Friday March 21, 2025

घरेलु हिंसा पीडितको सहयोगका लागि च्यारिटी डिनर (Gala Dinner Night)

१ असार, २०८१ शीतलपाटीन्युज डटकम। 1422


घरेलु हिंसा पीडितको सहयोगका लागि च्यारिटी डिनर (Gala Dinner Night)

GNNNEWS
लन्डन।घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको छ। साउथ ह्यारो स्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका (१४ जुनमा) आयोजना गर्न लागिएको च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने छ।


"हाल बेलायतमा बसी रहेका नेपाली समुदायमा  घरेलु हिंसाका घटनाहरु बढी रहेका छन् तर ब्रिटिश कानूनबारे जानकारीको अभाव,भाषा लगायत विभिन्न कारणले पीडित पक्ष प्रहरीकहाँ जान सकी रहेका छैनन्। पीडितहरुलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न  सकियोस भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ। डिनरमा सहभागी भएर पीडितको घाउमा मल्हम लगाइ दिन हामी अनुरोध गर्दछौँ,"द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामांगले भनेका छन।


 
डिनरमा  चर्चित शेफ तथा गुडविल एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गर्नेछन्। उनले हालै ग्रीसको राजधानी एथेन्समा “Taste Ambassador of Global Gastronomy 2024” मा भाग लिएर गोल्ड मेडल पाएका थिए।
 
गोर्खा भेट्रान्स तथा उहाँहरुका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रमको आयोजना गरेर सेवा गरेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?