२७ बैशाख, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन–बेलायतस्थित एक अग्रणी समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङले मानवसेवा आश्रमलाई ५ लाख रुपैया सहयोग गर्नु भयको समाचार छ।
आफू सञ्चालक रहेको गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा आयोजित च्यारिटीबाट संकलित रकम उहाले मानवसेवा आश्रमलाई प्रदान गर्नु भयको छ। मानवसेवा आश्रम सहयोगार्थ गतसाता बेलायतको क्याम्बर्लीमा आयोजित आनी छोइङ च्यारिटी कन्सर्टका अवसरमा सहयोगका लागि गुरुङ दम्पत्तिलाई राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गरेका थिए । मानवसेवा आश्रमको भवन निर्माण परियोजनाअन्तर्गत एक कोठा निर्माणको लागि आवश्यक उक्त रकम उनले सहयोग गरेका हुन् ।
रेष्टुरेन्ट वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटी गर्दै आएका गुरुङले जन्मभूमि र कर्मभूमि दुवैतिर सहयोग गरेका छन्। नेपालमा शैक्षिक,खेलकुद,स्वास्थ्य आदि क्षेत्र र बेलायतमा विभिन्न च्यारिटी संस्थालाई उहाले सहयोग प्रदान गर्नु भएको छ। ‘हामीले हरेक वर्ष वार्षिकोत्सव च्यारिटीबाट नेपाल वा बेलायतमा सहयोग गर्दै आएका थियौं। यस वर्ष २५ वार्षिकोत्सवका अवसरमा गरिएको च्यारिटी कार्यक्रमबाट जुटेको ५ लाख रुपैया मानवसेवा आश्रमलाई दान गर्न पाउँदा निकै खुशी छौं’, उहाले भन्नु भयो, ‘मानवसेवा आश्रमले गरिरहेको महान मानवीय कार्यहरुप्रति समर्थन जनाउन र उहाँहरुको हौसला बढाउन हाम्रो तर्फबाट सानो सहयोग गरेका हौं।’
एनआरएनए यूकेका पूर्व अध्यक्ष समेत रहेका गुरुङ बेलायतको नेपाली समुदायमा ‘च्यारिटी किङ’ उपनामले चिनिन्छन्। निजी व्यवसायबाट मात्रै नेपाल र बेलायतमा गरी डेढ करोड रुपैया बढीको सहयोग गरिसकेका उहाले आफ्नो नेतृत्वमा कयौं सामाजिक एवम् परोपकारी अभियानमा समेत १० करोड बढी कोष संकलन गराउनु भयको रेकर्ड छ।
साभार- नेपालीलिंकबाट।