शीतलपाटीन्युज डटकम। सामुदायीक एकता र समाजसेवामा स्वदेशी मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज लण्डन। वेलायत स्थीत रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association) परदेशी भुमीमा गठन भएको एउटा च्यारीटी संस्था हो। जस्मा समाजका बिभिन्न तह र तप्काका बिबिध जातजाती धर्म र सम्प्रदायको प्रतिनिधित्व भएको छ। सन् २००१ मा गठन भएको यो संस्था बेलायतबासी नेपालीहरुको बिचमा मात्र नभएर स्वदेशी भुमीमा पनि लोकप्रिय छ। महाभुकम्पले देश जर्जर भएको बेला होस् या कोरोनाले नेपालीहरु आक्रान्त भएको बेला रेडिंग नेपाली समाजले हरदम नेपालमा सहयोग गरि रहेको छ। धादिङको अचाने माबी पुननिर्माणको लागी रु २७ लाख २३ हजार पठाउँदा होस् या कोरोनाले देश आक्रान्त हुँदा अक्सीजन सिलिण्डर नपाएर जनता मर्नु पर्दा परेको अवस्थामा अक्सीजन सिलिण्डरको ब्यवस्था गर्न राष्ट्रीय आबिस्कार केन्द्र मार्फत रु ६ लाख १८ हजार पठाउँदा रेडिंग नेपाली समाजले समाजमा आवद्द सबै मनकारी महानुभावहरु बाट चन्दा उठाएको छ। हरेक पटक देश बिपत्तिले अत्तालिएको बेला समाजले परदेशी भुमीमा रहेर पनि स्वदेशीहरुको घाउमा मलमपट्टी लगाउन चन्दा उठाउने र पठाउने गरेको छ। चन्दा उठाउन समाजले सबैभन्दा पहिले शुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यताका साथ कार्यसमितीका सबै सदस्यहरु देखी अध्यछ्यसम्मले आआफ्नो गक्ष अनुसार प्रतिबद्धता व्यक्त गर्दै आम सर्वसाधारण समक्ष सहयोगको याचना गर्ने गरेको छ। रेडिंग नेपाली समाजले नेपालको दुर्गम क्षेत्रमा मातृशिषु केन्द्र देखी अस्पताल निर्माणमा सहयोग गर्नुका साथै परदेशी भुमीमा आपत बिपत पर्दा पनि बेला बेलामा सहयोग गर्ने गरेको छ। यसै गरी बेलायतमा उच्च शिक्षा हाँसील गर्न आएको ५ महिना नपुग्दै उपचारको क्रममा यसै बर्ष मे १० मा दिवंगत भएकी बिध्यार्थी सदिक्षा तामाङ्गको परिवारलाई सहयोग गर्न पनि रेडिंग नेपाली समाजले स्वयं कार्य समितीबाट शुरू गरी समाजका बिभिन्न मनकारी महानुभावहरूबाट रु तीन लाख एकानब्बे हजार चार सय छत्तिस पठाउन सफल भएको छ। यसै गरी संस्थाकै पहलमा दिवंगत सदिक्षा तामाङ्ग अध्ययन गर्दै गरेको युनिभर्सिटीबाट रु १६ लाख फिर्ता गराउन पनि सोहि युनिभर्सिटीका प्राध्यापक डा कृष्ण रेग्मीको सहयोगमा सफल भएको छ। समाजले संकलन गरेको सम्पूर्ण रकम तथा युनिभर्सीटीले फिर्ता गरेको रकम सिधै
शीतलपाटीन्युज डटकम। काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्याउने अभियान नै थालिसकेका छन्। संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेपछि उनी दोहोरिने निर्णयमा पुगेका छन्। त्यसो त उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई खोजिएको छ। सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्। ‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’ एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ। जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्। एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्–जोेशी। संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्छन्। संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ। चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काराेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्। सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्। यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए। आउने चुनावमा महासचिव पदका
शीतलपाटीन्युज डटकम। काठमाडौँ । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो।वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन् । डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत(अस्थायी)बाट सेवा प्रवेश गरेका हुन् ।
शीतलपाटीन्युज डटकम। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०८०-०४-१३गते शनिबार आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती समारोह भानुको योगदानको चर्चा,श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण,पुस्तक बिमोचन गर्नुको साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरुपमा सम्पन्न गरेको छ। कामनपा वार्ड नं. २९ स्थित घट्टेकुलो विकास समाजको हलमा १५० भन्दा बढीको संख्यामा साहित्यकार अनि साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम अपरान्ह १२.