Thursday January 16, 2025

प्रवास

एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिदै

सुरेश कोईराला, अमेरीका। एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन्। यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन्। विशेष स्रोतका अनुसार उनले आफ्नो चुनावी गतिविधि तिव्र पारिरहेको बताइएको छ। लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन्। पन्थ एनआरएनएका विभिन्न अभियानमा समेत महत्वपूर्ण जिम्मेबारीमा रहदै आएका छन्। केही समय पहिले एनसीसी अमेरिकाले खरिद गरेको आफ्नै भवन खरिदका लागि रकम संकलन अभियानमा उनि संयोजक पनि रहेका थिए। उनलाई सुरुवाती समयबाट नै अर्को कार्यकालको अध्यक्षका रुपमा हेर्नेहरुको संख्या बाक्लै रहेको पाईन्छ। अमेरिकामा मात्र नभई नेपालका विभिन्न जिल्लामा व्यक्तीगत र संस्थागत सहयोग गर्दै आएका पन्थको मत मेरिल्याण्ड लागाएत अन्य राज्यमा पनि उनको प्रभाव बलियो छ । निवर्तमान उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएका उनका मतदातासंख्या पनि लगातारको २ पदिय कार्यकालको सफलताका कारण यस पटक बढ्ने देखिन्छ। उनि बरिष्ठ उपाध्यक्ष पदमा विजयी हुँदा वेष्ट क्षेत्रबाट नै सबैभन्दा बढि मत ल्याएर विजयी भएकाले पनि उनको सामाजिक लोकप्रियता बलियो देखिन्छ। एनआरएनए आइसीसीको सचिवमा पन्तको उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।

वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमद्वारा उत्पादित नेपाल पर्यटन अभियान अङ्कियदृश्य (भिडियो)हरू प्रदर्शन गरी पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरेको थियो। अमेरिकाको प्रसिद्ध पिबिसी च्यानलको साथै स्टेलर इन्फ्लुइन्सर क्याम्पेन मार्फत जुन दुबै युएसएआइडि र नेपाल पर्यटन बोर्डद्वारा प्रायोजित थिए।उद्घाटन कार्यक्रममा बोल्दै राजदूत श्रीधर खत्रीले नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीलाई धन्यवाद दिए ।विशेष गरी, उनले नेपाल पर्यटन अभियानलाई प्रायोजन गरेकोमा नेपालका लागि युएसएआईडी मिसनलाई धन्यवाद दिए। उनले पीबीएस अङ्कियदृश्य (भिडियो)का निर्माताडेनिस होली र ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमका उनको टोली र स्टेलरकावाजुल साजाकस र यसमा संलग्न १० प्रभावकारीहरूलाई उनीहरूको कडा परिश्रम र उत्कृष्ट कलात्मक र प्राविधिकको लागि धन्यवाद पनि दिए।नेपाल सधैं मनमोहक प्रकृति,धनी र विविध संस्कृतिका लागि परिचित रहेको उल्लेख गर्दै राजदुत खत्रीले आज नेपाल एक जीवन्त लोकतन्त्र र ऊर्जा, पर्यटन,कृषिलगायतका क्षेत्रलगायत बाह्य विश्वसँग व्यापारका लागि खुला अर्थतन्त्र भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता युएसएआईडीको विकास प्राथमिकतामा केन्द्रित भइन्। उनले एनटीबी सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियानको सफलतामा खुशी व्यक्त गरिन्। उनले नेपालस्थित दूतावास, एनटीबी र अन्य सरकारी निकायहरूसँग संयुक्त राज्य अमेरिकाभरका पीबीएस च्यानलहरूमा जुन महिनादेखि प्रसारण भइरहेका कार्यक्रमहरूको पाँच भागका अङ्किय दृश्य (भिडियो)हरू निर्माण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन्। उनले नेपालको विकासमा अमेरिकी सहयोग आगामी दिनमा पनि जारी रहने बताइन्। होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) का उप कार्यकारी सहायक निर्देशक प्याट्रिक म्याकएल्वेनले हराएको नेपाली कलाकृतिहरू पुन: प्राप्तिमा आफ्नो अनुभव र प्रतिबद्धताको बारेमा चर्चा गरे। यस वर्षको मे ११ मा डिएसआईले बरामद गरी दूतावासलाई हस्तान्तरण गरेका ४० काठका कलाकृतिहरूमध्ये केहीलाई कार्यक्रममा प्रदर्शनमा राखिएको थियो। पिबिएस च्यानलका कार्यक्रम प्रस्तोता ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले अङ्कियदृश्य (भिडियो)हरूको संक्षिप्त अवलोकन देखाउँदै नेपालमा अङ्कियदृश्य

किरात राई यायोक्खा बेलायतले मनायो यलम्बर स्मृति दिवस भब्य, बिशेष प्रस्तुती“फुलेन्देको आमा”

