Thursday January 16, 2025

पुर्ब प्रहरीहरु पनि आफ्नो पहिचान र अस्तीत्व खोज्दैछन्

२९ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1369


पुर्ब प्रहरीहरु पनि आफ्नो पहिचान र अस्तीत्व खोज्दैछन्

बसन्तराज कॅुवर,

काठमाण्डौ।

मलाइ त्यो दिन अझै संझना छ,हामि इन्सपेक्टर थियौं,पुलीस क्लबमा कार्यक्रम हुन्थ्यो। त्यस कार्यक्रममा बिषेष डिनरमा लगाउने निलो पाइन्टमा फित्ता भएको,कॉधमा जरी भरीएको ट्युनिक लगाउनु पर्दथ्यो र हामि तल्ला अफीसर भएकाले भित्र सॉस्क्रीतीक कार्यक्रमम हेर्न पनि ठाउ पाउन गाह्रो हुन्थ्यो। जाडो यममा सबै बाहिर आगो छेउछाउ जम्मा हुदा हामि लाइ हिंउंमा बसेका पेन ग्विन चराको समुह झैं देखीन्थ्यो। सबै पाहुनाहरुले खाए पछी मात्र हाम्रो खाने पालो आउथ्यो। 

घर बाट दिनको ३ बजे तिरै निलो कॉध भरी जरीबाला ट्युनिक लगाएर प्रहरी महीला संघको धोति चोलो लगाएकी श्रीमति लाइ साथ लिएर मोटर साइकल चढेर हीड्दा टोलमा फुर्ति फार्ती निक्कै  हुन्थ्यो तर आधा रात सम्म क्लब बाहीर पेनगुइन झै भएर जाडो याममा बाहीर भोकले सताएको अबस्थामा भने कहीले हाम्रो खाना खाने पालो आउला? भनी कुर्दा भने निक्कै कठिन हुन्थ्यो। 

बल्लबल्ल हाम्रो खाने पाले आउथ्यो र खाना खाने स्थानमा एउटा अर्को पाटो देखीन्थ्यो।त्यॉहा पुर्ब प्रहरीहरुसंग पुनरमिलन भनेर केहि पुर्ब प्रहरी हरु (अफीसर हरु) पनि आमन्त्रण गरीएको हुन्थ्यो। मलाइ संझना छ त्यस बहालका अफीसर हरुको हुलमा केहि संख्यामा पुर्ब प्रहरी हरु पनि देखिनु हुन्थ्यो। एकपटक एक पुर्ब प्रहरी अफीसर खाना खाने स्थानमा आइपुग्नु हुदा रक्सीको नशाले चुर भै सक्नु भएको रहेछ र उहाले  टेबुलबाट खाना लिइ फर्कने क्रममा प्लेट झार्नु भयो र त्यसै प्लेट माथि आफु पनि लड्नु भयो। वॉहाको कपडा पुरै खराब भयो।प्लेट पनि फुट्यो ।

वरीपरी हामिहरु थियौ। केही अफीसरहरु जोड जोडले हॉस्न थाल्नु भयो। कोहीले भन्नु भयो “ यस्तो समाहरोहरुमा भुपुहरुलाइ नबोलाएको भए बेस हुन्थ्यो । कोहीले भन्नु भयो “फोकटको दारु पाए पछी यस्तै हुन्छ“। 

म भरखरको इन्सपेक्टर थिंए र ति लड्ने पुर्ब प्रहरी ज्यु (पुर्ब डीएसपी साब) लाइ म चिन्दथें।उहालाइ उठाइयो तर पुर्ब प्रहरीहरु भनेको त्यस समाहरोहमा निक्कै अस्तीत्व हिन तर पुनरमिलनमा बोलाउनु पर्ने बाध्यताका पात्रहरु मात्र हुन् भने झै नै देखीन्थ्यो। मैले पनि त्यस्तै बुझे त्यस्तै सिकें।