३० बजे देखि निरन्तर ५ घन्टा सम्म चलेको थियो। Rotary club of kathmandu र Rotaract Club of Kathandu को सहकार्य रहेको उक्त कार्यक्रमले समारोह बहु आयामिक अनि थप सुन्दर भएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरे प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले गर्नु भएको थियो। संस्थाले २१० औं भानु जयन्तीको अवसर पारेर निम्न सर्जक/ श्रष्टा/ समाजसेवीहरुलाई विश्व नेपाली भानु शिखर अभिनन्दन पत्र-२०८० प्रदान गरेको छ। अभिनन्दित व्यक्तित्वहरु आफ्नो क्षेत्रमा अब्बल कर्मयोगी हुनुहुन्छ। १)वरिष्ठ समाजसेवी एवम साहित्यकार मनमाया सिटौला २)वरिष्ठ समाजसेवी एवम साहित्यकार स्नेह पोखरेल ३)वरिष्ठ समाजसेवी एवम स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ ४)वरिष्ठ लेखक एवम समाजसेवी सुरेन्द्र ढकाल यसै गरि निम्न श्रष्टा/सर्जक/ समाजसेवीहरुलाई संस्थाले विश्व नेपाली भानु शिखर सम्मान-२०८० प्रदान गरेको छ। उहाँहरु विविध विधामा उम्दा पहिचान बनाईसकेका अविरल साधक हुनुहुन्छ। १)बरिष्ठ समाजसेवी/शिक्षासेवी ई. ईश्वरकान्त सिटौला २)वरिष्ठ कवि/साहित्यकार बालिका गिरी ३)वरिष्ठ समाजसेवी/ धार्मिक अभियन्ता शिवराम राजवंशी ४)रोटरी क्लब अफ काठमाडौंका प्रेसिडेन्ट किशोर उप्रेती ५)रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट तिर्थराज दाहाल ६)वरिष्ठ पत्रकार/ मुक्तककार निशा केसी ७)वरिष्ठ शिक्षासेवी/कलाकार कृष्णकुमार बोहरा त्यस्तै वरिष्ठ समाजसेवी स्वार्गीय लक्ष्मीप्रसाद प्रसाईका परिवारबाट आफ्ना बुबा आमाको नाममा स्थापित लक्ष्मीप्रसाद सावित्रा विश्व नेपाली भानु शिखर सम्मान/ पुरस्कार-२०८० द्वारा वरिष्ठ कवि/गीतकार/कलाकार रमेश पौडेललाई प्रदान गरेको छ। यस पुरस्कारको राशी रु २५००० रहेको छ। त्यस्तै स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईंकै परिवारबाट स्वर्गीय भरतकुमार प्रसाई( लक्ष्मी प्रसाद प्रसाईको साहिंलो छोरा)को नाममा स्थापित भरतकुमार प्रसाईं भानु नव प्रतिभा पुरस्कार-२०८० बाट Rotaractor र Interactor सम्मिलित प्रतिष्पर्धी कविहरु मध्ये निम्न ४ जनालाई पुरस्कृत गरेको छ,उक्त पुरस्कारको राशी जम्मा रु१५००० रहेको छ।विजयीहरुको नाम यस प्रकार छ। १)Rtr स्वस्तिका ज्ञवाली-प्रथम २)Rtr अनुप रेग्मी- द्वितीय ३)Rtr सुशील हट्वाल- तृतिय ४)Rtr सन्तोष तुलाधर- सान्त्वना, साथै अन्य सहभागी कविहरुलाई पनि
शीतलपाटीन्युज डटकम। लण्डन। हंगकंग जन्मिएका निश्चल गुरुड्ग बेलायतमा चार्टर्ड टेक्स एकाउन्टीड्ग पास भयका छन्। बेलायतको प्रतिष्ठित Kaplan London बाट उनले यो Charter Tax Accounting को शिक्षा प्राप्त गरेको हो। पिताको घर पर्वत भुक देउराली भएपनि उनी हंगकंगमा जन्मेर लण्डनको रेडिड्ग बस्ने गरेका थिए।सन २००७ मा लण्डन पसेका निश्चलको प्राईमरी र सेकेन्डरी स्कुल रेडिड्गमा भयो।A लेवल हेनेली कलेज रेडिड्गबाट पास गरेका उनले ग्राजुयसन कभेन्ट्री युनिभर्सीटीबाट पास गरेका थिए। समाज गतिशिल छ। गतिशिल समाजमा आफ्ना छोराछोरीको शिक्षा र प्रगतिमा रमाउने आमाबाबाहरु धेरै छन्। यहा पनि यस्तै छोराको प्रगति र पढाइमा राम्रो रीजल्ट ल्याएकोमा पिता ललित गुरुड्ग र आमा कमला थापा गुरुड्ग रमाउनु भयको समाचार शीतलपाटीन्युजमा प्राप्त भयको छ। नेपाल भुपरिबेष्ठीत देश दुर्गम पहाडी जिल्ला पर्वत भुक देउराली पिताका दिन बितेको भएपनि समय र बेटर अपरचुनिटी प्राप्त भयका कारण यो शिक्षा हासिल गर्न सफल भएको निश्चलले बताएका छन। उनले अरु थप्दै भाई नितन गुरुड्ग,पिता ललित गुरुड्ग र माता कमलाको देन मेरा लागि बरदान नै थियो भनेका छन।पिता तर्फका बाजे लामा देविरास गुरुङ बजै राज कुमारी गुरुङ र आमा पट्टीको बाजे स्वर्गीय सुर्ज बहादुर थापा र देबिसरा थापाबाट बाल्यकालमा पाएको मायाले आज यो शिक्षा पाएकोमा खुसी ब्यक्त गरेका छन। रेडिड्ग बिजीनेस पार्कको एकाउन्टीड्ग अफिसमा अन द जब ट्रेनिड्ग र अध्ययन गरेका निश्चल चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेका छन। निश्चललाई चार्टर्ड टेक्स एकाउन्टिड्ग पास गरेकोमा हार्दिक बधाई।
