Monday February 10, 2025

प्रवास

चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा,ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न भयको समाचार छ ।  समाजका अध्यक्ष बेनकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष दुर्गा गुरुङले स्वागत मन्तब्य राख्नु भयको थियो।कार्यक्रममको संचालन महासचिव अमर गुरुङले गर्नु भयको थियो।  अल्डरसटको एल्डरवुड लेजर सेन्टरमा भएको कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रमहरु, विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।जसमा ८० वर्ष उमेर पुगेका धनबहादुर गुरुङ (लामे) र रामसिङ घले (खाल्टे) लाई धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङले समाजको तर्फबाट लठ्ठी प्रदान गरी खादा ओढाई सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिएका थिए । धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङ र किसनसिंङ घलेलाई समाजका अध्यक्ष बेनकुमार गुरुङले सम्मान गरेका थिए। तमु धीं युकेले आदर्श तमुले सम्मानित ब्रिटिस भूपू मेजर कृष्णबहादुर गुरुङ र उनकी पत्ती अमला गुरुङलाई क्रगि लगाइ दिएर र क्रमु ओडाएर सम्मान गरेका थिए।  त्यस्तैगरी तमु धीं युकेले आदर्श तमुले सम्मानित पन्च गुरुङ र उनका श्रीमान ब्रिटिस भूपू लेप्टेन कुसाङ गुरुङ,एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ र उनकी पत्नी सीता गुरुङ,अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित ब्रिटिस भूपू ह. लेप्टन चन्द्रबहादुर गुरुङ र उनकी पत्नी बिमला गुरुङ, दिलराज गुरुङ, गोर्खा मिडीयाका प्रबन्ध निर्देशक मीलन तमु गुरुड्ग समेतलाई समाजका अध्यक्ष गुरुड्गले क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरेका थिए।  समाजको नयाँ सदस्यलाई उपाध्यक्ष दुर्गा गुरुङ र आमा समूहका अध्यक्ष पन्च गुरुङले खादा र व्याच लगाएर स्वागत गरेका थिए । नवविवाहित जोडीहरुलाइ क्रगि लगाइदिएर र क्रमु ओडाएर आशीर्वाद र उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो । गोर्खा कपमा फुड स्टलमा सहयोग गर्ने सबै स्वयंसेवकहरुलाई खादा लगाईं धन्यवाद दिइएको सो कार्यक्रममा फुड स्टलमा मुख्य भूमिका निर्वाह गर्ने हेड सेफ प्रकास गुरुङ र उनकी पत्नी जयन्ती गुरुङलाई पनि सम्मान गरिएको थियो।  सम्मानीत हुनेहरुमा संघसंस्थाहरुमा अध्यक्ष पदमा निर्वाचित बेसिंस्टक नेपाली समाजको अध्यक्ष दुर्गा गुरुङ, पर्वत वेलफेयर सोसाइटी अध्यक्ष अप्सरा गुरुङ,श्रीमती योगिता गुरुङको श्रीमान् अनिल गुरुङ र गोर्खा दरबार रेष्टुरेन्टको मालिक धनबहादुर

मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरको पोल्टामा

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मिडल्यान्ड क्षेत्रमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरले जितेको छ। सोमबार लेष्टर लफबरोमा खेलाइएको फाइनलमा नटिङहम गोर्खालाई १२ रनले हराउंदै गोर्खा टाइगर लेष्टरले लिग उपाधि जितेको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार लिग विजेता गोर्खा टाइगर लेष्टरले पुरस्कारस्वरूप नगद १ हजार ८ सय पाउन्ड,ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता नटिङहम गोर्खालाई नगद ९ सय पाउन्ड, मेडल, प्रमाणपत्र प्रदान गरियो। तेस्रो स्थान हासिल गर्ने बर्मिङम राइनोजले नगद ३ सय पाउन्डसहितको पुरस्कार पायो। त्यस्तै, लिगको ‘बेस्ट ब्याट्सम्यान’ नटिङहम गोर्खाका कप्तान सुमन श्रेष्ठ, बेस्ट बलर,गोर्खा टाइगर लेष्टरका विपिन चोखाल र ‘बेस्ट अलराउन्डर’ नटिङहम गोर्खाका दिवस गिरी २-२ सय पाउन्ड  नगदसहित पुरस्कृत भए।फाइनल खेलका ‘म्यान अफ द म्याच’ गोर्खा टाइगरका रिशभ सापकोटाले ५० पाउन्ड नगद पुरस्कार प्राप्त गरे।   विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, लिग संयोजक साझा नेपाली समाज यूकेका अध्यक्ष दिपक सापकोटा र महासचिव शशांक शर्माले पुरस्कार वितरण गरेका थिए।  महासचिव शर्माका अनुसार त्यस अवसरमा प्रमुख अतिथि मल्लले बेलायतमा नेपाली खेलाडीले देखाएको क्रिकेटको स्तर आफ्नो कल्पनाभन्दा माथि रहेको भन्दै प्रशंसा गरे। उनले भविष्यमा बेलायतमा बस्ने खेलाडीहरु नेपालको राष्ट्रिय टीममा देख्न पाउने विश्वास पनि उनले व्यक्त गरे।   लिगको फाइनल खेल हेर्न मिडल्यान्डका विभिन्न क्षेत्रबाट २ सय बढी दर्शक उपस्थित भएको आयोजकले जनाएका छन्।   सन् २०१९ मा शुरु भएको लिगको चौंथो संस्करण यस वर्ष गत जुन महिनाको पहिलो सातादेखि हरेक आइतबार खेलाइएको  थियो। यसपटक नटिङहम, लेष्टर, बर्मिङहम र पिटरबरोबाट स्थानीय नेपाली खेलाडीका चार टीमले लिग खेलेका थिए।   नेपाली युवालाई पनि खेलप्रति आकर्षित गराउने र भविष्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने मूल उद्धेश्य राखेर लिग सञ्चालन गरिएको लिगका संस्थापक एवम् संयोजक सापकोटाले बताए।

दलाल र सार्वजनिक गिटी बालुवा बेची पैसाको रवाफ दिनेलाई राजदुत नबनाउ - आर के त्रिपाठी

