Saturday February 08, 2025

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाइदै

७ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1800


बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाइदै

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो।
वुल्लीचको जनरल गोर्डन स्क्वायरमा आयोजना हुने सो कार्यक्रमको तयारी सुरु भएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका थिए। श्रेष्ठले बुध्द नेपालमा जन्मेको हो भन्ने प्रचार गर्दै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको बताए।


२ जुन २०२४ दिउसो २ देखि सांझ ७ बजेसम्म हुने कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा झाँकीहरु प्रस्तुति रहने जनाईएको छ।
पत्रकार सम्मेलनमा कार्यक्रम फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रमले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्न टेवा पुग्ने बताइन् ।
लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा बेलायतका बिभिन्न क्षेत्रबाट सहभागिता रहने अपेक्षा रहेको छ। कार्यक्रममा बिभिन्न देशका विदेशी कूटनीतिज्ञहरुको समेत उपस्थिति रहने छ ।
पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली,फडिन्द्र भट्टराई र आर के त्रिपाठी,इनास यूके अध्यक्ष सन्जय कंडेल,जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी लगायतले आआफनो सुझाव दिएका थिए। प्रेषमीट कार्यक्रम सञ्चालन फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भयको थियो भने उपाध्यक्ष अर्जुन कटुवालले सबैलाई स्वागत गर्दै  संचालन गर्नु भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?