आर के त्रिपाठी लण्डनबाट। यो निर्णय विरुद्ध अदालतमा पुनरावेदन गर्न कानुनले मिल्छ भने पुनरावेदन दिनु पर्दछ।विगतका कमि कमजोरी सच्चाएर अब भविष्यमा पदिय भागवण्डा लिन झगडा नगर्ने गरि सपथ खाँदै एउटै एनआरएनए बनाउँदा गह्रौं भईन्छ।नत्र परिचय गर्दा पनि कुन नामको एनआरएनए हो भनि सोधनी गर्दा परिचय दिंदा नै हल्का भईन्छ। हल्का एनआरएनएले बाघ मार्न सक्दैन। हामीले संवृद्धि लिन र दिन दह्रो हतियार बनाई बन्दुक हान्नु छ ?किन टुक्रा टुक्र हुँदा रमाउनु भएको? उत्तर अझै प्रष्ट पारि दिनु पऱ्यो। जब अदालतले नेकपा फुटाई एमाले र माओवादी बनाई दियो,प्रचण्ड र के पि वलीको दिन दिनै गरेको एक आपसको दोषारोपण जस्तै एनआरएन पनि त्यस्तै गर्लान। साक्षि प्रमाण त अगाडीनै घाम जस्तै छर्लङ्ग नै छ नि। धेरै नामका एनआरएनए परराष्ट्रमा दर्ता गर्न सर्वोच्च अदालतको आदेशले परमादेश जारी गरे पनि सबै धेरै एनआरएनए नामाको संस्था हाँसि मजाको पात्र हुन्छन् भविष्यमा। त्यसैले कानुनले मिल्छ भने सबै मिलेर सर्वोच्च अदालतमा निर्णय सच्चाउन पुनरावेदन दिने कि ?नत्र नयाँ नामको एनआरएनए दर्ता होला। एनआरएनए भबन हामीले पनि सहयोग गरि बनाएको हो।काठमाण्डौको एनआरएन भबनको हाम्रो भाग जती कोठा छुट्टाई हाम्रो नयाँ नामको एनआरएनएलाई छुट्टाई पाउँ भन्दै साथिहरु सर्वोच्च अदालत जान्छन् होला। सबै एनआरएन साथिहरुले काठमाण्डौं बालुवाटारको एनआरएनए भबन बनाउन पैसा सहयोग गरेकै हो। सर्वोच्च अदालतले यदि भविष्यमा एनआरएनए भबन लाई कोठा,कोठा छुट्टाएर नयाँ दर्ता भएका सबै एनआरएनए नामका संस्थाले प्रयोग गर्न दिनु,दिलाउनु वा व्यवस्था गराउनु भन्ने आदेश दियो भने के हुन्छ अवस्था? कोठा प्रयोग गर्न दिन्न भन्ने कुरा अदालतको आदेश भयो भने इन्कार गर्न मिल्दैन। अब नयाँ नाममा दर्ता हुने एनआरएनएले बालुवाटारको एनआरएनए भबन पनि उपयोग गर्न पाउँ भनि भविष्यमा सर्वोच्च अदालतमा फिराद लिएर दर्ता गर्न जानेछन् जस्तो लागि रहेछ मलाई। भविष्यमा नयाँ दर्ता हुने एनआरएनए लाई काठमाण्डौको एनआरएनए भवनको कोठा छुट्टाई प्रयोग गर्न दिनु भनि सर्वोच्च अदालतले भन्यो भने दिने र नदिने विच कठालो समाता समात होला। यो मेरो दुरगामी सोच हो।शंका होइन। हुने पनि यस्तै नै हो। यस तर्फ पनि आजै देखि सोच्नु होला। सर्वोच्च अदालतको यो निर्णय लाई अहिले एनआरएनए आईसीसी चलाउनेहरुले
शीतलपाटीन्युज डटकम। अमेरीका।अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासमा नेपाल पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ।गत अगस्त १, २०२३ का दिन वाशिङटन, डीसीस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडि)ले संयुक्त रूपमा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमद्वारा उत्पादित नेपाल पर्यटन अभियान अङ्कियदृश्य (भिडियो)हरू प्रदर्शन गरी पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरेको थियो। अमेरिकाको प्रसिद्ध पिबिसी च्यानलको साथै स्टेलर इन्फ्लुइन्सर क्याम्पेन मार्फत जुन दुबै युएसएआइडि र नेपाल पर्यटन बोर्डद्वारा प्रायोजित थिए।उद्घाटन कार्यक्रममा बोल्दै राजदूत श्रीधर खत्रीले नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीलाई धन्यवाद दिए ।विशेष गरी, उनले नेपाल पर्यटन अभियानलाई प्रायोजन गरेकोमा नेपालका लागि युएसएआईडी मिसनलाई धन्यवाद दिए। उनले पीबीएस अङ्कियदृश्य (भिडियो)का निर्माताडेनिस होली र ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमका उनको टोली र स्टेलरकावाजुल साजाकस र यसमा संलग्न १० प्रभावकारीहरूलाई उनीहरूको कडा परिश्रम र उत्कृष्ट कलात्मक र प्राविधिकको लागि धन्यवाद पनि दिए।नेपाल सधैं मनमोहक प्रकृति,धनी र विविध संस्कृतिका लागि परिचित रहेको उल्लेख गर्दै राजदुत खत्रीले आज नेपाल एक जीवन्त लोकतन्त्र र ऊर्जा, पर्यटन,कृषिलगायतका क्षेत्रलगायत बाह्य विश्वसँग व्यापारका लागि खुला अर्थतन्त्र भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता युएसएआईडीको विकास प्राथमिकतामा केन्द्रित भइन्। उनले एनटीबी सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियानको सफलतामा खुशी व्यक्त गरिन्। उनले नेपालस्थित दूतावास, एनटीबी र अन्य सरकारी निकायहरूसँग संयुक्त राज्य अमेरिकाभरका पीबीएस च्यानलहरूमा जुन महिनादेखि प्रसारण भइरहेका कार्यक्रमहरूको पाँच भागका अङ्किय दृश्य (भिडियो)हरू निर्माण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन्। उनले नेपालको विकासमा अमेरिकी सहयोग आगामी दिनमा पनि जारी रहने बताइन्। होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) का उप कार्यकारी सहायक निर्देशक प्याट्रिक म्याकएल्वेनले हराएको नेपाली कलाकृतिहरू पुन: प्राप्तिमा आफ्नो अनुभव र प्रतिबद्धताको बारेमा चर्चा गरे। यस वर्षको मे ११ मा डिएसआईले बरामद गरी दूतावासलाई हस्तान्तरण गरेका ४० काठका कलाकृतिहरूमध्ये केहीलाई कार्यक्रममा प्रदर्शनमा राखिएको थियो। पिबिएस च्यानलका कार्यक्रम प्रस्तोता ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले अङ्कियदृश्य (भिडियो)हरूको संक्षिप्त अवलोकन देखाउँदै नेपालमा अङ्कियदृश्य
