर्भिसेस लिमिटेड र सिल्भर प्रायोजन पेपर वोर्क सोलुसनले गरेको थियो। गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग र शीतलपाटीन्युज डटकमका सम्पादक उपस्थित रहेको सो कार्यक्रममा अन्त्यमा उपस्थित सबैलाई सकारात्मक परिवर्तन हुने अभ्यास गराई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सबैलाई संयोजक मान गुरुङले धन्यवाद दिएका थिए।

डब्ल्युएचओको दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशकमा डा शम्भु आचार्यले दिए उम्मेदवारी

जीएनएन समाचार। काठमाडौँ  --  विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्। परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो। दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ। डब्ल्युएचओ दक्षिण पूर्वी एशियामा नेपाल र बङ्गलादेशसँगै भूटान, दक्षिण कोरिया,भारत,इन्डोनेसिया,मालदिभ्स, म्यानमार, श्रीलङ्का,थाइल्याण्ड र टिमोर–लेस्टे सदस्य छन् । आचार्य विगत ३० वर्षदेखि विश्व स्वास्थ्य सङ्गठन अन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आएका छन्। आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय,राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ।   “दक्षिण पूर्वी एशियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु”, डा.आचार्यले भने।   साथै कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। “विश्वव्यापीरुपमा सूचना प्रविधिका क्षेत्रमा भएको भइरहेको नवीनतम विकासलाई सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा अधिकतम प्रयोग गर्दै समता र समानताका आधारमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नु मेरो उद्देश्य हुनेछ”,उनले भने।   डा.आचार्यले आफूले विश्वस्वास्थ्य सङ्गठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रुपमा काम गर्न अब्बल भएकाले आफूले उम्मेदवारी दिएको बताए । “क्षेत्रीय निर्देशक आफैँमा ठूलो जिम्मेवारी हो, यसका लागि मैले प्राप्त गरेको अनुभव तथा ज्ञानका आधारमा मैले यस क्षेत्रमा धेरै काम गर्न सक्छु र यसका लागि मसँग स्पष्ट योजना र लक्ष्य पनि छ”, उनले भने।   “कोरोना महामारीलगायतले हाम्रो स्वास्थ्य प्रणाली कुन अवस्थामा छ भन्ने देखाइसकेको छ, त्यसैले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सेवालाई पनि थप बलियो बनाउनु जरुरी छ”, डा आचार्यले भने।

लन्डनमा भब्य बन्यो १५ औं गुल्मेली बार्षिक मेला, नौमती बाजा देखि सांगीतिक प्रस्तुति भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेको १५ औं वार्षिक भेला भव्य भएको छ। बेलायतमा बसोबास गर्दै आएका गुल्मेलीहरुको साझा संस्था गुल्मी जिल्ला समाज यूकेले ०६ अगस्त २०२३ आइतबार समर भेटघाट कार्यक्रम गरेको हो । लन्डन फेल्थमस्थित कम्युनिटी स्पोर्टस कलेजको खुल्ला मैदानमा बिबिध सांस्कृतिक कार्यक्रम सहित भएको जमघटमा झण्डै १५ सय जना सहभागी रहेका थिए। समाजका अध्यक्ष बिर बलालको अध्यक्षतामा भयको उक्त कार्यक्रममा लण्डनस्थित पशुपतिनाथ मन्दिरका मूल पूजारी निलहरी घिमिरेले मन्त्र बाचन गर्दै स्वस्ती शान्ति गरिएको  समाजको सो कार्यक्रम अध्यक्ष बलाल, प्रमुख अतिथि लन्डन दुतावासकी उपनियोग प्रमुख रोशन खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयको थियो। समाजका महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक एवम् समाजका उपाध्यक्ष वरुण भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए। साथै कोषाध्यक्ष मुकुन्द खरालले टिकेटिङ तथा गेट व्यवस्थापन सम्हालेका थिए। क्या.विर बहादुर थापको स्वागत गीतबाट सुरु भएको कार्यक्रममा  विभिन्न सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो। लन्डन दुतावासकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यतामा संचालन भयको कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मी जिल्ला बेलायतमा समेत ठुलो जिल्लाको रुपमा परिचित भएको भन्दै कार्यक्रम भव्य भयको भन्दै धन्यवाद व्यक्त गर्नु भयको थियो। समाजले सामाजिक क्षेत्रमा र गृह जिल्लाको अफ्ठ्यारोमा उत्कृष्ट कार्य गरेको भन्दै आभार व्यक्त पनि गर्नु भयको थियो। सो अबसरमा अध्यक्ष बलालले कार्यक्रममा उपस्थित  सबैलाई धन्यवाद ज्ञापन गर्नु भयको थियो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ओम प्रसाद थापा, पूर्व अध्यक्षहरु अर्जुन गौतम,राम गलामी,टोप पल्ली,गोर्खा मेजर गोबिन्द राना,मिस सपना रोका,पत्रकारहरु मोहन बस्नेत,शिव भण्डारी, कलाकारहरु,द प्यालेस,साउण्ड सिस्टम लेख राना लगायतलाई समाजले सम्मान” प्रदान गरेको थियो। कार्यक्रममा लोकप्रिय गायक र स्थानीय गायक गायिकाहरुको सांगीतिक प्रस्तुति दिएका थिए भने साउण्ड सिस्टममा लेख रानाको प्रस्तुतिले पनि कार्यक्रम रोमान्चित बनेको आमन्त्रित बिभीन्न संघसंस्थाका पदाधिकारी र सहभागीहरुले बताएका थिए। फोटो-शीब भण्डारी।    

चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा,ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न भयको समाचार छ ।  समाजका अध्यक्ष बेनकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष दुर्गा गुरुङले स्वागत मन्तब्य राख्नु भयको थियो।कार्यक्रममको संचालन महासचिव अमर गुरुङले गर्नु भयको थियो।  अल्डरसटको एल्डरवुड लेजर सेन्टरमा भएको कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रमहरु, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।जसमा ८० वर्ष उमेर पुगेका धनबहादुर गुरुङ (लामे) र रामसिङ घले (खाल्टे) लाई धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङले समाजको तर्फबाट लठ्ठी प्रदान गरी खादा ओढाई सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिएका थिए । धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङ र किसनसिंङ घलेलाई समाजका अध्यक्ष बेनकुमार गुरुङले सम्मान गरेका थिए। तमु धीं युकेले आदर्श तमुले सम्मानित ब्रिटिस भूपू मेजर कृष्णबहादुर गुरुङ र उनकी पत्ती अमला गुरुङलाई क्रगि लगाइ दिएर र क्रमु ओडाएर सम्मान गरेका थिए।  त्यस्तैगरी तमु धीं युकेले आदर्श तमुले सम्मानित पन्च गुरुङ र उनका श्रीमान ब्रिटिस भूपू लेप्टेन कुसाङ गुरुङ,एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ र उनकी पत्नी सीता गुरुङ,अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित ब्रिटिस भूपू ह. लेप्टन चन्द्रबहादुर गुरुङ र उनकी पत्नी बिमला गुरुङ, दिलराज गुरुङ, गोर्खा मिडीयाका प्रबन्ध निर्देशक मीलन तमु गुरुड्ग समेतलाई समाजका अध्यक्ष गुरुड्गले क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरेका थिए।  समाजको नयाँ सदस्यलाई उपाध्यक्ष दुर्गा गुरुङ र आमा समूहका अध्यक्ष पन्च गुरुङले खादा र व्याच लगाएर स्वागत गरेका थिए । नवविवाहित जोडीहरुलाइ क्रगि लगाइदिएर र क्रमु ओडाएर आशीर्वाद र उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो । गोर्खा कपमा फुड स्टलमा सहयोग गर्ने सबै स्वयंसेवकहरुलाई खादा लगाईं धन्यवाद दिइएको सो कार्यक्रममा फुड स्टलमा मुख्य भूमिका निर्वाह गर्ने हेड सेफ प्रकास गुरुङ र उनकी पत्नी जयन्ती गुरुङलाई पनि सम्मान गरिएको थियो।  सम्मानीत हुनेहरुमा संघसंस्थाहरुमा अध्यक्ष पदमा निर्वाचित बेसिंस्टक नेपाली समाजको अध्यक्ष दुर्गा गुरुङ, पर्वत वेलफेयर सोसाइटी अध्यक्ष अप्सरा गुरुङ,श्रीमती योगिता गुरुङको श्रीमान् अनिल गुरुङ र गोर्खा दरबार रेष्टुरेन्टको मालिक धनबहादुर

मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरको पोल्टामा

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मिडल्यान्ड क्षेत्रमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरले जितेको छ। सोमबार लेष्टर लफबरोमा खेलाइएको फाइनलमा नटिङहम गोर्खालाई १२ रनले हराउंदै गोर्खा टाइगर लेष्टरले लिग उपाधि जितेको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार लिग विजेता गोर्खा टाइगर लेष्टरले पुरस्कारस्वरूप नगद १ हजार ८ सय पाउन्ड,ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता नटिङहम गोर्खालाई नगद ९ सय पाउन्ड, मेडल, प्रमाणपत्र प्रदान गरियो। तेस्रो स्थान हासिल गर्ने बर्मिङम राइनोजले नगद ३ सय पाउन्डसहितको पुरस्कार पायो। त्यस्तै, लिगको ‘बेस्ट ब्याट्सम्यान’ नटिङहम गोर्खाका कप्तान सुमन श्रेष्ठ, बेस्ट बलर,गोर्खा टाइगर लेष्टरका विपिन चोखाल र ‘बेस्ट अलराउन्डर’ नटिङहम गोर्खाका दिवस गिरी २-२ सय पाउन्ड  नगदसहित पुरस्कृत भए।फाइनल खेलका ‘म्यान अफ द म्याच’ गोर्खा टाइगरका रिशभ सापकोटाले ५० पाउन्ड नगद पुरस्कार प्राप्त गरे।   विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, लिग संयोजक साझा नेपाली समाज यूकेका अध्यक्ष दिपक सापकोटा र महासचिव शशांक शर्माले पुरस्कार वितरण गरेका थिए।  महासचिव शर्माका अनुसार त्यस अवसरमा प्रमुख अतिथि मल्लले बेलायतमा नेपाली खेलाडीले देखाएको क्रिकेटको स्तर आफ्नो कल्पनाभन्दा माथि रहेको भन्दै प्रशंसा गरे। उनले भविष्यमा बेलायतमा बस्ने खेलाडीहरु नेपालको राष्ट्रिय टीममा देख्न पाउने विश्वास पनि उनले व्यक्त गरे।   लिगको फाइनल खेल हेर्न मिडल्यान्डका विभिन्न क्षेत्रबाट २ सय बढी दर्शक उपस्थित भएको आयोजकले जनाएका छन्।   सन् २०१९ मा शुरु भएको लिगको चौंथो संस्करण यस वर्ष गत जुन महिनाको पहिलो सातादेखि हरेक आइतबार खेलाइएको  थियो। यसपटक नटिङहम, लेष्टर, बर्मिङहम र पिटरबरोबाट स्थानीय नेपाली खेलाडीका चार टीमले लिग खेलेका थिए।   नेपाली युवालाई पनि खेलप्रति आकर्षित गराउने र भविष्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने मूल उद्धेश्य राखेर लिग सञ्चालन गरिएको लिगका संस्थापक एवम् संयोजक सापकोटाले बताए।