आर के त्रिपाठी,  लण्डनबाट। महाभारतमा लेखिएकै छ– मासुको टुक्रामा कुकुरहरु लडिरहेछन्। भगवान राम बाट हामीले सिक्ने कुरा धेरै छन्। तीमध्ये सबभन्दा महत्वपूर्ण हो- देशको नेता कसरी  बन्ने? नागरीकको कुरा सुन्ने,आलोचना सुन्ने र देशको हितमा काम गर्ने?  नेता वा समर्थकको रूपमा कुरा गर्दा हामीले सबभन्दा पहिला हाम्रो भूमिका के हो भन्ने चिन्नुपर्छ।धेरैजसो मानिस नेता हुनु मालिक हुनु हो भन्ने ठान्छन्। म आदेश दिन्छु,तिमीहरू मान्नुपर्छ भन्ने खालको व्यवहार गर्छन्।म सबैथोक जान्दछु,अरुले पछ्याउने हो। मैले रणनीति बनाउँछु,अरुले अवलम्बन गर्ने हो। यस्तो खालको मोडलमा धेरैजसो मानिसहरूले ‘बोस’को आदेश मान्ने काम मात्र गर्छन्।ती त केवल ‘फलोवर’,आदेशका परिपालक मात्र भए। रामलाई थाहा छ,यी हनुमान हुन्।हनुमान एक बाँदर हुन्।उनी बुद्धिमान छन्।रामले सुग्रीवलाई पनि देखेका थिए।सुग्रीव हनुमान भन्दा फरक छन्।लक्ष्मण पनि अरु भन्दा फरक छन्। सबैसँग फरक व्यवहार गर्नुपर्छ र मैले मेरो निम्ति केही गरिदिन भन्नुभन्दा पहिला दिनुपर्छ। पहिला स्वाहा,अनि तथास्तु। राजा दशरथले भने– म राजा हुँ र तिमी राजकुमार।भावी राजा तिमी नै हौ।यदि तिमीले नियम,निष्ठा र इमान्दारी कायम राखेनौं भने राज्य नै विघटन हुन्छ।त्यसैले वनवासको निर्णय लिँदा रामले अयोध्यालाई केन्द्रमा राखेका थिए। अब महाभारततिर हेरौं।महाभारतमा दुर्योधन, पाण्डव,कौरवको कथा पढ्दा थाहा हुन्छ/ उनीहरुले कहिल्यै पनि हस्तिनपुरको कुरा गर्दैनन्।उनीहरु आफ्नो जाय जेथाको कुरा गर्छन्।मेरो र तेरोको कुरा गर्छन्।त्यसैले महाभारतको झगडा सम्पत्ति माथिको पारिवारिक कलह हो। महाभारतमा लेखिएकै छ–मासुको टुक्रामा कुकुरहरु लडिरहेछन्।अहिलेको राजनीति पनि त्यस्तै छ।यो लुछाचुँडी विकासोन्मुख देशमा मात्र छैन।संसारैभरी यस्तो झगडा छ।मेरो हिस्सा के हो भन्ने बारे नै ठूलो लडाइँ छ। चुनावको बेलामा के हुन्छ हेरौं न?निर्वाचनको बेलामा केही शक्ति शाली मानिस हुन्छन् र अरु कम शक्तिशाली मानिस हुन्छन्।शक्तिशाली मानिसलाई कम शक्तिशालीको साथ चाहिएको हुन्छ।कम शक्तिशाली मानिसहरु कैकेयीले जस्तै भूमिका देखाउन थाल्छन्।जसरी पटरानीहरुले राजासँग यस्तो चाहियो,उस्तो चाहियो भनेर रोइ कराई गर्छन्।ठ्याक्कै त्यस्तै हुन्छ राजनीतिमा पनि। उनीहरुले माग गर्न थाल्छन्।अनि शक्तिशालीहरु गएर ‘यस्तो दिन्छु,उस्तो दिन्छु’ भनेर वाचा गर्न थाल्छन्।यसरी गठबन्धन निर्माण हुन्छ।यस्तो बेलामा राज्यको चिन्ता कसैले गरेको हुँदैन।राज्य भन्दा राजा ठूलो हुन्छ।यो नै अधर्म हो। जब राज्यका लागि राजा हुन्छ त्यो धर्म हुन्छ। नभए अधर्म हुन्छ।जब राज्यका लागि नेता र नेतृत्व

नेफिन यूके लगायतका आदिवासी सङ्गठनहरूले अगष्ट १३ मा विश्व आदिवासी दिवस मनाउने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके लगायतका आदिवासी सङ्गठनहरूले अगष्ट १३ मा विश्व आदिवासी दिवस मनाउने भएको छ। महासङ्घले २९ ओैँ विश्व आदिवासी दिवसको अवसर पारेर आगामी आइतबार एम्पाएर हल अल्डरसटमा कार्यक्रम गर्न लागेको हो। आइतबार साँझ आयोजित भर्चुअल प्रेषमीट सम्मेलनमा बोल्दै नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले महासङ्घले यस वर्षबाट संघलाई सेवा दिएका आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला समेत घोषणा गरेर सम्मान गर्न लागिएको बताए। ‘यो सालबाट हामी आदिवासी जनजातिको पहिचान र अधिकारका लागि उल्लेख्य योगदान पुर्‍याउनेहरू मध्ये आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला घोषणा गर्दैछौ,अध्यक्ष शेर्पाले भने, ‘यो वर्षको कार्यक्रम पनि आदिवासीकै अधिकारमाथि चर्चा गर्नेछौं ।’  नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भयको सो प्रेषमीटको संचालन महासचिव बिमला सेनेले गर्नु भएको र अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासको उपनियोग प्रमुख रोशन खनाल रहने नेफिन महासचिव विमला सेने लिम्बुले बताउनु भयको छ । त्यस्तै,नेफिन नेपालका पूर्व सचिव भक्त दुरा मुख्य वक्ता रहने कार्यक्रममा विभिन्न जातीय सङ्गठनहरूले साँस्कृतिक झाँकी समेत प्रदर्शन गर्ने छन् भने चर्चित कलाकारहरूले समेत गीत तथा नृत्य प्रस्तुत गर्री मनोरन्जन प्रदान गर्ने छन। नेफिनसँगै आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूके,आदिवासी जनजाति महिला महासङ्घ यूके, आदिवासी जनजाति युवा महासङ्घ र आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके पनि आयोजक संस्थाको रुपमा रहेका छन्। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९५ बाट प्रत्येक वर्षको अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाउन थालिएको हो। यस वर्षको नारा ‘आदिवासी युवा,आत्मनिर्णयको परिवर्तनको संवाहक’ रहेको छ । कार्यक्रममा सल्लाहकारहरू, एकिन्द्र गुरुङ, भक्त दुरा, ज्ञाम गुरुङ,डा.सुमाया राई, सिरी लिम्बु, फोनिज यूके अध्यक्ष गोमा राना मगर, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके संयोजक अमित थेवे सहभागी थिए। प्रेस नोट फोनिज यूके अध्यक्ष राना मगरले वाचन गरेकी थिइन्। पत्रकार सम्मेलनमा फोनिज यूकेका पूर्व अध्यक्ष एवम् पत्रकार विश्वासदीप तिगेला, नेपाल पत्रकार सङ्घ यूकेका महासचिव नरेन्द्र बस्नेत, सचिव खेमराज राजाभाट,शीतलपाटीन्युजका सम्पादक वाचस्पति रेग्मी,आकाश सुनुवार,गजवीर थापा,कियाचु प्रतिनिधि एवम् पत्रकार नगेन्द्र नेम्वाङ,किरण राई लगायतको उपस्थिति रहेको थियो।

