२ जेष्ठ, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा रहेर नेपाली समाजलाई सांस्कृतिक मनोरन्जन दिने उदेश्यले गठन भयको सयपत्री नेपाली सांस्कृतिक समुह युकेको बार्षिक साधारणसभा सम्पन्न भयको समाचार छ। बेलायतमा रहेका नेपालीहरुलाई सास्कृतिक मनोरन्जन दिन सयपत्री समुह २००६ सालमा गठन भयको थियो।
सयपत्रि नेपाली सांस्कृतिक समुह युकेको वार्षिक साधारण सभा १२ मई २०२४ मा सम्पन्न भएको छ। बार्षिक साधारण सभाले दिपक शाहीको नेतृत्वमा ११ जनाको नयां कार्यसमिती चयन गरेको छ।संस्थाको
अध्यक्षमा दिपक शाही,उपाध्यक्षमा डा.दिपक जि.सी र महासचिबमा गौरब क्षेत्री चयन हुनु भयको छ।
त्यस्तैगरी सचिबमा बिबेक बोहोरा,कोषाध्यक्ष अबिसा गुरूंग,सह- कोषाध्यक्ष गीता के.सी,सदस्यमा दिनेश अर्याल,राजु खरेल,हिरा थापा मगर,
प्रभात गुरूंग,राजेन्द्र त्रिपाठी चयन भयको कुरा निर्वाचन मण्डलले जनाएको छ। निर्वाचन मण्डलमा राजेन्द्र क्षत्री संयोजक रहनु भयको र सदस्यहरुमा प्रकास खनाल एवम एलबी गुरुड्ग रहनु भयको थियो।
संस्थाको आर्थिक प्रतिबेदन सहसचिब डा दीपक केशीले प्रस्तुत गर्नु भयको सो सभामा ठुलो तालिका साथ आर्थिक प्रतिबेदन पास भयको थियो।
निवर्तमान अध्यक्ष डम्बर सिहले नव निर्वाचित अध्यक्ष दीपक शाही लगायतको टीमलाई Maybury Hall Woking मा खादा माला लगाई बधाई दिदै सफल कार्यकालको कामना गर्नु भयको थियो।