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको‘हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ। पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं ‘हाइक फर नेपाल २०२३’ आइतबार३० जुलाई २०२३ मा समापन भयको थियो।तीन दिन लामो कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स आएकाहरु सहभागीहरु क्याम्पिङ साइटको आउटडोर क्याम्पमा बसेका थिए। जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ,लाइभ संगीत, डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिएका थिए। हाइकिङ शुरु हुनुपूर्व २९ जुलाईको बिहान स्थानीय ब्रेकनको क्याम्प साइटमा एउटा स्वागत समारोहको आयोजना गरिएको थियो। सो स्वागत समारोहमा ब्रेकन बरो काउन्सीलका डेपुटी मेयर जोन पावेल, ब्रेकन-धम्पुस ट्विन्ड एशोसिएसन अध्यक्ष डेभिड मेरडिथ,वी विल राइज फाउन्डेसनका अध्यक्ष ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ लगायतले शुभकामना दिएका थिए।पेखरेली मंच युकेको महासचिव जसु गुरुड्गले संचालन गरेको सो कार्यक्रममा स्थानीय बेलायती अतिथिहरुका साथै नेपाली भिलेज यूकेका म्यानेजिङ डाईरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ,मञ्चका पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका वेल बिइङ प्रशिक्षक मास्टर इन्द्र गुरुङ,नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,ब्लगर सपना रोका मगर,पीपल मरगेजका व्यवसायी सूर्य गुरुङ,रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्का लगायतलाई आयोजकले स्वागत गरेका थिए। कार्यक्रमको मुख्य दिन शनिबार ब्रेकन क्याम्पिड्ग साइटबाट “Pen y Fen Hill” पेनी फेन हिलले चिनिने ८८६ मीटर, २९०७ फिटमा रहेको पहाडको सामूहिक हाइकिङ गरिएको थियो। बालकदेखि वृद्धसम्मका सहभागीले नेपाल,बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरु फहराउँदै झन्डै तीन घण्टा लामो मनोरन्जनात्मक हाइकिङ भयको थियो। पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले ‘हाइक फर नेपाल’ सिंगो नेपालको पर्यटन तथा मौलिक कला,संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेको बताउदै सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आव्हान गरेका थिए। हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास पनि गराएका थिए। Pen y Fen हाइक फर नेपाल इन वयल्स कार्यक्रम सफलतापुर्वक सकिए पछि सहभागीहरुलाई अन्तिम दिन ३० जुलाई आइतबार वेल्समा निर्माण हुँदै गरेको नेपाली भिलेज यूकेको अवलोकन भ्रमण गरिएको थियो।
GNNNews- लण्डन। चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनले पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ - २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं अधिवेशनका सभापति तथा २०२१ - २०२३ का अध्यक्ष रितेशराज पाण्डेले पुरानो समिति विर्सजन भएको सूचना घोषणा लगत्तै ट्रष्टीहरूको संलग्नतामा सर्वसम्मत नेतृत्व चयन पहलका लागि अभ्यास गरिएको थियो। हाल क्याट युकेमा नौ जना ट्रष्टी रहेका छन भने निर्वाचित समिति ले छ जना ट्रष्टी नियुक्त गर्ने भएको हो। ३० जुलाई आइतबार तमुधि युकेको भवन दि तमु नेप्लिज कम्युनीटि सेन्टरमा सम्पन्न क्याट युकेको अधिवेशनमा प्रमुख अतिथिमा एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ्ग रहेका थिए भने विशेष अतिथि तमुधि युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ्ग,यति एशोशिएनका पूर्व अध्यक्ष उमेश मोक्तान,क्याट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ ,एनआरएनए आइसिसी सदस्य सुनिलबाबु खड्का रहेका थिए। त्यसै गरि अतिथिमा एनआरएनए यूकेका कोषाध्यक्ष हेम गुरुङ्ग , नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष सविना श्रेष्ठ लगाएत क्याट यूकेका पूर्व पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनीधिहरु को उपस्थिति रहेको थियो। क्याट यूकेले नवनिर्वाचित एनआरएनए यूकेका पदाधिकारी र आईसिसी सदस्यलाई सम्मान गरेको थियो। क्याट यूकेका अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षता सम्पन कार्यक्रममा संस्थाकै महासचिव रमेश श्रेष्ठले २०२१ - २०२३ को प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष डा.सुरज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिकुल मौसमका वावजुद पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति माझ क्याट यूकेको १० औं अधिवेशन तथा १८ औं बार्षिकत्सोव भव्य रुपमा सम्पन भएको थियो।