शीतलपाटीन्युज डटकम। लन्डन। किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ। २९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो।  किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता सम्पन्न औपचारिक कार्यक्रममा, प्रमुख अतिथिको रुपमा अग्रज पूर्खा रत्न राई रहेका थिए। कार्यक्रमका अतिथिहरुमा गैर आवासीय नेपाली संघ बेलायतका आईसीसी सदस्य तथा पूर्व काउन्सलर प्रवेश केसी,किरात राई यायोक्खा नेपालको पूर्वउपमहासचिव सुवासचन्द्र राई,किरात साम्पाङ राई जुम्लेखा यूकेका अध्यक्ष शिवराम राई, किरात मेवाहाङ याखोम्मा यूकेको अध्यक्ष ध्यानबहादुर राई,किराया बेलायत स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई,किरात राई तायामा खियामा महिला समिति अध्यक्ष रोजी राई,गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णुबहादुर तामाङ,किराया बेलायतको नाक्छुङ कितावशेर राईलगायत थिए।  सो अवसरमा किरात राई यायोक्खा बेलायतले, कृत्रिम खुट्टाको सहाराले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको थियो भने 'फुलेन्देको आमा' उपनामले परिचित हास्य कलाकार उमेश राईलाई पनि सम्मान गरिएको थियो। यसैगरी समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै थामबहादुर राईलाई फेटा र सम्मानपत्र प्रदान गरिएको थियो।    किरात राई यायोक्खा बेलायतले,प्राचीन नेपालको प्रथम किराती राजा यलम्बरको स्मृतिमा वर्षेनी र निरन्तर 'यलम्बर स्मृति दिवस' मनाउँदै आइरहेको यलम्बर स्मृति दिवस २०२३ को संयोजक तथा उपाध्यक्ष, रि.मे. दिलकुमार राईले बताउनु भयो। यलम्बर स्मृति दिवसको पर्यायकै रुपमा रहेको धनुषबाण प्रतियोगिताको संयोजन उपाध्यक्ष रि.क्या.सुमनचन्द्र राईले गरेका थिए।प्रतियोगिताको साविक विजेता देवीकुमार राई नै यस वर्षको धनुषबाण प्रतियोगिताको विजयी अर्थात् “यलम्बर अफ द ईयर” घोषित भए।  कार्यक्रममा विशेष आकर्षण 'फुलेन्देको आमा'को विशेष हास्यव्यंग्य प्रस्तुति रह्यो भने गायक सुवास राईले विभिन्न नेपाली गीत गाएर मनोरञ्जन गराएका थिए।कार्यक्रम सन्चालन संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव विनोद राईले गरेका थिए।यलम्बर स्मृति दिवस कार्यक्रमको खानपानको सम्पूर्ण व्यवस्थापन, किराया बेलायतको स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरले गरेको थियो।

गलकोट समाज युकेको ७औ बार्षिक कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग र बिभिन्न सामाजीक संस्थाबाट पाल्नु भएका अतिथीहरुलाई कार्यक्रममा उपस्थिती भएर गलकोट समाज युकेको बार्षिक  मनोरन्जन सफल बनाई दिनु भयकोमा धन्यबाद टक्राउनु भयको छ। महासचिव विष्णु चालिसेले सञ्चालन गरेको र गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्गले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको बिज्ञप्तिमा बताइएको छ। ३१ जुलाई २०२३ मा वेष्ट ब्रोमीच बर्मिघंममा आयोजना भयको सो कार्यक्रममा स्बादिष्ट खाना,सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम सहित भब्य सम्पन्न भयको थियो। दिलु गैरेले संचालन गरेको सासंकृतिक कार्यक्रममा गायक जीवन शर्मा,गायीका देवी घर्ती,इश्वर सिह,राजेश बर्देवा,डिजे हेम बिष्ट र स्थानिय कलाकार भाईबहिनी कलाकारहरुको बेजोड प्रस्तुति थियो। कार्यक्रममा आर्थिक सहयोग र बिज्ञापन दिइ सहयोग गर्ने सबैलाई धन्यबाद दिइएको सो कार्यक्रममा गलकोटबासीहरुको उपस्थिती खचाखच थियो। एनआरएन अन्तराष्ट्रिय सदस्य दिलरास गुरुड्ग,तमुधि युके उपाध्यक्ष कमल गुरुड्ग,निवर्तमान अध्यक्ष राजु कडेल,एनआरएनए यूके निवर्तमान उपाध्यक्ष नारायण कंडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी,नेपालबाट आएका पूर्व शिक्षक टिकाराम सापकोटा लगायत नारायण फुयाल,महेश अधिकारी,डासुराम पाण्डे, शीव कडेल उपस्थित रहेको सो कार्यक्रममा उपाध्यक्ष डिलाराम गौतमले शुभकामना र धन्यबाद दिनु भयको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।

