Saturday February 08, 2025

व्यक्तित्व

सकुशल फर्किए सचिन भट्टराई

GNNNEWS- लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका  नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्।  बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए। यस अघि उनले ब्रिस्टल प्रहरीमा गएर बयान दिएका थिए। उनी कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही बताएको छैन। उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको थियो। युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्वर शनिबार बेलुकीदेखि सम्पर्कविहीन थिए। सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। १६ नोभेम्बर  राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए। गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो।सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिएका छन्। लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उनको खोजीका लागि ब्रिस्टल प्रहरीसंग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए।

बेलायतमा हराई रहेका नेपाली विद्यार्थी खोजी गरिदिन अभिभावकको आग्रह

जीएनएनन्युज डटकम। लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजबिनमा सहयोग गरि दिन उनको परिवारले आग्रह गरेको छ।युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४  वर्षीय सचिन भट्टराई गएको एक साता देखि सम्पर्कविहीन छन्  । गत शनिबार नोभेम्बर १६ तारिख साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ। सो राती डेरामा नफर्के पछि उनी संगै बस्ने साथी, स्पन्दन वाग्ले, ले आइतबार उनको परिवारलाई र सोमबार प्रहरीलाई खबर गरेका थिए।   गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ। उनको खोजीको पहलस्वरुप बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ। यूके ब्रिस्टोलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो। सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ। "उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुइ महिना पहिले मात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा हामी छाँगा बाट खसे जस्तो भएका छौं।  हाम्रो छोराको वस्तु स्थिति पत्ता लगाई दिन हामी ब्रिटिश प्रहरी, लन्डन स्थित  नेपाली दूतावास तथा बेलायत स्थित नेपाली समुदाय एवं संघ संस्थाहरुलाई हार्दिक आग्रह गर्द छौं," सचिनका पिता शशिकान्त भट्टराईले भने।   लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीले पनि भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको बताए।  "बेलायतमा पढ्न आएको विद्यार्थी बेपत्ता हुनु हामी सबैको लागि अत्यन्तै दुखको कुरा हो।  हामी ब्रिस्टल प्रहरीसंग सम्पर्कमा छौं र सचिन भट्टराईको बारेमा कुनै पनि जानकारी भए प्रहरी वा दूतावासलाई जानकारी गराई दिनु हुन आग्रह गर्दछौं। " ब्रिस्टल प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ। सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा उनकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ । नेपाल सम्पर्क: +977 9816317102 / +977 9842283286

डा.शारदा गुरुङ नेपाली चेली बनिन् ब्रिटिस सेनामा मेजर

शीतलपाटीन्युज डटकम। लन्डन । कास्की जिल्लाको साबिक अन्नपूर्ण गाविस स्थित घान्द्रुक पुर्ख्यौली घर भएकी मेजर डा. शारदा गुरुङ (एमबीबीएस,एफआरसीए) ले बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडमी स्यान्ड्रस्ट (आरएमएसस) बाट कमिसन कोर्ष सफलतापूर्वक सकेर पासिङ आउट परेड पास भएकी छन्। ब्रिटिस आर्मीको विषेश अधिकृतको उपस्थितिमा २३ नोभेम्बर २०२४ मा दीक्षान्त समारोह सम्पन्न भएको थियो। सोही अवसरमा उनी रोयल आर्मी मेडिकल कर्पको रिजर्भ युनिटको मेजर पदमा कमिसन भइन्। डा.शारदा गुरुङ गुरुङ बुवा सत्रमान गुरुङ र आमा कमलादेवी गुरुङ ब्रिटिस आर्मीमा हुँदा सन् १९८७ साल हङकङमा जन्मिएकी थिइन्। उनले पोखराको सेन्ट मेरिज हाइस्कुलबाट सन् २००४ मा एसएलसी उत्तीर्ण गरी २००६ सालमा बुढानिलकन्ठ स्कुल काठमाडौँबाट प्लस टु गरेकी थिइन् र सोही साल काठमाडौँ मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।  सन् २०११ मा एमबीबीएस उत्तीर्ण गरेपछि सन् २०१२ मा बुवाआमासँग बेलायत आएकी थिइन् । बेलायतको एनएचएसअन्तर्गत रोयल कलेज अफ एनिस्थेटिस्ट अध्ययनसँगै काम गर्न थालेकी थिइन्। उनले सन् २०१९ डिसेम्बरमा एफआरसीएको डिग्री हासिल गरेकी थिइन्। डा. गुरुङ एभेलिना लन्डन बाल अस्पताल, गाइज एन्ड सेन्ट थोमस एनएचएस ट्रस्टमा पेडिएट्रिक एनेस्थेसिया कन्सल्टेन्टसमेत रहेकी थिइन् । उनको परिवारमा बुवाआमासहित दाई (सीए) हेमन्त गुरुङ,भाउजू समीता गुरुङ र भदैनीहरू शहरा रोज गुरुङ र शामना लिली गुरुङ रहेका छन्। ब्रिटिस गोर्खाको छोरीहरूमा सम्भवता सिधै मेजर पद पाउनेमा डा.गुरुङ पहिलो नेपाली मूलकी छोरी हुन् । (श्रोत- गोर्खा मिडीया।)

