Monday February 10, 2025

जाजरकोटका युवाको शव नेपाल पठाउन सहयोगका लागि अपील

२२ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1416


जाजरकोटका  युवाको शव नेपाल पठाउन सहयोगका लागि अपील

GNNNEWS-

लन्डन - नलगाड नगरपालिका वडा नं २, जाजरकोट स्थायी घर भै फोक्सटोन, केन्टमा बसोबास गरेका बेद खत्रीको शव नेपाल पठाउन फोक्सटोन नेपाली समाजले सहयोग संकलन अभियान  शुरु गरेको छ। स्व खत्रीको पूर्व श्रीमती आफ्नी  तीन वर्षीय छोरी सहित फोक्सटोनमैबसी रहेकी  छन् भने स्व खत्रीको बाबा आमा नेपालमै हुनुहुन्छ।  

३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन  विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो । उनको निधन के कारणले भयो भन्ने बारेकोरोनरको अन्तिम रिपोर्ट आउन अझै बाकी छ।  

गत वर्ष नोभेम्वर महिनामा पश्चिम नेपालमा आएको भूकम्पबाट प्रभावितखत्रीको परिवारमाथि अर्को चोट परेको छ।   उनका वृद्ध बाबुआमालेआफ्नो जेठो  छोरा, बेद खत्री, को  अनुहार हेर्न साथै अन्तिम दर्शन तथादाह संस्कारका लागि नेपाल पठाइ दिन आग्रह गरेका छन्।   उनको शवनेपाल पठाउन झन्डै ५ हजार पौण्ड खर्च लाग्ने अनुमान गरिएको छ।

"बेद खत्रीका परिवारजनले अनुरोध गर्नु भएकाले हामीले स्वर्गीय  खत्रीकोशव नेपाल पठाउन सहयोग संकलन अभियान  शुरु गरेका छौं।  योमानवीय कार्यमा  सक्दो सहयोग गरीदिनु हुन  हामी बेलायतस्थित नेपालीसंघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं,"  फोक्सटोन नेपाली समाजका अध्यक्ष सेवानिवृत्त क्याप्टेन राम बहादुरपुनले भने। उनले  उठेको सबै रकमको हिसाबकिताब सार्वजनिक गरिनेपनि बताए।

यो खातामा सक्दो सहयोग जम्मा गर्न समाजले आग्रह गरेको छ।  रकमजम्मा गर्दा जम्मा गर्ने व्यक्ति वा संस्थाको नाम तथा रेफरेन्समा स्वर्गीयखत्रीको नाम उल्लेख गर्न पनि समाजले अनुरोध गरेको छ।  

Name:  FNC

Sort Code:  52-41-42

Account No:  47138327

Reference: Late Bed Khatri

अथवा,  फोक्सटोनस्थित  Sterry Funeral Service को नाममा फोक्सटोन नेपाली समाजले पाउने गरी चेक पठाउन पनि सकिने छ ।

सम्पूर्ण बेलायतवासी नेपालीलाई यस परोपकारी काममा सहयोग गर्न र थप जानकारी चाही अध्यक्ष क्याप्टेन पुनलाई सम्पर्क गर्न  पनि समाजलेअनुरोध गरेको छ।

सहयोग रकम ५ हजार पौण्ड पुग्ने बित्तिकै वा मे महिना सकिए पछिसहयोग संकलन स्थगित गरिने पनि समाजले जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?