Friday March 21, 2025

पर्वत वेलफेयर सोसाइटी युकेले गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग जुटाउन बेलायतमा च्यारीटी गर्दै

२३ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1576


पर्वत वेलफेयर सोसाइटी युकेले गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग जुटाउन बेलायतमा च्यारीटी गर्दै

शीतलपाटीन्युज डटकम।
काठमाडौं। ब्यापार,ब्रिटीस सेना,अध्ययन र बसाई सराईका लागि पर्वतबाट बेलायत पुगेका नेपालीहरुको साझा संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले जिल्लाका गरिब तथा जेहनदार विद्यार्थीहरुको सहयोगार्थ लण्डनमा च्यारिटी कार्यक्रम गर्ने भएको छ। एम्पाएर हल अल्डरसटमा ७ जुलाइ २०२४ मा उक्त कार्यक्रम हुने पर्वत बेलफेयर संस्थाकी अध्यक्ष अप्सरा गुरुङले बता उनु भयको छ।

शीतलपाटीन्युजसंगको कुराकानीमा  उहाले च्यारिटीबाट उठेको रकम पर्वतका गरिब तथा जेहनदार विद्यार्थीको उच्च शिक्षामा खर्च गरिने बताउनु भयको छ ।

युकेमा हुने च्यारिटीमा भाग लिन पर्वतका जनप्रतिनिधि र सांसदहरु पनि बेलायत आउने कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष सुरज पौडलले बताउनु भयको छ। उहाका अनुसार गण्डकी प्रदेशकी सांसद रेखा गुरुङसहित केही गाउँपालिकाका अध्यक्ष पनि कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ।


बेलायतमा रहेका पर्वतवासी र पर्वत जिल्ला कै सहयोगार्थ सन् २००२ मा पर्वत वयलफेयर सोसाइटी संस्था स्थापना गरिएको थियो। संस्थाले यसअघि कुस्मास्थित दृष्टिविहीन विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेको थियो।पर्वतमा साक्षरतादर ८० प्रतिशतभन्दा धेरै भए पनि गरिब तथा निम्न आय भएको विद्यार्थीहरु अझै उच्च शिक्षाबाट वञ्चित भयका कारण यस्ता विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको अर्को उपाध्यक्ष भरत पौडेलले पनि बताउनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?