नेपालको पर्यटन प्रचार गर्दै “Hike for Nepal in Wales” भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको‘हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ। पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं ‘हाइक फर नेपाल २०२३’ आइतबार३० जुलाई २०२३ मा समापन भयको थियो।तीन दिन लामो कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स आएकाहरु सहभागीहरु क्याम्पिङ साइटको आउटडोर क्याम्पमा बसेका थिए। जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ,लाइभ संगीत, डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिएका थिए। हाइकिङ शुरु हुनुपूर्व २९ जुलाईको बिहान स्थानीय ब्रेकनको क्याम्प साइटमा एउटा स्वागत समारोहको आयोजना गरिएको थियो। सो स्वागत समारोहमा ब्रेकन बरो काउन्सीलका डेपुटी मेयर जोन पावेल, ब्रेकन-धम्पुस ट्विन्ड एशोसिएसन अध्यक्ष डेभिड मेरडिथ,वी विल राइज फाउन्डेसनका अध्यक्ष ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ लगायतले शुभकामना दिएका थिए।पेखरेली मंच युकेको महासचिव जसु गुरुड्गले संचालन गरेको सो कार्यक्रममा स्थानीय बेलायती अतिथिहरुका साथै नेपाली भिलेज यूकेका म्यानेजिङ डाईरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ,मञ्चका पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका वेल बिइङ प्रशिक्षक मास्टर इन्द्र गुरुङ,नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,ब्लगर सपना रोका मगर,पीपल मरगेजका व्यवसायी सूर्य गुरुङ,रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्का लगायतलाई आयोजकले स्वागत गरेका थिए। कार्यक्रमको मुख्य दिन शनिबार ब्रेकन क्याम्पिड्ग साइटबाट “Pen y Fen Hill” पेनी फेन हिलले चिनिने ८८६ मीटर, २९०७ फिटमा रहेको पहाडको सामूहिक हाइकिङ गरिएको थियो। बालकदेखि वृद्धसम्मका सहभागीले नेपाल,बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरु फहराउँदै झन्डै तीन घण्टा लामो मनोरन्जनात्मक हाइकिङ भयको थियो।   पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले ‘हाइक फर नेपाल’ सिंगो नेपालको पर्यटन तथा मौलिक कला,संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेको बताउदै सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आव्हान गरेका थिए। हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास पनि गराएका थिए। Pen y Fen हाइक फर नेपाल इन वयल्स कार्यक्रम सफलतापुर्वक सकिए पछि सहभागीहरुलाई अन्तिम दिन ३० जुलाई आइतबार वेल्समा निर्माण हुँदै गरेको नेपाली भिलेज यूकेको अवलोकन भ्रमण गरिएको थियो।

क्याट यूकेमा कृष्ण तिवारी सर्वसम्मत

GNNNews- लण्डन। चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनले पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ - २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं  अधिवेशनका सभापति तथा २०२१ - २०२३ का  अध्यक्ष रितेशराज पाण्डेले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन पहलका लागि अभ्यास गरिएको थियो। हाल क्याट युकेमा नौ जना ट्रष्टी रहेका छन भने निर्वाचित समिति ले छ जना ट्रष्टी  नियुक्त गर्ने भएको हो। ३० जुलाई आइतबार तमुधि युकेको भवन दि तमु नेप्लिज कम्युनीटि सेन्टरमा सम्पन्न  क्याट युकेको अधिवेशनमा प्रमुख अतिथिमा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ्ग रहेका थिए भने विशेष अतिथि तमुधि युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,यति एशोशिएनका पूर्व अध्यक्ष उमेश मोक्तान,क्याट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ ,एनआरएनए आइसिसी सदस्य सुनिलबाबु खड्का रहेका थिए। त्यसै गरि अतिथिमा एनआरएनए यूकेका कोषाध्यक्ष हेम गुरुङ्ग , नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष सविना श्रेष्ठ लगाएत क्याट यूकेका पूर्व पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनीधिहरु को उपस्थिति रहेको थियो। क्याट यूकेले नवनिर्वाचित एनआरएनए यूकेका पदाधिकारी  र आईसिसी सदस्यलाई सम्मान गरेको थियो।  क्याट यूकेका अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षता सम्पन कार्यक्रममा संस्थाकै महासचिव रमेश श्रेष्ठले २०२१ - २०२३ को प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष डा.सुरज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  प्रतिकुल मौसमका वावजुद पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति माझ  क्याट यूकेको  १० औं अधिवेशन तथा १८ औं बार्षिकत्सोव भव्य रुपमा सम्पन भएको थियो।

संसद बाहिर सर्वदलीय संसदीय समिति,भूपू गोर्खाका माग सदनमा उठाइने  

शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्‍मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संयोजक र नेकपा एमालेका सांसद एलपि साँवा लिम्बू सहसंयोजक रहेको ‘सर्वदलीय संसदीय समिति’ गठन गरिएको छ । समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, राप्रपाबाट धवलशम्शेर राणा र ध्रुवबहादुर प्रधान, नेकपा माओवादी केन्द्रकी दुर्गा राई, नेपाली काँग्रेसकी सीताकुमारी राना, जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेपाली काँग्रेसका सांसद खमबहादुर गर्बुजा रहेका छन्। सर्वदलीय संसदीय समितिको सल्लाहकारमा पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, एनआरएन युकेको अध्यक्ष प्रेम गाहामगर र पूर्वसभासदद्वय दिब्यमणि राजभण्डारी छन्। समितिको सदस्य सचिवमा सुनमान तामाङ र सचिवालय सञ्चालन एलबि घिसिङलाई सलाहकारमा चयन गरेको छ। कार्यक्रममा संघर्ष समितिका सल्लाहकार एलबि घिसिङले नेपालमा नेपालीहरुको गोर्खा पल्टनमा प्रवेशको विगत देखि वर्तमनसम्मको अवस्थाका बारेमा एक जानकारी पत्र प्रस्तुत गरेका थिए। घिसिङका अनुसार गोर्खा ब्रिगेडको प्रारम्भ सन् १८१५ मे १३ मा भएको हो। १८१५ देखि १९४७ सम्म करिब ८ लाख र त्यस यताका वर्षहरुमा करिब २ लाख नेपाली युवाहरु गोर्खा पल्टनमा भर्ती भएको तथ्यांक प्रस्तुत गरेका थिए। (गोर्खामिडीयाबाट साभार)