घान्द्रुक समाज यूकेले १३ औं वार्षिक समर भेटघाट कार्यक्रम धुमधामसंग मनायो।

शीतलपाटीन्युज डटकम। लण्डन,०६ अगस्ट २०२३। घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट ५ अगष्ट २०२३ शनिबारको दिन फार्नबोरो स्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा धुमधामसंग सम्पन्न गर्यो।  घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि सञ्चालन गरेका थिए। कार्यक्रममा थुप्रै अतिथिहरुलाई आमन्त्रण गरिए पनि व्यवस्तताको कारण अरू अतिथीहरु समयमा आइपुग्न सफल नभएकोले  समयमा उपस्थित हुन सफल आमन्त्रित अतिथि तमु प्ये ल्हु संघ युकेका प्रतिनिधिको रूपमा सहभागी खेगी समितिको अध्यक्ष श्री डमर बहादुर गुरुङ र अध्यक्ष श्री नारायण सिंह गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए। कार्यक्रम आरम्भको क्रममा खेगी गुरु उपाध्यक्ष श्री देव बहादुर गुरुङले घान्द्रुकेहरुको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहको पूजा गरेर प्रसाद ग्रहण गरेपछि कार्यक्रमले गति लिएका थिए। कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष श्री देव बहादुर गुरुङले स्वागत मन्तव्यको साथै हेल्थ एण्ड सेफ्टी बारे ब्रिफ गरेका थिए। औपचारिक कार्यक्रमको पहिलो चरणमा केही  अगाडि पछाडि गरी आइपुग्नु भएका आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघको प्रतिनिधि खेगी अध्यक्ष श्री डमर बहादुर गुरुङ दम्पती, तमु धी युकेको अध्यक्ष श्री हरि गुरुङ दम्पती, बेलायतको लागि गैर आवसिय नेपाली संघको हालै निर्वाचित अध्यक्ष श्री हित काजी गुरुङ, मिडिया क्षेत्रबाट गोर्खा मिडियाका प्रबन्ध निर्देशक श्री मिलन तमु, शितल पाटी युकेको प्रबन्ध निर्देशक श्री वाचस्पति रेग्मी, नेपालबाट हाल यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. घान्द्रुकको व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष रि. में. श्री ललित बहादुर गुरुङ, हाल भ्रमणको क्रममा यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. को पुरानो शिक्षक श्री के. वि. ( कृष्ण बहादुर) गुरुङ  दम्पती, गत २९ जुन २०२९ मा सम्पन्न भएको एभरेष्ट म्याराथनमा घान्द्रुकको स्कूलको च्यारिटीको मूल उद्देश्य बोकी सहभागी भएको श्री सूर्य गुरुङको नेतृत्वको सहभागीहरुमा सूर्य गुरुङ, ताङतिङ समाजको अध्यक्ष समेत रहनु भएको श्री तर्क जङ्ग गुरुङ, जुम काजी गुरुङ र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सुश्री सृष्टि गुरुङ आदिलाई अध्यक्ष श्री नारायण सिंह गुरुङको हातबाट स्वागत तथा सम्मान गरेका थिए । औपचारिक कार्यक्रमको पहिलो

हामीलाई सत्य र झुटमा फरक थाहा छैन, तल पढ र अनि मात्र बोल 

आर के त्रिपाठी, लण्डन। भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानबअधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी लेख्ने बोल्ने मान्छे निर्दयी नै बन्नु पर्छ। घटनाक्रमकाे यथार्थ चित्रण गर्नै पर्छ ।कसले के भन्छन् हाेइन,आफूलाई आत्मासन्तुष्टी हुनुपर्छ। मुलुक बुझेको मान्छेले नलेखे,नबाेले कसले लेख्छ,बाेल्छ त? भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानब अधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी  बोल्ने लेख्नेले लाइकको आशको लागी लेख्दैन/ समाजको विविध पक्षको यथार्थ त्रिचण गरिरहने हो।कसैको लाइक कमेण्ट पाईँदैमा म आर के त्रिपाठी महान मान्छे हुने होइन।म भित्र जे छ,त्यो मलाई मात्र थाहा छ। आश र त्राष म भित्र कहिल्यै आएन र मनमा आएका राज्यका कानुनले नियन्त्रण गरेको सिमाना भित्र रहि यि विविध लेखि रहेछु/कलम चलाई रहेछुरहेछु/ म बुझ्दछु कि मैले लेखि रहेका  बोलि रहेका,उठाइरहेका आवाजहरु कहिं न कहिं समय सान्दर्भिक नै छन् जस्तो लाग्दछ। लाईकको धेरै आश गर्नेहरु र सानो तिनो लाईक कमेन्टमा रमाउनेहरु बारूद रित्तो खाली बन्दुकहरु हुन् जो बारूद रित्तो बन्दुकले बाघ मार्ने कुरा गर्नेहरु हुन्। म मेरो कलम रुपी भरुवा बन्दुक लाई अझै तिखो बनाउँदै अति दुःख दिइरहेको बाघ मार्ने पक्षमा छु। म बुझ्दछु,मेरो लेखको गहिराई धेरैले अरु केहि बर्ष बुझ्ने वाला छैन।परिणाम सजिलै हात पर्दैन।म बुझ्दछु कि एक कलम १००० भरुवा AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ। मलाई कलमको शक्ति गहिरो संग हेक्का छ। म बुझ्दछु भरुवा AK 47 लिनेहरुको यो देशमा शाषनमा,राजनितीमा,व्यापारमा,समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई। उहिल्यैको कुरो हो ।एक दिन सत्य र झुटको  भेट भयो ।झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ,सँगै खेलौँ !"हुन पनि दिन अद्भुत नै थि यो।दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए। डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे। झुटले सत्यलाई फकायो,र भन्यो"उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनार भित्र  डुबुल्की मारे।केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर

हामीलाई सत्य र झुटको फरक थाहा छैन  तल पढ र अनि मात्र बोल -

आर के त्रिपाठी, लण्डन। भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानबअधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी लेख्ने बोल्ने मान्छे निर्दयी नै बन्नु पर्छ। घटनाक्रमकाे यथार्थ चित्रण गर्नै पर्छ ।कसले के भन्छन् हाेइन,आफूलाई आत्मासन्तुष्टी हुनुपर्छ। मुलुक बुझेको मान्छेले नलेखे,नबाेले कसले लेख्छ,बाेल्छ त? भ्रष्टाचार निवारण,सुशाषन,संस्थागत प्रजातान्त्रिक पद्दती कायम,मानब अधिकार पूर्ण स्थापना र कानुनी राज्य कायमको लागी  बोल्ने लेख्नेले लाइकको आशको लागी लेख्दैन/ समाजको विविध पक्षको यथार्थ त्रिचण गरिरहने हो।कसैको लाइक कमेण्ट पाईँदैमा म आर के त्रिपाठी महान मान्छे हुने होइन।म भित्र जे छ,त्यो मलाई मात्र थाहा छ। आश र त्राष म भित्र कहिल्यै आएन र मनमा आएका राज्यका कानुनले नियन्त्रण गरेको सिमाना भित्र रहि यि विविध लेखि रहेछु/कलम चलाई रहेछुरहेछु/ म बुझ्दछु कि मैले लेखि रहेका  बोलि रहेका,उठाइरहेका आवाजहरु कहिं न कहिं समय सान्दर्भिक नै छन् जस्तो लाग्दछ। लाईकको धेरै आश गर्नेहरु र सानो तिनो लाईक कमेन्टमा रमाउनेहरु बारूद रित्तो खाली बन्दुकहरु हुन् जो बारूद रित्तो बन्दुकले बाघ मार्ने कुरा गर्नेहरु हुन्। म मेरो कलम रुपी भरुवा बन्दुक लाई अझै तिखो बनाउँदै अति दुःख दिइरहेको बाघ मार्ने पक्षमा छु। म बुझ्दछु,मेरो लेखको गहिराई धेरैले अरु केहि बर्ष बुझ्ने वाला छैन।परिणाम सजिलै हात पर्दैन।म बुझ्दछु कि एक कलम १००० भरुवा AK 47 राइफल भन्दा शक्तिशाली हुन्छ। मलाई कलमको शक्ति गहिरो संग हेक्का छ। म बुझ्दछु भरुवा AK 47 लिनेहरुको यो देशमा शाषनमा,राजनितीमा,व्यापारमा,समाजमा विगविगि छ।यो बिगबिगी लामो समय टिक्दैन जस्तो लाग्दछ मलाई। उहिल्यैको कुरो हो ।एक दिन सत्य र झुटको  भेट भयो ।झुटले सत्यलाई भन्यो: "आज बढो रमाइलो घमाइलो दिन छ,सँगै खेलौँ !"हुन पनि दिन अद्भुत नै थि यो।दुबैले धेरै बेर प्रकृतिमा डुल्दै खेल्दै रमाए। डुल्दा डुल्दै मध्य दिनमा उनीहरु एउटा इनार नेर पुगे। झुटले सत्यलाई फकायो,र भन्यो"उखर्माउलो गर्मी छ; इनारमा पसौँ र मज्जाले नुहाऔँ ।" दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनार भित्र  डुबुल्की मारे।केही बेर इनारमा  नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्क्यो र सत्यका सबै लुगा लगाएर भाग्यो। झुटले आफ्ना लुगा लगाएर हिंडेको चाल पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर

नेपाली बक्सीड्ग खेलाडीहरुलाई यती नेपाली एसोसीयसन युकेको अध्यक्ष पिपला देवानद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम। लण्डन।यती नेपाली एशोसियसन यूकेका अध्यक्ष पिपला पाण्डे देवान र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ युके च्याप्टरका संयोजक सीध्दार्थ क्षत्रीले हालै नेपालबाट बेलायत आउनु भएका राष्ट्रिय तहका बक्सिङ्ग खेलाडीहरुलाई सम्मान गर्यो।  सम्मानित हुने बक्सीड्गका खेलाडीहरुमा म्याक्स बस्नेत स्वर्ण पदक बिजेता,पुरण राइ स्वर्ण पदक बिजेता र आकाश डाँगी जुनिएर नेसनल च्याम्पेयन रहनु भयको थियो।नेपालका बक्सीड्ग खेलाडीहरु स्कटलैण्डमा भैरहेको अन्तराष्ट्रिय बक्सीड्ग खेलमा भाग लिन आएका बखत यो सम्मान गरिएको हो। खेल क्षेत्रलाई प्रबर्धन गर्ने बेलायतको पुरानो संस्थाको अध्यक्ष पिपला पाण्डे देवानले खेलाडीहरुलाई सम्मान गर्दै नेपाल राष्ट्रकै  प्रतिभाहरुलाइ सम्मान गर्ने अबसर दिनु भएकोमा सम्पूर्ण कार्यसमिति प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नु भयको थियो।खेल र खेलाडीलाई सम्मान गर्न र खेल प्रबर्धन गर्न आफु सधै लागि रहने प्रतिबध्दता अध्यक्ष देवानले ब्यक्त गर्नु भयको थियो। सो सम्मान कार्यक्रमका अवसरमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ युके च्याप्टरका संयोजक सिध्दार्थ क्षेत्रीले समेत बक्सीड्गका खेलाडीहरुलाई सम्मान गर्नु भयको थियो।  ५ अगस्ट  २०२३ मा Newa Chhe Maya Pub, 3 Shaftesbury Cir, South Harrow, Harrow HA2 0AJ हेरो लण्डनमा भयको सो सम्मान कार्यक्रममा यती नेपाली एशोसियसन यूकेका पुर्व अध्यक्ष उमेशराज मोक्तानले पनि सम्मान गर्नु भयको थियो। यती नेपाली एशोसियसन यूकेका महासचिब टंक भट्रराईले संचालन गरेको कार्यक्रममा गायक योगेश्वर अमात्य,किक बक्सीड्गका सुरज कार्की, समाजसेवी भगवानजी चौहान लगायतको उपस्थिती रही कार्यक्रम भब्य भयको थियो।             स्कटलैण्डमा भएको खेलमी दुई खेलाडिहरुले प्रतियोगितामा पहिलो जित हासिल गर्दै नेपालको नाम राख्न सफल हुनु भयो भने अर्को एक खेलाडिको हकमा वहाँको प्रतिस्पर्दी खेलाडी घाइते भएको कारण उहाँको खेल पछि गर्ने गरी सरेको थियो। खेलाडीहरु भोली नेपाल फर्कदै हुनुहुन्छ।

