Friday February 07, 2025

२२औं गोर्खा कपमा५० टीमले प्रतिस्पर्धा गर्ने : प्रेषमीटमा पत्रकारहरुको उत्साहजनक उपस्थिती

५ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1674


२२औं गोर्खा कपमा५० टीमले प्रतिस्पर्धा गर्ने : प्रेषमीटमा पत्रकारहरुको उत्साहजनक उपस्थिती

शीतलपाटीन्युज डटकम।

मिचेट,लण्डन। यही २६ मई २०२४ मा हुने २२औं ‘गोर्खा कप’को तयारी पूरा भएको कुरा आज आयोजक तमुधिँ युकेले प्रेषमीट मार्फत जनाएको छ। तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचेटमा शनिवार आयोजिन पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले "क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टर"मा हुने जानकारी दिएका हो।

गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभीन्यु फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गर्नु भयको छ ।

गोर्खा कपको उद्देश्य,आकर्षण,जिम्मेवारी,कार्य समूहको नियुक्ति,कार्ययोजना,समय रेखा,पुरस्कार, प्रायोजक,साइट लेआउट,खर्च,इमर्जेन्सी सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट कार्यक्रममा प्रेषमीट संयोजक क्या.दिपक घलेले प्रष्ट पारेका थिए।

पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दिपक घलेले ५० वटा टीमबीच खेल हुने जानकारी दिदै सो खेलको लागि मुख्य ३२ टीम, भेट्रान १६ टीम र महिला २ वटा टीम गरी ५० दर्ता भएको बताएका छन्। सो फुटवल खेल हेर्न १० हजार आउने अनुमान गरिएको छ।

यूकेको सबैभन्दा ठूलो यो प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछन्। पहिलो पुरस्कार रिया मनी टान्सफरबाट तीन हजार पाउन्ड प्राप्त हुने भयको जानकारी प्राप्त भयको छ।।


बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपमा नौमतिबाजा,प्यारासुट प्रदर्शन, नेपाली कला,संस्कृति,खाना,भेषभूषाको समेत प्रवर्धन गर्दै नेपालीपन प्रस्तुत गरिदै आएको छ।

हाल सम्म १५० वटा स्टलहरु बुकिङ भएको आयोजक तमुधि युकेले जनाएको छ। गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल,प्यारा डिस्प्ले, राफल ड्र,सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेको छ ।

संस्थाका महासचिव विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा बेलायतमा कार्यरत पत्रकारहरु FNJ Uk अध्यछ ध्रुबराज अर्याल, पुर्व अध्यछहरु नविन पोखरेल, चिरन शर्मा र नरेश खपाङी, FONIJ UK अध्यछ बम बहादुर थापा मगर तथा तमुधिं यूकेका पूर्वअध्यक्षहरु मीन गुरुङ,सूर्जे रामचन्द गुरुङ,ज्ञाम गुरुङ,नन्दजङ गुरुङ,हितकाजी गुरुङ लगायतको उपस्थिति थियो।

प्रेषमीट सम्मेलनमा स्वागत मन्तव्य जुमकाजी गुरुङले गरेका थिए भने मिडिया सेक्रेटरी सविन्द्रकुमार (एसके) गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?