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले दियो सहमति

शीतलपाटीन्युज डटकम। काठमाडौ। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले पठाएको सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।   ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ। अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन ‘राय’ दिएको हो।  रायमा भनिएको छ–‘उमेर हद,सेवा अवधि तथा ३० वर्षे सेवा अवधि हटाउने लगायतका प्रस्तावित विषय निजामती सेवा ऐन–२०४९ को दफा २५ को प्रावधान समेतका आधारमा एक वर्षपछिको मितिदेखि लागु हुने गरी व्यवस्था गर्नुपर्ने।’  अर्थ मन्त्रालयले दिएको राय अनुसार गृह मन्त्रालयको कानुन महाशाखाले छलफल गरिरहेको छ।

नेपाली बक्सर राईलाई स्कटल्याण्डमा उपाधि

घनस्याम भण्डारी, स्कटलैण्ड। लन्डन। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन्। २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल इन द जंगल प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेका हुन्। २०० अमेचर म्याच खेलिसकेका भेट्रान बक्सर राईले उपाधि जित्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छन्। 'यसले नयां पुस्तालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ',उनले भने।उनी यूनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्याण्ड) च्याम्पियन पनि बनेका छन्। १३ औं साफमा उनले तेश्रो पदक जितेका थिए। नेपालका अर्का खेलाडी जुनियर नेशनल च्याम्पियन आकाश डांगी भने यूबीए,यूबीओ वल्र्ड टाइटल म्याचमा एन्डी बेलसंग पराजित भएका छन्। अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने रद्द भएको छ। उनका प्रतिष्पर्धी बबी कार्टर घाइते भएकाले म्याच रद्द भएको म्याक्सले बताए।खेल रद्द भएकामा म्याक्स दुःखी छन्।'चार महिनादेखि तयारी गरेको थिएं खेल्न पाइएन',उनले कान्तिपुरसंग भने,'नेपालमा हाइ अल्टिच्यूड हुने भएकाले हामीलाई प्रशिक्षण अप्ठेरो हुन्छ।तर यहां भने खेल्न र प्रशिक्षण पनि सजिलो थियो।म पूर्ण तयारीमा थिएं।' प्रोफेशनल एउटा कन्टेन्डर च्याम्पियनले अर्को कन्टेन्डरसंग प्राय नखेल्ने गरेको म्याक्सले जनाए । 
राज्यले खेलाडीका लागि केही गर्दैन।हामी आफ्नै प्रयासमा खेल्दैछौं,उनले सुनाए। उनी १४ पटक राष्ट्रिय स्वर्ण पदक विजेता हुन् । म्याक्स मुम्बई च्याम्पियन,अल इण्डिया इन्टर क्लव च्याम्पियन, जापान च्याम्पियन, स्पेन जिबीएफ वल्र्ड कप क्वालिफायर २०२२ समेत हुन्l

प्रवासी नेपाली एकता समाज (राप्रपा) युकेको बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली एकता समाज (राप्रपा) युकेको अध्यक्ष रोसन सापकोटाको अध्यक्षतामा आज कार्यसमितीको बैठक बस्यो। एम्पायर हल अल्डरसटमा बसेको सो बैठकमा प्रवासी नेपाली एकता समाज (राप्रपा) को अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठको पनि उपस्थिती थियो। उपस्थित महानुभावहरुको परिचयबाट शुरु गरिएको सो कार्यक्रममा प्रवासी नेपाली एकता समाज युकेका अध्यक्ष सापकोटाले बेलायतमा पार्टीको अवस्था र अव हुने महाधिबेसनका बारेमा स्पष्ट पार्नु भयको थियो।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अन्तराष्ट्रिय अध्यक्ष श्रेष्ठले पार्टीले लिएका नितीहरु अत्यन्तै राम्रा भएकोले संगठन बिस्तारमा लाग्नु पर्ने राय ब्यक्त गर्नु भयको थियो। लण्डनमा छिटै अधिबेसन गर्न सल्लाहा दिदै प्रमुख अतिथी र समय बारेमा बताउनु भयको थियो। प्रेम बहादुर शाही ठकुरीले (रमेश) संचालन गरेको सो बैठकमा अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठ,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य लोक राज तिवारी,नेपाली जनसम्पर्क समिती युकेका उपाध्यक्ष प्रवेस केशी,प्रवासी नेपाली एकता समाज अन्तराष्ट्रिय प्रवक्ता एवम एनआरएन युके उपाध्यक्ष अनील मल्ल,सदस्य नारायण गिरीका साथै शैलेस महर्जन,मधु घिमीरे,गीता गिरी,सुरज श्रेष्ठ,माया श्रेष्ठ,कुमार गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको समेत उपस्थित थियो। प्रवासी नेपाली एकता समाज (राप्रपा) युकेको अधिबेशन अगस्त भित्र सम्पन्न गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयको थियो।

बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न

GNNews- लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार  सम्पन्न भएको छ। दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपालले गरेका थिए। समापन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै गुरु रमेश नेपालले आफुलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए।  "यो एउटा सूत्रले मात्रै पनि तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ।तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ। " उनले हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने पनि बताए।   जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताए। "मानिसको मनले जहिले पनि थाहा नपाएको कुरा जान्न खोज्छ। त्यही विराटलाई जान्ने प्रयासको रुपमा यो शिविर आयोजना गरिएको हो।  तपाईंहरु आजदेखि विराट ज्ञानको संवाहक र प्रतिनिधि हुनु भयो।  घर, परिवार र समाजमा यो संदेश फैलाउनु होला," उनले भने। समापन कार्यक्रमका युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। बेल्जियमको लुभेन शहरबाट सात दिने शिविरमा भाग लिन आएका सांग्रिला समाजका अध्यक्ष  नारायण अधिकारीले  संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताउनु भयो।  "मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु," उनले भने। ललित बस्नेत, धनराज चौबंग लिम्बु, युना राइ, बेल्जियमबाटै आएका व्यवसायी राजेन्द्र कार्की लगायतले आफ्नो अनुभव शेयर गरेका थिए। युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीहरुले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताइन्। जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराए भने जीवन विज्ञान यूकेका ट्रष्टी तथा रोयल बरो अफ ग्रीनविचका उप मेयर जीत रानाभाटले सबैलाई धन्यवाद दिए। आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु

एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग समेतको टीमलाई बुध्दिष्ट गुम्बा रेडिड्गमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ।  अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन्द्र बहादुर गुरूड,बिजयी आईसीसी सदस्य दिलरास गुरूड र उहाकी धर्म पत्नीका साथै एनआरएन युकेका सहकोषाध्यक्ष हेम कुमार गुरूडको उपस्थिती रहेको र  बुद्धिस्ट गुम्बा रेडिड युकेको नया गुम्बामा भब्य स्वागत गरिएको थियो। एनआरएन अध्यक्ष गुरुड्गको टीमलाई बुद्धिस्ट गुम्बा रेडिड युकेका अध्यक्ष ई.खेम ब गुरूडले खादा लगाई फुल गुच्छाले स्वागत गर्नु भयको थियो। सो स्वागतका अवसरमा गुम्बाका उपाध्यक्षहरु श्रीमती राधा गुरूड,नर बहादुर गुरुड्ग,कृष्ण गुरुड्ग महासचिब कमल गुरुड्ग,कोषाध्यक्ष मेजर बुद्धि गुरूड,आमा समुह अध्यक्ष रजनी गुरुड्ग तथा प्रपर्टी मेनेजमेन्ट एवम गुम्बाका ट्रष्टी चन्द्रमान गुरुड्गको पनि उपस्थिती थियो। बुध्दिष्ट गुम्बा रेडिड्ग युकेका मुल गुरू श्री लामा गुरूड र लामा गुरू किसान गुरूडको समेतको उपस्थितीमा सो स्वागत समारोह भब्य भयको थियो।

चारभञ्ज्याङ तमु समाज युकेको बार्षिक भेटघाट ५ अगस्टमा अल्डरसटको कनटस्कुलमा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ ।  ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ।  आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।  कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ। Address- The Cannught School GU12 4AS

एनआरएनए यूकेको २० अगस्तमा सभा र कार्यसमितिको पहिलो बैठक बस्दै

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ।  गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल बैठकमा भने कमिटीका पदाधिकारीहरु बीच परिचयात्मक कार्यक्रम चलेको थियो।यस्तै बैठकले आगामी २० अगस्ट आइतबार अल्डरसटको एम्पायर हलमा धन्यवाद सभा गर्ने निर्णय गरेको छ। उक्त अवसरमा एनआरएनए यूकेका पूर्वअध्यक्ष, सल्लाहकार,निवर्तमान समितिका पदाधिकारी, समुदायका अगुवा लगायतलाई निम्त्याएर नवनिर्वाचित कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गर्ने तथा उनीहरुबाट शुभकामना लिने कार्यक्रम छ। उक्त बैठकमा निवर्तमान कार्यसमिति र नयाँ कार्यसमितिबीच बुझबुझारथको कार्यक्रम राखिने महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए। बैठकले कार्यसमितिका सबै पदाधिकारीलाई संस्थाका बैठक तथा कार्यक्रमहरुमा अनिवार्य उपस्थितिको लागि आव्हान गर्ने र उपस्थित हुन असमर्थ हुनेले महासचिवलाई जानकारी गराउनुपर्ने निर्णय पनि गरेको छ।   भर्चुअल बैठकमा नवनिर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीसँगै आइसीसी सदस्य निर्वाचित ले. चन्द्र गुरुङ र दिलरस गुरुङ,इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भु अर्याल,नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापालगायत सहभागी थिए।

तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई हरेक बुधबार नि:शुल्क कक्षा

शीतलपाटीन्युज डटकम। लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ। उहाले उत्तर पश्चिम लन्डनका ज्येष्ठ नागरिकहरुको हितका लागि आयोजना गरिएको कार्यक्रममा ब्रेन्ट काउन्सिल,हेरो काउन्सिल र ईलिङ काउन्सिलमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु उपस्थित हुने गरेको बताउनु भयो। हाल शिक्षिकाको कार्यभार ज्येष्ठ नागरिक अमृता गुरुङ थापाले सम्हालेकी छन्। उहाले अंग्रेजी भाषा सिकाउँनु भयको छ।  कार्यक्रम गत २९ मार्चबाट  बिहन १० देखि दिनको १ बजेसम्म हुँदै आएको छ।पहिलो १ घण्टा ज्येष्ठ नागरिकहरु भेला हुने,चियापान गफगाफ गरिने गर्दछ। दोस्रो १ घण्टा लेखपढ गर्छन्। कुनै समय सिकाउने शिक्षिका उपस्थित हुन सकेन भने व्यायाम अथवा योगा गरिने गर्दछ। तेस्रो घण्टा स्वत:स्फूर्त खुसीको नाचगान सहित मनोरन्जन गरी कार्यक्रम समापन गर्छन्। कोरोना महामारी अघि पनि सञ्चालन गरिएको थियो । तमु समाज युकेको सामुदायिक भवनमा बुधबार नै १० देखि दिनको १ बजेसम्म हाम्रो ज्येष्ठ नागरिहरुको लागि जलपान कार्यक्रम हुने गरेको छ। उक्त कार्यक्रममा नेपाली मुलका ज्येष्ठ नागरिकहरु आउन सक्ने अध्यक्ष गुरुङले बताउनु भयको छ । 'घरमै बसिरहनुभन्दा हप्ताको एक दिन भने पनि भेटवार्ता गर्ने ठाउँ मिलाइ दिएका छौं। आफ्नो समय र तमु समाज युकेले उपलब्ध गरिदिएको ठाउँको सदुपयोग गरी रमाइलो गर्नुहोला र केही ज्ञान पनि आर्जन गर्नुहोला। यसमा तपाईंहरुले कुनै पैसा तिर्नु पर्दैन,'अध्यक्ष गुरुङको आग्रह छ। अध्यक्ष गुरुङका अनुसार तमु समाज युकेले नै चियाकफी,बिस्कुट र कपी कलमसमेत व्यवस्था गरिदिएको छ। 'अंग्रेजी भाषा सिकाउँदा हाम्रो ज्येष्ठ नागरिक आमा, दिदीहरुले भोगेका यी ससाना समस्याहरुबाट छुटकारा दिलाउने छ। जस्तै बसमा यात्र गर्दा बस नं नचिनेर परेका समस्याहरु र अस्पतालमा जाँदा आफ्नो जन्ममिति र घरको ठेगाना भन्न नजानेर परेका समस्या र स्कुलमा आफ्नो नाति नातिनिहरुलाई लिन जाँदाका समस्यहरुलाई सहजीकरण गर्ने कार्य शिक्षिका अमृत गुरुङ थापाले गर्नुभएको छ,'अध्यक्ष गुरुङले बताउनु भयो।   चियापान कार्यक्रमका लागि बिस्कुटको प्रायोजन समाजका आजीवन सदस्यद्वय गंगाबहादुर गुरुङ (नोर्थहोल्ट) र बुद्धिबहादुर गुरुङ (ओम्बल्ली) बाट

सुप्रमा-ईप्रमा पुरष्कार- २०२३ द्वारा चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुदै

बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आधारीत “कैदीको पत्र” चलचित्रमा गर्नु भयको कुशल निर्देशनका लागि पुरष्कृत गरिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा ५ अगस्त २०२३ मा हुने“२१०औ भानुजयन्ती तथा ९२औ इश्वर मानन्धर जयन्ती” कार्यक्रममा यस बर्षको सुप्रमा-ईप्रमा पुरष्कार-२०२३ प्रदान गरिने कार्यक्रम छ। सो पुरष्कार ५ अगस्त २०२३ का दिन काठमाण्डौ कुशन नर्थफिल्ड एभिन्यु लण्डनमा पुरष्कार संस्थापक प्रतिनिधीका साथै प्रमुख अतिथी साहित्यकार तथा नेपाल प्रहरीका एसएसपी गुप्त बहादुर श्रेष्ठका बाहुलीबाट प्रदान हुने भन्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेका अध्यक्ष राज श्रेष्ठले निमन्त्रणा गर्दै बताउनु भयको छ। चलचित्र निर्देशक बैरागले नेपाली साहित्य विकाश परिषद यूकेबाट साहित्य सम्मान रजत अभिनन्दन पत्र तथा पदक,नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भानुभक्त आचार्य द्विशताब्दी बार्षिक समारोहमा सम्मान तथा पदकका साथै धेरै ड्रामाहरु र चलचित्रबाट पनि सम्मानपत्र प्राप्त गर्नु भयको छ।  

