हार्दिक मंगलमय शुभकामना नेपालका आदिबासी जनजाती समुदायको महान चाडहरु तमु (गुरुड्ग) को ल्होसार/ल्होछार,मगरको माघे संक्रान्ति, लिम्बुहरुको चासोक तड्गनाम(उधौली),राईको साकेला उधौली,छन्त्यालको छार म्हेड्ग,दुराको मैप्रु नाकुमा,ईसाईको क्रिसमस र नयाबर्ष २०२४ को पावन अवसरमा देश,बिदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबबिनीहरुमा सुख,शान्ति र संम्बृध्दिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु।
हार्दिक मंगलमय शुभकामना- नेपालका आदिबासी जनजाती समुदायको महान चाडहरु तमु (गुरुड्ग) को ल्होसार/ल्होछार,मगरको माघे संक्रान्ति, लिम्बुहरुको चासोक तड्गनाम(उधौली),राईको साकेला उधौली,छन्त्यालको छार म्हेड्ग,दुराको मैप्रु नाकुमा,ईसाईको क्रिसमस र नयाबर्ष २०२४ को पावन अवसरमा देश,बिदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबबिनीहरुमा सुख,शान्ति र संम्बृध्दिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ।
बसन्तराज कुवंर, मेरो “ मनको हिरो “सुपरमैन जस्तै छ।जब हर तर्फ निरासा छॉउछ,तब उ,सुपरमैन झै भएर कता कता बाट म कहॉ आइपुग्छ र त्यो निरासाको बादलबाट मलाइ एकै पलमा बाहिर निकाली ,पुर्याइदिन्छ अर्को पाटोमा, जहा आशा र आत्माबिश्वासको खानि छ। जब म देस र बिश्वकै लथालिंग हालत देखेर निरास हुन्छु। आफुलाइ सासन गर्ने सासक हरुका अनुहार र कमजोड क्षमता संझेर चिन्तीत हुन्छु र अझ मलाइ लाग्छ यो देसमा अगाडीको समए अरु कष्टपुर्ण हुने छ ,तब कता कता बाट सुपरम्यान भएर मेरो मनको हिरो म कॉहॉ आइपुग्छ र संझाउछ “चिन्ता नगर यो देसको उद्धार गर्न सक्ने एक ब्यक्ती अझै छ, त्यो तीमी नै हौ।” म हॉस्छु र भन्छु “म त्यसै चिन्तीत छु म संग अहिले ठट्टा नगर” उ अझै आत्मा बिश्वास साथ भन्छ “म सही भन्दै छु समाधान अरु कोहि संग छैन , समाधान केबल तिमी संग छ।” त्यस पछी उस्ले मलाइ समाधानको थुप्रै उपाए पनि सिकाउछ ।म उस्ले सिकाएका ति योजना र कार्यक्रम सुनेर उत्साहित पनि हुन्छु र लाग्छ अब मेरो देसका दाजु भाइले सुख संम्ब्रीद्धी पाउने छन्।तर एकै छिनमा निरास हुन्छु किनकी म राज्य संचालन गर्ने ठॉउमै छैन त म कसरी ती योजना हरु लागु गर्न सक्छु ?? मेरा जस्तै मनका हिरो हरु यॉहा हरेकका मन भित्र होलान् तर ती जती प्रसस्त संख्यामा भए पनि देस परीबर्तन हुन सक्तैन किनकी देस परीबर्तन गर्न त देस हॉक्ने स्थानमा पुग्न जरुरी हुन्छ र देस हॉक्ने स्थानमा पुग्न अहिलेको संबिधान अनुसार चुनाब जित्नु पर्दछ । चुनाब जित्न चुनाबमा उठ्नु पर्दछ र चुनाबमा उठ्न पार्टीले टिकट दिनु पर्दछ ।पार्टी बाट टिकट नपाउने हो भने कि आफै पार्टी खोल्नु पर्दछ की स्वतन्त्र रुपमा चुनाबमा उठ्नु पर्दछ ।तर म यो झंझट मोल्न र श्रम श्रोत खर्च गरी चुनाब लड्न तयार छैन। फेरी मलाइ जनताले पत्याउने पनि छैनन् किनकी तीन्ले मलाइ आफु भन्दा कमजोड र अरु पार्टीका मान्छे भन्दा धेरै कमजोड ठानेका छन्। अब चुनाबमै नजाने हो भने राज्य
GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् ।‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए। लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य आउनु होला। " यसै गरी हरिवंश आचार्यले भने, "यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला। राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन। सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।" उनले विमान स्थलमा आफुहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे। " गीत संगीत पनि हुन्छ। तपाईंहरुलाई रमाइलो गर्ने कोशिश गर्छौं," आचार्यले भने। कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ भिम तामांगले तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पुरा गरि सकेका छौं। यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी तयारी गरि रहेका छौं," उनले भने। मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । कसरी किन्ने टिकट? आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ । टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि
GNNNEWS- लन्डन - लंडन ह्यारोस्थित संस्था मेक्सवर्थ फाउन्डेशनले सन् २०२३ मा पनि आफ्ना कल्याणकारी कामहरु जारी राखेको छ। उक्त संस्थाले बी१ जी१ संग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा संचालन गरेका ७५ ओटा आयोजनाबाट हजारौं मानिसहरु लाभान्वित भएका छन्। लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले इकोलोजाइसंग समन्वय गरी विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६,२४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको बताए । उनले आफ्नो संस्थाले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना बनाएको पनि जनाए। हालै रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सी पुगेर फर्केका शाहले त्यहाँ स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको बताए। "मानवताको