दलाल र सार्वजनिक गिटी बालुवा बेची पैसाको रवाफ दिनेलाई राजदुत नबनाउ - आर के त्रिपाठी

आर के त्रिपाठी,  लण्डनबाट। महाभारतमा लेखिएकै छ– मासुको टुक्रामा कुकुरहरु लडिरहेछन्। भगवान राम बाट हामीले सिक्ने कुरा धेरै छन्। तीमध्ये सबभन्दा महत्वपूर्ण हो- देशको नेता कसरी  बन्ने? नागरीकको कुरा सुन्ने,आलोचना सुन्ने र देशको हितमा काम गर्ने?  नेता वा समर्थकको रूपमा कुरा गर्दा हामीले सबभन्दा पहिला हाम्रो भूमिका के हो भन्ने चिन्नुपर्छ।धेरैजसो मानिस नेता हुनु मालिक हुनु हो भन्ने ठान्छन्। म आदेश दिन्छु,तिमीहरू मान्नुपर्छ भन्ने खालको व्यवहार गर्छन्।म सबैथोक जान्दछु,अरुले पछ्याउने हो। मैले रणनीति बनाउँछु,अरुले अवलम्बन गर्ने हो। यस्तो खालको मोडलमा धेरैजसो मानिसहरूले ‘बोस’को आदेश मान्ने काम मात्र गर्छन्।ती त केवल ‘फलोवर’,आदेशका परिपालक मात्र भए। रामलाई थाहा छ,यी हनुमान हुन्।हनुमान एक बाँदर हुन्।उनी बुद्धिमान छन्।रामले सुग्रीवलाई पनि देखेका थिए।सुग्रीव हनुमान भन्दा फरक छन्।लक्ष्मण पनि अरु भन्दा फरक छन्। सबैसँग फरक व्यवहार गर्नुपर्छ र मैले मेरो निम्ति केही गरिदिन भन्नुभन्दा पहिला दिनुपर्छ। पहिला स्वाहा,अनि तथास्तु। राजा दशरथले भने– म राजा हुँ र तिमी राजकुमार।भावी राजा तिमी नै हौ।यदि तिमीले नियम,निष्ठा र इमान्दारी कायम राखेनौं भने राज्य नै विघटन हुन्छ।त्यसैले वनवासको निर्णय लिँदा रामले अयोध्यालाई केन्द्रमा राखेका थिए। अब महाभारततिर हेरौं।महाभारतमा दुर्योधन, पाण्डव,कौरवको कथा पढ्दा थाहा हुन्छ/ उनीहरुले कहिल्यै पनि हस्तिनपुरको कुरा गर्दैनन्।उनीहरु आफ्नो जाय जेथाको कुरा गर्छन्।मेरो र तेरोको कुरा गर्छन्।त्यसैले महाभारतको झगडा सम्पत्ति माथिको पारिवारिक कलह हो। महाभारतमा लेखिएकै छ–मासुको टुक्रामा कुकुरहरु लडिरहेछन्।अहिलेको राजनीति पनि त्यस्तै छ।यो लुछाचुँडी विकासोन्मुख देशमा मात्र छैन।संसारैभरी यस्तो झगडा छ।मेरो हिस्सा के हो भन्ने बारे नै ठूलो लडाइँ छ। चुनावको बेलामा के हुन्छ हेरौं न?निर्वाचनको बेलामा केही शक्ति शाली मानिस हुन्छन् र अरु कम शक्तिशाली मानिस हुन्छन्।शक्तिशाली मानिसलाई कम शक्तिशालीको साथ चाहिएको हुन्छ।कम शक्तिशाली मानिसहरु कैकेयीले जस्तै भूमिका देखाउन थाल्छन्।जसरी पटरानीहरुले राजासँग यस्तो चाहियो,उस्तो चाहियो भनेर रोइ कराई गर्छन्।ठ्याक्कै त्यस्तै हुन्छ राजनीतिमा पनि। उनीहरुले माग गर्न थाल्छन्।अनि शक्तिशालीहरु गएर ‘यस्तो दिन्छु,उस्तो दिन्छु’ भनेर वाचा गर्न थाल्छन्।यसरी गठबन्धन निर्माण हुन्छ।यस्तो बेलामा राज्यको चिन्ता कसैले गरेको हुँदैन।राज्य भन्दा राजा ठूलो हुन्छ।यो नै अधर्म हो। जब राज्यका लागि राजा हुन्छ त्यो धर्म हुन्छ। नभए अधर्म हुन्छ।जब राज्यका लागि नेता र नेतृत्व