GNNews- लन्डन– योग,ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ। दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपालले गरेका थिए। समापन समारोहमा सहभागीहरुलाई सम्बोधन गर्दै गुरु रमेश नेपालले आफुलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए। "यो एउटा सूत्रले मात्रै पनि तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ।तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ। " उनले हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने पनि बताए। जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताए। "मानिसको मनले जहिले पनि थाहा नपाएको कुरा जान्न खोज्छ। त्यही विराटलाई जान्ने प्रयासको रुपमा यो शिविर आयोजना गरिएको हो। तपाईंहरु आजदेखि विराट ज्ञानको संवाहक र प्रतिनिधि हुनु भयो। घर, परिवार र समाजमा यो संदेश फैलाउनु होला," उनले भने। समापन कार्यक्रमका युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। बेल्जियमको लुभेन शहरबाट सात दिने शिविरमा भाग लिन आएका सांग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताउनु भयो। "मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु," उनले भने। ललित बस्नेत, धनराज चौबंग लिम्बु, युना राइ, बेल्जियमबाटै आएका व्यवसायी राजेन्द्र कार्की लगायतले आफ्नो अनुभव शेयर गरेका थिए। युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीहरुले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताइन्। जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराए भने जीवन विज्ञान यूकेका ट्रष्टी तथा रोयल बरो अफ ग्रीनविचका उप मेयर जीत रानाभाटले सबैलाई धन्यवाद दिए। आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु
शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ। अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन्द्र बहादुर गुरूड,बिजयी आईसीसी सदस्य दिलरास गुरूड र उहाकी धर्म पत्नीका साथै एनआरएन युकेका सहकोषाध्यक्ष हेम कुमार गुरूडको उपस्थिती रहेको र बुद्धिस्ट गुम्बा रेडिड युकेको नया गुम्बामा भब्य स्वागत गरिएको थियो। एनआरएन अध्यक्ष गुरुड्गको टीमलाई बुद्धिस्ट गुम्बा रेडिड युकेका अध्यक्ष ई.खेम ब गुरूडले खादा लगाई फुल गुच्छाले स्वागत गर्नु भयको थियो। सो स्वागतका अवसरमा गुम्बाका उपाध्यक्षहरु श्रीमती राधा गुरूड,नर बहादुर गुरुड्ग,कृष्ण गुरुड्ग महासचिब कमल गुरुड्ग,कोषाध्यक्ष मेजर बुद्धि गुरूड,आमा समुह अध्यक्ष रजनी गुरुड्ग तथा प्रपर्टी मेनेजमेन्ट एवम गुम्बाका ट्रष्टी चन्द्रमान गुरुड्गको पनि उपस्थिती थियो। बुध्दिष्ट गुम्बा रेडिड्ग युकेका मुल गुरू श्री लामा गुरूड र लामा गुरू किसान गुरूडको समेतको उपस्थितीमा सो स्वागत समारोह भब्य भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ । ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार,सर्जक तथा लोकप्रिय लोकदोहोरी गायक शिव हमाल तथा लोकप्रिय लोकदोहोरी गायिका मनमाया बाइवाले पनि प्रस्तुति दिने समाचार शीतलपाटीन्युजलाई प्राप्त भयको छ। आयोजक चार भन्ज्याड्गले समाजका सम्पूर्ण परिवार,चेलीबेटी,दिदीबहिनी,ज्वाइँ,दाजुभाइबीचमा वार्षिक भेटघाट सफल र रमाईलो बनाउन सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। कार्यक्रम अल्डरसटको कनोट स्कुलमा दिउँसो १ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष वेनकुमार गुरुङले बताउनु भयको छ। Address- The Cannught School GU12 4AS
२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न - सुधा गुरुङ्ग, लण्डन।२/२ गोर्खा राईफल्स क्लर्क्स प्लटूनका बाबुजीहरुको बार्षिक भेला पाकीस्तानी कम्यूनिटी सेन्टर रेडिङ्गमा २२ जुलाई २०२३ शनिबारका दिन सम्पन्न भएको छ! झन्डै ४५ जना सहभागी भएको सो भेला अत्यन्त रमाईलो हर्षोल्लासपूर्ण रहेको थियो! गत बर्षको बार्षिक भेला बेजिङ्गस्टोकमा लाल प्रसाद गुरुङ्ग BEM र सुधा गुरुङ्गले आयोजना गरेका थिए भने यस पटक रेडिङ्गमा ढक बहादुर र सुशीला गुरुङ्गले गरेका थिए। होम मेड सेलरोटी,बिबिक्यू सहितको स्वादिष्ट खानपान,दिदी बहिनीहरुको अचार प्रतियोगिता, सबैका प्रीय पात्र सन्त मामाको प्रख्यात स्वादिष्ट मेसिङ्ग,नाचगान,राफल ड्र साथै बिबिध खेलहरु खेलेर मनोरंजन गरीएको थियो। बिगतका बर्षहरुमा झै सरोज बस्नेतले मनोरंजनको जिम्मा लिएका थिए! उनको लाईभ प्रस्तुती साथमा चित्र आले, डम्मरसिंग सुन्वार, पूर्ण पुन, डेविड मुखियाका साथै लाल प्रसाद गुरुङ्गले गोपाल योंजनको सदाबहार राष्ट्रीय गीत " बनेको छ पहराले यो छाती मेरो ...गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए। त्यस्तै २/२ को प्रतिभाको डबलीमा कविहरुको पनि कमि थिएन,गोमा राना,लक्ष्मीप्रसाद शर्माले मिठा मिठा कविता वाचन गरे पश्चात भीम रानाले पनि पहिलो पल्ट अंग्रेजीमा कविता वाचन गरि सबैलाई चकित पारेका थिए। कार्यक्रममा ढक बहादुर गुरुङ्गले शाही सम्बोधनको क्यारी क्याचर हुबहुं गरी सबैलाई थप दंग पार्न सफल भएका थिए। कार्यक्रमको मध्यान्तरमा बाबूजीहरुलाई श्रीमतीहरुले स्पेशल सरप्राईज दिने कार्यक्रम थियो, जुन कुरा उनीहरु माझ पूर्णत: गोप्य राखिएको थियो। पूर्व योजना अनुसार मुख्य आयोजक सुशिला गुरुङ्गको उर्दी बमोजिम बाबुजीहरुको आंखामा पट्टि बाधेर कुर्सीमा बिराजमान गराई श्रीमतीहरुले अगाडि पट्टि २/२ जी आर क्लर्क्स प्लटून अनि पछाडीपट्टि २/२ गोर्खा राईफल्स लेखीएको लाली रंग (रातो) को टिशर्ट पहिराएर आँखा खोल्न लगाउदा सबै बाबूजीहरु आश्चर्य चकित एवम हर्षबिभोर भएर भावुक भएका थिए। नहोउन पनि किन? आफ्नो जीवनको आधा उमेर, आफ्नो जीवनको उर्वर समय जुन पल्टन र पल्टने साथीहरुसंग बिताए उनीहरुसंग अत्यन्त अंतरंग सम्बन्ध हुनु स्वभाबिकै हो।पल्टनेहरुलाई आफ्नो पल्टन, आफू संगै भर्ती भएका नम्बरीहरु र आफ्नो प्लटून प्रती विशेष मोह हुन्छ। त्यसमा पनि २/२ जी आरका बाबूजीहरुको बोन्डीङ्ग बृगेड अफ गोर्खाजमै उदाहरणीय र अनुकरणीय रहेको पाईन्छ। यस पालीको थप आकर्षण
शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ। सम्मानित कलाकारहरूमा जनवादी गायक जीवन शर्मा,लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष तथा गायिका पूर्णकला बिसी,महासचिव तथा गायक तथा सर्जक शिव हमाल,सचिव तथा गायिका देवी घर्तीमगर,उपत्यका समन्वय समितिका सदस्य तथा गायक राजेश बर्देवा,पर्वत जिल्ला समिति उपाध्यक्ष तथा गायक सुदीप क्षत्री,धादिङ जिल्ला कार्यसमिति महिला उपाध्यक्ष तथा गायिका बिन्दा परियार,गायक श्याम राना,गायिका रिना केसी, गायिका नानु (सीमा) गुरूङ र पूर्णिमा सेन ठकुरी लगायत सम्मानित भयका थिए। लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष लक्ष्मण राना लगायतले कलाकारहरुलाई मायाको चिनो,प्रमाणपत्र,खादा, मालाले सम्मान गरेका थिए। अल्डरसटस्थित दि लाउन्ज कक्टेलबारमा एक कार्यक्रमबीच एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको हो। निमन्त्रणालाई स्वीकार गरी व्यस्तताको बाबजुद सबै कलाकारहरू उपस्थिति भई कार्यक्रम सफल पारिदिएको भन्दै अध्यक्ष रानाले धन्यवाद दिएका थिए। कार्यक्रममा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचन,मनसुधन थापा, गणेश गुरुङ,तुलसी राना,एनआरएनए युकेको नवनिर्वाचित आईसीसी सदस्य भक्त दर्जी,बागलुङ समाज यूकेका निवर्तमान अध्यक्ष छविमाया पुन, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,बाँसुरी बादक दिनेश गुरुङलगायत सहभागी थिए । कार्यक्रम लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेका सचिव रत्न शाहीले सञ्चालन गरेका थिए।कलाकारहरु जीवन शर्मा, पूर्णकलाका बिसी,शिव हमाल लगायतले बिदेशमा पनि सम्मान पाउदा खुसी लागेको र बेलायतमा लोक तथा दोहोरी प्रतिष्ठानलाई धन्यबाद मन्तव्य दिएका थिए। (गोर्खा मिडीया)
पुर्ण गुरुड्ग, लन्डन। गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। उनी गत शनिबार २२ जुलाईका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचन एवं एनआरएनए यूकेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका हुन्। आज सो टीमलाई निर्वाचन संयोजक चिरन्जीबी ढकालले पद र गोपनियताको सपथ खुलाउनु भयको थियो। तमूधिं यूकेका निवर्तमान अध्यक्ष समेत रहेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुदै आएका सामाजिक अभियन्ता हुन्। यस अघि एनआरएनए यूकेको कार्यसमितिका सदस्यको भूमिकामा रहेका गुरुङ आगामी २ बर्षे कार्यकालका लागि चयन भएका हुन्। यसअघि एनआरएनए यूकेका उपाध्यक्षको भूमिकामा रहेका डा.