शीतलपाटीन्युज डटकम। ललितपुर। प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक अवधेश विष्ट रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुन थालेका छन्। गत भदौमा सेवा निवृत्त भएपछि यसअघि नै सञ्चालनमा रहेको आफ्नै रेष्टुरेन्टलाई थप व्यवस्थित गर्दै उनले व्यवसायलाई अघि बढाएका हुन्। उनले सञ्चालन गरेको रेष्टुरेन्टको मुख्य विशेषता भनेको कुकर कफी हो। उनले रेष्टुरेन्टको नाम नै वाहवाह कुकर कफी एण्ड फास्टफुट भनेर राखेका छन्। कफी पारखीहरुले कुकर कफी धेरैले रुचाएको विष्ट बताउँछन्। कफी बनाउने मेसिन आउनुपहिले कुकरबाट नै कफी बनाइन्थ्यो। तर,मेसिन आएपछि कुकरबाट कफी बनाउने चलन हराएको थियो। विष्टले भने कुकर कफीलाई फेरि सञ्चालनमा ल्याएका छन्। उनको रेष्टुरेन्टमा स्पेशल कुकर कफीबाहेक चिकेन समोसा अर्को नयाँ टेष्ट हो । यो परिकार पनि धेरैले रुचाएका छन्। त्यस्तै,इण्डियन फ्लेवरमा खानेकुरा बढी रहेको उनले बताए। बोडा पाउ,पापडी चाट जस्ता परिकार रहेको उनले जानकारी दिए। उनको रेष्टुरेण्टको अर्को आकर्षक परिकार भने बिर्यानी पनि हो। उनले हैदरावाद बिर्यानी नभनेर जावलाखेल बिर्यानी नाम दिएका छन्। इनर्जी ड्रिंक्स पनि छुट्टै फ्लेवरमा उपलव्ध गराएका छन् । दुधमा हर्लिक्स, बर्नभिटा मिसाएर कोल्ड इनर्जी ड्रिंक्स बनाएर नयाँ फ्लेवर दिन खोजिएको उनको भनाइ छ। उनको रेष्टुरेन्टमा अन्य ठाउँको तुलनामा सस्तोमा खान पाइन्छ। उनले दावीका साथ भने, हाम्रो रेष्टुरेन्टमा जस्तो सस्तो अरु ठाउँ छैन । उनले आफ्नो घरमै रेष्टुरेन्ट सञ्चालन गरेकाले पनि मूल्य सस्तो भएको बताए। उनको दैनिक २५ देखि ३० हजारको व्यापार हुने गर्छ । आठ जनालाई रोजगारी दिएका छन्। रेष्टुरेन्ट सञ्चालनका लागि १५ लाख रुपियाँ लगानी भएको उनले बताए। साभार-ABC TV
सुरेश कोइराला, नेपाल। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्षको उत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएका छन्। डिआजी गणेश ठाडामगर नेतृत्वमा रहेका सशस्त्र प्रहरी दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर उत्कृष्ट बाहिनी बन्न सफल भएकोमा सम्मान गरिने भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गढीमाई बाहिनी मुख्यालय उत्कृष्ट भएकोमा सर्बोत्कृष्ट बाहिनीपति एवं डिआईजी ठाडामगरलाई भोली अर्थात माघ ९ गते बुधवारका दिन आयोजना हुने २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गर्ने जनाइएको छ। यसैगरी तामिल शिक्षालयमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर २१ गण हेडक्वाटर दक्षिणकाली, ललितपुर, गुल्ममा उत्कृष्ट नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जा र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुर सर्वाेत्कृष्ट बन्न सफल भएको सशस्त्र प्रहरी हेडक्वाटर श्रोतबाट बुझिएको छ। सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० बमोजिम सशस्त्र प्रहरी बल प्रधान नेपाल प्रधान कार्यालयबाट भएको निरीक्षणका क्रममा ति कार्यालयहरु सर्वाेत्कृष्ट ठहरिएको बताइएको छ। आठ वटा बाहिनी मध्येबाट सर्वाेत्कृष्ट बन्न सफल बाहिनीमा गढीमाई बाहिनी मुख्यालय मकवानपुर भएको छ । यसअघि पनि डिआइजी गणेश ठाडामगर मधेश प्रदेशका छिन्नमस्त बाहिनी प्रदेश २ मुख्यालयका बाहिनीपति हुँदा मधेश प्रदेश सर्बोत्कृष्ट बाहिनी भएका थिए । सर्बोत्कृष्ट भएका बाहिनीपति एवं डिआजीको केही दिनअघि मात्रै एक वर्ष म्याद थप गरिएको थियो । यसैगरी, सर्वाेत्कृष्ट तालिम शिक्षालय बन्न सफल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको प्रमुखमा एसएसपी माधवप्रसाद पौडेल रहेका छन् । यस्तै सर्वाेत्कृष्ट बन्न सफल नम्बर २१ गणको गणपतिमा एसपी सुरेन्द्रराज रञ्जित, गुल्मपतिहरुमा नम्बर ३० गुल्म हेडक्वाटर स्याङ्जाका डीएसपी लीला भुजेल र नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुरका डीएसपी उत्तम बज्राचार्य रहेको सशस्त्र प्रहरी श्रोतले बताए।
शीतलपाटीन्युज डटकम। रेडिड्ग,लण्डन। बेलायतमा रहेको रेडिंग नेपाली समाज अर्थात Greater Reading Nepalese Community Association को तेह्रौ महाअधिवेशन आगामी २ मार्च २०२५ मा हुनेभएको छ। यसै अबसरमा समाजका सल्लाहकारज्युहरु र कार्यसमितिको यही जनवरी १२ गते बसेको बिशेष बैठकले समाजका पुर्ब अध्यक्ष तथा सल्लाहकार कृष्ण न्यौपानेको अध्यक्षतामा एक निर्वाचन समिति पनी गठन गरेको छ। निर्वाचन समिति सदस्यहरुमा समाजका पुर्ब अध्यक्ष मान गुरुंग र सल्लाहकारहरु राम गलामी र राजेन्द्र श्रेष्ठ रहनु भएको छ। समितिले आबस्यकता अनुसार अन्य आयुक्तहरु पनी मनोनयन गर्न सक्नेछ। यसै गरी सोही बैठकले बर्तमान कार्यसमिति बाट एक तीन सदस्यीय महाधिवेशन ब्यबस्थापन समिति पनी गठन गरेको छ। समितीमा ऊपाध्यक्ष सुरेश थापा संयोजक रहनु भएको छ भने सदस्यहरुमा सचिब भरत पौडेल र दुर्गा ढकाल रहनु भएको छ। यसै बिच समाजका अघ्यक्ष भीमसेन खड्का र महासचिव ओमकार अधिकारीको रोहबरमा यही जनवरी १९ मा बसेको निर्वाचन समितीको बैठकले समाजको