कुनै सीमा हुँदैन । युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं," उनले भने। “अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भएका छन्। हामीले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भने। मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो। त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो। “सन् २०२४ मा हामीले लन्डनमा झन्डै ३०० सहभागीहरुको उपस्थितिमा एउटा च्यारिटी बल कार्यक्रम गर्ने योजना बनाएका छौं। उक्त कार्यक्रमबाट संकलित सम्पूर्ण रकम मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गरिनेछ। त्यस्तै आउँदो वर्ष मेक्सवर्थ फाउन्डेशनलाई युकेको च्यारिटी कमिशनमा दर्ता गर्ने योजना रहेको छ। साथै अफ्रिकाको कुनै एउटा मुलुकमा कल्याणकारी कार्यक्रम संचालन गर्ने पनि हाम्रो योजना छ," शाहले भने। मेक्सवर्थ एकाउनटेन्टसले आफ्नो वार्षिक आम्दानीको ३ प्रतिशत मेक्सवर्थ फाउन्डेशनलाई प्रदान गर्ने पनि जनाएको छ। यो लिंकमा गएर फाउन्डेशनबारे थप जानकारी लिन वा सहयोग गर्न सकिने छ : https://makesworthfoundation.com/
GNNBEWS - लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्। मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयमसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए। लण्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौलो शैलीमा भने, "बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरशट र ह्यारोमा अवश्य आउनु होला। " यसै गरी हरिवंश आचार्यले भने, "यहाँहरुसंग भेट्नलाई हामी बेलायत आइपुग्या छौं। भेटम्ला, रमाइलो गरम्ला। राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन। सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ।" उनले विमान स्थलमा आफुहरुलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे। " गीत संगीत पनि हुन्छ। तपाईंहरुलाई रमाइलो गर्ने कोशिश गर्छौं," आचार्यले भने। कार्यक्रमका आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीइओ भिम तामांगले तयारी भव्य भैरहेको बताए । “लजिस्टिक्सको काम करिब करिब पुरा गरि सकेका छौं। यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी तयारी गरि रहेका छौं," उनले भने। मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । कसरी किन्ने टिकट? आयोजकका अनुसार यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo द गोर्खा सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ । टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि
पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको बिशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आईपुगेका छन्। बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड बर्ग) को अवसरमा आयोजना गर्न लागेको धार्मिक पूजापाठका लागि मंगलबार १९ डिसेम्बरका दिन लण्डन आईपुगेका हुन्। उनलाई बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम,उपाध्यक्ष एवं तमू ल्होछार संयोजक क्याप्टेन देब घले, पूर्व संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ,पूर्व आमा प्रमुख पुष्पा गुरुङ, वर्तमान आमा सचिव शारदा गुरुङ,आमा सहसचिव पबित्र गुरुङ,सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ लगायत आफन्तजन,इष्टमित्र र शुभचिन्तकहरुले हिथ्रो एयरपोर्टमा खादा लगाई स्वागत गरेका थिए। खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछारमा धार्मिक प्रवचन,दिप प्रज्ज्वलन, घ्यासी, आयु, छोग,घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको संयोजक क्याप्टेन देब घलेले जानकारी गराए। साथै,ल्होछार कार्यक्रममा खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले,लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ भएको छ। उक्त कार्यक्रममा सहभागी हुनका लागि बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बीसीसी यूकेले हार्दिक अनुरोध गरेको छ। स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक बर्ष तमू ल्होछारलाई बिशेष महत्व दिई बृहत पूजाको आयोजना गर्दै आएको छ।
GNN NEWS- लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक,पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन्। 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्तनेपालीका लागि गर्वको कुरा पनि हो', तामाङले भने, 'त्यस दिन तपाईं हामीएयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ।'बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेकोछ। मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ।ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईलेपनि प्रस्तुति दिनेछन्। मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,स्थानीय मेयरहरु, काउन्सिलरहरु,नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको छ। दर्शकहरुमा उत्साह- मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएकाछन्। प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ,टिडवर्थ,अक्सफोर्डसायर, ग्लोष्टरसायर,आयल्सबरी,वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीमतामाङले बताए। 'दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ। म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ।त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरोसुझाव छ',उनले भने। यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्ष माथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ। टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ। यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।
शीतलपाटीन्युज डटकम। लन्डन। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) आउंदो बिहीबार (२१ डिसेम्बर) सांझ ५:३५ मा लन्डन उत्रने भएका छन्। ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय उक्त दिन हिथ्रो टर्मिनल ४ मा आइपुग्ने आयोजक द गोर्खा सेन्टरले जनाएको छ।सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह जोडीको भव्य स्वागत गर्ने तयारी भएको जनाउंदै त्यस दिन बेलायतवासी नेपाली दर्शक,पत्रकारहरु र आयोजक समितिका पदाधिकारीलाई सहभागी भइदिन अपिल गरेका छन्। 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बेलायत आगमन हामी समस्तनेपालीका लागि गर्वको कुरा पनि हो', तामाङले भने, 'त्यस दिन तपाईं हामीएयरपोर्टमा पुग्न सक्यौं भने भेट्रान कलाकारहरुको हौसला बढ्ने छ।'बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेकोछ। मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ।ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन्। अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईलेपनि प्रस्तुति दिनेछन्। मह प्रस्तुति अवलोकन गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,स्थानीय मेयरहरु, काउन्सिलरहरु,नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने बताइएको छ। दर्शकहरुमा उत्साह- मह जोडीको कार्यक्रम हेर्न दर्शकहरु निकै उत्साहित रहेको आयोजकले जनाएकाछन्। प्रहसन हेर्न लन्डनबाहिरका शहर पिटरबरो, रेडिङ,टिडवर्थ,अक्सफोर्डसायर, ग्लोष्टरसायर,आयल्सबरी,वार्टफोर्ड लगायतबाट दर्शक आउन लागेको भीमतामाङले बताए। 'दर्शकहरुले शोका लागि एकदम उत्साह देखाइरहनुभएको छ। म कार्यक्रम व्यवस्थापनमा लाग्नु परेकाले सबै फोन रेस्पोन्स गर्न सम्भव नहुन सक्छ।त्यसकारण तपाईंहरुले अनलाइन टिकट सुनिश्चित गरि कार्यक्रम नछुटाउन मेरोसुझाव छ',उनले भने। यो लिंकमा गएर टिकट किन्न सकिन्छ: ह्यारो : https://www.tickettailor.com/events/thegurkhacentre/989012?fbclid=IwAR0EM85ckr95ilR4ErPrqnF0o3fENYiOkOxiV67c_2c0zGZDrOxuyNUphUE अल्डरशट : https://www.tickettailor.com/events/thegurkhacentre/1067312?fbclid=IwAR0R96AQqtkADvDJy9nTmYdpC63SJkUEaQAb2x2Pr879iTSIPlHGbgAXVgo सेन्टरले एडभान्समा टिकट लिए जम्मा २५ पाउण्ड एवं विद्यार्थी र ६० वर्ष माथिका दर्शकका लागि २० पाउण्ड शुल्क राखेको छ। टिकट सम्बन्धी कुनै पनि जिज्ञासा भए मधु गुरुङ (07585806914) र प्रतिमा जोशी (07793055224) लाई सम्पर्क गर्न पनि सेन्टरले आग्रह गरेको छ। यो कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मदत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।
सुरेश कोईराला, बाल्टीमोर। ‘तिमी कर्म गर,फलको आश नगर’ गीतामा कृष्णले अर्जुनलाई सम्झाउँदै बोलेको वाक्य हो यो। केहीले कर्मलाई महत्वका साथ हेर्छन्, कर्म गर्दै जान्छन् र फल पनि राम्रै प्राप्त गरेका हुन्छन्। केहीलाई भने कर्म भन्दा पहिला फलको अपेक्षा हुन्छ र जीवन व्यापारको शैलीमा चलाउँछन्। अझ भनौ धेरैले परिस्थितिलाई दोष दिन्छन्। म यहाँ जन्मिनु, मैले यस्तो शिक्षा लिन नपाउँनु अनेक अनेक। तर, कर्म गर्नेले फल प्राप्त गर्छ भन्ने भनाइका उदाहरण बन्न सफल हुनुभएको छ सुवोध विशाल पन्त। नेपालमा जन्मेर केही गर्न सकिएन, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरुमा जन्म लिन पाएको भए भन्ने धेरैको भावना हुन्छ। केहीले मुख खोलेर बोल्छन् त केहीले आफैलाई दोष लगाउँदै बसेका हुन्छन्। नेपालको लमजुङमा जन्मेर अमेरिकालाई कर्मथलो बनाउनु भएका पन्त भने अहिले अमेरिका बसेका सबै नेपालीको मनमुटुमा हुनुहुन्छ। सन् २०११ मा अमेरिका प्रवेश गर्नु भएका उहाँले हालसम्म नेपाल र नेपालीको हितमा थुप्रै काम गर्नुभएको छ। समाजसेवामा रुची राख्नुहुने उहाँले २०१२ देखि बाल्टिमोर एसोशियसन अफ नेप्लिज इन अमेरिका (बाना)को सदस्य भएर काम गर्नु भयो। बानाको सदस्य भएदेखि नै उहाँले संस्थागत रुपमा आफूलाई निखार्दै लिनु भयो। नेपालीहरुको बीच रहेर राम्रो काम गरेपछि फल विस्तारै प्राप्त हुँदै गयो। ५ वर्ष बानामा काम गरेका उहालाई बानाको बरिष्ठ उपाध्यक्ष बन्ने अवसर आयो। सन् २०१७ देखि २०१९ सम्म बरिष्ठ उपाध्यक्षको हैसियतमा बानालाई अझ उँचाइमा पु-याउनु भयो। एउटा कोठामा संचालित बाना जस्तो संस्थालाई उहाँले २०१९ देखि हालसम्म अध्यक्ष जस्तो गरीमामय पदमा बसेर सम्हाल्दै हुनुहुन्छ। उहाँ अध्यक्ष भएपछि बानाको विस्तार भएको छ। आफ्नै घरमा सरेको छ। कोठामा लुकेर बसेको संस्थालाई घर खरिद गरेर संचालनमा ल्याउनुमा उहाँको ठूलो मिहेनत छ। विदेशी भूमिमा पसिनासँगै सामाजिक मनोभावलाई विस्तार गर्ने क्रममा उहाँ अमेरिकामा रहेका लमजुङेहरुको संस्था ‘अमेरिकी लमजुङ’का संस्थापक सल्लाहकार हुनु भयो। एएनएको पूर्व सल्लाहकार हुनु भयो, एएनएको कन्भेनर प्रोग्राम अध्यक्षता गर्नु भयो। नेपालको लमजङमा जन्मेर नेपालका विभिन्न संघ संस्थाको सदस्यता लिएका उहाँलाई सामाजिक संस्थामा रहेर काम गर्ने अनुभव प्रस्त भएको थियो। नेपालमा बटुलेको अनुभवलाई उहाँले अमेरिकामा पनि प्रयोग गर्नु भयो । अमेरिका लमजुङ सेवक समाजको संस्थापक सल्लाहकार, इनास मेरिल्याण्डको
शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। लण्डन अल्डरसट स्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको बार्षिक साधारण सम्पन्न भयको छ। सभा महासचिव हरी भट्टराईले संचालन गर्नुभएको थियो भने पहिलो सत्रको कार्यक्रमको सभापतित्व शिव मन्दिर अल्डरसटका अध्यक्ष नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मीले गर्नुभएको थियो।संस्थाका अध्यक्ष बाचस्पति रेग्मी, प्रमुख अतिथि शिव मन्दिरका संरक्षक,रसमुर बरो काउंसिलका काउन्सलर जीव बेलबासे,विषेश अतिथि शिव मन्दिरका संरक्षक तथा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ्गद्वारा मन्दिरका नियमित पण्डित पवन प्रसाद दहालबाट स्वस्तिवाचन सहित पानसमा बत्ती बालेर सुभारंभ गरिएको थियो। कार्यक्रममा संरक्षकहरु मेजर सुर्य प्रसाद उपाध्याय,रोहित गुरुङ्ग,योगेन क्षेत्री,पूरन गीरी,शेर बहादुर सुनार,सुनित जैन,ग्रेटर रसमुर नेपाली कम्यूनिटीका अध्यक्ष मान गुरुङ्ग, समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी शिवाजी श्रेष्ठ,मन्दिरका ट्रस्टी निलकण्ठ पौडेल तथा सुशीला पौडेल,समाजसेवी बेलायती नेपाली समाजका बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङ,गोर्खा मिडीयाका प्रमुख संपादक तथा मन्दिरका नियमित शुभ चिन्तक मिलन तमु,मन्दिरका ट्रस्टी समाजसेवी रामचन्द्र (सुर्जे) गुरुङ्ग,मन्दिर संस्थापनकाल देखी आवद्द क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष यज्ञ क्षेत्री,पर्वत अन्तराष्ट्रीय समाजकी अध्यक्ष तथा समाजसेवी अप्सरा गुरुङ,पिपल मोर्गेजका प्रोपाईटर सुर्य गुरुङ,मन्दिर ट्रस्टीहरु बेम थापा,सुस्मा गुरुड्ग,शंकर श्रेष्ठ,अर्का युवा व्यवसायी अजय थापा,गुरु शिवचन्द्र निरौला,व्यवसायी लाल गुरुङ लगायत समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा महासचिवको प्रतिवेदन हरी भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने एक लाख चौध हज़ार पौण्ड सहितको आय र व्यय प्रस्तुत गर्दै मन्दिरको खातामा लगभग ४७ हज़ार पौण्ड बचत रहेको प्रतिवेदन कोषाध्यक्ष निरज तिवारीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका सभापति तथा शिव कल्चरल एण्ड कम्यूनिटी सेंटरका अध्यक्ष वाचस्पति रेग्मीले आँफ्नो दुई वर्षको कार्यकालमा भएका सबै गतिविधिहरुको जानकारी गराउदै मन्दिर संचालनमा पुर्याएको सहयोगको सबैलाई धन्यवाद दिनुभएको थियो। नेपाल प्रहरीका पूर्व डिएसपी अनि सितलपाटीका प्रमुख सम्पादक रेग्मी अत्यन्त भावुक हुदै मन्दिरसंग आँफु अत्यन्त भावनात्मक रुपमा जोडिएको र बाँकी समयमा निरन्तर सेवामा रहिरहने प्रतिवद्दता जनाउनु भयको थियो। कार्यक्रमको दोश्रो चरणमा शिव मन्दिर अल्डरसटका संरक्षक पूर्व अध्यक्ष रोहित गुरुङगको संयोजक रहेको निर्वाचन आयोगलाई हस्तांतरण गरीएको थियो। समाजसेवी मेग गुरुङ,क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष यज्ञ क्षेत्री सदस्य रहेको निर्वाचन समितिले आँफ्नो प्रक्रिया पुरा गर्दै नयाँ कार्यसमिति घोषणा गरेको थियो। बिक्रम भट्टराईको नेतृत्वमा
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को विभिन्न पदमा विधान अनुरुप मनोनयन गरिएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार भरर्चुअल माध्यममा भएको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु (आइसीसी),सल्लाहकारहरु, अनुशासन समिति,विधान समितिमा मनोनयन गरेको हो। संघका अध्यक्ष डा. बद्री केसी अनुसार संघको विधानको धारा २२ को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तराष्ट्रिय परिषदको सदस्यहरु (केन्द्रीय सदस्यहरु) मा मनोनयन गरिएको छ । मनोनयन हुनेहरुमा चिरन शर्मा (यूके),पूर्णनाथ घिमिरे (अष्ट्रेलिया),रामप्रसाद घिमिरे (अष्ट्रेलिया),बाबुराम भण्डारी (जापान),सरिता ढकाल (जापान),ज्योति शर्मा (इजराइल),डा सञ्जु पौडेल (कोरिया),विनेश तामाङ (कतार),तारानाथ बोहरा एमडी (युएई),अर्जुन गुरुङ (बेल्जियम),डा. मुकुन्द बाँस्तोला (यूके),सरस्वती केसी (यूके),शान्ति अर्याल अधिकारी (पोर्तुगल), सम्राट थापा (क्यानाडा),रविन बज्राचार्य (अमेरिका),मनिता ढुंगाना (अमेरिका),ईश्वरी भट्ट (अमेरिका),भुवन आचार्य (अमेरिका),विनोद भट्ट (अमेरिका),डा अन्जु खरेल (अमेरिका) र हेमन्त काफ्ले (अष्ट्रेलिया) रहेका छन्।