नेफिन यूके लगायतका आदिवासी सङ्गठनहरूले अगष्ट १३ मा विश्व आदिवासी दिवस मनाउने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके लगायतका आदिवासी सङ्गठनहरूले अगष्ट १३ मा विश्व आदिवासी दिवस मनाउने भएको छ। महासङ्घले २९ ओैँ विश्व आदिवासी दिवसको अवसर पारेर आगामी आइतबार एम्पाएर हल अल्डरसटमा कार्यक्रम गर्न लागेको हो। आइतबार साँझ आयोजित भर्चुअल प्रेषमीट सम्मेलनमा बोल्दै नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले महासङ्घले यस वर्षबाट संघलाई सेवा दिएका आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला समेत घोषणा गरेर सम्मान गर्न लागिएको बताए। ‘यो सालबाट हामी आदिवासी जनजातिको पहिचान र अधिकारका लागि उल्लेख्य योगदान पुर्‍याउनेहरू मध्ये आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला घोषणा गर्दैछौ,अध्यक्ष शेर्पाले भने, ‘यो वर्षको कार्यक्रम पनि आदिवासीकै अधिकारमाथि चर्चा गर्नेछौं ।’  नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भयको सो प्रेषमीटको संचालन महासचिव बिमला सेनेले गर्नु भएको र अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासको उपनियोग प्रमुख रोशन खनाल रहने नेफिन महासचिव विमला सेने लिम्बुले बताउनु भयको छ । त्यस्तै,नेफिन नेपालका पूर्व सचिव भक्त दुरा मुख्य वक्ता रहने कार्यक्रममा विभिन्न जातीय सङ्गठनहरूले साँस्कृतिक झाँकी समेत प्रदर्शन गर्ने छन् भने चर्चित कलाकारहरूले समेत गीत तथा नृत्य प्रस्तुत गर्री मनोरन्जन प्रदान गर्ने छन। नेफिनसँगै आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूके,आदिवासी जनजाति महिला महासङ्घ यूके, आदिवासी जनजाति युवा महासङ्घ र आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके पनि आयोजक संस्थाको रुपमा रहेका छन्। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९५ बाट प्रत्येक वर्षको अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाउन थालिएको हो। यस वर्षको नारा ‘आदिवासी युवा,आत्मनिर्णयको परिवर्तनको संवाहक’ रहेको छ । कार्यक्रममा सल्लाहकारहरू, एकिन्द्र गुरुङ, भक्त दुरा, ज्ञाम गुरुङ,डा.सुमाया राई, सिरी लिम्बु, फोनिज यूके अध्यक्ष गोमा राना मगर, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके संयोजक अमित थेवे सहभागी थिए। प्रेस नोट फोनिज यूके अध्यक्ष राना मगरले वाचन गरेकी थिइन्। पत्रकार सम्मेलनमा फोनिज यूकेका पूर्व अध्यक्ष एवम् पत्रकार विश्वासदीप तिगेला, नेपाल पत्रकार सङ्घ यूकेका महासचिव नरेन्द्र बस्नेत, सचिव खेमराज राजाभाट,शीतलपाटीन्युजका सम्पादक वाचस्पति रेग्मी,आकाश सुनुवार,गजवीर थापा,कियाचु प्रतिनिधि एवम् पत्रकार नगेन्द्र नेम्वाङ,किरण राई लगायतको उपस्थिति रहेको थियो।

