Saturday March 22, 2025

"फेबरेट सेफ"प्रतियोगितामा नेपालका अर्जुन थापा उत्कृष्ट १० मा

२ असार, २०८१ शीतलपाटीन्युज डटकम। 2157


"फेबरेट सेफ"प्रतियोगितामा नेपालका अर्जुन थापा उत्कृष्ट १० मा

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सृजना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा नेपालका अर्जुनबहादुर थापा उत्कृष्ट १० भित्र परेका छन्। तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइ रहेका थापा यो प्रतियोगितामा अब उत्कृष्ट ५ जना सेफका लागि प्रतिस्पर्धामा छन्।झण्डै सय जना मध्येबाट १० उत्कृष्टमा छनौट भइसकेको छु अबको बाँकी निर्णय खानाका पारखीहरुको भोटमा निर्भर रहने छ,राजधानी काठमाडौंमा प्रतियोगितामा सहभागी रहेका सेफ थापाले बताएका छन।

फेबरेट सेफ विश्वभरका पाककला सृजना गर्ने सेफ तथा भान्सेहरुको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो। प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरुबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिएको हुन्छ।


विश्वभरका ८९ देशका सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिका छन्। यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा फोटो समेटिन्छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ।

बेलायत र स्विट्जरल्यान्डमा गरी १७ वर्ष विदेशमा एशियाली खान्कीहरुमा समय बिताइ सकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?