शीतलपाटीन्युज डटकम। लण्डन। सयपत्री परियार समाज बेलायतको दोस्रो अधिवेशन गत ०९ डिसेम्बर २०२३ को दिन ठमेल रेष्टुरेन्ट अल्डर्सटमा भब्यताका साथ सम्पन्न भएको छ। समाजका महासचिव रबिन परियारले समाजका अध्यक्ष दिलिप मोहोराको अनुमति लिदै कार्यक्रम सँचालन गर्नु भएको थियो। आधिकारिक कार्यक्रमको प्रकृया अनुसार सम्पुर्ण पदाधिकारी र सल्लाहकारहरुलाई आशन ग्रहण गराए पछि छोटकरीमा हेल्थ एण्ड सेफ्टी सम्बन्धि जानकारी गराईयो। यस वर्ष दिवङवत हुनुभएका मृत आत्माहरुको चिरशान्तिको कामना गर्दै दुई मिनट मौनधारण गरीएको सो कार्यक्रममा समाजका अध्यक्षको श्रीमति रमिला मोहोरा र वरिष्ठ सल्लाहकारको श्रीमति बिमला सिवाले संयुक्त रुपमा दिपप्रज्वलन गरि कार्यक्रमलाई उदघाटन् गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई समाजका उपाध्यक्ष कुमार घलेले स्वागत मन्तब्य दिनु भएको थियोI पहिलो कार्यसमितिको वार्षिक प्रतिबेदन समाजका महासचिव रबिन परियारले प्रस्तुत गर्नु भएको थियो भने कोष सम्बन्धी समाजका कोषाध्यक्ष कुमार दर्जि र सह-कोषाध्यक्ष किरण परियारले सदस्यता र बैकमा भएको कोषको आयव्यय बारे विवरण प्रस्तुत गर्नु भएको थियोI मन्तब्य राख्ने क्रममा समाजका उपाध्यक्ष कुमार घलेले समाजको प्रथम कार्यसमितिले के कस्ता कामहरु गर्दै अगाढि बडेको छ भन्ने बारे घाम लागे जस्तै छर्लङ्ग छ यो भन्दा धेरै भन्नु चाहान्न यहाहरु सबै जानकार हुनुहुन्छ आफ़ै मुल्यङ्क गर्नु होला भन्नु भएको थियो।त्यस्तैगरी समाजका सल्लाहकार सुनिल त्रिखत्रिले पनि समाजको एउटा सल्लाहकारको हैसियतले समाजलाई कसरि अगाडि बढाउनु पर्छ भनि आफ़्नो बहुमुल्य सुझाव राख्नु भएको थियो।सल्लाहकार झलक परियारको श्रीमति बिष्णु देवि परियारले पनि समाजमा बस्नु र समाज बनाउनु एक भएर,जुटेर अगाडि बढाउनु पर्छ भन्दै गहिकिलो शब्दहरुले समाजलाई सुझाव दिनु भएको थियो। उत्तर बर्देवा समाजको मिडिया प्रचार प्रसार बिभागिय प्रमुखले पनि माथिको बक्ताहरुको सहमत जनाउदै नव कार्यसमितिले सबै मिलाउनु हुन्छ भन्ने पुर्ण बिस्वास लिएको मनसाय व्यक्त गर्नु भयको थियो। अध्यक्ष दिलिप मोहोराको कार्यकाल भरि के कति उन्नति प्रगति गर्नु सफ़ल हुनुभयो छर्लङ छ भन्दै समाजको लागि एक अनुभवि अग्रज बिभिन्न क्षेत्रमा निपुण हुनुहुन्छ। उहाँको पाईलालाई हामीले अनुकरण गर्नु पर्छ। उहाँले गर्नुभएको कामको मुल्य मान्यताको लागि योग्दानको उच्च कदर गर्दै हाम्रो सयपत्री परियार समाज युकेको सँस्थापक अध्यक्ष हुनुहुन्छ भन्दै समाजको महासचिव रबिन परियारले
शीतलपाटीन्युज डटकम। लण्डन।बेलायतमा सक्रिय नेपाली संस्थाहरु मध्य बर्न्टओक नेपाली समाज पनि एउटा शसक्त समाज हो। हालै सम्पन्न भयको सो समाजको बार्षिक अधिबेशनले खमिरजड गुरुडको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ। बर्न्टओक नेपाली समाजको पुर्ब अध्यक्ष तथा बार्नेट काउन्सिलको पुर्ब उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुडले सो कुराको जानकारी दिनु भयको छ। हिजो बसेको बर्न्टओक नेपाली समाज यूकेको १६ डिसेम्बर २०२३ का दिन सातौं कार्यसमितिको निर्वाचन सफलता पूर्बक सम्पन्न भएको कुरा रमेश गुरुंग प्रमुख आयुक्त,सुरेश गौतम आयुक्त,टेकमान गुरुंग आयुक्त,मोहन गुरुंग आयुक्त,श्रीमति दुर्गा गुरुंग आयुक्त ५ सदस्यीय निर्वाचन समितिले पनि जानकारी गराएको छ। नयाँ कार्यसमितिको नामावली यस प्रकार पेश गरिएको छ। अध्यक्षमा ख़मीरज़ंग गुरुंग,दुई उपाध्याक्षहरुमा उपाध्यक्ष मुरारी थापा र उपाध्यक्ष श्रीमती मंजु गुरुंग (आमा समूहकी अध्यक्ष पनि स्वतः मुख्य कार्यसमितिको उपाध्यक्ष २ हुने ब्यवस्था छ)। महासचिव श्रीमती हेलिशा गुरुंग,सचिव प्रेम कॅडेल,कोषाध्यक्ष महेन्द्र गुरूंग सहकोषाध्यक्ष थोकराज गुरूंग,सांस्कृतिक सचिव उमेश खड़का,खेलकुद् सचिब दल बहादुर गुरूंग,मिडिय संयोजकमा भगीरथ योगी,जेष्ठ नागरिक संयोजक शेर बहादुर आले रहनु भयको छ। आमा समूहको कार्यसमितिमा अध्यक्ष श्रीमती मंजु गुरुंग,उपाध्यक्ष श्रीमती कमला गुरुंग (Mrs Bishnu),सचिव श्रीमती सपना खनिया,कोषाध्यक्ष श्रीमती पार्वती गुरुंग,सह-कोषाध्यक्ष श्रीमती दुर्गा गुरुंग रहनु भयको छ।केही पदमा निर्वाचित हुन बांकी रहेकोले बाकी पदहरूमा नयां कार्यसमितिले आवश्कता अनुसार चयन र परीपूर्ती गर्ने भएको छ। निबर्तमान कार्यसमितीका अध्यक्ष बिष्णु गुरुंग लगायत वहाँको सम्पूर्ण कार्यसमितिलाई कार्यकाल सफलता पूर्वक निर्वाह गर्नुभएकोमा मुरी मुरी बधाई तथा धन्यवाद दिइएको सो अधिबेशनमा नवनिर्वाचित अध्यक्ष पदमा निर्वाचीत हुनु भएको ख़मीरज़ंग गुरुंग लगायत उहाँको संपूर्ण कार्यसमितिलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिईएको थियो। बर्न्टओक नेपाली समाज नया कार्यसमितीको कार्यकाल तीन बर्षको हुने बिधानमा जनाईएको छ।महाधिबेसनका अवसरमा बनटोक नेपाली समाजका पुर्ब अध्यक्ष तथा बार्नेट काउन्सिलको पुर्ब उपमेयर काउन्सिलर लक्षबहादुर गुरुडले शुभकामना मन्तब्य दिदै “हामीहरु नेपालबाट बसाई सराई गरेर आएर यस क्षेत्रमा बसोबास गरेपछि यो क्षेत्र नै हाम्रो गाउ हो,यो नै हाम्रो समाज हो,हामीहरुले हाम्रो हक अधिकार खोज्ने र पहिचान बनाउने ठाउ यहि हो। तसर्थ हामीहरु सबैले हाम्रो यस समाजलाई प्राथमिकता दिनु पर्छ।लन्डन बरो अफ बार्नेट काउन्सिल बेलायतमा सब