तर जब म आफै पुर्ब प्रहरी भंए मैले आफुलाइ त्यो अस्तीत्वहिन पात्र मान्न सकीन। म अरु लाइ पनि अस्तीत्वहिन पात्र भए्को देख्थीन र देख्न पनि चाहान्थिन। जब म स्वएम पुर्ब प्रहरी संगठनमा नेत्रीत्वमा पुगें तब मेरो एक एजेण्डा यो पनि थियो की पुर्ब प्रहरीहरुले पनि समाजमा स्थानिए तह देखी केन्द्रीए सरकार सम्मै जनता सामाज र बहालका प्रहरी सामु पनि एउटा आफ्नै पहिचान बनाउनु पर्दछ।आफै पनि एक शक्ती हुनु पर्दछ। पुर्ब प्रहरी संगठनमा जोडीएको बिगत १२ बर्ष देखी मैले नेपालको कुनै कुनामा यहीं भने “हाम्रो पनि आफ्नै पहिचान,इज्जत,क्षमता र प्रभाब हुनु पर्दछ।”

मलाइ लाग्छ,नेपाल पुर्ब प्रहरी संगठनले यस क्षत्रमा थोरै मात्रामानै होला तर आफ्नो पहिचान स्थापित गराउने सबालमा केहि ग्राफ माथि उठाएको छ। पुर्ब प्रहरीहरुलाइ केबल अरु संग परजीबी भएर आफ्नो अस्तीत्वको पहिचान गराउन नलागी आफ्नो पनि अस्तीत्व जान्न र बुझ्न गरीएको प्रशिक्षणले पनी केही फाइदा गरेको छ। अहिले मलाइ खुसि लाग्छकी बहालले पुर्बलाइ हेर्ने र पुर्बले बहाललाइ हेर्ने द्रीष्टीकोणमा पनि धेरै सकारात्मक फरक आइ सकेको छ।

काठमाण्डौ बाहीर जब हामि जिल्ला जिल्ला पालिका पालिकाहरुमा जान्छौ तब पुर्ब प्रहरी हरुको संख्सा उत्साह र प्रभाब गजबको देखीन्छ। माथिल्लो उच्च तहमा हिजोको हैंग ओभर थोरै मात्रामा अझै बॉकी होला तर जति जति तल्ला तहलाइ हामि हेर्छौ त्यॉहा पुर्ब प्रहरीहरु अब प्यारासाइट र अरुको दयामा निर्भर नभै आफै परीचय र शक्ती बन्ने प्रक्रीयामा  अगाडी बडेका छन्।

मलाइ लाग्न थालेको छ,पुर्ब प्रहरीहरु पनि आजको दिनमा,आफ्नो पहिचान र अस्तीत्व खोज्दै छन्,यो कुरा देखाउन पनि सफल भै रहेका छन्। यो सोचको परीबर्तन ल्याउन र पुर्ब हरुलाइ पनि समाज प्रती जिम्मेवार र आफ्नो ऑखामा माथि उठ्न उछाउन हाम्रो समयमा नेपाल पुर्ब प्रहरी संगठनले दिएको योगदान सानो होला तर महत्वपुर्ण छ।

जसरी हरेक मंन्त्रालय बिभाग,कार्यालय,राजनैतिक संगठनहरुले आफ्नो संगठन र बर्गको पहिचान उच्च र प्रभाबशालि बनाउन खोज्छ,उच्च देख्न चाहान्छ त्यसै गरी नेपाल पुर्ब प्रहरी संगठन पनि हज्जारौ पुर्ब प्रहरीहरुको इज्जत र पहिचान अनी प्रभाब माथि उठाउन चाहान्छ । उच्च रहेको हेर्न चाहान्छ।

यस काममा हिजोका नेत्रीत्वले केही योगदान दिनु भयो, हाम्रो टिमले केही थप्दै छ र आउने नेत्रीत्वले अझ  प्रभाबकारी काम गर्ने छ। सबै प्रहरी हरुले एकदीन पुर्ब  प्रहरी  हरुको बढेको यस सम्मानको लाभ लिने छन्।
ढिलो र चॉडौ मात्र हो तर पुर्ब त एकदिन सबै हुने नै छन्। 

(लेखक बसन्त कुवंर,पुर्व प्रहरी बरिष्ठ उपरिक्षक,पुर्व नेपाल प्रहरी संगठनका अध्यक्ष समेत हुनुहुन्छ।)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?