नारायण कंडेल र आईसीसी सदस्य दिनेश घिमिरेसंग प्रतिस्पर्धा उत्रिएका गुरुङले १४७९ मत ल्याई विजय बनेका हुन् । त्यस्तै, उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा सुरेश परियार, रबिन्द्र कंडेल,इन्दीरा खानिया सपना (महिला),लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स),मनिष खत्री (स्कटल्याण्ड) र महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भएका छन्। साथै सचिवमा तिलक भट्टराई र सरोज थापा,महिला सचिवमा प्रतिभा न्यौपाने,कोषाध्यक्षमा बिष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ,युथ कोर्डिनेटरमा सुदीप शाही,महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन्। साथै,सदस्यहरुमा नारायण गिरी, विनिता बस्नेत,मानबहादुर राई,सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा,मोहनलाल ओली निर्वाचित भएका छन्। त्यस्तै,नर्दनआयरल्याण्ड राज्य समवन्य समितिको अध्यक्षमा बल बहादुर थापा,वेल्सको अध्यक्षमा, विभुषण श्रेष्ठ, स्कटल्याण्डको अध्यक्षमा दिवाकर पाण्डे र इन्ल्याण्डको अध्यक्षमा शम्भूप्रसाद अर्याल चयन भएका छन्। उनीहरुलाई एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधी सापकोटालगायतले बधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए। साथै, एनआरएनए आईसीसी सदस्यमा लेप्टन चन्द्र बहादुर गुरुङ, डिलरास गुरुङ, सुनिलबाबु खड्का र बिष्णु चालिसे चयन भएका छन् । उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का,अध्यक्षका प्रतिस्पर्धी डा.नारायण कंडेल,दिनेश घिमिरे,प्रवासी नेपाली संघ युकेका अध्यक्ष तुङ्गाभद्र भुषाल,एनपीसीसी अध्यक्ष युवराज गुरुङ,आईसीसी सदस्य राजेन्द्र पुडासैनी,मिडिया संयोजक चिरन शर्मा,युरोप उपसंयोजक दयानिधी सापकोटा,आईसीसी उपमहासचिव रामशरण सिंखडा,उपाध्यक्ष डा. हेमराज शर्मा,अध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष गुरुङलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए। उक्त घोषणासभामा नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले निर्वाचन समिति,मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद
शीतलपाटीन्युज डटकम। लन्डन। प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ। अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन्। ८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन्दा बढी सदस्य भएका एनआरएनए एनसीसी बनेको छ। सुनिलबाबु खड्का नेतृत्वको संस्थापन पक्षका ४ हजार एक ८३ सदस्य संख्या रहंदा गाहामगर समूहले झण्डै ५ गुणाबढी सदस्यता वितरण गरेको हो। गाहामगरको कार्यसमितिले सदस्यता निशुल्क वितरण गरेको थियो। २२ जुलाई राती १२ बजेदेखि फेरि ६ महिनासम्म निशुल्क सदस्यता खुलाइने पनि गाहामगरले जनाए। गत जुन १५ देखि अनलाइन सदस्यता खुल्ला गरिएको थियो । बेलायतमा दुई समानान्तर एनआरएनए रहंदा गाहामगरले कठिन परिस्थितिबीच दुई वर्षे कार्यकालमा आफूलाई कुशल संगठकका रुपमा प्रमाणित गरेका छन्। अध्यक्ष गाहामगरले अब २० हजार सदस्यहरुका साथ नेपाल सरकारसंग वंशजको नेपाली नागरिकता निरन्तरता अभियान सशक्त रुपमा अगाडि बढाउने उद्घोष गरेका छन् ।
पुस्तक विवेचना झर्न त झरेकै हुन्छ दिनउँ मुस्कान् खोज्दै ऑसु सफूतयगु सफू भित्र कोमल सुरेशजंग शाह झीगु अटल विश्वास दु । थुकिइ ख्वबि मदु छायकि थ्व ख्वयेम्वा: थ्वया छुं धायेगु मदु छाय् कि थ्व गुबले त्वा:दलेम्वा: (मित्रता) हाम्रो अटल विश्वास छ यसको आँसु छैन यसले रुनु पर्दैन यसको कुनै गुनासो छैन किनकि यसले कहिल्यै टुट्नु पर्दैन । (मित्रता कविताबाट उद्धृत) यी उद्धृत पङ्क्तिहरूमा मित्रताको प्रसङ्गमा कवि कोमलले अत्यन्त सटिक आत्मिय भाव प्रस्टाएका छन्। वास्तवमा विश्वासको जगमा नै मित्रता टिकेको हुन्छ र मित्रताको जगमा नै सबै प्रकारका सम्बन्धहरू टिकेका हुन्छन्। जब सम्म मित्रतामा विश्वासको दरार आउँदैन तव सम्म मित्रतामा रुनु पर्ने र टुट्नु पर्ने अवस्था कहिले पनि आउन सक्दैन । यो सास्वत सत्य हो। यही कुरा कोमलले बढो मिठास भरेर मित्रता कवितामा पस्केका छन्। सबैका लागि बढो मनन् योग्य प्रसङ्ग रहेकोले मैले पनि पुस्तक विवेचनाको आरम्भमा नै उद्धृत गर्न चाहेँ 'सफूतयगु सफू' कविता सङ्ग्रह भित्रबाट। बालकाल देखि काठमाडौमा हुर्केबढेकोले मलाई नेवारी संस्कृति, नेवारी खाना,गीतसङ्गीत, पहिरन सारै मन पर्छ र नेपाल भाषा धेरथोर बुज्छु पनि । यो सबै श्रेय मेरा बालकालका अति मिल्ने प्रिय साथी काभ्रे पनौतीका स्व.रमेश सैँजुलाई नै छ । उनले शब्दहरू सिकाए, संस्कृतिसँग परिचित गराए। उनीसँगको सरसङ्गत र उनको घर परिवारसँगँ आवतजावत, खानपिन, उठवसले मेरो बाल हृदयमा नेवारी संस्कृति र भाषा प्रति गहिरो ममता र प्रभाव रहेको छ। म आफूलाई यो संस्कार र संस्कृति भन्दा अलग पाउँदिन। यति हुँदा