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर चयन भएका छन्। एम्पायर हल अल्डरसटमा १६ डिसेम्बर २०२३ मा भएको आदीबासी जनजाती महासंघ युकेका अध्यक्ष प्रमुख अतिथी कर्मा पहाडी रहेको चौथो अधिवेशनबाट सूर्यवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष मगर यसअघि उपाध्यक्ष थिए। लामो समय ब्रिटिस सेनामा सेवा गरी अवकास प्राप्त सूर्यवंशी निरन्तर पत्रकारिता गर्दै आएका छन्। यसैगरी नयाँ कार्यसमिति उपाध्यक्षमा लिलासेलिङ माबो,सचिवमा अमित थेवे,सहसचिवमा तेज माबो,कोषाध्यक्षमा डा.महा राई चयन भएका छन्। सदस्यहरुमा क्रमशः रोमियन लिम्बु,ईश्वर चाम्लिङ,जेबी राई,विश्वजित थापा,पम्फा गुरुङ र रुद्र थापामगर चयन भएको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमिति घोषणाका लागि पूर्वअध्यक्ष विश्वासदीप तिगेला निर्वाचन आयुक्त रहेको समितिमा पूर्वअध्यक्षद्वय किरण टि.लिम्बु सदस्य र प्रमिला लाबुङ सदस्य सचिव रहेको समिति बनाइएको थियो। अधिवेशनको पहिलो चरणमा संगठनको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो। प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युके शाखाको अध्यक्ष कर्मा पहाडी शेर्पा,भक्त दुरा, किरात राई यायोक्खा युकेका अध्यक्ष चन्द्र राई,नेपाल पत्रकार महासंघ युकेको पूर्वअध्यक्ष नरेश खपाङ्गीमगर,नेपाल मगर संघ युकेका उपाध्यक्ष रुद्र थापा लगायतले शुभकामना दिएका थिए। यसैबीच कार्यक्रममा विगत वर्ष झैं युकेका नेपाली समाजमा पत्रकारिताको माध्ययमबाट योगदान पुर्याए बापत पत्रकार विमला सेनेलाई सम्मान र गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई नगद १०० पाउण्डको पुरस्कार प्रदान गरियो। नगद पुरस्कारको सौजन्य निवर्तमान अध्यक्ष गोमा रानाले गर्नुभएको थियो। अध्यक्ष रानाको सभापतित्वमा भएको अधिवेशनलाई सचिव लिला सेलिङ माबोले सञ्चालन गरेकी थिइन्। फोटो- गोर्खा मिडिया।
शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेको ८ औ कार्यसमितीको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन्। मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कृष्णको नेतृत्वमा २०२३-२०२५ का लागि नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ,महासचिवमा क्या पिताम्बर गुरुङ,सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए।सहारा युके फुटबल सीईओमा मेग गुरुङ,खेलकुद सचिवमा शमशेर गुरुङ,युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ। साथै कार्यसमिति सदस्यहरुमा मनोज गुरुङ,मिलन तमु गुरुङ,सुधा गुरुङ,दल गुरुङ,देव गुरुङ,गम गुरुङ,दिपक (राजु) गुरुङ,सविन्द्रकुमार गुरुङ (एसके),अमृत गुरुङ र अजयजंग थापा रहेका छन्। सहारा एफसीका पुर्व अध्यक्ष हरि कुमार श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय समितिमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गरुङले निर्बाचन सम्पन्न गरेको थियो। अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेको सो साधारणसभामा उपाध्यक्ष कृष्ण गुरुङ,महासचिव मनोज गुरुङ,कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष जगन गुरुङ,सहारा एफसी टिमले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा अध्यक्ष ले.रि गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन,आरन्ट कप वालिङ र बगर भाइखलको विषयमा बोलेका थिए। अध्यक्ष र महासचिवले आहा रारा गोल्डकपमा संस्थाबाट दिइने गोल्डकप,ट्रफी पुरस्कार र धन्यवाद भोज लगायत विषयमा जानकारी गराएका थिए। साधारण सभामा आदर्श तमु अवार्ड पाएका संस्थाका आजीवन सदस्यहरु सेरा गुरुङ र गमबहादुर गुरुङलाई दोसल्ला र पुष्पगुच्छा दिएर धन्यवाद दिइएको थियो भने नेपाल आदिवासी जनजाति पत्रकारा महासंघ यूकेबाट शनिबार नै पुरस्कृत सहारा यूकेका कार्यसमिति सदस्य एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पनि अध्यक्ष लेरि कुसाङ गुरुङ लगायतले बधाई तथा शुभकामना दिएका थिए। यस्तैगरी सहारा यूकेका सल्लाहकार चन्द्र गुरुङलाई कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा चयन भएको अवसरमा बधाई तथा शुभकामना दिइएको,च्यारिटीका लागि नेपालबाट आएका अतिथि कलाकार दीपक थापा लगायतलाई प्रमाणपत्र र खादा लगाइ दिईएको थियो। सहारा युकेका फाउण्डर प्रेसीडैन्ट नविन गुरुड्ग, पुर्ब अध्यक्षहरु दिलीप गुरुड्ग एमबिई,मीन गुरुड्ग, कुमार गुरुड्ग, फस्ट लेडी पंच गुरुड्ग उपस्थित सो अधिबेसन भब्य भयको थियो।