आदिकवि भानुभक्तको २१०औं तथा ईश्वर मानन्धरको ९२औं जन्मजयन्ती पुर्व एसएसपी गुप्त श्रेष्ठको प्रमुख  आतिथ्यमा अनेसास युकेले भव्य मनायो

शीतलपाटीन्युज डटकम। लन्डन। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज यूकेले ५ अगष्ट शनिबारका दिन आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरको ९२औं जन्मजयन्ती भव्यताको साथ मनाएको छ। संस्थाका अध्यक्ष राज श्रेष्ठको सभापतित्वमा भयको सो आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरको ९२औं जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा नेपाल प्रहरीका पूर्ब एसएसपी गुप्त बहादुर श्रेष्ठ रहनु भयको थियो। अनेसासकी कोषाध्यक्ष प्रतिमा केसीद्वारा संचालित सो कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो। विषेश अतिथि वासु शर्माले भानुभक्त आचार्यको, ध्रुव केसी तथा डा संगीता स्वेच्छाले ईश्वर मानन्धरका जीवनी तथा साहित्यिक पाटो केलाउंदै श्रध्दासुमन अर्पण गर्नु भयको सो कार्यक्रममा अनेसासका सल्लाहकार तथा कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले कार्यक्रमको औचित्य र रुपरेखा सुनाउदै सुप्रमा-ईप्रमा पुरस्कारबारे प्रकाश पार्नु भयको थियो।  अनेसासले अविछिन्न रुपमा हरेक वर्ष एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष भने स्व मानन्धरकै कथामा आधारित चलचित्र ‘कैदीको पत्र’का निर्देशक सनम कुमार वैरागले गरेको उत्कृष्ट निर्देशनका लागि पुरस्कृत गरिएको बताउनु भयको थियो।  सो अनेसासको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ तथा संस्थापक बिनोद मानन्धरले निर्देशक वैरागलाई सुप्रमा-ईप्रमा २०२३ नगद पुरुष्कार £२५१ (नगद दुई सय एकाउन्न पाउण्ड) र प्रमाणपत्रले सम्मान गर्नु भयको थियो। संस्थापकका तर्फबाट बिनोद मानन्धरले आफ्ना हजुरबुबा र बुबाका नाममा स्थापित सो पुरस्कार अनेसासले अविछिन्न रुपमा संयोजन गरिदिएकोमा तथा आफ्नो बुबाले लेखेको कथामा चलचित्र निर्देशक वैरागले उत्कृष्ट निर्देशन गरि पुरस्कृत भएकोमा आभार ब्यक्त गर्दै बधाई दिएका थिए।  उपाध्यक्ष माया गुरुङको बालगीत संग्रह ‘बाको जुत्ता’ प्रमुख तथा विशेष अतिथिहरुद्वारा लोकार्पण गरी एको कार्यक्रममा डा संगीता स्वेच्छा,वासु शर्मा,एकेन्द्र गुरुङ,दुर्गा प्रसाद पोख्रेल,ओमकार अधिकारी,डा रुपक श्रेष्ठ,गंगा भन्डारी,प्रतिमा केसी,माया गुरुङ,राज श्रेष्ठ, रबिन्द्र जोशी,लय प्रसाईं,ध्रुब के सी,निर्मला न्यौपाने,अर्चना गुरुङ,भोज बराल,रेखा खरेल, जीत बुढाथोकी,समृध्दि पोख्रेल,संस्कृति पोख्रेल, साहित्यकार गुप्त बहादुर श्रेष्ठ तथा कुमार केसीले आ-आफ्ना रचना वाचन गरेका थिए।

मिडलैन्ड क्रिकेट लिगको फाइनल यही अगस्ट ७ गते सोमवार हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाजको संयोजनमा हरेक बर्ष आयोजना गरिने मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल तथा समापन यही अगस्ट ७ गते सोमवार गरिनदैछ।मिडलैन्ड नेप्लिज  क्रिकेट लिंगका संस्थापक एवं साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाका अनुसार मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइलनलमा नटिङगमको समूह ‘नटिङगम गोर्खा’ र लेस्टरको समूह ‘गोर्खा टाइगर’ पुगेका छन्। अगस्त ७ तारिक सोमबारका दिन लेस्टरको लफब्रोमा उक्त फाइनल खेल हुने छ। २०१९ देखि निरन्तर रुपमा हुँदै आएको उक्त प्रतियोगितात्मक खेलमा नटिङगम,बर्मिङगम, लेस्टर,पिटरब्रो लगायतका स्थानबाट प्रतियोगी समूहहरुले भाग लिएका थिए। फाइनल खेललाई भब्य रुपमा सम्पन्न गर्नको लागि अयोजकले ब्यापक तयारी गरीरहेका छन। खेल संयोजक दिपक सापकोटाका अनुसार ५ वर्ष देखि निरन्तर रुपमा कडा मेहनतका साथ लिगको आयोजना र ब्यवस्थापन भएका कारण बेलायतका नेपालीहरुमा पनि यो प्रतियोगिताको निकै चर्चा हुने गरेको छ। नेपाली युवाहरुलाई पनि खेल प्रति आकर्षित गराउनु र भविश्यमा खेलबाट पनि नेपालीहरुको पहिचान बनाउने उद्धेष्य रहेको मिडलैन्ड नेप्लिज क्रिकेट लिगको उदघाटन २०१९ मा तत्कालिन राजदुत दुर्गा वहादुर सुवेदीले  गर्नु भएको थियो।

एनआरएनए युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने

शीतलपाटीन्युज डटकम। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा युरोप संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन्। उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन्। सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन्। प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन्। उनले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा उम्मेदवारी घोषणा गरे पछि अन्तिम समयमा सहमतिको लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता गरेकी थिइन्। सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन्। उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन्।