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्ललाई

शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन्। अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो।  वर्तमान कार्यसमितिका उपाध्यक्ष मल्ल च्यारिटी विभागको संयोजक समेत छन्। उनी अध्यक्ष गाहामगरको विश्वासपात्र मानिन्छन् ।  अघिल्लो कार्यसमितिमा धेरैले साथ छाडे पनि मल्लले आफ्नो धर्म र इमान्दारी कहिल्यै छाडेनन्। कार्यसमितिका हरेक गतिविधि र यसपटक संघको २० हजार ७०७ सदस्य बनाउन पनि मल्लको प्रमुख भूमिका थियो। युवा व्यवसायी मल्लले यसअघि एनआरएनए यूकेको युवा संयोजकमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए।  तीन साता नेपाल रहंदा अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २० हजार ७०७ सदस्यता सहित आफ्नो कार्यसमिति आधिकारिक भएको दावी पेश गर्ने र वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई जोडका साथ उठाउने भएका छन्।  उनले प्रधानमन्त्री,परराष्ट्रमन्त्री,कानूनमन्त्रीलगायत उच्च पदस्थ पदाधिकारी र राजनीतिक शीर्षस्थ नेतृत्वलाई भेट गरेर ज्ञापन पत्र समेत बुझाउने तयारी छ।

आज प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक कॅुवर र पुर्ब प्रहरी संगठनका अध्यक्ष समेतको बिच छलफल

बसन्त कुवंर, राष्ट्रीय अध्यक्ष  नेपाल पुर्ब प्रहरी संगठन। आज प्रहरी प्रधान कार्यालएमा प्रहरी महानीरीक्षकज्यु र उहॉको टीमसंग नेपाल पुर्ब प्रहरी संगठनका अध्यछ बसन्तराज कॅवर तथा पदाधीकारीज्युहरु बीच आपसी सरोकारका बिषयमा औपचारीक रुपमा गहन छलफल गर्यौं। छलफल ज्यादै सकारात्मक र उपलब्धीपुर्ण रह्यो। नोपाल पुर्ब प्रहरी संगठनको सरोकार मुलत ९४% तल्ला तथा गरीब पुर्ब प्रहरीहरुको कल्याणमा केन्द्रीत थियो र प्रहरी प्रधान कार्यालएको पनि यस पक्षमा सकारात्मक सहयोग तथा साथको प्रतिबद्धता देखियो। त्यस अबसरमा प्रहरी कल्याण महाशाखा  र प्रहरी अस्पतालले गरेका गतीबिधी पनि जानकारी पाइयो।  प्रहरी महानिरीक्षकज्युको दृष्टिकोण हाम्रा सरोकार प्रति ज्यादै सकारात्मक रह्यो र महानिरीक्षकज्युको संबोधन र बिदाइ  पछी हामीले दोश्रो सिटीडं प्रसासन प्रमुख एआइजीपी दीपक थापाज्यु र प्रहरी अस्पतालका निर्देशक एआइजीपी डाक्टर आशी सिंह ज्सु संग बस्यौं। दीपक सर संग हामिले यस बर्ष गरीने एक्सनप्लानमा होमवर्क गर्यौं। डाक्टर आशा सिंहज्युबाट पनी पुर्ब प्रहरीका हितका कुरा हरु आए।उहाहरु सबैमा हार्दीक धन्यबाद तथा आभार।   आजको मिटीडं मलाइ पहिले पहिले बसे भन्दा राम्रो लाग्यो। यस मिटीडंमा उहॉ हरुको गतीबीधी बुझ्ने मात्र नभै त्यो भन्दा बडी समय हाम्रा सरोकारहरु सुन्ने र निष्कर्शमा पुग्नेमा दिइएको पाइयो।    हामि नेपाल पुर्ब प्रहरी संगठन,प्रहरी प्रधान कार्यालयसंग सहकार्य गरी पुर्ब प्रहरीहरुको कल्याणमा लागी रहने छौ र महानिरीक्षकज्युको नेत्रीत्वको कदर गर्दै उहाको टीमको उच्च र ऐतीहासीक कार्य सफलताको पनि कामना गर्दछौ।  महानिरीक्षकज्युले हाम्रो संगठनलाइ औपचारीक आमन्त्रण गरी अमुल्य समय प्रदानका गरी न्यानो आतीत्थ्य प्रदान गर्नु भएकोमा उहा प्रति नेपाल पुर्ब प्रहरी संगठन हार्दिक आभार ब्यक्त गर्दछ।