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै पोखरामा संचालित “हट एयर बेलुन”

शीतलपाटीन्युज डटकम। पोखरा। पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ। प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ,क्यानोइङ, ¥याफ्टिङ,हट एयर बेलुन लगायत साहसिक गतिविधि पोखरा इलाकामा सञ्चालित छन्। प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको हो। बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेको बताए। ‘पोखरा प्राकृतिक मात्र होइन साहसिक गतिविधिको सहर पनि भएको र पछिल्लो समय हट एयर बेलुनप्रति सार्क राष्ट्रका पर्यटकको आकर्षण बढ्दै गएको उनको भनाई छ’, बाडेका अनुसार”सूर्यको किरण हिमालमा पर्दा देखिने मनमोहक दृश्यदेखि हरियाली डाँडाकाँडा र तालतलैयाको दृश्यावलोकनमा रमाउन चाहने पर्यटकलाई बेलुनको साहासिक यात्राले लोभ्याउँदै लगेको छ।” उनले बेलुनको उडानले पाँच वर्ष उमेर माथि साहासिक गतिविधिमा रुचि राख्ने शारीरिक मानसिक तन्दुरुस्त भएका सबैका लागि साहसिकता र मनोरञ्जनको नयाँ ढोका खोलिदिएको बताएका छन। बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि जानकारी गराएका छन। ‘पर्यटक आएर मात्र भएन आएपछि भुल्ने र रमाउने गतिविधि पनि हुनुपर्छ,हामीले यसप्रति पनि ध्यान दिएर पोखरालाई साहसिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न महोत्सवको तयारी गरेका छौँ,’उनले भनेका छन। उनका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्याण्डका साङ्गीतिक कार्यक्रम,बेलुन प्रतियोगिता,डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई,प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताए। ‘पोखरा प्राकृतिक सुन्दरताको केन्द्र मात्रै नभएर साहसिक गतिविधिहरूको पनि महत्वपूर्ण सहर बनिसकेको छ। पछिल्लो समय सार्क राष्ट्रका पर्यटकका लागि हट एयर बेलुन विशेष आकर्षणको केन्द्र बनिरहेको छ’, उनले बताएका छन। अध्यक्ष पहारीले बेलुनले साहसिक खेल र पर्यटनमार्फत पर्यटकीय राजधानी पोखरालाई

एनबीसी यूकेले क्यान्सर रोग सम्वन्धि सचेतनामूलक वेबिनार गर्दै

जीएनएनन्युज डटकम। लन्डन– नेप्लिज  ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोग सम्वन्धि सचेतनामूलक वेबिनार गर्ने तयारी गरेको छ ।  आउंदो ३० नोभेम्बर, शनिबार  बिहान १० देखि १२.३० बजेसम्म कार्यक्रम तय गरिएको हो। संस्थाले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) संगको सहकार्यमा क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले  विशेष वेबिनार आयोजना गर्न लागिएको जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर लाग्ने विभिन्न कारण, यसका लक्षणहरु, प्रारम्भिक परिक्षण र उपचारको महत्त्व, रोकथामका लागि जीवनशैलीमा ल्याउन सकिने आवश्यक परिवर्तन आदिबारे सचेतना जगाउनु रहेको संस्थाको भनाइ छ। कार्यक्रममा मुख्य वक्ताहरुमा  डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिष्ट एनएचएस), सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट एनएचएस), रजिष्टर्ड नर्स एवं क्यान्सर रिसर्च यूकेबाट प्रशिक्षित म्याटरनिटी कम्युनिटी म्याट्रोन सृजना कोइराला तथा केयर होम सञ्चालक एवं क्यान्सर रिसर्च यूकेबाट तालिमप्राप्त हेल्थ केयर विज्ञ प्रभु न्यौपाने रहनेछन्। उक्त कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूसँग अन्तरक्रिया साथै क्यान्सर रोगलाई जितेका दुई व्यक्तिका अनुभव र क्यन्सरविरुद्ध भोग्नु परेको संघर्षबारे प्रेरणादायी प्रस्तुति हुने एनबीसी यूके संयोजक समीरनाथ प्याकुरेलले जनाए । उनले बेलायत स्थित नेपाली/गोर्खा समुदाय साथै संसार भरि रहेका नेपालीलाई कार्यक्रममा सहभागी भएर लाभान्वित हुन अनुरोध पनि गरे।

BRI बारे प्रधानमन्त्री केपी वलीलाई आरके त्रिपाठीको लण्डनबाट खुलापत्र:

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको प्रधानमन्त्री चिन भ्रमण गर्दै हुनुहुन्छ।भ्रमण गर्दा पोखरा अन्तराष्ट्रिय विमान स्थल बनाउँदा लिएको ऋण लाई अनुदानमा बदलि दिन चिन सरकारसंग आहवान गर्नु पर्दछ। हिमालय क्षेत्रको वातावरणको विनास र जलवायु परिवर्तनको असर घटाउने सवालमा चीनका राष्ट्रपतिसँग नेपालले कुरो उठाउनुपर्छ। BRI परियोजनाले पाँचवटा विषयलाई मुख्य रुपमा समेटेको छ।नीतिगत समन्वय,रेलवे र हाईवे सहितको संरचना,खुल्ला व्यापार,आर्थिक समन्वय र जनजनको सामीप्य। नेपालको सन्दर्भमा नेपालले सन् २०१४ मा यस परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै सन् २०१६ मार्च २१ मा ट्रान्जिट ट्रान्सपोट एग्रिमेन्ट हुँदै सन् २०१७ मे १२ मा BRI परियोजनामा हस्ताक्षर गरेको छ। BRI मा हतारिएको निर्णय आफैलाई घाँडो हुन सक्छ।सबै पक्ष नियाल्न जरूरी छ।BRI पूर्ण संझौता कार्यन्वयनमा लानु अगाडी आम संसदिय छलफल,सहमती र विकाश विदहरु संग गहिरो छलफल आवश्यक छ। BRI र MCC फरक खाले विकाश योजना हुन्। MCC मा केबल 500 मिलियन अमेरिकी डलर अनुदान लिएको हो।MCC अन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन,तीनवटा सबस्टेशन, तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नतिजस्ता निर्माण कार्यहरू छन्/यो परियोजना नेपालले सजिलै रुपमा पूरा गर्न सक्ने अवस्थामा छैन/BRI चाहिं मल्टी विलियन डलर लगानी गर्नु पर्ने विकाश प्रोजेक्ट हो।नेपालको जनसंख्या र उत्पादन कम छ। उत्पादन बढाउने तर्फ कसैको ध्यान गएको छैन। BRI प्रोजेक्ट बाट बन्ने Railway,Highway Connectivity Corridoor लाई नेपाल र China ले मात्र व्यस्त बनाउन सक्दैन।यसमा India लाई Engage गराउनै पर्दछ। यसको लागी काठमाण्डौ देखी तराई Border सम्म रेल मार्ग India को सहयोग विना बन्न सक्दैन। India को उत्पादित सामान रेलको डिब्बामा चिन निर्यात हुँदा र China को सामान India निर्यात हुँदा यो Railway Corridoor Busy हुने हो।BRI प्रोजेक्ट बन्यो भने काठमाण्डौं Junction Point बनेर फाईदा लिन सक्छ। BRI प्रोजक्ट लिनु अघि नेपालले BRI कै लागी भनेर त्रिदेशिय पारवाहान संघी संझौता समेत गर्नु पर्ने हुन्छ। नेपालले दुवै छिमेकी मुलुकसँगको समुद्र प्रयोगका लागि अपनाउने नीति दुबै मुलुकसँगको समन्वय र सहकार्य पनि त्यतिकै चुनौतीका रुपमा रहेको छ। BRI लिंदा India लाई Busy गराउन सकिएन भने यो Project नै Fail हुन्छ।नेपालमा हरेक बर्ष

नेपालको म्युजिक तथा ड्रामा एकेडेमीका भीसी शंभु राईलाई साहारा युकेद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।म्युजिक तथा ड्रामा एकेडेमी नेपालका भाईस चान्सलर शंभु राई लण्डनमा सम्मानित हुनु भएको छ। भीसी राईलाई पारिवारीक भेटमा बेलायत रहेका बखत साहारा युकेले एक कार्यक्रमको आयोजना गरी डिलन्ज बार एण्ड रेष्टुरेन्टमा सम्मान गरेको हो। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गले फुल गुच्छा र फेटा लगाएर भीसी राईलाई सम्मान गर्नु भयको थियो। सो सम्मानका अवसरमा साहारा युकेका उपाध्यक्ष शारदा गुरुड्ग, निवर्तमान अध्यक्ष कुसाड्ग गुरुड्ग, पुर्व अध्यक्षहरु मीन गुरुड्ग र कुमार गुरुड्ग,साहारा युकेका सल्लाहाकारहरु,एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग, बगर भाईखलकका अध्यक्ष डिलराज गुरुड्ग,तमुधि युकेका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग र भीसी राईको परिवारहरुको भब्य उपस्थिती थियो। सामाजीक अभियन्ता एवम साहारा युकेका आजीवन सदस्य गोविन्द गुरुड्गले ब्यवस्थापन गरेको सो कार्यक्रममा साहारा युकेका उपाध्यक्ष शारादा गुरुड्गले स्वागत मन्तब्य राख्नु भएको थियो। भीसी राईले कार्यक्रममा संबोधन गर्दै सम्मान कार्यक्रमका आयोजक साहारा युकेलाई धन्यबाद दिदै बेलायत रहेका आफ्ना परिवारले यो सम्मान कार्यक्रमको सहजीकरण गरेकोमा धन्यबाद दिनु भएको थियो। नेपाली गायक,गीत लेखक,म्युजीसीयन र म्युजिक उत्पादकको नामले प्रख्यात भीसी राई धनकुटे हुनुहुन्छ। कार्यक्रममा आफ्नो बिगत इतिहास बताउदै सो कार्यक्रमलाई शंभु राई एकल साझको नाम दिदै कार्यक्रम गरीएको थियो। गायक भिसी राईले “चिट्ठी तिमीलाई लेखु भन्छु,यो मन भन्छ कहाँ जाऊ,चलेछ बतास सुस्तरी,आलु दम चाना आदी गीत गायर कार्यक्रमलाई मनोरन्जन समेत दिनु भएको र शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी उपस्थित रहेको सो कार्यक्रम भब्य भएको थियो।