सदस्यता अध्याबधी गर्नको लागी आगामी फेब्रुवरी २३ गतेसम्मको समय सीमा तोकिदिएको छ। जस अनुसार समाजको सदस्यता लिन चाहने रेडिंग बासीहरुमा सुचना जारी गरिएको छ। रेडिंग नेपाली समाजको आजीबन सदस्यता लिनको लागी प्रती व्यक्ति £५१ शुल्क निर्धारित गरिएको छ भने एऊटै ठेगानामा रहने दम्पत्ति को लागी भने जम्मा £६१ लाग्नेछ। यस भन्दा अगाडि समाजमा साधारण सदस्यताको पनी ब्यबस्था भए पनी GRNCA को परिबर्तित CIO मोडेलको बिधान बमोजीम अब ऊपरान्त एकै प्रसारकों आजीबन सदस्यताको मात्र ब्यबस्था गरिएको छ। समाज को आजीवन सदस्यता लिनको लागी रेडिंग नेपाली समाज को वेब साईट www.grnca.org मा गएर स्वयं आबेदन दिन तथा समाजको बैंक एकाऊन्टमा online payment गर्न सकिनेछ। साथै कार्यसमितिका कुनै पनी सदस्यलाई सम्पर्क गरी आबेदन फारम लिन पनी सकिनेछ। यसै गरी निर्वाचन समितिको बैठकले तेह्रौ महा-अघिबेसन र नयां कार्यसमिति चयन गर्नको लागी एक समय तालिका पनी प्रकासित गरेको छ। जस अनुसार बर्तमान कार्यसमितिले आगामी फेब्रवरी २३ तारिखसम्म सदस्यता लिने महानुभावहरुको आजीबन सदस्यता अध्याबधी गरी सो नामावली निर्वाचन समितीलाई फेब्ररी २६ सम्ममा बुझाऊनु पर्ने छ। सो नामावली निर्वाचन समितीले फेब्रवरी २७ मा प्रकाशन गर्नेछ
शीतलपाटीन्युज डटकम। लन्डन- बुद्ध फाउन्डेसन यूकेको आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न तेश्रो अधिवेशनले आगामी कार्यकाल पनि संस्थापक अध्यक्ष दीपक श्रेष्ठकै नेतृत्वमा नया कार्यसमिति चयन भयको समाचार छ। दीपक श्रेष्ठको अध्यक्षतामा केही पुराना र नयाँ अनुहारसमेत समेट्दै अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ। फाउन्डेसनको तीन वर्षे कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा दीपक श्रेष्ठ,उपाध्यक्ष सुशील प्रजापति र अर्जुन कटुवाल, महासचिव डा सुरजमणि पौडेल, सचिव अञ्जना थापा,कोषाध्यक्ष निरञ्जन खड्का र सहकोषाध्यक्ष गोविन्द सापकोटा चयन भयका छन्। त्यस्तै,कार्यसमिति सदस्यहरुमा सचिन श्रेष्ठ,ह्यारी गुरुङ,ध्रुवहरि बाँस्कोटा,सोम सापकोटा,पदम रावल र शरद श्रेष्ठलाई चयन हुनु भएको छ। कोअप सदस्यका रुपमा सुरेन रुपाखेती,राम थापा, जयगोपाल श्रेष्ठ,सम्झना महत र विनिता खड्का समेत चुनिनु भएको छ। निर्वाचन समितिका प्रमुख आयुक्त एवम पुर्व डिएसपी शिवजी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा गर्दै शपथग्रहण गराएका थिए। समितिका सदस्यसचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको सत्रमा समितिका सदस्यहरु विनोद ज्ञवाली र श्रीचन्द्र गुरुङले टीका,खादा र प्रमाणपत्र सहित नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए। कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि लन्डनस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले शुभकामना दिनु भयको सो कार्यक्रममा उपाध्यक्ष प्रसुना कडेलले उदघोषण गर्नु भयको थियो। अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा उपाध्यक्ष सचिन श्रेष्ठले सन् २०१७ मा स्थापना भएयता बुद्ध फाउन्डेसन यूकेले गर्दै आएका मुख्य गतिविधिहरु समेटेर प्रगति प्रतिवेशन पेश गर्नु भयको थियो भने उपाध्यक्ष अर्जुन कटुवालले आर्थिक प्रतिवेदन,संस्थाको गतिविधि तथा अधिवेशनमा प्रस्तुत प्रतिवेदन पनि अधिवेशनले पारित गरेको थियो। डिपुटी चिफ अफ मिसन बिपीन दुवाडीले अधिवेशनमा उद्घाटन गर्दै फाउन्डेसनले नेपाल र नेपालीपनलाई अन्तरराष्ट्रिय स्तरमा ब्रान्डिङ अनुभव भयको भन्दै खुशी व्यक्त गरेका थिय। बुद्ध विशेषमा मात्र सिमित नराखेर समग्र जीवन दर्शनका रुपमा ग्रहण र प्रवर्द्धन गर्नु आवश्यक रहेको दुबाडीले बताएका थिय। फाउन्डेसनका अभियानहरुमा यसअघि लन्डन दूतावासबाट हुंदै आएको सहयोग र सहकार्य निरन्तर रहने आश्वासन समेत उपनियोग प्रमुख दुवाडीले दिएका थिय। कार्यक्रममा बेलायतका लागि महामहिम राजदूत चन्द्र कुमार घिमिरेले अधिवेशन सफलताको लागि पठायको भिडियो शुभकामना सन्देश पनि सुनाईएको थियो। महामहिम राजदुत घिमीरेले फाउन्डेसनमार्फत् गौतम बुद्ध र उनको शान्ति सन्देश मात्र नभइ बुद्धको जन्मस्थल
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले स्कटल्याण्डका विभिन्न स्थानमा कन्सुलर सेवा संचालन गर्ने भएको छ । राजदूतावासबाट प्राप्त हुने कन्सुलर सेवा घरदैलोमा उपलब्ध गराउने उद्देश्यले एवर्डिन,एडिनबरा र ग्लास्गोमा घुम्ती सेवा संचालन गर्न लागिएको दूतावासले जनाएको छ। दूतावासले दिएको जानकारी अनुसार एवर्डिनमा सन् २०२५ फेब्रुअरी १ तारिख शनिबार दिउँसो ४ बजेदेखि साँझसम्म कन्सुलर सेवा संचालन गर्ने भयको छ। त्यसैगरी एडिनबरामा फेब्रुअरी २ तारिख आइतबार बिहान १० देखि दिउँसो ३ बजेसम्म र ग्लास्गोमा फेब्रुअरी ३ तारिख सोमबार १० देखि दिउँसो २ बजेसम्म कन्सुलर सेवा शिविर संचालन गरिने भयको छ। कन्सुलर सेवामा सन् २०२६ फेब्रुअरीसम्म बहाल रहेका राहदानीको नवीकरण,अधिकृत वारेसनामा,कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र,पर्यटक भिषा तथा गैरआवासीय नेपाली परिचयपत्र जस्ता सेवा उपलब्ध गराईने भयको छ। जसका लागि आवश्यक पर्ने कागजात,शुल्क र प्रक्रियाबारे दूतावसको वेबसाइटमा उल्लेख छ । उक्त निर्धारित समयमा उपस्थित भइ आफूलाई आवश्यक पर्ने सेवा सुविधा लिन दूतावासले सम्पूर्ण स्कटल्याण्डवासीलाई आग्रह गरेको छ।