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित

सुरेश कोइराला, मेरिल्याण्ड,अमेरिका। एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन्। निर्वाचन समितिले गएराती सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङ कूल ९३४ मतसहित आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अध्यक्षका अर्का प्रत्यासी प्रेम सुवेदीले ४९९ मत प्राप्त गरेका छन् । मेरिल्याण्डमा कूल १ हजार ६ सय ९६ मतदाता थिए। जसमध्ये ३० जनाले अध्यक्षमा कसैलाई मतदान गरेनन्। यसैगरी च्याप्टर उपाध्यक्षमा किरण पण्डित, सचिवमा गोविन्द सापकोटा र कोषाध्यक्षमा जनक पुन मगर निर्वाचित भएका छन्। च्याप्टर सदस्यहरुमा बावुराम भट्टराई, विजय अधिकारी, मनलाल जैसी, मोनिका लामिछाने, नारायण अधिकारी, ओमकाजी गुरुङ र रोशनी सापकोटा निर्वाचित भएका छन्। कोषाध्यक्ष बाहेक अन्य सबै पदमा गुरुङ पक्षधर उम्मेदवार विजयी भएका हुन्। च्याप्टर कार्य समितिको महिला उपाध्यक्षमा सिर्जना न्यौपाने, महिला सचिवमा कुसुम खड्का,महिला संयोजकमा गीता सुबेदी र युवा संयोजकमा दामोदर पौडेल निर्विरोध निर्वाचित भैसकेका छन्।

डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत

शीतलपाटीन्युज डटकम। लण्डन। डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ। आइतवार डार्टफोर्डस्थित फ्लिटडाउन फुटवल क्लबको मैदानमा भयको अधिवेशनले डा.घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।  अध्यक्ष डा बीना पाण्डे घिमीरे समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तारा सिम्खडा भट्ट र तीर्थ पौडयाल,महासचिवमा अनुक्रम रिजाल,सचिवमा शशी गुरुङ,कोषाध्यक्षमा प्रभात पौडेल , सदस्यहरुमा तिलक भट्टराई,अन्जु थापा बस्नेत,शेष आचार्य,हरिकला कंडेल,पूजा पाण्डे र उत्तम गौतम छन। बाकी ३ सदस्य निर्वाचित कमिटिले पछि मनोनयन गर्नेछ। नवनिर्वाचित अध्यक्ष डा.विना पाण्डे घिमिरेले पब्लिक हेल्थमा पिएचडी गर्नु भयको छ। उहा ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गर्नुहुन्छ। संस्थाका संस्थापकअध्यक्ष डा.चण्डिका भट्ट संयोजक,पूर्व अध्यक्षहरु राजेश पाठक, दीपक थापा र गजेन्द्र कटुवाल तथा डा.बिष्णु शर्मा सदस्य रहेको ५ जनाको निर्वाचन कमिटीले निर्वाचनका सबै काम सम्पन्न गरि निर्वाचित कमिटीलाई सस्थाको सपथ खुवा इएको थियो। निवर्तमान अध्यक्ष लेखनाथ खरेलले साधारण सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कोरोना कालखण्डबाट बाहिर निस्केर संस्थाले व्यापक सहभागिता र उत्साहपुर्ण वातावरणमा नियमिति कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाउनु भयको थियो। अध्यछ खरेलले कार्यक्रममा संबोधन गर्दै डिएनसी संस्थाको आजीवन सदस्यता ८२ बाट बढेर १४० पूगेको जानकारी गराउनु भयको थियो। संस्थालाई थप सक्रिय बनाउन निवर्तमान अध्यक्ष खरेलले नवनिर्वाचित कार्यसमितिलाई सुझाव तथा शुभकामना दिनु भयको थियो।  संस्थाका आजीवन सदस्य रामकृष्ण श्रेष्ठको हालै भएको निधनमा दुख ब्यक्त गर्दै उहाको निधनमा परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।  संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले प्रस्तुत गर्नु भयको आर्थिक प्रतिवेदनलाई अधिवेशनले सर्वसम्मत रुपमा पास गरेको थियो। डिएनसीले आफ्नो अधिवेशनमा प्रत्यक वर्ष गरिने संस्थाको वार्षिक खेलकूद कार्यक्रम पनि आयोजना गरेको थियो।  खेलकूद संयोजक रुद्र कोइरालालाई हरि पन्थ,विना पाण्डे घिमिरे,दिपा कोइराला, अमृता भट्टराई,दिपक पाण्डे,बेद प्रकाश भट्टराई लगायतले सहयोग गरेका थिए। छोराछोरीहरुमा बृस्टी, महिमा,शितल, निकिता,नियति,रिजु,रिया आदिले डिएनसी भोलिन्टियर भएर खेलकुद संचालनमा सघाएका थिए। खेलमा विजयी सबैलाई मेडल,प्रमाणपत्र आदि प्रदान गरिएको थियो। यसैगरी, संस्थाका निवर्तमान अध्यक्षले खरेलले संस्थाका निवर्तमान सचिव हरि हड्खले र आसा फेरालीले संस्थामा गरेको योगदानको प्रसंशा गरेका थिए । भने संस्थाका पुर्व उपाध्यक्ष भरत लामिछानेले आफ्नै निजी खर्चमा नयाँ साउन्ड सिस्टम खरिद गरि हस्तान्तरण गरेका

यसपाली को world Cup कसले जित्ला?