तमु समाज युकेको तमु ल्होछार ४ जनवरी २०२५ मा मनाउदै

शीतलपाटीन्युज डटकम। लन्डन । तमु समाज यूकेले आगामी ४ जनवरीमा महान् चाड तमु ल्होछार मनाउने भएको छ। राष्ट्रिय पर्व तमु सप्रि-ल्हो ल्होछार तथा सांस्कृतिक कार्यक्रम २०८१’ Harrow Leisure Centre, HA3 5BD मा धूमधामका साथ मनाउने भएको हो। शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ,संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ मूल नाराका साथ २००७ सालमा तमु समाज युकेको स्थापना भएको हो। सो कार्यक्रममा तमु जातिको मौलिक संस्कार,संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको हो। ल्होछारलाई नयाँ वर्षका रूपमा मनाइन्छ। जसअनुसार यस वर्ष मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाइ गर्दै सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गरिनेछ ।  बेलायतमा रहेका तमु तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तमु समाज यूकेले अनुरोध गरेको छ। सप्री ल्हो ल्होछार २०८१ को संयोजकको जिम्मेवारी संस्थाका उपाध्यक्ष केदार गुरुङलाई दिइएको छ। २८ जनवरीमा गर्ने दशग्रह शान्तिपूजाको धार्मिक संयोजक हरिमान गुरुङ र आमा समूहका अध्यक्ष विमला घालेलाई जिम्मा दिइएको छ। साथै सांस्कृतिक कार्यक्रमका लागी पूर्व सांस्कृतिक सचिव सरु गुरुङ र आमा समूहका अध्यक्ष विमला घालेलाई जिम्मेवारी दिइएको छ। सो अवसरमा नेपालबाट आउने चर्चित कलाकारका साथमा तमु समाज यूकेका कलाकारको बेजोड प्रस्तुति तथा डिजे धमाका हुनेछ।यस्तै,अतिथि पत्राचार महासचिव सुब घले र पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत गर्नेछन् ।  श्रोत-गोर्खा मिडीया।

सारा जोन्स प्रमुख अतिथि र दिपेन्द्र गुरुङ मानार्थ अथिति रहेको करि अवार्ड भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली मूलका एक सफल व्यवसायी अध्यक्ष दिपेन्द्र गुरुङको संयोजनमा  चौधौं एसियन करी अवार्ड समारोह सम्पन्न भएको छ।सो अवार्ड सेरिमनि कार्यक्रममा बेलायतकी व्यापार तथा व्यवसायमन्त्री सारा जोन्स सहभागी भएकी छन् ।  बेलायतमा एक लाखभन्दा बढीलाई रोजगारी दिने तथा बेलायतको अर्थतन्त्रमा आठ बिलियत पाउण्डभन्दा बढीको योगदान गरेको यस करी उद्योगको समारोह सम्पन्न भएके छ। सो करि अवार्ड समारोहमा एक हजार दुई सयको सहभागिता रहेको थियो। यस अवार्ड कार्यक्रममा सारा जोन्स प्रमुख अतिथि र दिपेन्द्र गुरुङ मानार्थ अथितिको रुपमा सहभागी थिए।  शनिवार आयोजित यो कार्यक्रम लण्डनको केन्द्रस्थित मेफेयर जिल्लाको ग्रोसभेनर हाउसमा आयोजना गरिएको थियो। व्यवसायी गुरुङको तर्फबाट मिस लण्डन २०२४ मिले म्यागीले एसियन करी अवार्डका विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन्। सो अवसरमा उनले आफ्नो मिस वर्ल्ड विथ पर्पज क्याम्पेन ‘गोफरविस्पर’को बारेमा सहभागीहरुलाई बताएकी थिइन्। बेलायती राजकुमार विलियम र बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटद्धारा प्रवर्द्धित यो अभियान विद्यालयहरुमा सीपीआर तालिम अनिवार्य गर्न गरिएको हो।  म्यागीले सम्बोधनका क्रममा मोन्टे कार्लो, मकाउ,लस भेगासबीचको सिधा लामो उडान सेवा दिन लागेको जानकारी दिँदै छोटो दूरीको उडानमा लण्डन,पेरिस,रोम, मिलान,सेन्ट,मार्टिज,जुरिचदेखि कान्ससम्म उच्च लक्जरी होटलहरुसँग सम्वन्ध जोड्दै उडान गर्न लागेको कुरा पनि बताइन्। उनले लण्डनबाट हिमाली देश नेपालमा हिमालय जेटले उडान गर्ने र युरोप एवम अष्ट्रेलियाका छनोट भएका शहरलाई वार्मअपका रुपमा लिने पनि बताइन्।  नेपालमा पहिलो उडान गरेर हिमालय जेटमार्फत अन्तर्राष्ट्रिय उडानको तयारी गरेका व्यवासायी गुरुङले १८ ठूला जहाजहरु मार्फत सेवा सञ्चालनको तयारी गरेका छन्। (साभार- कर्पोरेटनेपाल डटकम।

लोक सेवाले दियो प्रहरी ऐनमा सहमति,आईजीपीको पदावधि थपिने?