शीतलपाटीन्युज डटकम। काठमाडौं, ०५ माघ २०८१। सामुदाय - प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ,प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. ४ मा अवस्थित बैष्णबी टुँडालदेवी माताको मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनाले यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रममा तिव्रता गर्नु पर्नेमा विशेष जोड दिनुभयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वयले मात्र समाजमा शान्ति सुरक्षमा थप मजबुत हुने बताउनु भयो। साथै प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी समेत गराउनु भयो। कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम मैनालीले अन्तरक्रिया कार्यक्रमको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौंरेले प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरुको निरुपरण गर्नुभएको थियो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संविधान सभा सदस्य रमा गुरागाई, पूर्व महालेखा परीक्षक तथा नेपाल सरकारका पूर्व सचिव मधु सुदन ढकाल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु,अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक,स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू,पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितिमा
शीतलपाटीन्युज डटकम। लन्डन। संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे हालै बेलायत आइपुगेका छन्। राजदूत घिमिरे शुक्रबार बिहान यहाँ आइपुगेका हुन्। हिथ्रो विमानस्थलमा राजदूत घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि तथा उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए। नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेको करिब तीन सातापछि उनी बेलायत आएका हुन्। नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्वसचिव हुन्। पुर्व ब्रिटीश गोर्खाका समान पेन्सन, बेलायतमा बसोबास गर्ने नेपालीहरुको नेपाली नागरीकता निरन्तरताका बारेमा बेलायतका लागि नेपाली राजदुतबाट नेपालीहरुले आसा राखेका छन्।
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय,विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ। उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुहरूको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिए। निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै उनले स्वदेशी वस्तुको उपयोगले स्वदेशी उत्पादन वृद्धि हुने,स्वदेशमै रोजगारी सृजना हुने, गरिबी निवारण हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए। उनका अनुसार प्रयाप्त उत्पादनले स्वदेशी बजार धान्नुका साथै उत्पादित सामग्री विदेश निर्यात गरी विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक अवस्था मजबुत बन्नेछ। ‘यो कार्यक्रम उद्योग मन्त्रालयको मात्रै भनेर निर्देशिका कार्यान्वयनमा आनाकानी गर्ने छुट कसैलाई छैन, निर्देशिका राजपत्रमा प्रकाशन हुने वितिक्कै सबैले अनिवार्य कार्यान्वयन गर्नुपर्छ, यसका लागि सरकारले राष्ट्रिय रूपमै अभियान चलाउने तयारी गरेको छ, ‘मेरो देश मेरो उत्पादन’को नारालाई सबैले आत्मसाथ गर्नुपर्छ। कार्यान्वयनमा स–साना समस्याहरू देखाउँदै आगामी वर्ष गरौँला वा हेरौँला भन्ने छुट कसैलाई हुनेछैन।’ मन्त्रालयका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीले सबै निकायका प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोगका लागि मानसिक रूपमै तयार हुनुपर्ने बताए । ‘हामीले सामान्य एउटा तालिम आयोजना गर्दा स्टेशनरी किन्ने बेलामै स्वदेशी हो वा होइन हेर्नुपर्छ, हामीले स्टेशनरीमा छुट्टाएको बजेटले स्वदेशमै उत्पादित वस्तुहरू खरिद गर्न पुग्छ त्यसैले सबैको मनबाटै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने भावना विकसित हुनु जरुरी छ। त्यसो हुँदा स्वदेशी उत्पादनको उच्चतम प्रयोग हुनेमा दुई मत छैन,’ उनले भने। उद्योग सचिव कृष्ण बहादुर राउतले सबै मन्त्रालय र मातहतका निकायलाई स्वदेशी वस्तुहरू प्रयोग निर्देशिका कार्यान्वयनमा सहजीकरणको लागि आग्रहसमेत गरेका छन। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीले अहिले ७० वस्तुहरूले नेपाल गुणस्तर प्राप्त गरिसकेको अवस्थामा उक्त वस्तुहरू प्रयोग गर्न सकिने र अरु पनि आवश्यक वस्तुहरूको गुणस्तर प्रमाणीकरण गर्न विभाग तयार रहेको बताए। छलफलमा सहभागी अन्य मन्त्रालयका प्रतिनिधि, विभागीय प्रमुख तथा सुरक्षा निकाय प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१को कार्यान्वयनमा केही चुनौती भए तापनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। (नेपालब्रिटेन डटकम)