GNN NEWS- लन्डन । वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बेलायतका नेपाली दर्शकलाई आफ्नो कार्यक्रममा आउन निमन्त्रणा गरेका छन् । 'मह जोडी यूके टुर' का लागि आउँदो साता बेलायत आउन लागेका मह जोडीले एक भिडियो सन्देशमा अल्डरसट र हयारोमा तय कार्यक्रममा आउन आव्हान गरेका हुन्। भिडियो सन्देशमा महले विगतमा पनि बेलायतका नेपाली दर्शकबाट साथ पाएको स्मरण गर्दै यसपटक त्यस्तै साथ सहयोग रहने आशा व्यक्त गरे। बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले यही डिसेम्बर तेश्रो साता च्यारिटी उद्देश्य राखेर गर्न लागेको कार्यक्रमका लागि मह जोडी २० डिसेम्बर बेलायत आउने जनाइएको छ । मह जोडीका साथ यमन श्रेष्ठ (मदनका सुपुत्र) पनि बेलायत आउने भएका छन्। मह जोडीको पहिलो कार्यक्रम आउंदो २३ डिसेम्बर दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम क्रिसमस इभ अर्थात २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा तय भएको छ। सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले मह प्रस्तुति हेर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, हयारो मेयर,काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रमुख आदि सहभागी हुने जनाए। 'कार्यक्रमप्रति दर्शकहरुको एकदम सकारात्मक रेस्पोन्स पाएका छौं',उनले भने, 'हामी हाउस फुल होस् भन्ने आशा राख्दछौं । बेलैमा टिकट लिए तपाईंहरुले डिस्काउन्टमा खरिद गर्न सक्नुहुन्छ, आउनुस् सबै महसंगै कार्यक्रममा रमाऔ।'तामाङका अनुसार, एडभान्स टिकट मूल्य जम्मा २५ पाउण्ड छ। विद्यार्थी र ६० वर्षमाथिका दर्शकका लागि जम्मा २० पाउण्ड लिइने पनि उनले जनाए। ह्यारोमा चर्चित गायक प्रकाश सपुत समेतको प्रस्तुति रहने तामाङले बताए। कार्यक्रमको बीचमा यमन श्रेष्ठ र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन्। ह्यारो कार्यक्रममा कम्तीमा १५ सय र अल्डरसटमा करिब ६ सय दर्शक जुटाउन आयोजक टिम दिनरात खटिएको छ। सेन्टरका अध्यक्ष भीम तामाङले मह जोडीलाई कार्यक्रमबाहेक नेपाली समुदायका अग्रजहरुसंग भेटघाट, हिन्दू, बुद्धिष्ट,मुस्लिम र इसाइ धर्मावलम्बीहरुका आस्थाको केन्द्र अवलोकन भ्रमण,पत्रकार सम्मेलन आदि गराउने योजना बनाइएको बताए। उनले बेलायतवासी नेपाली दर्शकहरुलाई 'गुडकज' उद्देश्य राखेर गर्न लागिएको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन्। बेलायतमा रहेका गोर्खा भेट्रान
शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने-FINYE) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको छ। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी,गैर राजनीतिक र गैरसरकारी हो र यसको उद्देश्य व्यावसायिकता तथा उद्यमशीलता विकासका लागि नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानका साझा मञ्च प्रदान गर्ने हो। फिने बेलायतको अध्यक्षमा विनोद बरालको चयन हुनु भएकोमा खुसी व्यक्त गर्दै फिने बेलायतका संस्थापक अध्यक्ष मनीषा डङ्गोल श्रेष्ठले भन्नुभयो, "संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने युकेलाई अझ अगाडि बढाउनका लागि विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ र उहाँको नेतृत्वमा आगामी दिनमा फिने युकेको अझ प्रगति हुनेमा म विश्वस्त छु।" विनोद बरालले युके अध्यक्षका रूपमा आफ्ना अनुभव र प्रतिबद्धताका मार्फतबाट फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा युके युवा उद्यमी समुदायहरू बिचको सम्बन्धलाई बलियो बनाउनु हुने विश्वास व्यक्त गरिएको छ। फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तीकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबिच सामाजिक र आर्थिक दुवै क्षेत्रमा खाडल पुर्याउने काम आफू लागि पर्ने नवनियुक्त अध्यक्ष विनोद बरालले बताउनु भएको छ। संस्थाका लक्ष्यहरू प्राप्त गर्नको लागि आफूले कडा मेहनत गर्ने पनि बरालले बताउनु भयो। नेपाल बाहिर अहिलेसम्म फिनेका बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकका च्याप्टरहरू खुलिसकेका छन्। नवनियुक्त अध्यक्ष विनोद बराल तथा फिने बेलायतका संस्थापक अध्यक्ष मनीषा डङ्गोल श्रेष्ठ दुवैले आफूजस्तै अन्य युवा उद्यमीहरूलाई सशक्तीकरण तथा प्रोत्साहित गर्नका सहकार्य गर्नका लागि फिनेमा आबद्ध हुन सबै युवा उद्यमीहरूलाई आव्हान पनि गर्नु भएको कुरा हालै प्रकाशित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घको प्रेष बिज्ञप्तिमा जनाईएको छ। संस्थाको आधिकारिक वेबसाइट https://www.finye.org/ फिने र यसका लक्ष्य तथा क्रियाकलापहरूका बारेमा थप जानकारी लिन सकिन्छ। यसैगरी नवनियुक्त विनोद बरालको वेबसाइट https://www.binodbaral.com/ बाट उहाँका बारेमा थप जानकारी लिन सकिन्छ।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘एक पटकको नेपाली सधैंको नेपाली भन्ने’ नीति आफ्नो पार्टीको धारणा रहेको बताएका छन्।