शीतलपाटीन्युज डटकम। लण्डन।३८ बर्ष अघि नेपालबाट हरायको प्राचिन मुर्ति बेलायतमा फेला परेकोले नेपाल सरकारलाई फिर्ता पठाइने भयको समाचार छ। ११औ शताब्दीमा निर्मित खरानीरंगको चुन ढुड्गाको सुर्य मुर्ति लण्डनस्थित नेपाली राजदुताताबासले बिहीबार नेपाल पठाएको कुरा एक बिज्ञप्ति मार्फत शीतलपाटीन्युजलाई जानकारी प्राप्त भयको छ।यो मुर्ति बेलायतकै एक संग्रहकर्ताले नेपाली राजदुताबास लण्डनमा पुगी हस्तान्तरण गरेका थिए।कलाकार लैनसिंह बाड्गदेल “स्टोलन इमेजेज अफ नेपाल”मा सुचीबध्द यो मुर्ति सन् १९८५ मा पाटनबाट हराएको अनुमान छ। नुर्ति ७९ सेमी अग्लो र ४९ सेमी लामो तथा १५ सेमी चौडा छ भने ४१ केजी तौलको छ। फिर्ता गरिएको मुर्ति पुरातत्व विभाग मार्फत पुरानै स्थानमा पुनर्स्थापना गरिने नेपाली राजदुताबास लण्डनले जनाएको छ।मुर्ति भेटीनु र नेपाल फिर्ता पठाउन पाउनु हरायका सास्कृतिक सम्पदाहरुको पुनस्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुगेको नेपाली राजदुताको ठम्याइ छ। बिज्ञप्ति समेत-
शीतलपाटीन्युज डटकम। लन्डन। भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ र साइकोलोजी काउन्सलर,मास्टर हिलर राजी श्रेष्ठ गुरुङ बेलायत आइपुगेका छन्। वी विल राईज फाउन्डेसनको निमन्त्रणामा गुरुङद्वय बुधबर १९ जुलाई २०२३ का दिन बेलायत आइ पुगेको हो। गुरुङ जोडीको सम्मानका लागि नेपाली भिलेजका ईभेन्ट्स डाइरेक्टर तथा वी विल राईज फाउन्डेसन बेलायतका कोअर्डिनेटर मानप्रसाद गुरुङले गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा बुधबार स्वागत भेटघाट र डिनरको कार्यक्रम आयोजना गर्नु भएको थियो। सो स्वागत कार्यक्रममा ६ पटक युके लाटे आर्ट च्याम्पियन धन तामाङ,ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ,गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष एवं गोर्खा प्यालेसका सञ्चालक सूर्य गुरुङ,नेपाल भिलेज युकेका डाइरेक्टर पवित्र गुरुङ,काउन्सीलर धनबहादुर सार्की,हाम्रो स्वाभिमान ट्रष्ट युकेका अध्यक्ष रोहित गुरुङ,फोटोग्राफर ईजरा श्रेष्ठ र ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका पीआर प्रकाश गुरुङको सहभागिता थियो। आगामी जुलाईको २१ देखि २३ सम्म ऐक्ज्युकेटिभ रिट्रिट,२६ जुलाईदेखि ३० जुलाई हाईक फर नेपाल इन वयल्सका साथै आकश नेचर वाक फर वेल्नेस र लिमिट्लेस युथ ट्रान्सफर्मेसनको कार्यक्रम इन्द्र र राजी गुरुङले वेल्समा गराउने जानकारी आयोजक मानप्रसाद गुरुङले जानकारी दिनु भयको छ। उहाका अनुसार कार्यक्रममा मिडिया र ब्लगर सपना रोकाको पनि उपस्थिति रहनेछ। यी सबै कार्यक्रम पोखरेली मञ्च युके र वी विल राईज फाउन्डेसनको सक्रियता हुन लागेको हो।गत अप्रिल महिनामा पनि उहाहरु ग्रेटर रसमुर नेपाली कम्युनिटीको निम्तोमा बेलायत आएर नेचर वक, लाइफ ट्रान्सफर्मेसन रिट्रिट र धेरै जनालाई हिलिङ गराएर नेपाल फर्कनु भयको थियो। (फोटो-गोर्खा मिडीया)
सुरेश कोईराला, बाल्टीमोर, अमेरिका। रमा खतिवडाले एनआरएन एनसीसी अमेरिकाको तर्फबाट महिला तथा युवा सशक्तिकरणका लागि उम्मेद्वारी दिनु भएको छ। एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी रमाले आफूले अझैं योगदान दिनु जरुरी रहेकाले प्रतिस्पर्धामा उत्रिएको बताउनु भएको छ। उम्मेद्वारी पछि एक प्रेस विज्ञप्ती जारी गर्दै रमाले भन्नु भएको छ,‘महिलाका रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा,युवा र महिला सशक्तिकरण नै थियो। एनआरएनको आगामी निर्वाचनमा निर्वाचित भएको खण्डमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु।’ ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु’ रमाले भन्नु भयो। रमाले महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन,महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। महिला सक्षमता प्रदर्शन गर्न तथा नेतृत्वका लागि तयार छन् भनेर प्रमाणित गर्न पनि आफूले उम्मेद्वारी दिएको रमाको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो। रमा विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनकोलागी सञ्चालक समितिको महिला तर्फ अर्थात(बोर्ड अफ डाइरेक्टर)पदका लागी रमा खतिवडा प्याकुरेलले उमेदवारी दिनु भएको हो। सामाजिक सञ्जालमा मार्फत रमाले आफ्नो उमेदवारी र धारणाहरु सार्वजनिक गर्दै आउनु भएको छ। एनआरएनएका हरेक तहमा अबको नेतृत्वले स्पस्ट भिजन र कार्यदिशा बोक्न, एनआरएनएको बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा गर्न अत्यावश्यक रहेको भन्दै रमाले आफुले पनि बोर्ड अफ डाइरेक्टरको महिलातर्फको पदमा उमेदवारी दिएको बताउनु भयो।