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगले सहमति दिएको छ। यससँगै बिधेयक संसदमा लैजान सरकारलाई बाटो खुलेको छ ।गत बिहीबार रायसहितको मस्यौदा आयोगले गृहमा पठाएको हो। गृहले यही साता बिधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । यसअघि अर्थ र कानुन मन्त्रालयले मस्यौदामा सहमति दिइसकेको छ। गृहमन्त्री रमेश लेखकले ऐनलाई प्राथमिकतामा राखेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएका छन्। नयाँ ऐनमा ३० वर्षे सेवाहद हटाउनेदेखि भर्ना, बढुवा तथा अवकाशसम्बन्धि प्रावधानहरु व्यापक हेरफेर गर्न लागिएको छ। हिउँदे अधिवेशनमै बिधेयक पास भएमा हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पदावधि पनि थप हुने छ। कुँवरको जागिर अब चार महिना मात्र बाँकी छ।ऐनको मस्यौदामा पहिलो वर्ष ३० वर्षमा ६ महिना  र दोस्रो वर्ष एक वर्ष थप गर्ने उल्लेख छ। त्यस्तै, बिधेयकमा तल्लो तहका प्रहरीको चासो रहेको १६ वर्षमा पेन्सनको व्यवस्था पनि समाबेश छ। (जनप्रहारबाट साभार।

प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले २०८१ मा श्री ५ पृथ्वी जयन्ती मनाउने

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल समर्थक प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले रास्ट्रपिता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहाको ३०३ औं जन्मजयन्ती  मनाउने निर्णय गरेको समाचार प्राप्त भयको छ। भब्य र सभ्य बाताबरणमा हर्षोल्लास पुर्वक मनाउन लागिएको सो कार्यक्रम ११ जनवरी २०२५  शनिवारको दिन १ बजे ठमेल लोक दोहोरी साझ अल्डरसटमा हुने तय भएको कुरा संस्थाका महासचिव रमेस शाही ठकुरीले बताउनु भएको छ। बेलायतमा १० नोभेम्बर आईतवारका दिन बसेको पानसको बैठकले सो निर्णय गरेको हो। बैठकले सो कार्यक्रममा बेलायतबासी आमा,बुवा,दिदी,बहिनी, दाजु,भाइ,देशभक्त,रास्ट्रबादी साथीहरु,ब्यापापार ब्याबसायीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडीहरु,कलाकारहरुका साथै सम्पुर्ण समर्थक,शुभेच्छुक साथीहरूलाई उक्त कार्यक्रममा उपस्तिथि भै दिनुहुन हार्दिक अनुरोध पनि गरेको छ।

८ डिसेम्बर २०२४ मा बेलायतको अल्डसरसटमा चलचित्र पजे गोरे प्रदर्सन हुदै

शीतलपाटीन्युज डटकम।  लन्डन। तमु (गुरुङ) संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र पजे गोरे (बाजे गोरे) आगामी ८ डिसेम्बर २०२४ मा बेलायतमा प्रदर्शन हुने भएको छ। नेपाल र नेपालबाहिरका विभिन्न देशमा भव्य प्रदर्शनपछि डिसेम्बर पहिलो हप्ता अल्डरसटस्थित एम्पायर हलमा पजे गोरे प्रदर्शन गर्न लागिएको चलचित्र निर्माता तथा मुख्य अभिनयकर्ता गम (गोरे) गुरुङले जानकारी दिएका छन् ।   'काठमाडौंलगायत बेल्जियम र अन्य सहरहरूमा अपार भिडका साथ भव्य सफल प्रदर्शनपछि आउँदो डिसेम्बरको ८ गते आइतबार दिनको १२ बजे एम्पायर हल अल्डरसटमा पजे गोरे चलचित्र भव्य प्रदर्शन हुँदैछ । कृपया ! हजुरहरुको गरिमामय उपस्थितिका लागि आयोजक हार्दिक निमन्त्रणा अनुरोध गर्दछ,' निर्माण पक्षको सूचनामा उल्लेख छ ।    डिसेम्बरको उक्त प्रदर्शनका लागि टिकटको लागि अग्रिम बुकिङ खुला भइसकेको जनाउँदै नायक गुरुङले गेटमा सम्पर्क गर्न सकिने जनाए ।    आदिवासी जनजाति चलचित्रमा सर्वोत्कृष्ट अवार्ड जितेको पजे गोरे चलचित्रका निर्देशक भोज गुरुङ र गीत रचनाकारमा पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङ, संगीत/स्वर तेजेन्द्र गुरुङको रहेको छ ।     उक्त चलचित्र मुनाल फिल्मको ब्यानरमा निर्माण भएको हो । बेलायतवासी गम गोरे गुरुङ (लेखन तथा निर्देशन), दिल घले, तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरूङ र शिरी गुरुङ निर्माता रहेका छन् ।    पर्यटकीय गाउँ सिक्लेसको भेँडीगोठ, कास्कीको गाउँपाखाहरू र पोखरा सहरमा छायांकन गरिएको यो चलचित्रको आफ्नो छुट्टै पहिचानका कारणले गर्दा यो चलचित्रले बजार लिइरहेको छ । बेलायतका विभिन्न सहरहरूपश्चात हङकङ र जापानमा प्रदर्शत गर्ने योजना रहेको निर्माता तथा नायक गम गुरुङले बताए जनाए ।  (गोर्खा मिडिया )

