शीतलपाटीन्युज डटकम। लन्डन। टंक शेरचनले "आफ्नै जीवन" नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । उहाले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्नु भयको हो। यो आफ्नै जीवनको भिडियो मार्फत दर्शक स्रोताको माया पाउने आशा व्यक्त गर्नु भयको छ। गायिका दीपा लामाको सुरिलो स्वर रहेको गीतमा गीत रचना र संगीत टंक शेरचन कै रहेको छ। सन् १९८६ मा हङ्गकङ्गको नोकरीमा रहँदा पहिलो सृजना केही महिना पहिले गायक आनन्द कार्कीको स्वरमा सार्वजनिक गरेका शेरचनले फेरि अर्को सिर्जना दीपा लामाको स्वरमा सार्वजनिक गरेका छन। म्युजिक भिडीयो-
पुर्ण गुरुड्ग, लन्डन। गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। उनी गत शनिबार २२ जुलाईका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचन एवं एनआरएनए यूकेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका हुन्। आज सो टीमलाई निर्वाचन संयोजक चिरन्जीबी ढकालले पद र गोपनियताको सपथ खुलाउनु भयको थियो। तमूधिं यूकेका निवर्तमान अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुदै आएका सामाजिक अभियन्ता हुन्। यस अघि एनआरएनए यूकेको कार्यसमितिका सदस्यको भूमिकामा रहेका गुरुङ आगामी २ बर्षे कार्यकालका लागि चयन भएका हुन्। यसअघि एनआरएनए यूकेका उपाध्यक्षको भूमिकामा रहेका डा.नारायण कंडेल र आईसीसी सदस्य दिनेश घिमिरेसंग प्रतिस्पर्धा उत्रिएका गुरुङले १४७९ मत ल्याई विजय बनेका हुन् । त्यस्तै, उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कंडेल,इन्दीरा खानिया सपना (महिला),लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स),मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन्। साथै सचिवमा तिलक भट्टराई र सरोज थापा,महिला सचिवमा प्रतिभा न्यौपाने,कोषाध्यक्षमा बिष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ,युथ कोर्डिनेटरमा सुदीप शाही,महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन्। साथै,सदस्यहरुमा नारायण गिरी, विनिता बस्नेत,मानबहादुर राई,सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा,मोहनलाल ओली निर्वाचित भएका छन्। त्यस्तै,नर्दनआयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्षमा बल बहादुर थापा,वेल्सको अध्यक्षमा, विभुषण श्रेष्ठ, स्कटल्याण्डको अध्यक्षमा दिवाकर पाण्डे र इन्ल्याण्डको अध्यक्षमा शम्भूप्रसाद अर्याल चयन भएका छन्। उनीहरुलाई एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधी सापकोटालगायतले बधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए। साथै, एनआरएनए आईसीसी सदस्यमा लेप्टन चन्द्र बहादुर गुरुङ, डिलरास गुरुङ, सुनिलबाबु खड्का र बिष्णु चालिसे चयन भएका छन् । उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का,अध्यक्षका प्रतिस्पर्धी डा.नारायण कंडेल,दिनेश घिमिरे,प्रवासी नेपाली संघ युकेका अध्यक्ष तुङ्गाभद्र भुषाल,एनपीसीसी अध्यक्ष युवराज गुरुङ,आईसीसी सदस्य राजेन्द्र पुडासैनी,मिडिया संयोजक चिरन शर्मा,युरोप उपसंयोजक दयानिधी सापकोटा,आईसीसी उपमहासचिव रामशरण सिंखडा,उपाध्यक्ष डा. हेमराज शर्मा,अध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष गुरुङलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए। उक्त घोषणासभामा नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले निर्वाचन समिति,मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद
शीतलपाटीन्युज डटबम। लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। शनिबार मध्यरातमा सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष हुन्। उनका प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी ‘भेरो’ ले घोषणा गरेको हो। त्यस्तै स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी भए । दुई उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् । उपाध्यक्ष निर्वाचित रविन्द्र कँडेलले १४५६ र सुरेश परियारले १३१२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रतिष्पर्धी ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ र अमन गौचनले ४२९ मत ल्याएर पराजित भएका छन् । स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्रीले १६१५ मत ल्याएर विजयी भए भने उनीसंग पराजित राम बगालेले १५३० मत ल्याए। महासचिवमा गोविन्द शर्मा खरेलले १५८१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी बालकृष्ण भुषालले १५३७ मत ल्याए। Gandak GandakPaper work त्यसैगरी, सह-कोषाध्यक्षमा हेमकुमार गुरुङ र युवा संयोजकमा सुजित शाही निर्वाचित भए। सह-कोषाध्यक्ष विजयी गुरुङले १८७५ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी सुमन शर्माले १४३८ मत ल्याए । युवा संयोजकमा सुजित शाहीले १५७२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी वीरेन्द्र नेपालले १३५४ मत ल्याए। आइसीसी सदस्यहरुमा चन्द्र गुरुङ, सुनिलबाबु खड्का, विष्णु चालिसे र दिलरस गुरुङ निर्वाचित भएका छन् । दिलरस गुरुङले १८६३, सुनिलबाबु खड्का १६९८, चन्द्र गुरुङ १६९० र विष्णु चालिसेले १६४३ मत ल्याएर विजयी भएका छन्। आइसीसी पराजित उम्मेदवारद्वय मोहन कार्की र डा. सुनिल साहले क्रमशः १३१२ र ९०५ मत ल्याए। इंग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा शम्भुप्रसाद अर्याल १५५५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सन्तोषकुमार सुवेदी ८५८ मत मात्र ल्याएर हार बेहोरे। स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा दिवाकर पाण्डेले २४५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी उज्ववल कार्की ५ मतको झिनो अन्तर २४० मतसहित पराजित भए। एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मत खसेको
शीतलपाटीन्युज डटकम। लन्डन। प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ। अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन्। ८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ। सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षका ४ हजार एक ८३ सदस्य संख्या रहंदा गाहामगर समूहले झण्डै ५ गुणाबढी सदस्यता वितरण गरेको हो। गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको थियो। २२ जुलाई राती १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि गाहामगरले जनाए। गत जुन १५ देखि अनलाइन सदस्यता खुल्ला गरिएको थियो । बेलायतमा दुई समानान्तर एनआरएनए रहंदा गाहामगरले कठिन परिस्थितिबीच दुई वर्षे कार्यकालमा आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन्। अध्यक्ष गाहामगरले अब २० हजार सदस्यहरुका साथ नेपाल सरकारसंग वंशजको नेपाली नागरिकता निरन्तरता अभियान सशक्त रुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।
पुस्तक विवेचना झर्न त झरेकै हुन्छ दिनउँ मुस्कान् खोज्दै ऑसु सफूतयगु सफू भित्र कोमल सुरेशजंग शाह झीगु अटल विश्वास दु । थुकिइ ख्वबि मदु छायकि थ्व ख्वयेम्वा: थ्वया छुं धायेगु मदु छाय् कि थ्व गुबले त्वा:दलेम्वा: (मित्रता) हाम्रो अटल विश्वास छ यसको आँसु छैन यसले रुनु पर्दैन यसको कुनै गुनासो छैन किनकि यसले कहिल्यै टुट्नु पर्दैन । (मित्रता कविताबाट उद्धृत) यी उद्धृत पङ्क्तिहरूमा मित्रताको प्रसङ्गमा कवि कोमलले अत्यन्त सटिक आत्मिय भाव प्रस्टाएका छन्। वास्तवमा विश्वासको जगमा नै मित्रता टिकेको हुन्छ र मित्रताको जगमा नै सबै प्रकारका सम्बन्धहरू टिकेका हुन्छन्। जब सम्म मित्रतामा विश्वासको दरार आउँदैन तव सम्म मित्रतामा रुनु पर्ने र टुट्नु पर्ने अवस्था कहिले पनि आउन सक्दैन । यो सास्वत सत्य हो। यही कुरा कोमलले बढो मिठास भरेर मित्रता कवितामा पस्केका छन्। सबैका लागि बढो मनन् योग्य प्रसङ्ग रहेकोले मैले पनि पुस्तक विवेचनाको आरम्भमा नै उद्धृत गर्न चाहेँ 'सफूतयगु सफू' कविता सङ्ग्रह भित्रबाट। बालकाल देखि काठमाडौमा हुर्केबढेकोले मलाई नेवारी संस्कृति, नेवारी खाना,गीतसङ्गीत, पहिरन सारै मन पर्छ र नेपाल भाषा धेरथोर बुज्छु पनि । यो सबै श्रेय मेरा बालकालका अति मिल्ने प्रिय साथी काभ्रे पनौतीका स्व.