Thursday January 16, 2025

बेलायतमा मगर संघ युकेको नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

१८ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1339


बेलायतमा मगर संघ युकेको नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

शीतलपाटीन्युज डटकम।

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएका छन । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन,केन्ट,इभेन्ट्स सेन्टरमा हुने यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन्।

कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो। अध्यक्ष सिता पुनमगरका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ। पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ। टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ। सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ। कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ।

यो १६औ नेपाली ओपन कन्सर्ट दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा,नेपाली खाना ब्यबसाय,विभिन्न बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन्। कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य तथा बेलायतवासी विभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहनेछ। कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ।

पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख संयोजक तथा संघका उपाधक्ष्य होम रोकामगरले कार्यक्रमको तयारी वारे जानकारी गराएका थिए। संघका अध्यक्ष सिता पुनमगरले कार्यक्रम मार्फत बेलायत भरि छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकै ठाउंमा भेला गराएर म्युजिक फर युनिटीको संदेश दिने बताउनु भएको छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष धुर्वराज अर्याल,लण्डन काठमाडौँका सम्पादक तथा फोनिज युकेकाका अध्यक्ष बम थापा सूर्यवंशीमगर, वि नेपालीका सम्पादक तथा नेपाल पत्रकार महासंघ युकेका पुर्व अध्यक्ष नरेश खपांगी मगर,लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कंडेल,एभरेस्ट टाईम्सका सम्पादक चिम्खोले काईला र सहसम्पादक जमुना पुन,एभरेस्ट मेडियाका एसके गुरुङ,गोर्खा च्यानेलवाट बिमला सेने,गोर्खा मेडियाका मिलन तमु र बिकाश न्यौपाने, ब्रिटिश खबर युकेवाट बिपिन निरौला नेपाल ब्रिटेन डट कमवाट चिरन शर्मा,देबी पौडेलको उपस्थिति रहेको थियो। 

सोहि अवसरमा मगर संघ युके,केन्ट शाखाका अध्यक्ष नानीबाबु मगरले मगर संघ युकेका १२ वटा शाखाहरुवाट गाडीको व्यवस्था गरिएको र चाहिएको खण्डमा ट्रेन स्टेशनवाट गाडीको व्यवस्था हुने जानकारी गराएका थिए। संघको सास्कृतिक सचिव सरु राना गुरुङले कन्सर्टमा राजु लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले साथ दिनेछन् भने अरु कलाकारहरु तय हुन बाँकी रहेको जानकारी गराएकी थिइन्। मगर संघ युकेका अध्यक्ष सिता पुनमगरले अध्यक्षतामा भयको पत्रकार सम्मेलनमा संघका महासचिव गुमानसिंह थापाले कार्यक्रम संचालन गरेका थिए भने पत्रकार सम्मेलनको संयोजक सचिव गोमन पुनले गरेका थिए। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?