घान्द्रुक समाज यूकेले १३ औं वार्षिक समर भेटघाट कार्यक्रम धुमधामसंग मनायो।

शीतलपाटीन्युज डटकम। लण्डन,०६ अगस्ट २०२३। घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट ५ अगष्ट २०२३ शनिबारको दिन फार्नबोरो स्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा धुमधामसंग सम्पन्न गर्यो।  घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि सञ्चालन गरेका थिए। कार्यक्रममा थुप्रै अतिथिहरुलाई आमन्त्रण गरिए पनि व्यवस्तताको कारण अरू अतिथीहरु समयमा आइपुग्न सफल नभएकोले  समयमा उपस्थित हुन सफल आमन्त्रित अतिथि तमु प्ये ल्हु संघ युकेका प्रतिनिधिको रूपमा सहभागी खेगी समितिको अध्यक्ष श्री डमर बहादुर गुरुङ र अध्यक्ष श्री नारायण सिंह गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए। कार्यक्रम आरम्भको क्रममा खेगी गुरु उपाध्यक्ष श्री देव बहादुर गुरुङले घान्द्रुकेहरुको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहको पूजा गरेर प्रसाद ग्रहण गरेपछि कार्यक्रमले गति लिएका थिए। कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष श्री देव बहादुर गुरुङले स्वागत मन्तव्यको साथै हेल्थ एण्ड सेफ्टी बारे ब्रिफ गरेका थिए। औपचारिक कार्यक्रमको पहिलो चरणमा केही  अगाडि पछाडि गरी आइपुग्नु भएका आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघको प्रतिनिधि खेगी अध्यक्ष श्री डमर बहादुर गुरुङ दम्पती, तमु धी युकेको अध्यक्ष श्री हरि गुरुङ दम्पती, बेलायतको लागि गैर आवसिय नेपाली संघको हालै निर्वाचित अध्यक्ष श्री हित काजी गुरुङ, मिडिया क्षेत्रबाट गोर्खा मिडियाका प्रबन्ध निर्देशक श्री मिलन तमु, शितल पाटी युकेको प्रबन्ध निर्देशक श्री वाचस्पति रेग्मी, नेपालबाट हाल यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. घान्द्रुकको व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष रि. में. श्री ललित बहादुर गुरुङ, हाल भ्रमणको क्रममा यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. को पुरानो शिक्षक श्री के. वि. ( कृष्ण बहादुर) गुरुङ  दम्पती, गत २९ जुन २०२९ मा सम्पन्न भएको एभरेष्ट म्याराथनमा घान्द्रुकको स्कूलको च्यारिटीको मूल उद्देश्य बोकी सहभागी भएको श्री सूर्य गुरुङको नेतृत्वको सहभागीहरुमा सूर्य गुरुङ, ताङतिङ समाजको अध्यक्ष समेत रहनु भएको श्री तर्क जङ्ग गुरुङ, जुम काजी गुरुङ र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सुश्री सृष्टि गुरुङ आदिलाई अध्यक्ष श्री नारायण सिंह गुरुङको हातबाट स्वागत तथा सम्मान गरेका थिए । औपचारिक कार्यक्रमको पहिलो

हामीलाई सत्य र झुटमा फरक थाहा छैन, तल पढ र अनि मात्र बोल 

आर के त्रिपाठी, लण्डन। भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानबअधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी लेख्ने बोल्ने मान्छे निर्दयी नै बन्नु पर्छ। घटनाक्रमकाे यथार्थ चित्रण गर्नै पर्छ ।कसले के भन्छन् हाेइन,आफूलाई आत्मासन्तुष्टी हुनुपर्छ। मुलुक बुझेको मान्छेले नलेखे,नबाेले कसले लेख्छ,बाेल्छ त? भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानब अधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी  बोल्ने लेख्नेले लाइकको आशको लागी लेख्दैन/ समाजको विविध पक्षको यथार्थ त्रिचण गरिरहने हो।कसैको लाइक कमेण्ट पाईँदैमा म आर के त्रिपाठी महान मान्छे हुने होइन।म भित्र जे छ,त्यो मलाई मात्र थाहा छ। आश र त्राष म भित्र कहिल्यै आएन र मनमा आएका राज्यका कानुनले नियन्त्रण गरेको सिमाना भित्र रहि यि विविध लेखि रहेछु/कलम चलाई रहेछुरहेछु/ म बुझ्दछु कि मैले लेखि रहेका  बोलि रहेका,उठाइरहेका आवाजहरु कहिं न कहिं समय सान्दर्भिक नै छन् जस्तो लाग्दछ। लाईकको धेरै आश गर्नेहरु र सानो तिनो लाईक कमेन्टमा रमाउनेहरु बारूद रित्तो खाली बन्दुकहरु हुन् जो बारूद रित्तो बन्दुकले बाघ मार्ने कुरा गर्नेहरु हुन्। म मेरो कलम रुपी भरुवा बन्दुक लाई अझै तिखो बनाउँदै अति दुःख दिइरहेको बाघ मार्ने पक्षमा छु। म बुझ्दछु,मेरो लेखको गहिराई धेरैले अरु केहि बर्ष बुझ्ने वाला छैन।परिणाम सजिलै हात पर्दैन।म बुझ्दछु कि एक कलम १००० भरुवा AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ। मलाई कलमको शक्ति गहिरो संग हेक्का छ। म बुझ्दछु भरुवा AK 47 लिनेहरुको यो देशमा शाषनमा,राजनितीमा,व्यापारमा,समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई। उहिल्यैको कुरो हो ।एक दिन सत्य र झुटको  भेट भयो ।झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ,सँगै खेलौँ !"हुन पनि दिन अद्भुत नै थि यो।दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए। डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे। झुटले सत्यलाई फकायो,र भन्यो"उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनार भित्र  डुबुल्की मारे।केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर

हामीलाई सत्य र झुटको फरक थाहा छैन  तल पढ र अनि मात्र बोल -

आर के त्रिपाठी, लण्डन। भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानबअधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी लेख्ने बोल्ने मान्छे निर्दयी नै बन्नु पर्छ। घटनाक्रमकाे यथार्थ चित्रण गर्नै पर्छ ।कसले के भन्छन् हाेइन,आफूलाई आत्मासन्तुष्टी हुनुपर्छ। मुलुक बुझेको मान्छेले नलेखे,नबाेले कसले लेख्छ,बाेल्छ त? भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानब अधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी  बोल्ने लेख्नेले लाइकको आशको लागी लेख्दैन/ समाजको विविध पक्षको यथार्थ त्रिचण गरिरहने हो।कसैको लाइक कमेण्ट पाईँदैमा म आर के त्रिपाठी महान मान्छे हुने होइन।म भित्र जे छ,त्यो मलाई मात्र थाहा छ। आश र त्राष म भित्र कहिल्यै आएन र मनमा आएका राज्यका कानुनले नियन्त्रण गरेको सिमाना भित्र रहि यि विविध लेखि रहेछु/कलम चलाई रहेछुरहेछु/ म बुझ्दछु कि मैले लेखि रहेका  बोलि रहेका,उठाइरहेका आवाजहरु कहिं न कहिं समय सान्दर्भिक नै छन् जस्तो लाग्दछ। लाईकको धेरै आश गर्नेहरु र सानो तिनो लाईक कमेन्टमा रमाउनेहरु बारूद रित्तो खाली बन्दुकहरु हुन् जो बारूद रित्तो बन्दुकले बाघ मार्ने कुरा गर्नेहरु हुन्। म मेरो कलम रुपी भरुवा बन्दुक लाई अझै तिखो बनाउँदै अति दुःख दिइरहेको बाघ मार्ने पक्षमा छु। म बुझ्दछु,मेरो लेखको गहिराई धेरैले अरु केहि बर्ष बुझ्ने वाला छैन।परिणाम सजिलै हात पर्दैन।म बुझ्दछु कि एक कलम १००० भरुवा AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ। मलाई कलमको शक्ति गहिरो संग हेक्का छ। म बुझ्दछु भरुवा AK 47 लिनेहरुको यो देशमा शाषनमा,राजनितीमा,व्यापारमा,समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई। उहिल्यैको कुरो हो ।एक दिन सत्य र झुटको  भेट भयो ।झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ,सँगै खेलौँ !"हुन पनि दिन अद्भुत नै थि यो।दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए। डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे। झुटले सत्यलाई फकायो,र भन्यो"उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनार भित्र  डुबुल्की मारे।केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर

नेपाली बक्सीड्ग खेलाडीहरुलाई यती नेपाली एसोसीयसन युकेको अध्यक्ष पिपला देवानद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम। लण्डन।यती नेपाली एशोसियसन यूकेका अध्यक्ष पिपला पाण्डे देवान र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ युके च्याप्टरका संयोजक सीध्दार्थ क्षत्रीले हालै नेपालबाट बेलायत आउनु भएका राष्ट्रिय तहका बक्सिङ्ग खेलाडीहरुलाई सम्मान गर्यो।  सम्मानित हुने बक्सीड्गका खेलाडीहरुमा म्याक्स बस्नेत स्वर्ण पदक बिजेता,पुरण राइ स्वर्ण पदक बिजेता र आकाश डाँगी जुनिएर नेसनल च्याम्पेयन रहनु भयको थियो।नेपालका बक्सीड्ग खेलाडीहरु स्कटलैण्डमा भैरहेको अन्तराष्ट्रिय बक्सीड्ग खेलमा भाग लिन आएका बखत यो सम्मान गरिएको हो। खेल क्षेत्रलाई प्रबर्धन गर्ने बेलायतको पुरानो संस्थाको अध्यक्ष पिपला पाण्डे देवानले खेलाडीहरुलाई सम्मान गर्दै नेपाल राष्ट्रकै  प्रतिभाहरुलाइ सम्मान गर्ने अबसर दिनु भएकोमा सम्पूर्ण कार्यसमिति प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नु भयको थियो।खेल र खेलाडीलाई सम्मान गर्न र खेल प्रबर्धन गर्न आफु सधै लागि रहने प्रतिबध्दता अध्यक्ष देवानले ब्यक्त गर्नु भयको थियो। सो सम्मान कार्यक्रमका अवसरमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ युके च्याप्टरका संयोजक सिध्दार्थ क्षेत्रीले समेत बक्सीड्गका खेलाडीहरुलाई सम्मान गर्नु भयको थियो।  ५ अगस्ट  २०२३ मा Newa Chhe Maya Pub, 3 Shaftesbury Cir, South Harrow, Harrow HA2 0AJ हेरो लण्डनमा भयको सो सम्मान कार्यक्रममा यती नेपाली एशोसियसन यूकेका पुर्व अध्यक्ष उमेशराज मोक्तानले पनि सम्मान गर्नु भयको थियो। यती नेपाली एशोसियसन यूकेका महासचिब टंक भट्रराईले संचालन गरेको कार्यक्रममा गायक योगेश्वर अमात्य,किक बक्सीड्गका सुरज कार्की, समाजसेवी भगवानजी चौहान लगायतको उपस्थिती रही कार्यक्रम भब्य भयको थियो।             स्कटलैण्डमा भएको खेलमी दुई खेलाडिहरुले प्रतियोगितामा पहिलो जित हासिल गर्दै नेपालको नाम राख्न सफल हुनु भयो भने अर्को एक खेलाडिको हकमा वहाँको प्रतिस्पर्दी खेलाडी घाइते भएको कारण उहाँको खेल पछि गर्ने गरी सरेको थियो। खेलाडीहरु भोली नेपाल फर्कदै हुनुहुन्छ।