रमेश सैँजुलाई नै छ । उनले शब्दहरू सिकाए, संस्कृतिसँग परिचित गराए। उनीसँगको सरसङ्गत र उनको घर परिवारसँगँ आवतजावत, खानपिन, उठवसले मेरो बाल हृदयमा नेवारी संस्कृति र भाषा प्रति गहिरो ममता र प्रभाव रहेको छ। म आफूलाई यो संस्कार र संस्कृति भन्दा अलग पाउँदिन। यति हुँदा
शीतलपाटीन्युज डटकम। लण्डन।३८ बर्ष अघि नेपालबाट हरायको प्राचिन मुर्ति बेलायतमा फेला परेकोले नेपाल सरकारलाई फिर्ता पठाइने भयको समाचार छ। ११औ शताब्दीमा निर्मित खरानीरंगको चुन ढुड्गाको सुर्य मुर्ति लण्डनस्थित नेपाली राजदुताताबासले बिहीबार नेपाल पठाएको कुरा एक बिज्ञप्ति मार्फत शीतलपाटीन्युजलाई जानकारी प्राप्त भयको छ।यो मुर्ति बेलायतकै एक संग्रहकर्ताले नेपाली राजदुताबास लण्डनमा पुगी हस्तान्तरण गरेका थिए।कलाकार लैनसिंह बाड्गदेल “स्टोलन इमेजेज अफ नेपाल”मा सुचीबध्द यो मुर्ति सन् १९८५ मा पाटनबाट हराएको अनुमान छ। नुर्ति ७९ सेमी अग्लो र ४९ सेमी लामो तथा १५ सेमी चौडा छ भने ४१ केजी तौलको छ। फिर्ता गरिएको मुर्ति पुरातत्व विभाग मार्फत पुरानै स्थानमा पुनर्स्थापना गरिने नेपाली राजदुताबास लण्डनले जनाएको छ।मुर्ति भेटीनु र नेपाल फिर्ता पठाउन पाउनु हरायका सास्कृतिक सम्पदाहरुको पुनस्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुगेको नेपाली राजदुताको ठम्याइ छ। बिज्ञप्ति समेत-
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” को प्रतिभा प्रस्तुतिका लागी आवेदन खुल्ला भएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम प्रतिभा नक्षत्र यही २६ अगस्टमा लन्डन प्लमस्टिडको एशियन कम्यूनिटी सेन्टरमा आयोजना हुने आयोजकले बताउनु भयको छ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिनसक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको हो। प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा,कला र संस्कृतिको जानकारी दिने तथा उनीह्ररुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्ने गरिएको भन्नु भयको छ। नेपाली गीत,संगीत,नृत्य,कला,साहित्य,चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन। उहाका अनुसार नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा,कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिने छ । सो अवसरमा विभिन्न नेपाली परिकारका खानाहरु, नेपाली खेल चङ्गा उडाउने र साहित्यिक सामग्रीहरुको बाचन गर्ने कार्यक्रम राखिने गरेको कुरा जनाउनु भएको छ। नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ।युथ नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हु्नेलाई क्रमशः ६ सय पाउण्ड, ५ सय पाउण्ड र ४ सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हुनेले पनि क्रमशः४ सय,३ सय र २ सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। बाल समूह अन्र्तगत ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिका र युथ अन्र्तगत ११ देखी १९ वर्षका यूवाले भाग लिन सक्नेछन। चार वर्षदेखि नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ।यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टलहरु राखिने तयारी भइरहेको छ। (डेमो खवर)