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूके (NRNA- NCC UK) को पन्जिकृत सदस्यता खुल्ला भएकोबारे अत्यन्त जरुरी सूचना ! आदरणीय यूके निवासी सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाई, पत्रकार साथीहरु, तथा एनआरएनए प्रति चासो, सदभाव र स्नेहभाव राख्नु हुने सम्पूर्ण महानुभावहरुमा सादर नमस्कार ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूके (NRNA- NCC UK) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम मिति १५ जनवरी २०२५ देखि पन्जिकृत सदस्यता खुल्ला भएकोले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको विधान २००५ तथा संशोधन २०१७ र सदस्यता सम्बन्धी केन्द्रको विधान तथा मौजुदा नियमावलीहरु समेतलाई मध्यनजर राख्दै सदस्यता सम्बन्धी आकर्षित हुने निम्न बमोजिम नियम र आचारसंहिता निर्माण गरी सम्बन्धित सबैमा जानकारी तथा कार्यान्वयनका लागि यो अत्यन्त जरुरी र महत्त्वपूर्ण सूचना प्रकाशित गरिएको छ । संघले आगामी कार्यकाल सन् २०२५-२७ को लागि मिति १५ जनवरी २०२५ का दिनदेखि सदस्यता खुला गरी वितरण सुरु गरिएकोले समयमा नै सदस्यता लिइ गैरआवासीय नेपालीहरुको हक, अधिकार र मताधिकार प्राप्त गर्न विनम्र अनुरोध गर्दछौं । सदस्यता प्राप्त गर्ने प्रयोजनका लागि: सदस्यता प्राप्त गर्दा अपनाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिता: १) गैरआवासीय नेपाली संघ यूकेको सन् २०२५-२०२७ कार्यकालको लागि आम यूकेवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुका लागि सदस्यता खुला गरी वितरण गर्न औपचारिक रूपमा केन्द्र (आइसिसी) बाट स्वीकृत र अनुमति प्राप्त भइ आए बमोजिम १५ जनवरी २०२५ देखि लागु हुने गरी सदस्यता खुल्ला गरी वितरण सुरु गरिएको छ । सदस्यता वितरण अवधि आगामी ३१ मे २०२५ रातको २३:५९ बजेसम्म रहनेछ । २) गैरआवासीय नेपाली संघ यूकेको सदस्यता लिनको लागि Google Play Store वा Apple Store बाट SMART NRNA एप्लिकेसन डाउनलोड गरेर "एप" मा भने अनुसार सम्पूर्ण विवरण अनिवार्य भर्नुका साथै तकिएका डकुमेन्टहरु संलग्न गर्नु पर्नेछ । तपाईको परिचय खुल्ले निम्न आईडीहरुलाई मान्यता दिईनेछ : क) पासपोर्ट ख) यूके ड्राईभिङ लाईसेन्स ग) आर्मी ….. कार्ड ४) BioMatric Card ……. ३) अघिल्लो कार्यकाल सन् २०२३-२५ का लागि SMART NRNA एपबाट सदस्यता प्राप्त गर्नु
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूके (NRNA- NCC UK) को पन्जिकृत सदस्यता खुल्ला भएकोबारे अत्यन्त जरुरी सूचना - आदरणीय यूके निवासी सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाई, पत्रकार साथीहरु, तथा एनआरएनए प्रति चासो, सदभाव र स्नेहभाव राख्नु हुने सम्पूर्ण महानुभावहरुमा सादर नमस्कार ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूके (NRNA- NCC UK) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम मिति १५ जनवरी २०२५ देखि पन्जिकृत सदस्यता खुल्ला भएकोले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेको विधान २००५ तथा संशोधन २०१७ र सदस्यता सम्बन्धी केन्द्रको विधान तथा मौजुदा नियमावलीहरु समेतलाई मध्यनजर राख्दै सदस्यता सम्बन्धी आकर्षित हुने निम्न बमोजिम नियम र आचारसंहिता निर्माण गरी सम्बन्धित सबैमा जानकारी तथा कार्यान्वयनका लागि यो अत्यन्त जरुरी र महत्त्वपूर्ण सूचना प्रकाशित गरिएको छ । संघले आगामी कार्यकाल सन् २०२५-२७ को लागि मिति १५ जनवरी २०२५ का दिनदेखि सदस्यता खुला गरी वितरण सुरु गरिएकोले समयमा नै सदस्यता लिइ गैरआवासीय नेपालीहरुको हक, अधिकार र मताधिकार प्राप्त गर्न विनम्र अनुरोध गर्दछौं । सदस्यता प्राप्त गर्ने प्रयोजनका लागि: सदस्यता प्राप्त गर्दा अपनाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिता: १) गैरआवासीय नेपाली संघ यूकेको सन् २०२५-२०२७ कार्यकालको लागि आम यूकेवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुका लागि सदस्यता खुला गरी वितरण गर्न औपचारिक रूपमा केन्द्र (आइसिसी) बाट स्वीकृत र अनुमति प्राप्त भइ आए बमोजिम १५ जनवरी २०२५ देखि लागु हुने गरी सदस्यता खुल्ला गरी वितरण सुरु गरिएको छ । सदस्यता वितरण अवधि आगामी ३१ मे २०२५ रातको २३:५९ बजेसम्म रहनेछ । २) गैरआवासीय नेपाली संघ यूकेको सदस्यता लिनको लागि Google Play Store वा Apple Store बाट SMART NRNA एप्लिकेसन डाउनलोड गरेर "एप" मा भने अनुसार सम्पूर्ण विवरण अनिवार्य भर्नुका साथै तकिएका डकुमेन्टहरु संलग्न गर्नु पर्नेछ । तपाईको परिचय खुल्ले निम्न आईडीहरुलाई मान्यता दिईनेछ : क) पासपोर्ट ख) यूके ड्राईभिङ लाईसेन्स ग) आर्मी ….. कार्ड ४) BioMatric Card ……. ३) अघिल्लो कार्यकाल सन् २०२३-२५ का लागि SMART NRNA एपबाट सदस्यता प्राप्त गर्नु
