Tuesday July 23, 2024

बेलायतमा किरात राई यायोख्सया मुदायले मनाएको साकेला उभौली पर्व भब्य

१५ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1190


बेलायतमा किरात राई यायोख्सया मुदायले मनाएको साकेला उभौली पर्व भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा किरात राई यायोख्खा समुदायले साकेला उभौली भव्य रुपमा मनायो। २५ मे २०२४, शनिबार किरात राई हाउस ग्याम्बललेनमा पूजापाठ र सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व मनाएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र बहादुर राई लगायत कार्यसमिति,पाहुना,बाबाआमा लगायत सबैले साखेवा भूमे शीलामा पूजापाठ गरी प्राकृतिक प्रकोप,दैवी प्रकोप नलागोस् भनेर सबैको कल्याण होस् भनी प्रार्थना गर्दै सुम्निमा र पारुहाङसँग वर माग्दै कार्यक्रममा गरिएको थियो। कार्यक्रममा आशिर्वाद लिँदै थानमा विधिवत मौलिक पूजा सम्पन्न गरिएको थियो।

कार्यक्रम प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर एमबिई गिल्फोर्ड बोर‍ो काउन्सिलर मेयर,विशेष अतिथिहरु मेडम मेयरेस् मारा माकुनुरा रसमूर बोरो काउन्सिलर मेयर, मेडम् मेयरेस् अबेना अकुफो केली फोक्सटन टावन मेयर,गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगर,संस्थाका अध्यक्ष चन्द्रबहादुर राईले पानसमा दीप प्रज्वलन गरी मेलाको समुद्घाटन गरेका थिए।

प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर र एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले आआफ्नो मन्तव्य राख्दै साकेला उभौलीको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा सर्रे पुलिस चिफ इन्स्पेक्टर देव मिचेल,मेयरहरु,लोकल पुर्व काउन्सिलरहरु जीव बेल्बासे,नेम थापा,चित्र बहादुर राना,सगरमाथा आरोही हरिबहादुर बुढामगर,बीबीसी १०० मा प्रभावशाली महिलामा परेकी सपना रोकामगर,किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरबीर आङ्बो,साहित्यकार घन थापा मगर,फोनिज युकेका अध्यक्ष बम सुर्यबंशी मगर, संघ संस्थाका अध्यक्ष,प्रतिनिधिहरु,पत्रकारहरु योगराज राई,नरेश खपाङ्गीमगर,शिव भण्डारी,प्रकाश कँडेल, विश्वासदीप तिगेला,गोमा राना,बाचस्पति रेग्मी,नगेन्द्र राज नेम्बाङ,नेपालदेखि आएका कलाकार वसन्त लम्साल लगायतका स्थानीय कलाकार र विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न स्टलहरुका साथै भाषिक संस्था र समुदायहरुको सिली,स्थानीय समन्वय परिषद्हरुको सिली,किरातहरुको हजारौं र लाखौं सिलीहरु मध्यमा केही सिलीहरुको प्रदर्शन हुनुको साथै सबैलाई खुला सिली रहेको थियो। संस्थाका उपाध्यक्ष मे. रि. दिलकुमार राईले हेल्थ एन्ड सेफ्टी ब्रिफिड्ग गरेको सो कार्यक्रममा संयोजक उपाध्यक्ष सुमनचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए भने महासचिव चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राईले कार्यक्रम सञ्चालन गरेका थिए।

किरात राईहरुमा भाषामा विविधता हुनुको साथै लोपोन्मुख भाषाको खोजीकार्य भएको र किरातीहरुलाई एकताको सुत्रमा बाँध्ने भनेको साकेला नाच नै हो भनी गर्वको विषय भन्दै अध्यक्ष चन्द्रबहादुर राईले बेलायतमा मात्र नभई संसारभरि रहेका सम्पूर्ण किरातीहरु पुस्तौंसम्म एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष राईले साकेला उभौली मनाउन उपस्थित भएका अतिथिलगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए। बेलायतमा २००४ सालमा स्थापना भएको किरात राई यायोक्खा युकेले सुरुका दिनदेखि नै हरेक वर्ष बुद्ध पूर्णिमाको नजिकको पहिलो शनिबार आफ्नै किरात राई हाउसमा पितृपूजा गरेर उधौली, साकिलामनाउँदै आइरहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?