शीतलपाटीन्युज डटकम। लन्डन। सातौं संस्करणको पिपल गल्फ च्याम्पियनसिप २०२३ मा मिलन सारु ग्रस वीनर तथा हुम राना नेट वीनर बनेर च्याम्पियनसीप भब्य सम्पन्न भयको छ। गोर्खा गल्फ सोसाइटी (युके) को आयोजनामा पाइने रिज गल्फ कोर्समा भएको प्रतियोगितामा डिभिजन ए,डिभिजन बि र डिभिजन सि क्याटागोरीमा खेलाइएको थियो। तीमध्ये डिभिजन एको विजेता रोशन राई बने। फस्ट रनर अप रुद्र खड्का र सेकेन्ड रनर अप सन्तोष गुरुङ घोषित भए। यस्तै, डिभिजन बी अन्तर्गत आकाश लिम्बु विजेता हुँदा बेलबहादुर गुरुङ फस्ट रनर अप र सनराइज गुरुङ सेकेन्ड रनर अप बन्न सफल भए। डिभिजन सि को वीनर सुविन थेवे घोषित भए। उक्त डिभिजनमा आशबहादुर गुरुङ र जगत गुरुङ क्रमशः फस्ट रनर अप र सेकेण्ड रनर अप बने। प्रतियोगिता सफलरुपमा सम्पन्न भएकोमा आयोजकले सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी वर्ष आठौं संस्करणमा भेट्ने प्रतिबद्धता जनाएको छ। (श्रोत-गोर्खा मिडीया)
प्रकृति खरेल, तिमीसंगको पहिलो भेट छर्छरे नदीको किनारमा चिसो पानीको कलकल प्रवाह संगै यौटा मधुर बिहानीमा भएको थियो, र मैले भनेकि थिएँ - कोहीसंग मिलन हुन जिन्दगीमा ब्याकरण मिल्नुपर्ने रहेनछ ! रेल भन्दा लामा दुःख बिर्सिएर जयनगरको रेलको अन्तिम डिब्बामा बसेर खट-खट खट-खट खट-खट आवाजसंगै कति सुनाउँदा नसुनाउँदै कति सुन्दै नसुनेर शुरू गरेका थियौँ यौटा कहानी झ्यालको सिसामा आफ्नो अनुहार देखाउँदै तिमीले कत्ति सजिलै भनेको थियौ - हेर त कति हसिलो छ तिम्रो चेहरा ! मैले जवाफ तिम्रो आँखामा पहिलोपटक प्रेमको स्पर्श गरेको थिएँ घरिघरि समीरको चिसो झोक्काले म छेउँ सुमसुम्याउन आउने तिम्रो रेसमी केशले म भुतुक्क हुन्थेँ - तिमी झनै लजाउँथ्यौ मानौ भर्खर भर्खर लालुपाते फक्रिएको छ। मेरो आँखाको चस्मा निकालेर तराइको फाँटको उँखुबारीलाई देखाउँदै, यौटी बच्चीले जस्तै मेरो कानमा खुसुक्क भनेको - “विकल्प, यहीँ रमाउँला देश छाडेर कही नजानू” भर्खर सुनाए झैँ कान समाउन पुग्छु । मलाई अलिकति हतार थियो जिन्दगी संग तर हतार छ भन्नै सकिन, हतार छ भन्नु तिमीलाई छोड्नु जस्तै थियो । त्यसैले चुपचाप चुपचाप तिमी संगै हिँडिरहेँ रेलले लिकमा गुडे जस्तै गरी ! एकाबिहानै खबर सुनेँ - जनकपुर जयनगर रेल बन्द भो, मन चिसो भो तताउने साथी भनेका यादका टुक्रा रहेछन् यादकै तातोमा मन ओसिलो पारेँ राखेँ सम्झनामा तिमीसंगको पहिलो यात्रा सोँचे - जिन्दगीको जोड घटाउमा एकदिन मान्छेले पनि बाटोमै रोकिनु पर्नेछ तर आसाको गाँठो दह्रो पारेर बाधेँ रेल नचले पनि रोकिने छैन तिमी संगको यात्रा कुनै कथाको अनुच्छेद जस्तो कुनै कविताको हरफ जस्तो रहेनछ मान्छेको जिन्दगी जसलाई चाहे जस्तो शब्द फेर्न मिलोस् भाव बदल्न मिलोस् कहीँ ह्रस्व बनाउन सकियोस् कहीँ दीर्घ बनाउन मिलोस् आज तिमीले पहिलो चोटी पत्र पठाएको छौं पहाडी गाउँको मेरै ठेगानामा पत्र खोलेर पढदै छु मलाई अहिले पनि बिस्वास छैन तिमीले पत्र लेख्छ्यौ भनेर र लेखे पनि पठाउन सक्छ्यौ भन्नेमा तर पत्याउन मञ्जूर छु चिठी हातमा परेको छ लेखेको छौं सङ्लो बग्दैन तिमीले नाम राखेको छर्छरे खोला चर्किएर - मात्रै फुट्न बाँकी छ तिमीले देशको नक्सा बनाएर छाडेको ढुंगा तिमीले र मैले संगै तस्बिर खिचाएको धाँनको फाँटमा रोप्न पाएनन् यो बर्ष नेपालीले धान त्यो फाँट छिमेकीले आफ्नो बनायो र संगै यो पत्र लेख्ने मान्छे पनि ।
बासुदेव सापकोटा (धादिंगे) खोज्छु अपनत्व तर भेटिन्न खोजाइको के अर्थ भोर शुख र दुःखमा जैले खोज्छु आफ्नाको साथ तर त्यो अर्थहिन साथको खै के अर्थ भोर पैसामा खोजिन्छ आफ्नोपन रगत र भाबनामा हैन रेछ बनावटि आफन्तपन जस्तो देखावटिमा आफ्नोपन हुन्छ कृत्रिम अभिनय हाबि हुन्छ कठै बरको शब्दमा सिमित छ न मायाको भान भेटिन्छ न आफन्तपनको छनक नै लाग्छ आफ्नाले आजभोलि ब्यबहारमा पराइ पन झल्काए मुटु पनि फलामको पाएकि ढुंगा या पत्थरको पो हालेकि हाॅसोमा फिकापन मिसिएको बोलिमा नाटकिय पन लुकेको खै के केको अनुभुति हुन्छ हुन्छ आफन्तमा आफ्नोपन हरायो माया ममताको गन्ध हरायो बिचरा प्रकृति पनि खुशि छैनन् हॅास्नु पर्ने बेलामा धुम्म पर्छिन् तर आफ्नो कर्तब्य पुरा गर्छिन् छैनन् स्वार्थि उनि मनुस्य जस्तो मनुस्यको स्वार्थ खै कस्तो कस्तो