शीतलपाटीन्युज डटकम। काठमाडौं। स्थापनाले मुलुकको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बलको अवकाशप्राप्त कर्मचारीको संघ नेपाल पूर्व सशस्त्र प्रहरी संघको १७ औं साधारणसभा सम्पन्न भएको छ। सशस्त्र प्रहरी कार्यालयको मुख्यालय हल्चोकमा सम्पन्न साधारण सभको उदघाटन संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले गरेका थिए। उक्त अवसरमा आईजी अर्यालले संगठनलाई संघले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अवकाशप्राप्त संघका कर्मचारीहरुको अनुभवलाई पनि आत्मसाथ गर्दै लगिने जनाए। अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति समेत चयन गर्यो। छैटौं केन्द्रीय अधिवेशनसमेत रहेको उक्त सभाबाट अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा सर्वसम्मत रुपमा नयाँ कार्य समितिको अध्यक्षमा चयन भएका थिए। उक्त अवसरमा कार्यसमितिका ३९ सदस्यीय समितिको प्रमाणपत्र वितरण, शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण समेत गरिएको थियो । उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष अवकाशप्राप्त एआईजी रविराज थापाले नवनिर्वाचित अध्यक्ष अवकाशप्राप्त एआईजी थापालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । उक्त अवसरमा देश विदेशमा छरिएर रहेका सशस्त्र प्रहरी बलका भूपूहरु, वीरगति प्राप्त तथा दिवंगत हुनेका आश्रित परिवारलाई एकशुत्रमा एकताबद्ध गराउने, भूपूहरुबीच दुख सुखमा साथ दिने र संगठन मार्फत स्वास्थ्य उपचार, सन्ततिलाई शिक्षा जस्ता कल्याणकारी कार्यहरु अघि बढाउने उद्देश्य रहेको समेत प्रष्ट पारिएको थियो । उक्त समितिलाई समावेशी तुल्याउने उद्देश्यका साथ सबै दर्जाको समिति बनाइएको र वीरगति प्राप्त गर्ने सहिद परिवारबाट, दिवंगत भूपूहरुको हकदारबाट र अशक्त अवकाश भएकाबाट समेत प्रतिनिधित्व गराइएको नवनिर्वाचित अध्यक्ष थापाले जनाए।
GNNNEWS: युरोप। गैर आवासीय नेपाली नागरिक (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने समेतका प्रावधान राखी नेपाल सरकारले हालै ल्याएको अध्यादेशको एनआरएनए बेल्जियमले कडा विरोध जनाएको छ। एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाद्वारा जारी विज्ञप्तिमा उक्त अध्यादेश 'एक पटकको नेपाली सधैँको नेपाली' भन्ने मूल मन्त्र र नेपालको संविधान २०७२ को मर्म तथा भावना विपरित रहेको जनाइएको छ। "नेपालको संविधानले नै राजनीतिक बाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिस्चित गरि सके पछि फेरि एनआरएनहरुले आफ्नै मातृभूमि जाँदा भिसा लगाउनु पर्ने प्रावधानले सबै एनआरएनहरुको अवमूल्यन गरेको छ। यसले निस्वार्थ ढंगले नेपालको हितमा होमिने हाम्रो आकांक्षामाथि कुठाराघात गर्ने मात्रै हैन, एनआरएन लगानीलाई दुरुत्साहित गर्नुका साथै दोस्रो तथा तेश्रो पुस्ताका एनआरएनलाई नेपालसंग जोड्ने हाम्रो पहलमाथि पनि आघात पुग्ने निश्चित छ," विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा संसदको आगामी अधिवेशनबाट उक्त प्रावधान सच्याई एनआरएनहरुलाई नेपालको भ्रमण गर्दा भिसा लगाउनु नपर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ। यसै गरी एनआरएनए बेल्जियमले वंशजको आधारमा प्राप्त नेपाली नागरिकतामा 'एनपी' भन्ने छाप लगाएर नेपाली नागरिकताको निरन्तरता सुनिस्चित गरि दिन पनि नेपालका सबै राजनीतिक दल, नेतृत्व तथा सांसदहरुलाई अपिल गरेको छ। एनआरएनए बेल्जियमको प्रेस विज्ञप्ति-
शीतलपाटीन्युज डटकम। लन्डन। गण्डकी प्रदेशकी सांसद (प्रदेशसभा सदस्य) सरस्वती गुरुङ बेलायत आइपुगेकी छन्। क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको वार्षिक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रममा सहभागी हुन गुरुङ बेलायत आएकी हुन्। सांसद गुरुङलाई लन्डनको हिथ्रो विमानस्थलमा संस्थाका संस्थापक सल्लाहकार चित्रबहादुर गुरुङ,संस्थाका कार्यवाहक अध्यक्ष राम गुरुङ, महासचिव इन्द्र गुरुङ,वरिष्ठ सल्लाहकार हरिगोविन्द गुरुङ, निवर्तमान उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार गुरुङ र उनको श्रीमती मिना गुरुङ,सदस्य देउबहादुर गुरुङ, तमु समाज यूके आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ, चेलीबेटी महासचिव ध्रुवा गुरुङ र शोभा गुरुङले स्वागत गरेका थिए। सोंपाल समाजको संस्थापक अध्यक्ष विजय गुरुङ,माया गुरुङ,सोंपाल समाजको पूर्वअध्यक्षहरू श्रीप्रसाद गुरुङ र चन्द्र गुरुङ,समाजको आमा समूह अध्यक्ष मनदेवी गुरुङ, समाजका अध्यक्ष जगदीश गुरुङ,कोल्मा बाहकोट समाजका अध्यक्ष चन्द्र गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ,उपाध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष ग्याम गुरुङ, तर्कजङ गुरुङ,केशबहादुर गुरुङ,भोज गुरुङ,नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेने,विन्दु गुरुङ,जयन्तीदेवी गुरुङ लगायतले स्वागत गरेका थिए। सो क्रममा कार्यवाहक अध्यक्ष राम गुरुङ र चेलीबेटी प्रमुख लिना गुरुङले स्वागत मन्तव्य राखेका थिए। संसद गुरुड्गले आफुलाई बेलायत भ्रमणको निम्तो दिएर विमानस्थलमा आएर भव्य स्वागत गरेकोमा सबैलाई धन्यवाद दिएकी थिईन। सांसद गुरुङको विशिष्ट उपस्थितिमा भेटघाट तथा भोज कार्यक्रम आगामी १८ जनवरी २०२५ मा हुँदै छ। गुरुङ गण्डकी प्रदेशबाट अमेरिकाको इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम (आईभीएलपी) मा सहभागी हुने पहिलो सांसद हुन्। श्रोत-गोर्खा मिडीया।