Transparency International र Amnesty International ले जारी गरेको Report डरलाग्दो : आरके त्रिपाठी

आर के त्रिपाठी लेख्छन्- यो बर्षको Transparency International र Amnesty International ले जारी गरेको Report को एक एक बाक्य नियाल्दा म धेरै चिन्तित छु। Transparency International र Amnesty International ले जारी गरेको Report हेर्दा मानविय संसाधन विकाश र मानब अधिकार रक्षा शिर्षकमा नेपाल विश्वको १० खराब मानब अधिकार हनन गर्ने र कानुनी राज्य पालन नगर्नेमा परेको देखियो।यसमा आजै देखि ध्यान जान जरूरी देख्छु।हामी सबै नेपाली मिलेर नेपाललाई विश्वले हेर्ने नजरमा राम्रो बनाउनु परेको छ। म बेलायतमा विगत २२ बर्ष देखि बसोवास गरि लामो समय मानब अधिकार,मानब संसाधन विकाश र राज्य कानुनको अगाडी सबै नागरिकलाई बरावरी न्याय भन्ने सिद्धान्त बुझेकोले होला,नागरिकको प्रत्येक Issue कोट्‌याएर हेर्न,अध्ययन गर्न र खराब Issue लाई राम्रो बनाउन हरेक दिन बिबिध विषयमा ध्यानाकर्षण गराउने गरेको छु।म बेलायतमा विगत २२ बर्ष देखि Senior Civil Engineer पदमा कार्यरत रहे पनि मेरो चाख,सोच,अध्ययन,रुची,अन्य विविध विषयमा पनि छन्।म संसारमा जहाँ रहे पनि सचेत नागरिक वा मानिस हूं।मलाई मानब अधिकार,लोकतन्त्र रक्षा गर्नु छ।नेपालको शान, मान,इज्जत,गौरब अन्तराष्ट्रिय आँखामा पनि उकास्नु छ।यो मेरो जीवन बाँच्नुको लक्ष छ। जन्मनु,दाल भात खानु,रोजगारी व्यवशाय गर्नु, धन कमाउनु,धन र पदको प्रभाव जमाउनु, देखाउनु र म संग धन र पद छ,त्यसैले मलाई सबैले पूजा गर भन्ने सोच राख्दिन।त्यो मेरो विषय पनि होइन।मेरो लागी धन,पद र Resourse देखाएर प्रभाव पार्न चाहने मानिस मुर्ख हुन्।कायर हुन।संसार नबुझेका,ज्ञान, विवेक नभएका अज्ञानी हुन्। म निती,विचार,सिद्धान्त,रिपोर्ट नियाल्ने,पढ्ने, ध्यानाकर्षण गराई कहिं न कहिं नेपाल वा संसारमा रहनु हुने मानिसको हक अधिकार र मानब अधिकार रक्षामा बोलिरहन चाहन्छु/ मेरो यो कार्यलाई धेरैले राम्रो मान्दैनन्।मलाई थाहा छ कि मैले यि हरेक विषयमा ध्यानाकर्षण लेखि रहँदा नेपालका धेरै नेता कार्यकर्ताले मलाई मन पराएका छैनन् तर स्वतन्त्र विबेक भएको मानिस हुनाले यि सबै विषय उठान गर्न ध्यानाकर्षण गर्न छोडेको छैन।छोड्दिन पनि। आज एक बिहानै लण्डनको Office मा Rail चढेर काम गर्न जाने बेला Amnesty International and Transparency International को विशेष बक्तव्य हेरें।यसमा नेपालको नाम पनि समावेश भएको पाएँ।गहिरिएर नियालें।बक्तव्य पढें।यसमा के भनिएको रहेछ भने विश्वको

Chef Binod Baral Honored with Lifetime Achievement Award at Asian Curry Awards 2024

sitalpatinews.com London, UK – Chef Binod Baral, a culinary luminary with over 25 years of experience in the curry industry, has been awarded the prestigious Lifetime Achievement Award at the 2024 Asian Curry Awards. Known for his pioneering approach to curry cuisine, Chef Baral’s journey has left an indelible mark on the global food scene, particularly in promoting curry as a celebrated and sophisticated cuisine. Chef Binod Baral, affectionately called the "Momo King" due to his signature dumplings, has an impressive list of accomplishments that made him a standout candidate for the award. He is not only a Gold Medalist in 2024 and Ambassador for the Taste of Global Gastronomy but also a passionate advocate for the art of curry cuisine and traditional Nepali dishes. His work spans creating menus for 81 airlines worldwide, including British Airways, Emirates, Etihad, Turkish Airlines, and Qatar Airways, where his flavorful, innovative curry dishes transformed in-flight dining. Chef Baral’s influence reaches far beyond airline catering. As the Head of Department (Asian Cuisine) at Do & Co International, he played a critical role in introducing refined Asian flavors into global hospitality. His work also extended to high-profile events like FIFA 2022 Qatar, Formula 1, Champions League Finals, and the Euro Cup, solidifying his reputation among the elite circles of gastronomy. A Commitment to Passing the Torch After receiving the award, Chef Baral addressed the audience with heartfelt words, dedicating his achievement to curry chefs worldwide. “This honor is for all curry chefs around the world. I am just a representative of their incredible work, dedication, and skill. Curry is not just a dish but a bridge of cultures, a journey through history, and a celebration of heritage,” he said. Chef Baral also expressed his commitment to fostering the next generation of culinary professionals. “Let us encourage, teach, train, and mentor young