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। “१०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ,” खड्काले भने। विभागले पौडेलको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको खड्काले बताए। गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गेट पास भएर आएको करीब १०० किलो सुन बरामद गरिएको थियो। विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। हङकङबाट ल्याइएको सुन कसको हो भन्ने खुलेको छैन। यसमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। अनुसन्धान जारी रहेको विभागले जनाएको छ। यति ठूलो मात्रामा सुन कसरी पास भयो भन्ने छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको हो। समितिले यसमा भन्सारका कर्मचारीको संलग्नताबारे पनि छानबिन गर्ने जनाइएको छ। हिमालखवर- (https://www.himalkhabar.com/news/137108)
शीतलपाटीन्युज डटकम। लन्डन। भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ र साइकोलोजी काउन्सलर,मास्टर हिलर राजी श्रेष्ठ गुरुङ बेलायत आइपुगेका छन्। वी विल राईज फाउन्डेसनको निमन्त्रणामा गुरुङद्वय बुधबर १९ जुलाई २०२३ का दिन बेलायत आइ पुगेको हो। गुरुङ जोडीको सम्मानका लागि नेपाली भिलेजका ईभेन्ट्स डाइरेक्टर तथा वी विल राईज फाउन्डेसन बेलायतका कोअर्डिनेटर मानप्रसाद गुरुङले गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा बुधबार स्वागत भेटघाट र डिनरको कार्यक्रम आयोजना गर्नु भएको थियो। सो स्वागत कार्यक्रममा ६ पटक युके लाटे आर्ट च्याम्पियन धन तामाङ,ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ,गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष एवं गोर्खा प्यालेसका सञ्चालक सूर्य गुरुङ,नेपाल भिलेज युकेका डाइरेक्टर पवित्र गुरुङ,काउन्सीलर धनबहादुर सार्की,हाम्रो स्वाभिमान ट्रष्ट युकेका अध्यक्ष रोहित गुरुङ,फोटोग्राफर ईजरा श्रेष्ठ र ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका पीआर प्रकाश गुरुङको सहभागिता थियो। आगामी जुलाईको २१ देखि २३ सम्म ऐक्ज्युकेटिभ रिट्रिट,२६ जुलाईदेखि ३० जुलाई हाईक फर नेपाल इन वयल्सका साथै आकश नेचर वाक फर वेल्नेस र लिमिट्लेस युथ ट्रान्सफर्मेसनको कार्यक्रम इन्द्र र राजी गुरुङले वेल्समा गराउने जानकारी आयोजक मानप्रसाद गुरुङले जानकारी दिनु भयको छ। उहाका अनुसार कार्यक्रममा मिडिया र ब्लगर सपना रोकाको पनि उपस्थिति रहनेछ। यी सबै कार्यक्रम पोखरेली मञ्च युके र वी विल राईज फाउन्डेसनको सक्रियता हुन लागेको हो।गत अप्रिल महिनामा पनि उहाहरु ग्रेटर रसमुर नेपाली कम्युनिटीको निम्तोमा बेलायत आएर नेचर वक, लाइफ ट्रान्सफर्मेसन रिट्रिट र धेरै जनालाई हिलिङ गराएर नेपाल फर्कनु भयको थियो। (फोटो-गोर्खा मिडीया)
सुरेश कोईराला, बाल्टीमोर, अमेरिका। रमा खतिवडाले एनआरएन एनसीसी अमेरिकाको तर्फबाट महिला तथा युवा सशक्तिकरणका लागि उम्मेद्वारी दिनु भएको छ। एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी रमाले आफूले अझैं योगदान दिनु जरुरी रहेकाले प्रतिस्पर्धामा उत्रिएको बताउनु भएको छ। उम्मेद्वारी पछि एक प्रेस विज्ञप्ती जारी गर्दै रमाले भन्नु भएको छ,‘महिलाका रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा,युवा र महिला सशक्तिकरण नै थियो। एनआरएनको आगामी निर्वाचनमा निर्वाचित भएको खण्डमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु।’ ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु’ रमाले भन्नु भयो। रमाले महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन,महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। महिला सक्षमता प्रदर्शन गर्न तथा नेतृत्वका लागि तयार छन् भनेर प्रमाणित गर्न पनि आफूले उम्मेद्वारी दिएको रमाको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो। रमा विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनकोलागी सञ्चालक समितिको महिला तर्फ अर्थात(बोर्ड अफ डाइरेक्टर)पदका लागी रमा खतिवडा प्याकुरेलले उमेदवारी दिनु भएको हो। सामाजिक सञ्जालमा मार्फत रमाले आफ्नो उमेदवारी र धारणाहरु सार्वजनिक गर्दै आउनु भएको छ। एनआरएनएका हरेक तहमा अबको नेतृत्वले स्पस्ट भिजन र कार्यदिशा बोक्न, एनआरएनएको बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा गर्न अत्यावश्यक रहेको भन्दै रमाले आफुले पनि बोर्ड अफ डाइरेक्टरको महिलातर्फको पदमा उमेदवारी दिएको बताउनु भयो।
सुरेश कोईराला, गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् । सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा नेपाली समुदायसँ चिर परिचित सुवेदीले आफ्नो ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्निया स्टेट युनिभर्सिटी लस एन्जलसमा गरेका थिए। उनी विगत १३ वर्षदेखि आईटी क्षेत्रमा काम गर्दै आएका छन् । अमेरिकामा विशेष गरी युवा वर्गलाई समेटेर हरेक वर्ष हुने नेपलिज अमेरिकन कन्भेन्सनको नेतृत्व सुवेदीले गर्दै आएका छन्। उनको एफ वान ग्रुपले विद्यार्थीहरुलाई छात्रवृति पनि दिँदै आएको थियो भने सुवेदी आफैँले २०७२ सालको भूकम्पमा नेपालमा करिब एक महिना राहत सामग्री बाढ्दै सहयोगका कामहरु गरेका थिए। सुवेदीले गोर्खाको तत्कालित तान्द्रंग गाविसमा भुकम्पले भत्किएको विद्यालय भवन पुनः निर्माण गरेका थिए।
सुरेश कोइराला, बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उमेदवार डिलुराम पराजुलीले अमेरिकाभर छरिएर रहेका नेपालीलाई एउटै संस्थामा आवद्ध गराउनेदेखि रोजगारी तथा नवप्रवद्र्धन कामका लागि अघि बढ्ने अठोट लिएर बताउँनु भएको छ। एनआरएनएलाई पारदर्शी, जवाफदेही तथा उत्तरदायित्व बोध गराउन महत्वपूर्ण भुमिका खेल्दै नयाँ सोच बनाएर एनआरएनलाई उच्च हाईटमा पुर्याउन आफुले उम्मेदवारी दिएको उहाँले अमेरिकाको बाल्टिमोर,न्युयोर्क, बोस्टन र सिकागोको चुनावी प्रचारप्रसार कार्यक्रममा बताउँनु भयो । ‘एनआरएनए एनसीसीलाई अल्पकालीनदेखि दीर्घकालनी रणनीति बनाएर दिगो आर्थिक स्रोत तथा आय निर्माणमा सबैलाई अग्रसर गराउन म प्रतिवद्ध छु,’ उहाँले भन्नु भयो ‘म अध्यक्षमा निर्वाचित भएमा बहुआयामिक परिमाणमुखी काम गरेर देखाउने छु।’ सर्वसुलभ लगानीको वातावरण सिर्जना गर्ने मेरो पहल कदमी हुनेछ।’ अध्यक्षका उम्मेदवार डिलु पराजुली ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर चुनावी मैदानमा उत्रिनु भएको हो । पराजुलीले सन् २०२३÷२०२५ सम्म अध्यक्ष बनेर अध्ययन, ज्ञान, सीप र क्षमताको अधिकतम प्रयोग गर्ने संस्थालाई सहयोग गर्ने, संस्थालाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम बनाउने प्रतिवद्धता गर्नु भएको छ। सबैभन्दा बलिया उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका बौद्धिक व्यक्तित्वका धनी पराजुलीले एनआरएनए एनसीसीलाई आफै सञ्चालन हुने सक्ने सवल र सक्षम संस्था बनाउन पहल गर्ने बताउँदै आएका छन्। ‘‘ ‘मेरो विजय पछि संस्थाका हरेक सदस्यलाई क्षमताअनुसार जिम्मेवारी दिने सिष्टमको विकास गर्नेछु।’ उहाँले भन्नु भयो । नेपाल सरकारले दिने गरेको एनआरएन कार्डलाई नेपाली ग्रिनकार्ड बनाउन पहल गर्नेदेखि अमेरिकामा सामुहिक इन्स्योरेन्स नीति, महिला सहभागिता बढाउने, युवा लक्षित आकर्षक गतिविधि गर्ने, अत्याधिक पञ्जीकृत सदस्य बनाउने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको उहाँको प्रतिवद्धता छ। अमेरिकामा पाइने अन्य माइनोरिटीका बेनिफिटका लागि समेत आफूले पहल गर्ने उनले बताए। विगतमा गरेको अनुभव भोलिका दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्य क्षेत्रबारे अध्ययनरत व्यक्ति भएको नाताले एनआरएनएको एनसीसीको अध्यक्षको नेतृत्व लिन आफु सक्षम भएको दावी उहाँको छ। विभिन्न जातजाति, धर्म संस्कृति जुन समुदायबाट आएका नेपाली समुदायका लागि सेवामुखी र सकारात्कम गरिमा बोकेको एनआरएन निर्माण गर्ने चाहना उहाँले छ । विदेशी भूमीमा बसेपनि मातृभूमीको सम्मान र सेवा गर्नको लागि सानादेखि ठूला परियोजनासम्म लगानी
शीतलपाटीन्युज डटकम। काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ। राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उनले भनेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो। त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो। अझैसम्म बरामद सबै सुनको तौल लिइसकेको छैन, अनुसन्धान गरिरहेका छौं’,ढुंगानाले भनेका छन। हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ। (अनलाइनबाट)
सुरेश कोइराला, बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वारिष्ठ उपाध्यक्षका उम्मेदवार उप्रेतीले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले बताउनु भयो। ‘यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो, नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु,’उहाँले भन्नु भयो,हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ। नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको हुँदा त्यो नै हाम्रो पहिचान रहेको उहाँको भनाइ छ। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सबैको जिम्मेवारी भएको हाल एनआरएनए एनसीसीका उपाध्यक्ष रहेको वारिष्ठ उपाध्यक्षका दावेदार उप्रेतीले बताउनु भयो। ‘नेपालीको परिचय भनेको भेषभूषा, भाषा, साहित्य, परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो।’ व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको उहाँको भनाई छ। एनआरएनको चाहनालाई पुरा गर्ने आफ्नो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ सबैको सहयोग उपेक्षा गरेको उहाँले बताउँनु भयो। ‘मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ। तपाईहरूको त्यहि माया र सद्भावले नै पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको छ। मेरो प्रतिपर्धा नेपाली समाजमा ब्याप्त समस्याहरूको न्यूनीकरण गर्नु नै हो र आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा हाम्रो समुदायको सदस्यहरुलाई यहाँंको मूल प्रवाहमा प्रवेश गराउने नै हो।’ साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पूरा गर्न बाँकी दुई वर्षको लागि एनआरएनहरुको सेवामा खर्चने र एउटा सामाजिक अभियन्ताको रुपमा आफूलाई समर्पित हुनेगरी समय छुट्याएको उहाँले बताउनु भयो।
शुरेस कोइराला, बाल्टिमोर। गैर आवसीय नेपालीहरुको संस्था एनआरएनए–एनसीसी अमेरिकाको महिला उपाध्यक्षमा सुनिता सापकोटा कँडेलले उमेदवारी दिनु भएको छ। हाल एनआरएनए–एनसीसी अमेरिकाको महिला सचिव समेत रहनु भएकी कँडेले आगामी कार्यकाल (२०२३–२०२५) का लागि महिला उपाध्यक्ष पद उमेदवारी दिनु भएको हो। विगत ९ वर्षयता निरन्तर रूपमा संस्थाको कृयाशिल सदस्यको रुपमा कार्यरल कँडेल हाल महिला सचिव समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संस्था भित्र रहेका कमि कमजोरीहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संस्थालाईलाई थप उचाईमा पुर्याउन अझै आफ्नो योगदानको जरुरी भएको हुँदा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उमेदवारी दिएको बताउँनु हुन्छl ‘मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएको हुँ, महिला सचिवको रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा, युवा र महिला सशक्तिकरण नै थियो भने अब महिला उपाध्यक्षमा निर्वाचित भएमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु,’ उहाँले भन्नुभयो, ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु।’ एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी कँडेलले एनआरएन एनसीसीकोतर्फबाट महिला उपाध्यक्ष भएमा महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न,सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन, महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता गर्नु भएको छ। महिला सक्षमता प्रदर्शन गर्न र महिला पनि नेतृत्वका लागि तयार छन् भन्ने देखाउन पनि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन,महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो। नेपालमा भरतपुरको स्थायी बासिँदा रहेकी कँडेल विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको हो। उहाँले नेपालमै हुँदा २ वर्ष विजय एफएम नवलपरासीमा प्रविधिकको रुपमा काम गरिसक्नु भएको छ। अमेरिकामा आएपछि उहाँले एनडब्लुजीएनको संस्थापक सदस्यको रुपमा काम गर्नु भएको थियो।
शीतलपाटीन्युज डटकम। ३ साउन , काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो। युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७ गते इटाली जान लागको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए। प्रधानमन्त्रीको भ्रमणमा कृषिमन्त्री वेदुराम भुसालसहित २० सदस्य रहनेछन्। प्रधानमन्त्री इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए। (News24Glaxy.com)
सुरेश कोइराला, बाल्टिमोर । एनआरएनए एनसीसी कोषाध्यक्षमा……. उम्मेदवार सरोज सिग्देलले विदेशमा बस्ने नेपालीको हक हितको संरक्षण गर्दै मातृभूमीको प्रवद्र्धन गर्ने बताउनु भएको छ। विदेशी मुलुकमा नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नेछु,’उहाँले भन्नु भयो ‘प्रवासमा रहेका नेपालीहरूको स्थायित्व, सुरक्षित वैदेशिक लगानी समग्र हितमा क्रियाशिल रहने छु।’ स्वदेशमा विदेशी प्रत्यक्ष लागनी भित्र्याउन उत्प्रेरकको रुपमा भुमिका खेल्नेछु।’ नेपाल र अमेरिकाबीचको व्यापारलाई बढाउन नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न आवश्यक पहल गर्ने पनि उहाँले बताउनु भएको छ । विदेशमा बस्ने नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा भित्राएर देशको आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउन उहाँको प्रतिवद्धता छ। ‘नेपालको सामाजिक तथा आर्थिक विकासमा अग्रसर बन्नेछु,’ उहाँले भन्नु भयो ‘गैरआवासीय नेपालीको पुँजी र मानव संशाधन लगानी नेपालको चोतर्फी विकास गर्न सरकार र उद्यमीसँग सहकार्य र साझेदारी गर्नेछु।’ यसका साथै अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीका लागि सामुदायिक केन्द्र निर्माण, बालबालिकालाई नेपाली भाषा, नैतिक शिक्षा अध्ययन अध्यापन, तालिम कक्ष सञ्चालन गर्ने उहँको चुनावी एजेन्डा छ। ‘एनआरएनए अमेरिकामा स्थायी सचिवालयको स्थापना गरी कम्तीमा १ जना पूर्णकालीन कर्मचारी राखेर आवश्यकता अनुसार नेपालीहरूको सेवा पुर्याउने छु। यसका साथै एनआरएनए अमेरिका अन्तर्गत गठन भएको च्याप्टरका सम्पूर्ण अध्यक्षहरूलाई पदेन सदस्य बनाउनका लागि आवश्यक पहल गर्ने उहाँले बताउनु भयो। अमेरिकामा रहेका नेपालीहरूको सामुहिक बीमा र स्वास्थ्य बीमाको क्षेत्रमा प्रभावकारी कार्यक्रम अगाडि बढाउने उहाँको एजेन्डा छ। नेपालीहरूको बाक्लो बस्ती रहेका राज्यमा वाणिज्य दुतावास स्थापनको लागि समेत उहाँले पहल गर्ने बताउनु भएको छ।’