'GNNNEWS: लन्डन - बेलायतमा कार्यरत विज्ञ तथा पेशाकर्मीहरुले प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिंदा नेपाललाई नै फाइदा हुने जनाएका छन्। हाल बेलायतको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासंगको अन्तरक्रियामा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेसंग आबद्ध विज्ञहरुले त्यस्तो बताएका हुन्। आइतबार दक्षिण पूर्वी लन्डनमा आयोजित एक अन्तरक्रियामा एक प्रस्तुति दिंदै नेपालको सन्दर्भमा दोहोरो नागरिकताको औचित्यको अध्ययन गर्न एसओएनपी युकेद्वारा गठित विज्ञ समितिका लिड डा ओम प्रसाद गौतमले अहिले संसारका झन्डै आधी मुलुकहरुले आफ्ना प्रवासी नागरिकहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गरेको जनाए। उनले ७८% रास्ट्रहरुले आप्रवासी र प्रवासीहरुलाई कुनै न कुनै रुपमा आफ्नो नागरिकको रुपमा ग्रहण गरेको तर २२% देशहरुले पूर्ण रुपमा अस्वीकार गरेको जनाए। एशियाका ४८ मध्ये २०, यूरोपेली संघका २७ मध्ये २३ ओटा,अमेरिका महादेशका ९८% देशहरुले साथै अफ्रिकाका अधिकांश देशहरुले दोहोरो नागरिकता प्रदान गरेको उनले जानकारी दिए। सोमालिया,केन्या, घाना,दक्षिण कोरियाजस्ता देशहरुको उदाहरण दिंदै उनले दोहोरो नागरिकता मुलुकको सामाजिक तथा आर्थिक प्रगतिका लागि फाइदाजनक रहेको दावी गरे । सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष अध्यक्ष गजेन कटुवालले नेपालले अहिले सम्म लगानी र आर्थिक कुरामा मात्रै जोड दिंदै आएको बताउंदै अब प्रवासमा रहेको मानव पूँजीको उपयोगको बारेमा पनि सोच्न आग्रह गरे। ‘हामीसंग भएको विज्ञता नेपालको हितमा प्रयोग गर्न हामी लालायित छौं,’ उनले भने । उनले दोहोरो नागरिकता सम्बन्धी विश्वव्यापी अभ्यासको बारेमा अध्ययन गरेर सुझाव दिन संस्थाले एउटा स्वतन्त्र ‘सिस्टमेटिक रिभ्यु’ गर्न लागेको जानकारी दिए। वरिष्ठ कांग्रेस नेता डा कोइरालाले विभिन्न क्षेत्रका विद्वानहरु एकै संस्थामा आएर नेपालको हितमा अध्ययन अन्सुन्धान गरि रहेको थाहा पाउँदा आफुलाई खुसी लागेको बताए। उनले दोहोरो नागरिकता सम्बन्धमा सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युकेले स्वतन्त्र ‘सिस्टमेटिक रिभ्यु’ गर्न लागेको एकदमै राम्रो काम भएको बताउंदै यसको निष्कर्ष आफु हरु लाई उपलब्ध गराउन आग्रह गरे। उनले ग्लोबल मात्रै हैन मध्य पूर्व र युरोप बाट नेपाल जाने रेमिट्यान्सको डेटा पनि छुट्टा छुट्टै रुपमा हेर्न आग्रह गरे। उनले नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको भएता पनि त्यसलाई समयमै कार्यान्वयन नगरिएकाले विभिन्न समस्या हरु आएको जनाए। "
GNNNEWS: लन्डन- हेल्प नेपाल नेटवर्क यूकेले स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ। हेल्प नेपालले आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले शुभकामना दिंदै हेल्प नेपालले नेपालका लागि गरेको योगदानको प्रशंसा गरे। ‘देश दुःख्दा विदेशमा झन् बढी दुख्छ, तपाईंहरुले नेपाल अप्ठेरोमा पर्दा सहयोग गरिरहनु भएको छ । यो प्रशंसनीय छ,' उनले भने। अरुको अस्तित्व स्वीकार्न सक्नु नै मानवता भएको जनाउंदै उनले हेल्प नेपालले त्यो मानवता प्रदर्शन गरेको बताए । प्रशासनिक खर्च नगरि चन्दा रकम सबै च्यारिटीमा लगाउनु निकै सरहानीय भएको उनले बताए। प्रष्ट देखिने खालको नतिजा आउने गरी परियोजनाहरु संचालन गर्न पनि उनले सुझाव दिए। कार्यक्रममा स्वागत मन्तव्य दिंदै उपाध्यक्ष प्रसिद्ध प्रधानले परोपकारमार्फत् नेपाली डायष्पोरालाई नेपालसंग जोड्ने उद्देश् ले स्थापित हेल्प नेपाल अहिले करिब एक दर्जन देशमा फैलिएको जनाए। अध्यक्ष सचिन श्रेष्ठले आफ्नो संस्थाले गरेका कार्यक्रमबारे जानकारी दिंदै हेल्प नेपाल नेटवर्कले विशेष गरि शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिमा सहयोग गरिरहेको बताए। उनले हालसम्म संस्थाले १७ हेल्थ क्याम्पसहित २१ स्वास्थ्यसम्बन्धी प्रोजेक्ट गरेको, ४० लाइब्रेरी र ५० बढी इ-लाइब्रेरी स्थापना,गोर्खा,दोलखा र सिन्धुपाल्चोकमा भूकम्प बाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण,विभिन्न स्कूलहरुमा ६८ वटा कक्षा कोठा निर्माण साथै तीनवटा हेल्थ पोष्टको सञ्चालनमा सहयोग गरेको जनाए। संस्थाले काभ्रेको धुलिखेलमा बालगृह र मुगुको मुर्मामा हेल्थ पोष्ट सञ्चालन गरिरहेको उनले जानकारी दिए। कार्यक्रममा शिव कल्चर मन्दिर अध्यक्ष विक्रम भट्टराई, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, नेपाल पत्रकार महासंघ बेलायतका निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल,समाजसेवी शिवजी श्रेष्ठ,बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ,सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, आरजिएनएसका महासचिव ह्यारी गुरुङ,ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा.कपिल रिजाल, अधिवक्ता सुरेन्द्र श्रेष्ठ,समाजसेवी एकिन्द्र गुरुङ,युवा उद्यमी किशोर सापकोटा,तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले शुभकामना दिएका थिए। त्यसैगरि एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए यूके आइसीसी सदस्य दिलरास गुरुङ र ले. रि.चन्द्र गुरुङ,एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार चिरन्जिवी ढकालले पनि शुभकामना दिंदै संस्थाको परोपकारी कार्यले अझ तीव्रता पाओस्
शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेका महासचिव एवं समाजसेवी डा. विशाल गुरुङले नेपालमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएका छन् । निःशुल्क आँखा शिविरको दोस्रो संस्करण आगामी फेब्रुअरीमा पर्वत र सर्लाहीमा सञ्चालन गर्ने भएका हुन्। नेपाल नेत्रज्योति संघसँगको समन्वयमा पर्वतको कुस्मा र चार भन्ज्याङमा फेब्रवरी १०,११, १२ र १३ तथा सर्लाहीमा फेब्रुवरी १८, १९ र २० मा शिविर चल्नेछ । आँखा शिविर सञ्चालनका लागि आर्थिक संकलन गर्न यही १७ जनवरीमा बेलायतमा ‘फन्ड रेजिङ डिनर नाइट’ आयोजना गरिएको छ।”राम्रो आँखाको ज्योति,राम्रो जीवनका लागि” नारासहित अल्डरसटस्थित एम्पायर हलमा हुदै छ। उक्त डिनर नाईट कार्यक्रमको टिकटदर ४५ पाउन्ड तोकिएको छ। शिविरका लागि संघसंस्था र व्यक्तिहरूले सहयोग गर्न सक्नेछन्। यस पटक तमु धीं यूके आमा समूह,चार भन्ज्याङ तमु समाज यूके,पर्वत वेल्फेयर सोसाइटी युके लगायत संस्थाले सहयोग गर्ने जनाइसकेका छन् । कार्यक्रममा उपस्थित भएर परोपकारी काममा लागि सहयोग गरिदिन डा.विशालले संघसंस्था तथा व्यक्तिहरूलाई अनुरोध गरेका छन्। सो च्यारीटी डिनर नाइटका अवसरमा खानासँगै राफल ड्र जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन्। डिनर नाइटका लागि तमु धीं यूकेले दुई वटा टेबल बुक गरिसकेको छ। अन्य संघसंस्थाले पनि टेबल बुक गरिरहेको उनले जानकारी दिएका छन। आँखा शिविरलाई सफल बनाउन आवश्यक तयारीका लागि कुस्मा नगरपालिकाका मेयरसहित अन्य व्यक्ति तथा संघसंस्थासँग कुरा भइरहेको डा.विशालले बताए। शिविरका लागि कुस्मामा हिमालयन आँखा अस्पतालबाट र सर्लाहीका लागि भरतपुर आँखा अस्पतालबाट चिकित्सकको टोली खटिनेछन्। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष डा.ओम प्रसाद गौतम र नेपाल नेत्र ज्योति संघका अध्धक्ष डा. चेतराज पन्तले आँखा शिविरमा सुरुआतदेखि नै सहयोग गर्दै आएको डा. विशालले जानकारी दिए । डा. विशालले यसअघि सन् २०२३ फेब्रुअरीमा शिविरको पहिलो संस्करण सञ्चालन गरेका थिए। स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको शिविर सफल भएकाले नै दोस्रो संस्करण गर्न लागिएको उनको भनाइ छ। सो बेला नगरपालिकालाई मोतीयाबिन्दु मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत भएको शिविरबाट ४ हजार ४७० जनाले सेवा लिएका थिए। ९४ जना बिरामीको मोतिया बिन्दुको शल्यक्रिया गरिएको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन,नटीड्गहिल । नेपाली काग्रेसका बरिष्ठ नेता, पुर्व उपकुलपति तथा माननिय सांसद डा शेखर कोईरालालाई एक समारोह बिच नेपाली राजदुतास लण्डनको सभाहलमा आज १० जनवरी २०२५ मा भब्य स्बागत गरियो। सो स्वागत समारोहमा नेपाली राजदुताबास लण्डनका कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन बिपिन दुवाडी लगायत बेलायतमा सक्रिय दर्जनै संघसंस्थाका अध्यक्ष,प्रतिनिधीहरु,बुध्दिजीबीहरु, ब्यवसायीहरु,पत्रकारहरु र राजदुताबासका कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो। नेपाली राजदुताबासका प्रथम सचिव उद्वव न्यौपानेले संचालन गर्नु भएको स्वागत कार्यक्रम कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन बिपीन दुवाडीले डा कोइरालालाई स्बागत गर्नु भएको थियो। सो स्वागत समारोहमा उपस्थित सम्पुर्ण संघसंस्थाका अध्यक्षहरु, प्रमुखहरु,बुध्दिजीवी, पत्रकारहरुलाई उपस्थित भै कार्यक्रमलाई शोभा बढाई दिएकोमा धन्यबाद समेत दिनु भएको थियो। स्वागत कार्यक्रममा प्रमुख अतिथी डा कोईरालाले भुतपुर्व ब्रिटीस गोर्खाहरुको समान काम,समान पेन्सन,ब्रिटेनबाट नेपाल हवाई उडान,बेलायत सरकारले नेपाललाई गर्ने सहयोगका बारेमा संसद हुने कार्यक्रममा स्पष्ट रुपमा राख्ने र बिदेशमा बस्ने नेपालीहरुको नेपाली नागरीकता बारेमा आफु छलफल गर्न तयार रहेको बताउनु भयो। नेपालको बिकासका लागि बिदेश बस्ने नेपाली र नेपाल बिच सुमधुर सम्बन्ध रहन पर्नेमा डा कोईरालाले जोड दिनु भएको थियो। संबोधनका क्रममा कार्यबाहक राजदुत एवम डिपुटी चिफ अफ मिसन दुबाडीले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य नेपाली दुताबास तयार रहेको र संघसंस्थाको अभिलेख अपडेट गर्ने काम भैरहेको बताउनु भयो। नेपालीहरुका लागि राजदुताबाट दिने सेवा सुबिधा सजिलो बनाउने उपाएहरुको तरिका भएमा राजदुबासलाई अनुरोध गर्नु भएको थियो। साथै बेलायत सरकारले शुरु गरेको ईभिसालाई समय मै जानकारी लिएर अपडेट गर्न पनि उहाले बताउनु भएको थियो। डा कोईराला १३ जनवरी २०२५ का दिन बेलायतको हाउस अफ कमन्सका सांसद ग्यारेथ थोमस र क्याथिरीन वेष्टसंग भेटबार्ता हुनेछ। सासंदहरुले सो समारोहमा केही नेपाली अभियन्ताहरुलाई पनि निमन्त्रणा गरेको कुरा नेपाली काड्गेसका केन्द्रिय आर्थिक निती तथा योजना विभागका सदस्य बेलायत प्रतिनिधी राजकुमार त्रिपाठीले बताउनु भएको छ। यो कार्यक्रमको संयोजन पनि इन्जीनियर आर के त्रिपाठीले गर्दै आउनु भएको छ।