राज्यमा सुशासन कायम भयमा मात्रै देश राम्रो हुने भन्दै सुशासन पहिलो शर्त बताएका छन। लामिछानेले मंगलबार एम्पायरहल अल्डरसट बेलायतमा उपस्थित नेपालीसँग अन्तरक्रिया गर्दै गैरआवासीय नेपालीहरुको नागरिकता र सम्पतिको सुरक्षाको लागि रास्वपाले साथ दिने बताएका छन। उनले गैरआवासीय नेपाली नागरिकताका बारेमा दुई प्रकारका दृष्टिकोण बाहिर आए पनि आफ्नो पार्टीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता राख्ने बताए। उनले वंशजको नागरिकताको विषयमा थप छलफल गर्न सकिने बताए। एम्पायरहल अल्डरसटमा उपस्थित भएका ठुलो नेपाली जमातलाई सम्बोधन गर्दै बेलायतस्थित भूपू गोर्खाहरुको समान अधिकारको आन्दोलनमा आफ्नो पार्टीको एक्यबद्धता रहने बताए।त्यस क्रममा सभापति लामिछानेले वर्तमान व्यवस्थाबाटै देशको अवस्था परिवर्तन गर्नुपर्ने पार्टीको मान्यता रहेको र भष्ट्राचार एवम परिवारबादलाई जरैबाट निर्मुल पार्न सबैको सहयोगको अपिल गर्दै स्पष्ट पारेका थिए। रास्वपा सम्पर्क विभाग यूकेका सभापति पवन शर्माको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रम सह महामन्त्री यज्ञराज कार्कीले सञ्चालन गरेका थिए। रास्वपा बिभाग बेलायतका सदस्य शिव कडेलले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ गरेको सो कार्यक्रम अध्यक्ष लामिछाने हलमा प्रबेस गर्दा आमा दिदी बहिनीहरु र बेलायतस्थित अभियन्ताहरुले सामुहिक रुपमा स्वागत गरेका थिए। सोमबार मिडलैण्डमा अन्तरक्रिया गरेका अध्यक्ष लामिछाने मंगलबार बिहान ११ देखि १ बजेसम्म एशियन कम्युनिटी सेन्टर प्लमस्टिडमा अन्तरक्रिया गरेका थिए। अपरान्ह ५ बजे नेपालीहरुको राजधानी मानिने अल्डरसटमा आई पुगेका लामिछानेले एम्पाएर हलमा ठुलो समुहसंग अन्तरक्रिया गरेका थिए। सभापति लामिछानेलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर स्वागत गरिएको सो सभामा कार्यक्रम शुरु गर्दा लामिछानेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका थिए। पत्नी निकिता पौडेल र स्वकीय सचिव एवं पार्टी केन्द्रीय सदस्य दीपक बोहोराका साथ बेलायत आएका लामिछानेले बेलायत बसोबास गरेका नेपालीको मन जितेका थिए। अल्डरसटमा भूपू गोर्खाहरुको उल्लेख्य उपस्थिति थियो । त्यहाँ रवि लामिछानेले सहभागीको प्रश्नको जवाफ दिएका थिए। पर्वत वयलफेयर सोसाईटीका पुर्व अध्यक्ष नेत्र आले,गोर्खा हंगरस्टाइकका अभियन्ता धन गुरुड्ग,एनआरएन केन्द्रिय उपाध्यक्ष रामशरण सिंखडा,बंशजको नागरिकताका अन्तराष्ट्रिय संयोजक योगेन क्षत्री,नागरिक समाज युकेका संयोजक शेर बहादुर सुनार,एनआरएन युकेका अध्यक्ष प्रेम
शीतलपाटीन्युज डटकम। सञ्चारकर्मी,लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रतिष्ठित “एम्बेसडर फर पिस” अवार्डबाट लण्डनमा सम्मानित गरिएको छ। डिसेम्बर ९ मा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमाउनको योगदानको कदर गरिएको थियो । विकास संचारमा पन्ध्र वर्ष भन्दा बढी अनुभव संगालेकी संगीताको महिला अधिकार,विश्वव्यापी शिक्षा,अनुसन्धान संचार र वातावरणीय संरक्षणमा योगदान रहेको कुरा Universal Peace Federation - UK को बिज्ञप्तीमा जनाइएको छ। हाल, फिड द माइन्ड्स,लन्डनस्थित अन्तर्राष्ट्रियविकास संस्थामा,उनी अफ्रिकी तथा एशियाका विभिन्न देशहरुमा गरिबीमा परेका महिलाहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने अभियानमा संलग्न छिन्।‘एम्बेसडर फर पिस’ अवार्डले सामंजस्यपूर्ण संसार सिर्जना गर्ने उनको प्रतिबद्धतालाई झल्काउँछ । प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि उनले कृतज्ञता व्यक्त गर्दै भनेकी छन, "शान्तिका लागि राजदूतको रूपमा मान्यता प्राप्त गर्न पाउँदा म अत्यन्तै सम्मानित महसुस गर्दैछु। यो पुरस्कारले मलाई थप योगदान गर्न उत्प्रेरित गरेको छ भनेकि छन।" "युनिभर्सल पिस फेडेरेसन एम्बेसेडर फर पिस अवार्डले समुदाय र सीमानामा शान्ति तथा सद्भावलाई बढावा दिनको लागि राम्रो नेतृत्व,वकालत र प्रतिबद्धता प्रदर्शन गरेका व्यक्तिहरूलाई सम्मान गर्दछ", युनिभर्सल पिसफेडरेशन यु.के.का निर्देशक मार्गरेट अलीले भने। "यो पुरस्कार प्राप्त गर्नेहरूले अहिलेसम्म हासिल गरेका कामहरूको लागि मात्र होइन; शान्ति पुरस्कारबाट सम्मानित अन्य विद्यमान राजदूतहरू सँगै समाजको लागि थप काम गर्न प्रोत्साहित गर्दछ। UPF मा हाम्रो टोलीले योग्य व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेर राम्रो गर्ने कोसिस गर्छ," उनले थपेका छन। युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद्सँग सामान्य परामर्शको स्थितिमा एनजीओको रुपमा रहेको विश्वव्यापी संस्था हो। UPF ले संयुक्त राष्ट्र संघको कामलाई समर्थन गर्दछ,विशेष गरी अन्तर धर्म,शान्ति, निर्माण,शान्ति शिक्षा,विवाह र परिवारको सुदृढीकरणका क्षेत्रमा हेर्ने गरेको छ। यसले १६० भन्दा बढी देशहरूमा एम्बेसडर फर पिस अवार्ड बाट योग्य व्यक्तिहरूलाई सम्मानित गरेको छ।