आदिकवि भानुभक्तको २१०औं तथा ईश्वर मानन्धरको ९२औं जन्मजयन्ती पुर्व एसएसपी गुप्त श्रेष्ठको प्रमुख  आतिथ्यमा अनेसास युकेले भव्य मनायो

शीतलपाटीन्युज डटकम। लन्डन। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज यूकेले ५ अगष्ट शनिबारका दिन आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरको ९२औं जन्मजयन्ती भव्यताको साथ मनाएको छ। संस्थाका अध्यक्ष राज श्रेष्ठको सभापतित्वमा भयको सो आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरको ९२औं जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा नेपाल प्रहरीका पूर्ब एसएसपी गुप्त बहादुर श्रेष्ठ रहनु भयको थियो। अनेसासकी कोषाध्यक्ष प्रतिमा केसीद्वारा संचालित सो कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो। विषेश अतिथि वासु शर्माले भानुभक्त आचार्यको, ध्रुव केसी तथा डा संगीता स्वेच्छाले ईश्वर मानन्धरका जीवनी तथा साहित्यिक पाटो केलाउंदै श्रध्दासुमन अर्पण गर्नु भयको सो कार्यक्रममा अनेसासका सल्लाहकार तथा कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले कार्यक्रमको औचित्य र रुपरेखा सुनाउदै सुप्रमा-ईप्रमा पुरस्कारबारे प्रकाश पार्नु भयको थियो।  अनेसासले अविछिन्न रुपमा हरेक वर्ष एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष भने स्व मानन्धरकै कथामा आधारित चलचित्र ‘कैदीको पत्र’का निर्देशक सनम कुमार वैरागले गरेको उत्कृष्ट निर्देशनका लागि पुरस्कृत गरिएको बताउनु भयको थियो।  सो अनेसासको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ तथा संस्थापक बिनोद मानन्धरले निर्देशक वैरागलाई सुप्रमा-ईप्रमा २०२३ नगद पुरुष्कार £२५१ (नगद दुई सय एकाउन्न पाउण्ड) र प्रमाणपत्रले सम्मान गर्नु भयको थियो। संस्थापकका तर्फबाट बिनोद मानन्धरले आफ्ना हजुरबुबा र बुबाका नाममा स्थापित सो पुरस्कार अनेसासले अविछिन्न रुपमा संयोजन गरिदिएकोमा तथा आफ्नो बुबाले लेखेको कथामा चलचित्र निर्देशक वैरागले उत्कृष्ट निर्देशन गरि पुरस्कृत भएकोमा आभार ब्यक्त गर्दै बधाई दिएका थिए।  उपाध्यक्ष माया गुरुङको बालगीत संग्रह ‘बाको जुत्ता’ प्रमुख तथा विशेष अतिथिहरुद्वारा लोकार्पण गरी एको कार्यक्रममा डा संगीता स्वेच्छा,वासु शर्मा,एकेन्द्र गुरुङ,दुर्गा प्रसाद पोख्रेल,ओमकार अधिकारी,डा रुपक श्रेष्ठ,गंगा भन्डारी,प्रतिमा केसी,माया गुरुङ,राज श्रेष्ठ, रबिन्द्र जोशी,लय प्रसाईं,ध्रुब के सी,निर्मला न्यौपाने,अर्चना गुरुङ,भोज बराल,रेखा खरेल, जीत बुढाथोकी,समृध्दि पोख्रेल,संस्कृति पोख्रेल, साहित्यकार गुप्त बहादुर श्रेष्ठ तथा कुमार केसीले आ-आफ्ना रचना वाचन गरेका थिए।