एनआरएनए केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ

GNNNews- काठमाडौँ - गैरआवासीय नेपाली संघभित्र समन्वयकारी भूमिका निर्वाह गर्दै आएका  महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ उम्मेद्वारी घोषणा गर्दैछन्।'२०२३–०२५' कार्यकालकोलागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेका हुन्। एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौं हुँदैछ। उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनहरुले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने नेतृत्वको रुपमा चिन्छन्। श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन्। उनले आफ्नो रणनीतिलाई कार्यान्वयन  गर्न २५ वटा  कार्ययोजना समेत बनाएका छन्। आगामी कार्यकाल भित्रै पूरा गर्न सक्नेगरी उनले योजना समेटेका छन्। एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचित छन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकरात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नकोलागि अध्यक्षमा उम्मेद्वारी प्रस्तुत गर्न लागेको उनले बताए।   विश्वका विभिन्न ठाउँमा छरिका पुराना र नयाँ सबै एनआरएनहरुलाई  जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्। ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघिबढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठले भने,‘गफ लगाउने कुरामा म विश्वास गर्दिन। मैले  परिणाममुखी काम गरेर देखाउने छु।’ कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर  सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नकोलागि उनले महत्वपूर्ण  भुमिका निर्वाह गरेका थिए। ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजु देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले आफ्नो अध्ययन र व्यावसायिक अनुभवको आधारमा  एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसाले। आफ्नो व्यवसायमा सफल श्रेष्ठले  एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रुपमा बाह्य अडिटगर्ने सिस्टम बसाल्नमा उनले महत्वपूर्ण भूमिका खेलेका छन्। श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको

पर्वत भुक देउरालीका ललित गुरुड्गका छोरा निश्चल लण्डनमा चार्टर्ड टेक्स एकाउन्टिड्ग पास भयकोमा हर्षित

शीतलपाटीन्युज डटकम। लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो। पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए।सन २००७ मा लण्डन पसेका निश्चलको प्राईमरी र सेकेन्डरी स्कुल रेडिड्गमा भयो।A लेवल हेनेली कलेज रेडिड्गबाट पास गरेका उनले ग्राजुयसन कभेन्ट्री युनिभर्सीटीबाट पास गरेका थिए। समाज गतिशिल छ। गतिशिल समाजमा आफ्ना छोराछोरीको शिक्षा र प्रगतिमा रमाउने आमाबाबाहरु धेरै छन्। यहा पनि यस्तै छोराको प्रगति र  पढाइमा राम्रो रीजल्ट ल्याएकोमा पिता ललित गुरुड्ग र आमा कमला थापा गुरुड्ग रमाउनु भयको समाचार शीतलपाटीन्युजमा प्राप्त भयको छ। नेपाल भुपरिबेष्ठीत देश दुर्गम पहाडी जिल्ला पर्वत भुक देउराली पिताका दिन बितेको भएपनि समय र बेटर अपरचुनिटी प्राप्त भयका कारण यो शिक्षा हासिल गर्न सफल भएको निश्चलले बताएका छन। उनले अरु थप्दै भाई नितन गुरुड्ग,पिता ललित गुरुड्ग र माता कमलाको देन मेरा लागि बरदान नै थियो भनेका छन।पिता तर्फका बाजे लामा देविरास गुरुङ बजै राज कुमारी गुरुङ र आमा पट्टीको बाजे स्वर्गीय सुर्ज बहादुर थापा र देबिसरा थापाबाट बाल्यकालमा पाएको मायाले आज यो शिक्षा पाएकोमा खुसी ब्यक्त गरेका छन। रेडिड्ग बिजीनेस पार्कको एकाउन्टीड्ग अफिसमा अन द जब ट्रेनिड्ग र अध्ययन गरेका निश्चल चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेका छन। निश्चललाई चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेकोमा हार्दिक बधाई।

एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिदै

सुरेश कोईराला, अमेरीका। एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन्। यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन्। विशेष स्रोतका अनुसार उनले आफ्नो चुनावी गतिविधि तिव्र पारिरहेको बताइएको छ। लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन्। पन्थ एनआरएनएका विभिन्न अभियानमा समेत महत्वपूर्ण जिम्मेबारीमा रहदै आएका छन्। केही समय पहिले एनसीसी अमेरिकाले खरिद गरेको आफ्नै भवन खरिदका लागि रकम संकलन अभियानमा उनि संयोजक पनि रहेका थिए। उनलाई सुरुवाती समयबाट नै अर्को कार्यकालको अध्यक्षका रुपमा हेर्नेहरुको संख्या बाक्लै रहेको पाईन्छ। अमेरिकामा मात्र नभई नेपालका विभिन्न जिल्लामा व्यक्तीगत र संस्थागत सहयोग गर्दै आएका पन्थको मत मेरिल्याण्ड लागाएत अन्य राज्यमा पनि उनको प्रभाव बलियो छ । निवर्तमान उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएका उनका मतदातासंख्या पनि लगातारको २ पदिय कार्यकालको सफलताका कारण यस पटक बढ्ने देखिन्छ। उनि बरिष्ठ उपाध्यक्ष पदमा विजयी हुँदा वेष्ट क्षेत्रबाट नै सबैभन्दा बढि मत ल्याएर विजयी भएकाले पनि उनको सामाजिक लोकप्रियता बलियो देखिन्छ। एनआरएनए आइसीसीको सचिवमा पन्तको उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।

वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमद्वारा उत्पादित नेपाल पर्यटन अभियान अङ्कियदृश्य (भिडियो)हरू प्रदर्शन गरी पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरेको थियो। अमेरिकाको प्रसिद्ध पिबिसी च्यानलको साथै स्टेलर इन्फ्लुइन्सर क्याम्पेन मार्फत जुन दुबै युएसएआइडि र नेपाल पर्यटन बोर्डद्वारा प्रायोजित थिए।उद्घाटन कार्यक्रममा बोल्दै राजदूत श्रीधर खत्रीले नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीलाई धन्यवाद दिए ।विशेष गरी, उनले नेपाल पर्यटन अभियानलाई प्रायोजन गरेकोमा नेपालका लागि युएसएआईडी मिसनलाई धन्यवाद दिए। उनले पीबीएस अङ्कियदृश्य (भिडियो)का निर्माताडेनिस होली र ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमका उनको टोली र स्टेलरकावाजुल साजाकस र यसमा संलग्न १० प्रभावकारीहरूलाई उनीहरूको कडा परिश्रम र उत्कृष्ट कलात्मक र प्राविधिकको लागि धन्यवाद पनि दिए।नेपाल सधैं मनमोहक प्रकृति,धनी र विविध संस्कृतिका लागि परिचित रहेको उल्लेख गर्दै राजदुत खत्रीले आज नेपाल एक जीवन्त लोकतन्त्र र ऊर्जा, पर्यटन,कृषिलगायतका क्षेत्रलगायत बाह्य विश्वसँग व्यापारका लागि खुला अर्थतन्त्र भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता युएसएआईडीको विकास प्राथमिकतामा केन्द्रित भइन्। उनले एनटीबी सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियानको सफलतामा खुशी व्यक्त गरिन्। उनले नेपालस्थित दूतावास, एनटीबी र अन्य सरकारी निकायहरूसँग संयुक्त राज्य अमेरिकाभरका पीबीएस च्यानलहरूमा जुन महिनादेखि प्रसारण भइरहेका कार्यक्रमहरूको पाँच भागका अङ्किय दृश्य (भिडियो)हरू निर्माण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन्। उनले नेपालको विकासमा अमेरिकी सहयोग आगामी दिनमा पनि जारी रहने बताइन्। होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) का उप कार्यकारी सहायक निर्देशक प्याट्रिक म्याकएल्वेनले हराएको नेपाली कलाकृतिहरू पुन: प्राप्तिमा आफ्नो अनुभव र प्रतिबद्धताको बारेमा चर्चा गरे। यस वर्षको मे ११ मा डिएसआईले बरामद गरी दूतावासलाई हस्तान्तरण गरेका ४० काठका कलाकृतिहरूमध्ये केहीलाई कार्यक्रममा प्रदर्शनमा राखिएको थियो। पिबिएस च्यानलका कार्यक्रम प्रस्तोता ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले अङ्कियदृश्य (भिडियो)हरूको संक्षिप्त अवलोकन देखाउँदै नेपालमा अङ्कियदृश्य