रहेनन पूर्वसभाामुख दमननाथ ढुंगाना

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनी वरिष्ठ अधिवक्तासमेत हुन्। (साभार हेल्थबाणी)

एआइजी बज्राचार्यद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा उपच्यका ट्राफिक कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको समाचार छ ।  ट्राफिक कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने निर्देशन दिनु भयो।ट्राफिक प्रहरीले  गर्नुपर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा पनि उहाले प्रष्ट पार्नु भएको थियो।  सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो। (सुरक्षा सरोकार।)

नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स यूके। नेपाली समाज वेल्स,यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ।    संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सबैलाई सहभागिताको लागि धन्यवाद दिदै शुरु गर्नुभएको समुदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रमका संयोजक सह-सचिब डा बिकाश रानाभाटले नेपाली पाठशाला किन भन्ने बारे जानकारी गराउंदै यसको महत्व बारे प्रकाश पार्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रम संयोजन समितिका प्रतिनिधि डा.थानेस्वोर पाण्डेले सरस्वति पुजाका साथ सबैलाई स्वागत एवं उतरोत्तर प्रगतिको कामना गर्नुभयो। त्यस्तै गरि कार्यक्रम संयोजन समितिका अर्का प्रतिनिधि श्री राम दत्त मिश्रले साना बाबु नानीहरुको परिचय सहित कक्षा शुभारम्भ गर्नुभयो।  पाठशाला संचालनका लागि पाठ्य सामग्रीहरु तयारी तथा ब्यबस्थापनमा संस्थाका पुर्ब सचिब डा अमर धोज मल्ल र उपाध्यक्ष श्री पदम पुन, कोषाध्यक्ष श्री सन्जिब मैनालीका साथ पाठशाला संयोजन समितिले बिशेष भूमिका रहेको छ। कार्यक्रममा उपाध्यक्ष पुनले कक्षामा सामेल बालबालिकाहरुलाई पाठ्य सामग्रीहरु निशुल्क हस्तान्तरण गर्नुभयो।   संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले नेपाली पाठशाला समुदघाटन सम्म आईपुग्दा धेरै तयारी गर्नु परेको र यस तयारीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली पाठशाला सफलताका साथ सु सम्पन्न गर्न अझै धेरै खुट्किलाहरु पार गर्नुपर्ने भएकोले सम्पूर्ण सदस्य तथा शुभ चिन्तकहरुलाई आ-आफ्नो क्षमता अनुसार सर सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्नुभयो।  समुदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्षहरु,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका सदस्य तथा शुभ चिन्तकहरु सहित बिभिन्न उमेरका बालबालिका र उहाँहरुको अभिभावकहरुको भब्य सहभागिता रहेको कार्यक्रममा केक काटेर खुशियालीको साटासाटका साथ समुदघाटन कार्यक्रम समापन गरिएको थियो।  कक्षाहरु प्रत्यक शनिवार बिहान ११ बजे देखि

प्रचण्डले चाइना कार्ड भन्दा नेपालको शिर निहुरियो-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् - प्रचण्डले The Hindu मा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छl कहिले India Card त कहिले China Card भन्नुले नेपाल र नेपाली जनता अझै पनि सार्वभौम र स्वतन्त्र नभएको भनि ठान्नु हो। आफूले विदेशी हस्तक्षेप स्विकार गर्नु हो।आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकी सँगको सम्बन्ध बिगार्न हुँदैनlचीन र भारत दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ।केही समस्या उत्पन्न भएका होलान तर संबन्ध सुधार गर्ने प्रयत्न गर्नु पर्दछ।तर त्यसैलाई लिएर मित्रता,सहयोग र सद्भाव खलबल्याउनु हुँदैन। देशको विदेश निती स्थिर र सन्तुलित हुनु पर्दछ।हामीले सत्ता स्वार्थ लाई हेरेर कहिले यसको नजिक र कहिले उसको नजिक हुने गरि  व्यवहार र संधी,संझौता गर्नु हुँदैन।भारत,चिन अमेरिका र यूरोप युनियन भ्रमण अगाडी देशभित्र बृहत छलफल,तयारी गरि M0U गर्ने विषयमा भ्रमण पूर्व तयारी गर्नु पर्दछ। पूर्व-प्रधानमन्त्री प्रचण्डले The Hindu पत्रिकामा दिएको आन्तरवार्ता नियाल्दा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छ।आन्तरिक विवाद आफ्नो ठाउँमा छ तर छिमेकसँगको सम्बन्धलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुँदैन।प्रधानमन्त्रीको औपचारिक भ्रमण जुनै देशबाट सुरु गरे पनि हुन्छ तर अन्य छिमेकी देश चिड्याउने गरि सन्धी,संझौता गर्नु हुँदैन। China ले BRI मा पुःन संसोधित MOU गर्न  चाहेको बुझेको छु।यसमा नेपालले तयारी विना आम राजनैतिक,संसदिय समझधारी नगरी BRI मा Agreement गर्नु  हुँदैन।दुवै छिमेकी मुलुक समान महत्त्वको भएकाले मित्रवत् सम्बन्ध विस्तार गर्नु पर्दछ।छिमेकी मध्ये एक संग नजिकको सम्बन्ध राख्दा आफूलाई राम्रो मान्छन् वा आफूलाई विश्वास गर्छन् वा आफ्नो सरकार जोगाई दिनेछन् भन्ने गलत भ्रमबाट नेताहरू मुक्त हुनुपर्दछ।नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ। भारतसँग ऐतिहासिक,सांस्कृतिक,भावनात्मक सम्बन्ध बढी गाढा छ।चीनबाट आर्थिक सम्भावना बढी छन्।दुबै  मुलुकसंग पञ्चशिलको आधारमा सन्तुलित व्यवहार गर्न सक्नु पर्दछ।पूर्व प्रधानमन्त्री प्रचण्डले आन्तरिक रूपमा असहमति जे सुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन। आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेश सँगको सम्बन्धमा गाँसेर कुरा गर्नु हुँदैन।यस्ता अभिव्यक्तिले कूटनैतिक सम्बन्धमा फरक पार्छ।हाम्रा दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूले पनि हामीलाई हेर्ने दृष्टिकोणमा विश्वासको संकट पैदा गर्छ। सरकारले दुवै

