Saturday February 08, 2025

लोक तथा दोहोरी गीत प्रतिष्ठान युकेको स्वर्णिम साँझ र वार्षिक उत्सव मे १८ मा भब्य हुदै

२९ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1512


लोक तथा दोहोरी गीत प्रतिष्ठान युकेको स्वर्णिम साँझ र वार्षिक उत्सव मे १८ मा  भब्य हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव यही मे १८ मा हुने भएको छ। फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा आयोजना गरिएको प्रतिष्ठानले जनाएकोछ। कार्यक्रममा विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने, जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी र प्रेप बिबाश घर्ती समेतरो धमकेदार प्रस्तुति रहने जनाईएको छ।

टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड तोकिएको छ। बेलायतमा रहेका लोक तथा दोहोरी गीतलाई माया गर्ने सबैलाई प्रतिष्ठानले कार्यक्रममा आमन्त्रण गरेको छ।

‘परदेशी भूमिमा नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण,संवर्द्धन र उत्थानका लागि जुटौँ’ भन्ने नारासहित सन् २०१४ मा बेलायत शाखाको स्थापना भएको हो ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?