किरात राई यायोक्खा बेलायतले मनायो यलम्बर स्मृति दिवस भब्य, बिशेष प्रस्तुती“फुलेन्देको आमा”

शीतलपाटीन्युज डटकम। लन्डन। किरात राई यायोक्खा बेलायत संघीय परिषद् सचिवालयले यलम्बर स्मृति दिवस-२०२३ मनाएको छ। २९ जुलाईमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङस्थित आफ्नै भूमिमा विविध कार्यक्रमसहित यलम्बर स्मृति दिवस मनाइएको हो।  किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता सम्पन्न औपचारिक कार्यक्रममा, प्रमुख अतिथिको रुपमा अग्रज पूर्खा रत्न राई रहेका थिए। कार्यक्रमका अतिथिहरुमा गैर आवासीय नेपाली संघ बेलायतका आईसीसी सदस्य तथा पूर्व काउन्सलर प्रवेश केसी,किरात राई यायोक्खा नेपालको पूर्वउपमहासचिव सुवासचन्द्र राई,किरात साम्पाङ राई जुम्लेखा यूकेका अध्यक्ष शिवराम राई, किरात मेवाहाङ याखोम्मा यूकेको अध्यक्ष ध्यानबहादुर राई,किराया बेलायत स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई,किरात राई तायामा खियामा महिला समिति अध्यक्ष रोजी राई,गोर्खा सेक्युरिटी सर्भिसेजका निर्देशक विष्णुबहादुर तामाङ,किराया बेलायतको नाक्छुङ कितावशेर राईलगायत थिए।  सो अवसरमा किरात राई यायोक्खा बेलायतले, कृत्रिम खुट्टाको सहाराले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको थियो भने 'फुलेन्देको आमा' उपनामले परिचित हास्य कलाकार उमेश राईलाई पनि सम्मान गरिएको थियो। यसैगरी समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै थामबहादुर राईलाई फेटा र सम्मानपत्र प्रदान गरिएको थियो।    किरात राई यायोक्खा बेलायतले,प्राचीन नेपालको प्रथम किराती राजा यलम्बरको स्मृतिमा वर्षेनी र निरन्तर 'यलम्बर स्मृति दिवस' मनाउँदै आइरहेको यलम्बर स्मृति दिवस २०२३ को संयोजक तथा उपाध्यक्ष, रि.मे. दिलकुमार राईले बताउनु भयो। यलम्बर स्मृति दिवसको पर्यायकै रुपमा रहेको धनुषबाण प्रतियोगिताको संयोजन उपाध्यक्ष रि.क्या.सुमनचन्द्र राईले गरेका थिए।प्रतियोगिताको साविक विजेता देवीकुमार राई नै यस वर्षको धनुषबाण प्रतियोगिताको विजयी अर्थात् “यलम्बर अफ द ईयर” घोषित भए।  कार्यक्रममा विशेष आकर्षण 'फुलेन्देको आमा'को विशेष हास्यव्यंग्य प्रस्तुति रह्यो भने गायक सुवास राईले विभिन्न नेपाली गीत गाएर मनोरञ्जन गराएका थिए।कार्यक्रम सन्चालन संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव विनोद राईले गरेका थिए।यलम्बर स्मृति दिवस कार्यक्रमको खानपानको सम्पूर्ण व्यवस्थापन, किराया बेलायतको स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरले गरेको थियो।

गलकोट समाज युकेको ७औ बार्षिक कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग र बिभिन्न सामाजीक संस्थाबाट पाल्नु भएका अतिथीहरुलाई कार्यक्रममा उपस्थिती भएर गलकोट समाज युकेको बार्षिक  मनोरन्जन सफल बनाई दिनु भयकोमा धन्यबाद टक्राउनु भयको छ। महासचिव विष्णु चालिसेले सञ्चालन गरेको र गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्गले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको बिज्ञप्तिमा बताइएको छ। ३१ जुलाई २०२३ मा वेष्ट ब्रोमीच बर्मिघंममा आयोजना भयको सो कार्यक्रममा स्बादिष्ट खाना,सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम सहित भब्य सम्पन्न भयको थियो। दिलु गैरेले संचालन गरेको सासंकृतिक कार्यक्रममा गायक जीवन शर्मा,गायीका देवी घर्ती,इश्वर सिह,राजेश बर्देवा,डिजे हेम बिष्ट र स्थानिय कलाकार भाईबहिनी कलाकारहरुको बेजोड प्रस्तुति थियो। कार्यक्रममा आर्थिक सहयोग र बिज्ञापन दिइ सहयोग गर्ने सबैलाई धन्यबाद दिइएको सो कार्यक्रममा गलकोटबासीहरुको उपस्थिती खचाखच थियो। एनआरएन अन्तराष्ट्रिय सदस्य दिलरास गुरुड्ग,तमुधि युके उपाध्यक्ष कमल गुरुड्ग,निवर्तमान अध्यक्ष राजु कडेल,एनआरएनए यूके निवर्तमान उपाध्यक्ष नारायण कंडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी,नेपालबाट आएका पूर्व शिक्षक टिकाराम सापकोटा लगायत नारायण फुयाल,महेश अधिकारी,डासुराम पाण्डे, शीव कडेल उपस्थित रहेको सो कार्यक्रममा उपाध्यक्ष डिलाराम गौतमले शुभकामना र धन्यबाद दिनु भयको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।