घरमा हुने चोरीका अपराध रोकथाम गर्न ३ शीर्ष सुझावहरू

शीतलपाटीन्युज डटकम। १.आफ्नो घर भित्र छिर्न थप कठिन बनाउन सुरक्षाका धेरै तहहरू थप्नुहोस्। यस मध्य CCTV वा भिडियो  डोरबेलहरू समावेश गर्ने हुन सक्छ -जसको उपयोग कुनै अपराधको स्थितिमा प्रमाणको लागि प्रयोग गर्न सकिन्छ। २.घरमा कोही भए जस्तो देखिएमा त्यस्तो घरलाई चोरहरुले लक्षित गर्ने सम्भावना कम हुन्छ,घर भित्र टाइमर लाइट स्थापना गर्नाले कोही भित्र भएको जस्तो देखाउन मद्दत गर्न सक्छ। त्यस्तै गरी,साँझदेखि बिहान सम्म सेन्सर लाइट घरको अगाडी पछाडी जडान गरेमा सम्भावित चोरहरूलाई रोक्न मद्दत गर्न सक्छ। ३. उच्च मूल्यका तथा सधैं लगाई रहने गहना हरु झ्याल बाट देखिने गरि नराख्नु होस् बरु तिनीहरूलाई www.immobilise.com मा दर्ता गर्न नबिर्सनुहोस्। थप रोकथामका उपायहरूको लागि तलका वेबसाइटहरूमा जानुहोस्: • ताला, झ्याल, ढोका र ग्यारेज सुरक्षा को लागि: www.locksmiths.co.uk मा जानुहोस। • बर्गलर अलार्म: निश्चित गर्नुहोस् कि तपाईंले www.ssaib.org.uk र www.nsi.org.uk बाट अनुमति प्राप्त स्थापनाकर्ता प्रयोग गर्नुहोस्। • शेड को सुरक्षा - उपकरण तथा सीढीहरू पहुँच देखि टाढा राख्नुहोस्। परीक्षण र स्वीकृत प्राप्त लकहरू को लागि www.soldecure.com मा जानुहोस्   Aldershot Neighbourhood Team-   (स्थानिय नेपाली ब्रिटीस बेलायतको प्रहरी सेवाका दुर्गा थापाको सुझाब)

गैरआवासीय नेपाली र गोर्खालाई वंशजको नागरिकताबाट वञ्चित नगराउन मागसहित एनआरएनए यूकेको ज्ञापन

  लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष दवाव बढाएका छन्। अध्यक्ष गाहामगरले अहिले बेलायत आएका नेताहरुलाई ज्ञापनपत्र बुझाउंदै उक्त विषयलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन्। यसै सिलसिलामा गाहामगरले संघीय सांसद लालप्रसाद (एलपी) साँवा लिम्बुलाई ज्ञापनपत्र बुझाएका छन्। रेडिङस्थित द फर्गटन ब्रिटिश गोर्खा कार्यालयमा मंगलबार एक कार्यक्रमबीच गाहामगरले एमालेका तर्फबाट निर्वाचित प्रभावशाली सांसद साँवालाई ज्ञापन बुझाएका हुन्। ज्ञापनमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न, वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०,उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न जोड दिइएको छ। गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूकेको माग छ । नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता नहुने एनआरएनए यूकेको धारणा छ। साथै ज्ञापनमा गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि जोडदार माग छ । ज्ञापनमा भनिएको छ, गोर्खाहरु सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार नेपाल र बेलायत सरकारको बन्दोबस्तमा भर्ती भएकाले उनीहरु र तिनका सन्ततिहरुको समेत नागरिकता खोसिएको छ। नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन २०७९ ) को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेको छ। तसर्थ गोर्खा सैनिक तथा उनीहरुको परिवार तथा विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न, गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूके नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।' प्रत्युत्तरमा सांसद लिम्बुले एनआरएनए यूकेको जायज मागलाई संसदमा

यसपाली को world Cup कसले जित्ला?