शीतलपाटीन्युज डटकम। पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ८४ दिनपछि पोखराबाट हिरासत मुक्त भएका छन्। “रवी लामीछाने काठमाडौं अदालतमा आफै उपस्थित हुने” सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि धरौटी बुझाएर उनी रिहा भए। यसअघि रविवरुद्ध काठमाडौंमा पनि छुट्टै मुद्धा दर्ता भएकाले कास्कीबाट छुटेलगत्तै पुनः पक्राउ गरेर काठमाडौं ल्याइने बताए पनि तर उनलाई काठमाडौं अदालतमा आफै उपस्थित हुन मिल्ने ब्यवस्था निर्णय भएपछी प्रहरीले पुनःपक्राउ नगरेको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर ठगी अनुसन्धान तहकिकातका लीगि कास्की लगिएको थियो।
शीतलपाटीन्युज डटकम। मीडलैण्ड,लण्डन।नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायत मिडल्याण क्षेत्रले यही जनवरी ६ सोमबारका दिन लेस्टर सिटीमा ४९ औ राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा " बी.पी. ले अवलम्बन गरेको राष्ट्रियताका लागि मेलमिलापको निति र अहिलेको नेपालको राजनैतिक आवश्यकता " भन्ने बिषयमा एक गोष्ठीको आयोजना गरेको थियो। नेपाली कांग्रेस र यसका भातृ संगठनहरूले २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह,शैलजा आर्चाय,खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा मेलमिलाप दिवस मनाइँदै आएका छन्। मिड्ल्यान्डका सभापति नारायण आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बेलायत भ्रमण रहनु भएका नेपाली कांग्रेसका युवा नेता एवं राजनीतिक विश्लेषक शंकर तिवारीले जननायक बीपी कोईरालाले तत्कालिन अवस्थामा लिएको निर्णयले नै नेपालको राष्ट्रीयता एकता र प्रजातांत्रिक आन्दोलनलई बल पुगेर बताउनु भयो। बीपीको राष्ट्रीय एकताका लागि लिएर मेलमिलाप नीति नेपालको परिवेशमा अहिले पनि त्यति नै आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि एवं नेपाली जनसम्पर्क समिति युकेका सल्लाहाकार विश्व आदर्श पंडितले आफ्नो ज्यानको प्रवाह नगरी तत्कालीन अवस्थामा दक्षि़ण पूर्व एसियामा देखिएको उतार चडावलाई ध्यान दिई बीपी कोईरालाले राजासंग राष्ट्रीयता सवालमा मेलमिलाप र प्रजातन्त्रको पुन स्थापनाका लागि शान्तिपूर्ण संघर्ष नीति सही सावित भएको र अहिलेको अवस्थामा पनि सान्दर्भिक भएको बताउनु भयो। कार्यक्रममा मिडलैण्ड क्षेत्रका नेपाली समाजका प्रतिनिधि एवं समाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। एनआरएनए अभियंता दयानिधि सापकोटा,सोम सापकोटा,महेश अधिकारीले पनि मेलमिलाप दिवसको बारेमा आफ्नो धारणा राख्नु भएको थियो। यसैगरी राष्ट्रीय स्वतंत्र पार्टी बेलायत सम्पर्क बिभागका अध्यक्ष पवन शर्मा,प्रवासी नेपाली मंच बेलायतका प्रतिनिधि पशुपति पोखरेल, एनआरएन युके इंल्याण्ड राज्यपरिषदका अध्यक्ष शम्भु अर्यालले मेलमिलाप दिवसको शुभकामना दिनु भएको थियो। साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी,सिर्जनशील लेस्टर समाजका अध्यक्ष पुण्डरी अर्याल,ग्रान्थम नेपाली समाजका अध्यक्ष किशोर लामिछाने,शान्ति नेपाली समाजका महासचिव राजेश मणि लामिछाने,काभ्रे सोसाइटी युकेका अध्यक्ष नारायण फुयाल,साझा नेपाली समाज युकेका महासचिव शशांक शर्मा,समाजसेवी गोविन्द सापकोटा तथा यम कुमारी कंडेलले पनि शुभकामना मन्तव्य दिनु भएको थियो। यसैगरी एनपीसीसी युकेका पूर्व महामन्त्री शिव तिमिल्सिना,पूर्व
शीतलपाटीन्युज डटकम। लण्डन। म:म मेरो जागिर होइन,मेरो जीवनयापन गर्ने साधन पनि होइन। तर यो मेरो मनको कुरा हो,मेरो भावनासँग जोडिएको एउटा यात्रा। मःम को पोको पारिएको यो स्वादिलो खाना मेरा लागि केवल परिकार मात्र होइन, यो सम्झनाको एक टुक्रा हो। मैले मःम काठमाडौंका गल्लीहरूमा आनन्द लिएको छु,अनि दुनियाँका ठूला ठूला रेस्टुरेन्टहरूमा यसको आकर्षक रूप देखेको छु। यो एउटा यस्तो परिकार हो, जसले मानिसलाई जोड्छ—चाहे त्यो रातको मिठो भोक मेटाउन होस्,पारिवारिक जमघट होस् वा केवल गफगाफको बहाना। तर मेरो लागि मःम बनाउन पैसा कमाउने माध्यम होइन; यो मेरो आत्मालाई सन्तुष्टि दिने कला हो। जब म मःमको त्यही उतकिर्स्ट मुजा बनाउँछु, जब भाँडाबाट बाफ निस्कन्छ र पूरै भान्सामा सुगन्ध ले भरिन्छ, अनि त्यो पहिलो स्वादले जिब्रोमा जादु गराउँछ—त्यो कुनै काम जस्तो लाग्दैन। यो कला हो, संस्कृति हो, भावना हो। मःम मेरो जागिर होइन, तर यो मेरो मनको कुरा हो, जुन कहिल्यै पैसाले किन्न सकिंदैन। यही कारणले यो मेरो सधैंको जूनून हो। Padam Bikram Khand सग गफगाफ, Ireland. #बिनोदबराल #momo #binodbaral को फेसबुकवालबाट।