नेपालको पर्यटन प्रचार गर्दै “Hike for Nepal in Wales” भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको‘हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ। पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं ‘हाइक फर नेपाल २०२३’ आइतबार३० जुलाई २०२३ मा समापन भयको थियो।तीन दिन लामो कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स आएकाहरु सहभागीहरु क्याम्पिङ साइटको आउटडोर क्याम्पमा बसेका थिए। जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ,लाइभ संगीत, डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिएका थिए। हाइकिङ शुरु हुनुपूर्व २९ जुलाईको बिहान स्थानीय ब्रेकनको क्याम्प साइटमा एउटा स्वागत समारोहको आयोजना गरिएको थियो। सो स्वागत समारोहमा ब्रेकन बरो काउन्सीलका डेपुटी मेयर जोन पावेल, ब्रेकन-धम्पुस ट्विन्ड एशोसिएसन अध्यक्ष डेभिड मेरडिथ,वी विल राइज फाउन्डेसनका अध्यक्ष ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ लगायतले शुभकामना दिएका थिए।पेखरेली मंच युकेको महासचिव जसु गुरुड्गले संचालन गरेको सो कार्यक्रममा स्थानीय बेलायती अतिथिहरुका साथै नेपाली भिलेज यूकेका म्यानेजिङ डाईरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ,मञ्चका पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका वेल बिइङ प्रशिक्षक मास्टर इन्द्र गुरुङ,नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,ब्लगर सपना रोका मगर,पीपल मरगेजका व्यवसायी सूर्य गुरुङ,रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्का लगायतलाई आयोजकले स्वागत गरेका थिए। कार्यक्रमको मुख्य दिन शनिबार ब्रेकन क्याम्पिड्ग साइटबाट “Pen y Fen Hill” पेनी फेन हिलले चिनिने ८८६ मीटर, २९०७ फिटमा रहेको पहाडको सामूहिक हाइकिङ गरिएको थियो। बालकदेखि वृद्धसम्मका सहभागीले नेपाल,बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरु फहराउँदै झन्डै तीन घण्टा लामो मनोरन्जनात्मक हाइकिङ भयको थियो।   पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले ‘हाइक फर नेपाल’ सिंगो नेपालको पर्यटन तथा मौलिक कला,संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेको बताउदै सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आव्हान गरेका थिए। हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास पनि गराएका थिए। Pen y Fen हाइक फर नेपाल इन वयल्स कार्यक्रम सफलतापुर्वक सकिए पछि सहभागीहरुलाई अन्तिम दिन ३० जुलाई आइतबार वेल्समा निर्माण हुँदै गरेको नेपाली भिलेज यूकेको अवलोकन भ्रमण गरिएको थियो।

क्याट यूकेमा कृष्ण तिवारी सर्वसम्मत

GNNNews- लण्डन। चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनले पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ - २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं  अधिवेशनका सभापति तथा २०२१ - २०२३ का  अध्यक्ष रितेशराज पाण्डेले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन पहलका लागि अभ्यास गरिएको थियो। हाल क्याट युकेमा नौ जना ट्रष्टी रहेका छन भने निर्वाचित समिति ले छ जना ट्रष्टी  नियुक्त गर्ने भएको हो। ३० जुलाई आइतबार तमुधि युकेको भवन दि तमु नेप्लिज कम्युनीटि सेन्टरमा सम्पन्न  क्याट युकेको अधिवेशनमा प्रमुख अतिथिमा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ्ग रहेका थिए भने विशेष अतिथि तमुधि युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,यति एशोशिएनका पूर्व अध्यक्ष उमेश मोक्तान,क्याट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ ,एनआरएनए आइसिसी सदस्य सुनिलबाबु खड्का रहेका थिए। त्यसै गरि अतिथिमा एनआरएनए यूकेका कोषाध्यक्ष हेम गुरुङ्ग , नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष सविना श्रेष्ठ लगाएत क्याट यूकेका पूर्व पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनीधिहरु को उपस्थिति रहेको थियो। क्याट यूकेले नवनिर्वाचित एनआरएनए यूकेका पदाधिकारी  र आईसिसी सदस्यलाई सम्मान गरेको थियो।  क्याट यूकेका अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षता सम्पन कार्यक्रममा संस्थाकै महासचिव रमेश श्रेष्ठले २०२१ - २०२३ को प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष डा.सुरज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।  प्रतिकुल मौसमका वावजुद पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति माझ  क्याट यूकेको  १० औं अधिवेशन तथा १८ औं बार्षिकत्सोव भव्य रुपमा सम्पन भएको थियो।

संसद बाहिर सर्वदलीय संसदीय समिति,भूपू गोर्खाका माग सदनमा उठाइने  

शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्‍मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संयोजक र नेकपा एमालेका सांसद एलपि साँवा लिम्बू सहसंयोजक रहेको ‘सर्वदलीय संसदीय समिति’ गठन गरिएको छ । समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, राप्रपाबाट धवलशम्शेर राणा र ध्रुवबहादुर प्रधान, नेकपा माओवादी केन्द्रकी दुर्गा राई, नेपाली काँग्रेसकी सीताकुमारी राना, जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेपाली काँग्रेसका सांसद खमबहादुर गर्बुजा रहेका छन्। सर्वदलीय संसदीय समितिको सल्लाहकारमा पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, एनआरएन युकेको अध्यक्ष प्रेम गाहामगर र पूर्वसभासदद्वय दिब्यमणि राजभण्डारी छन्। समितिको सदस्य सचिवमा सुनमान तामाङ र सचिवालय सञ्चालन एलबि घिसिङलाई सलाहकारमा चयन गरेको छ। कार्यक्रममा संघर्ष समितिका सल्लाहकार एलबि घिसिङले नेपालमा नेपालीहरुको गोर्खा पल्टनमा प्रवेशको विगत देखि वर्तमनसम्मको अवस्थाका बारेमा एक जानकारी पत्र प्रस्तुत गरेका थिए। घिसिङका अनुसार गोर्खा ब्रिगेडको प्रारम्भ सन् १८१५ मे १३ मा भएको हो। १८१५ देखि १९४७ सम्म करिब ८ लाख र त्यस यताका वर्षहरुमा करिब २ लाख नेपाली युवाहरु गोर्खा पल्टनमा भर्ती भएको तथ्यांक प्रस्तुत गरेका थिए। (गोर्खामिडीयाबाट साभार)

यसपाली को world Cup कसले जित्ला?