मिडलैन्ड क्रिकेट लिगको फाइनल यही अगस्ट ७ गते सोमवार हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाजको संयोजनमा हरेक बर्ष आयोजना गरिने मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल तथा समापन यही अगस्ट ७ गते सोमवार गरिनदैछ।मिडलैन्ड नेप्लिज  क्रिकेट लिंगका संस्थापक एवं साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाका अनुसार मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइलनलमा नटिङगमको समूह ‘नटिङगम गोर्खा’ र लेस्टरको समूह ‘गोर्खा टाइगर’ पुगेका छन्। अगस्त ७ तारिक सोमबारका दिन लेस्टरको लफब्रोमा उक्त फाइनल खेल हुने छ। २०१९ देखि निरन्तर रुपमा हुँदै आएको उक्त प्रतियोगितात्मक खेलमा नटिङगम,बर्मिङगम, लेस्टर,पिटरब्रो लगायतका स्थानबाट प्रतियोगी समूहहरुले भाग लिएका थिए। फाइनल खेललाई भब्य रुपमा सम्पन्न गर्नको लागि अयोजकले ब्यापक तयारी गरीरहेका छन। खेल संयोजक दिपक सापकोटाका अनुसार ५ वर्ष देखि निरन्तर रुपमा कडा मेहनतका साथ लिगको आयोजना र ब्यवस्थापन भएका कारण बेलायतका नेपालीहरुमा पनि यो प्रतियोगिताको निकै चर्चा हुने गरेको छ। नेपाली युवाहरुलाई पनि खेल प्रति आकर्षित गराउनु र भविश्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने उद्धेष्य रहेको मिडलैन्ड नेप्लिज क्रिकेट लिगको उदघाटन २०१९ मा तत्कालिन राजदुत दुर्गा वहादुर सुवेदीले  गर्नु भएको थियो।

एनआरएनए युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने

शीतलपाटीन्युज डटकम। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन्। उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन्। सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन्। प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन्। उनले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा उम्मेदवारी घोषणा गरे पछि अन्तिम समयमा सहमतिको लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता गरेकी थिइन्। सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन्। उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन्।

एनआरएनए केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ

GNNNews- काठमाडौँ - गैरआवासीय नेपाली संघभित्र समन्वयकारी भूमिका निर्वाह गर्दै आएका  महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ उम्मेद्वारी घोषणा गर्दैछन्।'२०२३–०२५' कार्यकालकोलागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन्। एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौं हुँदैछ। उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनहरुले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने नेतृत्वको रुपमा चिन्छन्। श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन्। उनले आफ्नो रणनीतिलाई कार्यान्वयन  गर्न २५ वटा  कार्ययोजना समेत बनाएका छन्। आगामी कार्यकाल भित्रै पूरा गर्न सक्नेगरी उनले योजना समेटेका छन्। एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचित छन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकरात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नकोलागि अध्यक्षमा उम्मेद्वारी प्रस्तुत गर्न लागेको उनले बताए।   विश्वका विभिन्न ठाउँमा छरिका पुराना र नयाँ सबै एनआरएनहरुलाई  जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्। ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघिबढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठले भने,‘गफ लगाउने कुरामा म विश्वास गर्दिन। मैले  परिणाममुखी काम गरेर देखाउने छु।’ कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर  सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नकोलागि उनले महत्वपूर्ण  भुमिका निर्वाह गरेका थिए। ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजु देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले आफ्नो अध्ययन र व्यावसायिक अनुभवको आधारमा  एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसाले। आफ्नो व्यवसायमा सफल श्रेष्ठले  एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रुपमा बाह्य अडिटगर्ने सिस्टम बसाल्नमा उनले महत्वपूर्ण भूमिका खेलेका छन्। श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको

पर्वत भुक देउरालीका ललित गुरुड्गका छोरा निश्चल लण्डनमा चार्टर्ड टेक्स एकाउन्टिड्ग पास भयकोमा हर्षित

शीतलपाटीन्युज डटकम। लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो। पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए।सन २००७ मा लण्डन पसेका निश्चलको प्राईमरी र सेकेन्डरी स्कुल रेडिड्गमा भयो।A लेवल हेनेली कलेज रेडिड्गबाट पास गरेका उनले ग्राजुयसन कभेन्ट्री युनिभर्सीटीबाट पास गरेका थिए। समाज गतिशिल छ। गतिशिल समाजमा आफ्ना छोराछोरीको शिक्षा र प्रगतिमा रमाउने आमाबाबाहरु धेरै छन्। यहा पनि यस्तै छोराको प्रगति र  पढाइमा राम्रो रीजल्ट ल्याएकोमा पिता ललित गुरुड्ग र आमा कमला थापा गुरुड्ग रमाउनु भयको समाचार शीतलपाटीन्युजमा प्राप्त भयको छ। नेपाल भुपरिबेष्ठीत देश दुर्गम पहाडी जिल्ला पर्वत भुक देउराली पिताका दिन बितेको भएपनि समय र बेटर अपरचुनिटी प्राप्त भयका कारण यो शिक्षा हासिल गर्न सफल भएको निश्चलले बताएका छन। उनले अरु थप्दै भाई नितन गुरुड्ग,पिता ललित गुरुड्ग र माता कमलाको देन मेरा लागि बरदान नै थियो भनेका छन।पिता तर्फका बाजे लामा देविरास गुरुङ बजै राज कुमारी गुरुङ र आमा पट्टीको बाजे स्वर्गीय सुर्ज बहादुर थापा र देबिसरा थापाबाट बाल्यकालमा पाएको मायाले आज यो शिक्षा पाएकोमा खुसी ब्यक्त गरेका छन। रेडिड्ग बिजीनेस पार्कको एकाउन्टीड्ग अफिसमा अन द जब ट्रेनिड्ग र अध्ययन गरेका निश्चल चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेका छन। निश्चललाई चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेकोमा हार्दिक बधाई।

यसपाली को world Cup कसले जित्ला?